महिसासुर राक्षस थिएन, हाम्रो वंशको थियो ….

हामीलाई फरक देखिने असाध्यै ठुलो चाहना छ । सबै कुरा सामान्य मान्छे झै गरिरहे पनि कुनै बेला एक्कासी फरक र विद्रोही बनिदिदा सामाजिक विद्वेष बढ्ने सम्भावना रहने रहेछ । अझ त्यसमा प्रायोजित भिडले हैँसे गरिदिदा अवस्था थप नकारात्मक बन्छ । तर हाम्रो सौभाग्य मान्नु पर्छ, जसले जति भाँड्न बल लगाए पनि हामी जोडिएकै छौँ । सामाजिक साइटमा जति कुर्लिए पनि वा भेला बैठकमा आगो ओकले पनि तुलनात्मकरुपमा हामी शान्त छौ । कारणहरु प्रस्ट छन्, ति हुन् हाम्रो सहनशिलता, बिर्सने क्षमता, मिश्रित बसोबास र ति बिषयहरुमा हुने स्वस्थ वा पवित्र बहसहरु तर केहि साथीहरुले सायद कुनै नियतवश भ्रामक कुराहरु लेखे पछि नलेखिरहन सकिन ।

“महिसासुर राक्षस थिएन, हाम्रो वंशको थियो । आर्यन पुरुषहरुले जित्न नसके पछि महिला पठाएर षड्यन्त्र गरि महिसासुर मारियो । त्यस्ता रगतबाट तत्कालै ‘उम्रने’ रक्तबिज जस्ता अजेयहरु हाम्रै साख्खै हुन् । हाम्रै वंश मारेर तिनकै रगत पोतेर टिकोलाई रातो बनाइयो । त्यसलाई नैतिक बनाउँन पृष्ठभुमि र निष्कर्ष फेरियो । देवी त्यस्ती पवित्र, पुजनिय र तेजस्वी छदै थिइनन् । त्यहाँ बताइएका नैतिकता र आदर्शका कुरा झुठ हुन् । पछि थपिएका हुन् ।” दाजुभाइहरुले भनेको सुन्छु ।

छक्क पर्छु । त्यहि कथाको महिसासुर, रक्तबिजहरु पत्याउँनेले देवी नपत्याउँनुको कारण बुझ्दिन । त्यहि कथाको युद्ध मान्नेले कथाको पृष्ठभुमि र निष्कर्ष नमान्नुको अर्थ देख्दिन । त्यो अहिलेको विज्ञानले नभेटेको आदिमकालमा के के भयो भनेर अहिले शिरक भित्रबाट सम्झी सम्झी भन्न सकिएला र ? कुन विद्धान हो त्यस्तो भन्ने ? के आधारमा भन्यो ? तिनले के आधारमा महिसासुरको कल्पना गर्छन् र फलानो जातको भनेर खुट्याउँछन् ?

“महिसासुर राक्षस थिएन, हाम्रो वंशको थियो । आर्यन पुरुषहरुले जित्न नसके पछि महिला पठाएर षड्यन्त्र गरि महिसासुर मारियो । त्यस्ता रगतबाट तत्कालै ‘उम्रने’ रक्तबिज जस्ता अजेयहरु हाम्रै साख्खै हुन् । हाम्रै वंश मारेर तिनकै रगत पोतेर टिकोलाई रातो बनाइयो । त्यसलाई नैतिक बनाउँन पृष्ठभुमि र निष्कर्ष फेरियो । देवी त्यस्ती पवित्र, पुजनिय र तेजस्वी छदै थिइनन् । त्यहाँ बताइएका नैतिकता र आदर्शका कुरा झुठ हुन् । पछि थपिएका हुन् ।” दाजुभाइहरुले भनेको सुन्छु ।

एकै धर्म मान्ने र उहि देवी देउता पुज्नेहरुमा पनि एउटै चाड देश अनुसार सम्पुर्ण फरकरुपमा मनाइन्छन् । नेपाल भित्रै पनि पुर्वीभागको र पश्चिम नेपालको चलन मिल्दैन । कारण, संस्कृति भनेको परिवेश र रहनसहनले संशोधन गर्दै लाने हो । एकै ठाउँबाट उत्पन्न भएको चलनहरु पनि स्थानविशेष स्रोतहरुको उपलब्धताले थाहै नपाइ बिस्तारै अन्यरुपमा विकसित हुदै जान्छन् र पछि हेर्दा ति पुर्णरुपमा फरक लाग्छन् । हाम्रो भाषा, लवाइखवाइहरु यहि सामान्य सिद्धान्तकै कारण फरक फरक छन् । त्यस्तै सामान्य कारणहरुले कसैले सेतो टिका लगाए, कसैले रातो । यति सामान्य सत्यलाई बंग्याएर कुन किसिमको सत्य स्थापित गर्ने चाहना हो ? त्यसपछिको समाज कस्तो होस् भन्ने लक्ष्य हो ? त्यसपछि बन्ने समाजमा फरक आश्थापुर्ण बर्जित हुन्छ भने अब बन्ने सत्यले हामीलाई कसरी अग्रगामी बनायो ?

निकै लामो समयको आन्दोलन, युद्ध र संघर्षपछि बल्ल समाज यो अवस्थामा आइपुगेको हो । अब फेरि सुरुवातमै फर्किने हो ? यसपाली युद्ध ‘महिसासुर’ले जित्ने हो र लगाउँने हो ‘देवी’को रगतले रंगाइएको टिका ? फेरि पनि प्रश्न उहि पुग्छ । महिसासुर भन्दा अगाडी पनि सभ्यता थियो । त्यताको वकालत थाल्ने हो कि फेरि ? माफ गर्नुहोला, समय र सभ्यतालाई पछाडी लैजाने कुत्सित मनसायले दिने निष्कर्ष अग्रगमन, सहिष्णुता, विकाश केहि पनि हुदैन । त्यसले केवल भद्रगोल, विनाश र द्धन्द्ध निम्त्याउँछ ।

यसपाली युद्ध ‘महिसासुर’ले जित्ने हो र लगाउँने हो ‘देवी’को रगतले रंगाइएको टिका ? फेरि पनि प्रश्न उहि पुग्छ । महिसासुर भन्दा अगाडी पनि सभ्यता थियो । त्यताको वकालत थाल्ने हो कि फेरि ?

यद्यपी, मेरो यो लेखाइको अर्थ त्यस्तो पटक्कै होइन कि तपाईले संस्कृति प्रति फरक मत राख्नै पाउँनु हुन्न । मज्जाले पाउँनु हुन्छ । हामी लोकतन्त्रमा छौँ र यदि लोकतन्त्रमा विश्वास गर्छौ भने राजनीतिक र भौतिक मात्रै होइन, अध्यात्मिक र नैतिक लोकतन्त्रमा पनि विश्वास गर्नै पर्छ । लोकतन्त्र र स्वतन्त्रता वास्तवमा अमुर्त कुराहरु हुन् । बुझ्नका लागि सजिलो यति हुन्छ कि स्वतन्त्रता भनेको त्यतिसम्म मात्रै हो, जसलाई नाघेपछि पनि अर्काको स्वतन्त्रतामा धक्का लाग्दैन । अर्थात, तपाई त्यति सम्ममात्र हात फैलाउँन स्वतन्त्र हुनुहुन्छ जति फैलाउँदा अर्काको हात फैलाउँने स्वतन्त्रतालाई कुण्ठित गर्नु हुन्न ।

तपाईले स्वतन्त्र भइ हात फैलाउँदा तपाईको औँलाले कसैको आँखैमा घोच्दैछ कि !

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)