प्रचण्डको संविधान संशोधन प्रस्ताव

अन्तत: प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गराए । कसका लागि ? जवाफ सोझो छैन ।

तराई मधेशमा जसले संविधान संशोधनको माग राखेर आन्दोलन  गरेको थियो, त्यसले पनि संशोधनलाई स्विकार गरेको छैन । प्रतिपक्षी दल आन्दोलनमा गइसक्यो । प्रतिपक्षी दल मात्रै होइन, सत्तारुढ दलकै नेताहरु संशोधनको विरोधमा छन् । त्यसो भए संशोधनले को खुसी भयो त ? भारत ।

अचम्म यो छ कि भारतले आधिकारिक रुपमै संशोधन प्रस्तावको समर्थन गरेको छ । भारतिय राजदुतले मधेसी दलका नेताहरुलाई बोलाएर संशोधनको पक्षमा लाग्न उर्दी जारी गरिसकेका छन् ।

माहौल हेर्दा लाग्छ, उहिलै भारतसँग सुरुङ युद्धको घोषणा गरेका प्रचण्डको क्रियाले अहिले प्रतिक्रिया देखाउँन थालेको छ । जुन गति र आवेगमा सुरुङ युद्ध घोषणा भयो, त्यहि समान मात्रामा लम्पसारको नयाँ भन्दा नयाँ किर्तिमान बन्दैछन् ।

अहिलेलाई यति भन्न सकिन्छ, प्रचण्ड सुध्र । तिमीले जवाफदेहि र जिम्मेवार बन्नु पर्ने किल्ला नेपालकै सिमा भित्र रहेका नेपालीहरु हुन् । नयाँ दिल्ली वा लैनचौर होइन । तर याद राख, संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता हुनु हुदैन । संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुनु हुदैन । परिवर्तनलाई संस्थागत गर्ने पद्दतिले हो, लहड वा ‘भिड’ले होइन । अहिले यो मौका आएको छ । तिम्रै गल्तिले बनेको यो मौकालाई नजिर बनाउँ । प्रतिपक्षीलाई भन – लोकतान्त्रिक बन, सडक छोड, संसद चलाउ ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)