…. सुपर्णखाको नाक कान काटिदिएर राम लक्ष्मणले अपमान गरे । त्यसको बदलामा रावणले सीता हरण गर्यो । ‘रावणले बहिनीको अपमानको बदला लिएको’ भन्दै रावणका पक्षमा बोल्ने र लेख्नेहरु पनि असाध्यै धेरै छन् । तर रामायण त्यतिमा मात्रै रोकिएन । रामायणको अन्त्य अर्कै छ । विरलैले मात्रै सुख पाएका छन् ।
…. अंश लिएर छुट्टिएका पाण्डवहरुले बनाएको तिलस्मी दरवार हेर्न दुर्योधनहरुलाई बोलाइयो । तिलस्मी दरवारका जादुमयी भित्ता र भुइहरुमा अल्मलिएर दुर्योधन लड्यो । झ्यालमा बसेकी द्रौपदीले हास्दै ‘अन्धाको छोरो पनि अन्धो’ भन्दिइन् । महाभारत पढ्ने वा हेर्नेहरुलाई द्रौपदीले ठिक्क भनिन् भन्नेहरु असाध्यै धेरै छन् । तर महाभारत त्यतिमा मात्रै सकिएन । महाभारतको अन्त्य अर्कै छ । असाध्यै धेरै मारिएका छन् ।
…. अदालतमा कार्यकर्ता भर्ति गरियो । आइजीपी छान्न सरकारले अधिकार दुरुपयोग गर्यो । सर्वोच्चले व्यक्ति विशेषको पक्ष लियो । दलहरुले महान्यायधीशलाई संसदमा उभ्याउँन खोज्यो । सर्वोच्चले संसदको सर्वोच्चता कुल्चियो र शक्ति पृथकिकरण भत्क्यायो । दुवै पक्षबाट वकालत गर्न सकिने प्रशस्तै आधारहरु छन् । यसपटक कथा यति मै सकियोस् । शक्ति दुरुपयोग यतिमै रोकियोस् । नजिरहरुले पछिसम्म लोकतन्त्रलाई नघोचून् । यसको अन्त्य सुखद होस् ।