मेरा एकमित्रको तर्क छ, ‘जेलमा बस्नुको अर्थ सुध्रिनु भन्ने हो । अब जेलबाट सुध्रिएर आएको खुसीयाली होला नि । सुध्रिन पनि नपाउनु मान्छेले ?’ तर्क सुन्दा गलत लाग्दैन तर एकपटक खुमबहादुरकै कुरा सुनुम् न । उनले जेलबाट बाहिर निस्किएर भिडलाई सम्बोधन गर्दै भनेछन्, ‘म दोषी होइन ।’ उनले अदालतको फैसलाको चर्कै स्वरमा बिरोध गरे । पक्कै पनि जेल बसेर सुध्रिएकाहरुले आफुलाई निर्दोष बताउँदैनन् । गल्ति भो, माफ पाउँ भन्छन् । लाच पचेका लबस्तराहरु हिड्ने हुन्, गल्ति पत्ता लागेपनि शिर उठाएर चर्का कुरा गर्दै ।
उनलाई स्वागत गर्नै भनेर दाङबाट २२ बसमा मानिसहरु काठमाण्डौै आए । भ्रष्ट्राचार गरेको कमाएको सम्पति उनले अलिकति अरुलाई पनि दिल खोलेर बाँढेका रहेछन् । गाडी भाडा भएन भन्दै उनको ढोकामा पुग्नेहरुलाई एउटा हजारको नोट हातैमा राखिदिन्थे रे पहिले पहिले । यसैले दुई पैसा चुनदाम पाउँनेहरुले देशै लुट्ने भ्रष्ट्राचारीलाई पनि दिल खोलेर अबिर दल्दैछन्, लबस्तराहरु ।
त्यतिमात्रले नपुगेर कांग्रेसका कार्यकर्ताहरु पनि उपस्थित होलान् । हुन त उनी अझै पनि नेता नै हुन् । नेपाली कांग्रेसका उनी केन्द्रिय सदस्य हुन् । उनले मुखै खोलेर भनेका छन्, अबको चुनावमा कांग्रेसलाई भोट माग्दै हिड्नेछु । उनलाई जेलबाट स्वागत गर्न कांग्रेसको चारतारे झन्डा बोकेर कांग्रेसका कार्यकर्ताहरु जेलको ढोकैमा पुगेका थिए । भ्रष्ट सावित भएर सर्वोच्चले जेल हालेर निस्किसक्दा पनि कांग्रेसले उनलाई काँध हालिरहेको छ भने उनको दायित्व पनि हो कांग्रेसलाई सहयोग गर्ने । तर जनमानसमा गिरिसकेको छवि भएका उनलाई अघि लगाएर कांग्रेसले भोट मागे कांग्रेसको भोट बढ्ला कि घट्ला, भविष्यमै देखिएला ।
तर मुख्य कुरा यो भयो कि खुमबहादुरदेखि कांग्रेसले नयाँ रिति सुरु गर्यो । कुनै नेता भ्रष्ट भएर जेल परेर सजाय काटेर निस्किए विजय जुलुस गर्नु पर्ने कारण बनाइयो । थुइक्क ! लाच पचेका, लबस्तरा !!
यो मेरो विचार हो । तपाई यसमा सहमती वा विमति राख्न स्वतन्त्र हुनुहुन्छ । तपाईको विचार के हो ? कमेन्टमा लेख्नुहोस् ।
एउटा कुरा राम्रो लाग्यो । अरु भ्रष्टाचारीभन्दा चै कम लोभी रहेछ यो । जेपी गुप्ता, चिरञ्जिविहरु दिल खोलेर देशलाई लुटेपनि पैसा बाड्न सकेनन् । अरुको चै कहिले पालो आउँने हो ? इ कार्यकर्ता पो कस्ता ? छि छि छि
भस्ट्च्रारी लाई यसरी समान गरे पछी। नेता खराब कि जनता, किन नेतालाई नराम्रो भने।
हिजो सम्म मेले असल भनेको मेरा साथीहरु आज चुनाव आएपछी वस्तबिक अनुहार देखिदै छ। ल अब भनुस् नेपालका कुन नेता भस्ट्चारी छैनन?
कांग्रेसलाई हार्ने दसाले छोएको होला ।
म पुर्ण सहमत छु । मृत्युदण्ड नै हुन्थ्यो चीनमा भएको भए । अझ जेलबाट छुट्दा पनि यस्तो साह्रो । लबस्तरो नेपाली कांग्रेस । थुक्क । नेपाली जनता । संसारमा कहिँ नभएको घृिणत जात्रा ।
साँच्चै नै लबस्तरो हो खुमबहादुर र नेपाली कांग्रेस । एकदमै सहि शब्दको प्रयोग गर्नु भयो ।