अमेरिकाको फक्स न्युज च्यानलको एउटा कार्यक्रममा अंग्रेजी बोल्न नजानेको भन्दै अपाङ्गका मुक्तिदाता भनेर चिनिएका सुदर्शन सुवेदीलाई गिज्याएपछि विश्वभर यसले धेरैको ध्यान खिचेको छ । यसै सन्दर्भमा भारतको नयाँदिल्ली बस्ने प्रज्ञा मिश्रले गिज्याउँने पत्रकारलाई खुला पत्र लेखेकी छिन् । उनले पत्रकार विल ओरेलीलाई लेखेको खुलापत्र फेसबुक, ट्विटर लगायतका सोसल साइटहरुमा खुब सेयर भइरहेको छ । सो खुलापत्रलाई महेश भट्टराईले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर पानीफोटोमा पठाउँनु भएको छ । अंग्रेजीमा भएर पढ्न नपाउँनु भएकाहरुले पढ्नुहोला ।
प्रिय ओरेली,
नयाँ दिल्लीकी एकजना गैर अंग्रेजीभाषी महिलाको नमस्कार । (मलाई आशा छ, तपाईले दिल्ली शहरको नाम सुन्नु भएको छ । यदि छैन भने यो भारत भन्ने देशको राजधानी हो । भौगोलिक रुपमा भन्दा यो दक्षिण एसियामा पर्छ ।) दुर्भाग्यस्वरुप मैले तपाईले यी सुदर्शन सुवेदीजीसँग लिएको अन्तर्वार्ता हेर्न पुगेँ । उहाँ तपाईले भन्नु भएको जस्तो त्यो नेपाली मान्छे मात्र होइन । उहाँ नेसनल फेडेरेसन अफ द डिसेबल्ड नेपालका अध्यक्ष हुनुहुन्छ, र हेन्डिकेप इन्टरनेसनलसँग एक दशकभन्दा बढि समयदेखि अपांगका अधिकारका निम्ति काम गर्दै हुनुहुन्छ ।
म तपाईलाई विनम्रताका साथ अनुरोध गर्न चाहन्छु कि तपाईले अन्तर्वार्ता गर्ने मान्छेका बारेमा पहिला राम्रो अध्ययन गर्नुहोस् । अनि मात्र हास्यव्यंग्य गर्नु राम्रो होला । एकपटक राम्ररी सोच्नुहोस्, तपाईले यस्तो मानिसलाई हाँसोको पात्र बनाउँनु भयो जसको अपाङ्गताले आफूजस्ता अरु अपांगको लागी काम गर्न अवरोध गरेन, र उहाँ एकमात्र यस्तो व्यक्ति हुनुहुन्छ जसले नेपाली गैरसरकारी संस्थाको प्रतिनिधित्व गरि संयुक्त राष्ट्र संघको हाइ लेभल मिटिङ अन डिसेबिलिटी एण्ड डेभेलपमेन्ट (HLMDD) न्यूयोर्कमा सेप्टेम्बर २३, २०१३ मा भाग लिनु भएको थियो । यसै महिलाको सुरुमाउहाँ नेपालमा भएको Handicap International को High Level UN Meeting मा सामेल हुनु भयो । त्यो भेलामा Handicap International ले CRDP को अन्तराष्ट्रिय स्थितीको बारेमा रिपोर्ट प्रस्तुत गर्यो भने श्री सुवेीले नेपाली अपाङ्गहरुको अवस्था र CRDP नेपालमा लागू गर्नका लागि अबलम्बन गर्ने उपाय बताउँनु भयो ।
यसैले श्रीमान् ओरेली, अंग्रेजी नजान्दैमा कोही व्यक्ति कम बुद्धिमान हुदैन । जति धेरै भाषाको ज्ञान भयो त्यति नै राम्रो हो (म तपाईको भाषा अंग्रेजी लगायत ५ वटा भाषा जान्दछु) तर कुनै एक निश्चित भाषा जान्ने या नजान्ने कुरालाई नै बुद्धिमताको कसी बनाउँनु गलत कुरा हो । जहाँ सम्म मलाई लाग्छ, यही कुरा नै तपाईको कार्यक्रमले गर्दै आएको छ ।
तपाईको अंग्रेजी नजान्ने वा नबुझ्ने व्यक्तिलाई जिस्काउँने प्रवृति पुराना अंग्रेजी कवि रुद्यार्ड किप्लिङको कविता “white mari’s burden” मा भनिए जस्तो अवस्था हो । त्यो कविता लेखिएको एक शताब्दि पछि पनि उत्तर अमेरिकीहरुको सोचाइ उस्तै रहेको देखियो । साथै यसले तपाईहरुको एक प्रकारको कथित सांस्कृतिक उच्चताले ग्रस्त भएको स्पष्ट देखाउँछ । अर्थात, तपाईहरुको विचारमा गैर श्वेत र गैर अमेरिकनहरु चाँही हाँसोका पात्र मात्र हुन् ।
