तराईमा किन भोलीपल्ट मनाइन्छ होली ? खुल्यो रहस्य, छिटो हेर्नुहोस् :D

होलिका आगोमा जलिसकेकी थिइ । उता पहाड तिर मान्छेहरु उसको मृत्युको खुसीमा होली खेल्न थालिसकेका थिए । त्यहि होली खेल्दै गरेको मध्येको एउटा मान्छेको तराईमा जरुरी काम पर्यो । उ होली खेल्दा खेल्दै बिचमै हतार हतार तराई झरेछ । कति हतारमा थियो भने होली खेलेर रंगिएका लुगा फेर्न र नुहाउँन पनि पाएन बिचराले ।

त्यो भोलीपल्ट तराई पुगेछ ।

तराईका मान्छेले सोधेछन्, “के भयो ब्रो ? जिउ भरी रंग छ त !”

हतारिएको मान्छेले हतारिएरै जवाफ फर्काएछ, “प्रल्हादलाई मार्न आगोमा बसेकी होलिका आफै जलेर फाँक भइ नि । त्यसकै सेलिब्रेसन हो ब्रो ।”

“अब्बुइ, हो र ? आफु नै पो फाँक भकी ?” सुन्ने छक्कै पर्यो । खबर सुने पछि राम्रो लाग्यो ।

त्यो खुसीमा होलिका कहिले मरि भनेर कसले सोधोस् ? हरेक सुन्ने मान्छेले साथीभाईलाई रंग दल्दै खबर सुनाएछन्, “होली जलेर फाँक भइ ।” र, खबर सुनाउँदा सँगसँगै रंग पनि दलादल गरेछन् ।

होलिका जलेर फाँक भइ भन्दा भन्दै रंग दल्ने चाडको नाम नै फाँक भएछ । हुन त, झट्ट सुन्दा अंग्रेजीमा अश्लिल लाग्ने यसको नामका कारण चाडको नाम फेर्न तत्कालिन अंग्रेजी जान्ने विद्धानहरुले दबाब पनि दिएका थिए तर पछि फाँक अपभ्रम्स भएर फाँग भयो र फाँग पनि फेरिदै अहिले फागु वा फगुआ भएको हो ।

सोच्नुहोस् त, धन्न पहाडमा होली खेलेको मान्छेको जरुरी काम परेछ र होली बिचमै छोडेर तराई झरेछ । नत्र पहाडमा होली खेलेको खबर तराई कति दिनमा पुग्थ्यो होला ? अरुले १५ दिन अगाडी खेलिसकेको होली, १५ दिन पछि बल्ल खेलेर कुन मुखले फेसबुकमा फोटो हाल्नु ? लाइक गर्नेले पनि कुन जाँगरले लाइक गर्नु ? तराईमा होली नै पो खेलिन्न थियो कि, के भर ?

होली बिचमै छोडेर आफ्नो काममा हिड्ने त्यो मान्छेलाई सलाम छ, जसले गर्दा तराईसम्म होली पुग्यो ।

होली/फागु/फगुआको शुभकामना ।

यो कथा नपत्याउँनेले होली/फागु/फगुआको अवसरमा बनाइएको घट्टा वा लड्डु खानु होला । विश्वास हुन थाल्छ । धन्यवाद ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)