एलन मस्कको रकेट र महाविर पुनदाईको सुरक्षा पोसाक

साह्रै धेरै पहिलेको कुरा पनि होइन । सन् २००१ वा २००२ तिरको हो ।

एलन मस्कले x.com भन्ने कम्पनीलाई ‘पेपाल बनाइसकेको’ थियो । बिहे गरेर हनिमुनमा गएको मौकामा उसलाई पेपालको सिइओबाट लात हानेर निकालिसकिएको पनि थियो । अब उसँग प्रशस्त खाली समय थियो र मनमा इख । मलेरियाबाट मुस्किलले बाँचे पछि उसले अन्तरिक्षतिर हेर्यो । मंगलग्रहमा मान्छे सार्ने त उसको ‘बच्चैदेखिको सपना’ भइहाल्यो । उसले आफ्नो गोजीको पैसा र मनको इखलाई सदुपयोग गर्ने ठान्यो । उ ‘रकेट’ किन्न भनेर रसिया गयो । साह्रै धेरै पहिलेको कुरा पनि होइन । सन् २००१ वा २००२ तिरको हो ।

उसले बुझ्यो, ‘रकेट’को दाम त भनिनसक्नु महंगो छ । हिसाब लाउँदा देखियो कि बनाउँन लाग्ने खर्चको लाखौँ गुणा महंगोमा ‘रकेट’ बिक्छ । उसले आफ्नै कम्पनी खोल्यो । घरमा बसेर ‘रकेट’ बनाउँनेले पढ्नु पर्ने भएभरका किताब पढ्यो र ‘रकेट’ बनाउँन जान्ने भयो ।

सन् २००८ मा आइपुग्दा सम्म उसका तिनवटा ‘रकेट’ उड्दा उड्दै ‘पड्किएर’ नष्ट भइसकेका थिए । उसको डिभोर्स भएको थियो र उ यति कंगाल भइसकेको थियो कि अब चौथो ‘रकेट’ नउडे उ सम्पुर्णरुपमा कंगाल भइसकेको थियो । तर चौथो ‘रकेट’ उड्यो । त्यो ‘रकेट’ उडेर फेरि पृथ्वीमा फर्किन सक्थ्यो र फेरि उड्न लायक नै रहन्थ्यो । ‘रकेट’को विज्ञानमा यो बिल्कुलै नयाँ कुरा थियो ।

त्यस्तो ‘रकेट’ देखेर नासा लोभियो । उसले त्यो ‘रकेट’मा अन्तरिक्षसम्मको ‘१२ पल्टको टिकट’ किन्यो, डेढ अर्ब अमेरिकी डलरमा ।

यो एलन मस्कको कथा । सुन्दा तिलस्मी कथा जस्तो लाग्छ । एलन मस्कको जीवन पढेर धेरैले यो पृथ्वीको मान्छे होइन, अर्कै ग्रहबाट आएको एलियन हो भनेका छन् । बेला बेला मलाई नि त्यस्तै लाग्छ । जे भए पनि एलन मस्क अहिले यहि पृथ्वीमा छ र उसले पाएको सफलता र गरेको हिम्मत सत्य हो ।

अहिले डाक्टर लगायतका स्वास्थ्यकर्मीले लगाउँने पोसाक सिलाउँने काम गर्दैछन्, महाविर पुन । त्यो पोसाकको सुरक्षाको विशेषता हेर्ने हो भने रकेट जस्तै लाग्छ र, महाविर पुन लाग्छ एलन मस्क जस्ता ।

मलाई शतप्रतिशत विश्वास छ, महाबिर पुन दाईलाई मलाई भन्दा बढि पोसाकको संवेदनशिलता र आवश्यकताबारे थाहा छ ।

दुर्भाग्य के हो भने, ३ पल्ट ‘रकेट’हरु नउड्दा त्यति बेला एलन मस्क र केहि मात्रै कंगाल हुन्थे । पोसाक ‘उडेन’ भने नेपाल भन्ने देश नै कंगाल हुन्छ । ति डाक्टर तथा स्वास्थ्यकर्मीहरुले हामीले भन्ने गरेको ‘देउताको काम’ गर्छन् । ति एकजनामा परेको आपद हामी हजारौँमाथि पर्ने आपद हुन्छ । तर त्यसो भन्दैमा आफैले रकेट नबनाइ बस्न पनि त हुन्न, यदि एलन मस्क जस्तै मान्छेका लागि केहि साँचो योगदान गर्न चाहने हो भने !

Ashlee Vance ले लेखेको Elon Musk: Tesla, Spacex, and the Quest for a Fantastic Future मा एलन मस्कका बारेमा धेरै कुराहरु थाहा पाउँन सकिन्छ ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)