एमसीसीको कुरा

तपाईको घरमा एउटा भिखारी आइराख्छ । बेला बेला तपाई उसलाई खान दिनु हुन्छ । आफ्ना पुराना लत्ताकपडा दिनु हुन्छ । बाहिर खा भनेर बेला बेला नगदै पनि दिनु हुन्छ । अझ छिमेकीले पनि देखेका बेला पर्यो भने सँधै दिए भन्दा विनम्र भएर अलि बढि दिनु हुन्छ ।

एकदिन तपाईले रेस्टुरेन्टमा झोल मम किन्नु भो । भिखारीलाई दिनु भो । भिखारीले भन्यो, “छि ! लिन्न ।”

तपाई त्यस्तो बेलामा के भन्नुहुन्छ ?

“खाउ क्या । होटलबाट ल्याएको राम्रो हो । पैसा तिरेर ल्याएको हो ।” यस्तै भन्नु हुन्छ ?

भिखारी एकछिन सोच्छ र फेरि भन्छ, “त्यसै अर्काले खर्च गरिगरी मम दिन्छ ? म खान्न । मलाई खानामा शंका भयो ।”

छिमेकीहरु यो सबै छतछत र कौसीबाट हेरिरहेका छन् । तपाई के गर्नुहुन्छ ? भिखारीलाई के भन्नु हुन्छ ? मनमा के सोच्नु हुन्छ ?

भिखारीको पनि मनै त हो, आज मम खान मन भएनछ भनेर भिखारीलाई धन्यवाद भनेर फर्किनु हुन्छ र पछि पनि भिखारीलाई पहिले जस्तै खाना वा नगद भिख दिनु हुन्छ भने तपाई आजको समयको बुद्ध हो ।

यहि माथिको कुरालाई अहिलेको सन्दर्भमा भन्ने हो भने मम एमसीसी हो, नेपाल भिखारी हो । र, हामी सबैलाई थाहा छ, अमेरिका बुद्ध होइन ।

पुनश्च : यो बुद्धको प्रसंग झन्डै यस्तै कुरामा कता पढेको जस्तो लागिरा’छ ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)