अंग्रेजी सबैभन्दा बढि बोलिने र प्रख्यात भाषा हो भन्ने कुरा भ्रममात्र हो । मन्डारिन (हो, यो भाषा हो, यो कुनै मन्डारिन फल होइन ।) विश्वको सबैभन्दा बढि बोलिने भाषा हो, न कि अंग्रेजी । र यसपछि स्प्यानिस । लगभग ९५५ मिलियन मानिसहरु मन्डारिन बोल्छन् । तर विश्वका जम्मा ५.५२ प्रतिशत मानिसमात्र अंग्रेजी बोल्छन् । हुन त तपाई बाटामा भेटिएका मानिसलाई एम्बुसमा पारे झैँ आफ्नो कार्यक्रमको लोकप्रियता बढाउँनका लागि हाँसोको पात्र बनाउँन व्यस्त र तल्लिन हुनुहुन्छ, त्यसैले तपाईसँग मन्डारिन सिक्ने समय छैन होला । के त्यसो भए यसै कमजोरीलाई लिएर तपाईको बुद्धिमता माथि मान्छेले प्रश्न उठाउँन् त ? तर तपाई श्रीमान ओरेली त्यो भाषा जाने पनि या नजाने पनि एक अज्ञानी र आफ्नै संस्कारमा अहम् गर्ने व्यक्ति नै रहनुहुन्छ ।
तपाईकै ठाउँमा मेरा पनि केहि रमाइला सहकर्मी र साथीहरु छन् जो सिकेको बिर्सन र नयाँ सिक्न इच्छुक छन् । मानिसहरु जो आफ्नै व्यक्तित्व नगुमाउँने तर अतिरिक्त समय लगाएर सांस्कृतिकरुपमा सजग र सचेत हुन खोज्ने । तर तपाईले ममात्र होइन, तपाईकै देशका त्यस्तै सजग नागरिकलाई तपाईको श्रीमान् सुवेदीप्रतिको रुखो बच्चा जस्तो व्यवहार तथा सांस्कृतिक अचेतना देखाएर अत्यन्त दुखित बनाउँनु भयो । हामी सबै जना आ आफ्नो देशका सांस्कृतिक राजदुत हौं, अझ विशेषरुपमा भन्दा सञ्चारकर्मीहरु झन् बढि नै हुन् जस्तै तपाई र तपाईका धुर्त कार्यक्रम सञ्चालक वाटर्स, जसलाई अरबौँ मानिसले हेर्छन् । तपाईहरुले बोलेका शब्द र गरेका कृयाकलापहरुलाई नै उनीहरुले त्यो देशमा बोल्ने र गरिने कृयाकलाप मान्छन् । मैले तपाईका बारेमा कहिलै सुनेकी थिइनँ (धन्य छ भगवान यसका लागि) तर अहिले मेरा स्काइप तथा फेसबुकका संवाद र मेरो फेसबुक पेज तपाईसँग सम्बन्धित कुराहरुले भरिएका छन् । अब हामीले एक अर्कालाई बुझेका छौँ र म यति भन्न सक्छु कि भगवानले तपाईलाई सद्बुद्धि दिउन्, जुन तपाईमा पुरा, पुर्णत र सम्पुर्णरुपमा कमि छ । तपाईले बुझ्न सक्नुहोस् कि मानिसका लागि अरुको भाषा बुझ्नु र बोल्नु भन्दा पनि महत्वपुर्ण काम र कुराहरु छन् ।
एकदमै बेग्लै कुरा गरौं, तपाईलाई आफ्नो भाषा बाहेक अरु कति भाषा आउँछन् ?
तपाईको समयका लागि धन्यवाद
प्रज्ञा मिश्र
(जसले १५ बर्षको उमेरदेखि अंग्रेजी बोल्न सुरु गरि ।)
उनको लेख हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।
यसबारे के भन्छन् सुदर्शन सुवेदी ?
मैले अंग्रेजी बोल्न जान्नु र नजान्नु प्रसंगमा संसारभर बस्ने नेपाली दाजु भाइ दिदी बहिनीहरुले राखेको धारणा पढ्दै गर्दा मन बुझाउन पुरानो याद ताजा गर्न मेरो फोटोपत्र पल्टाएँ। मलाई संयुक्त राष्ट्र संघ पुर्याउन योगदान गर्ने यी समुदाय मेरो प्रेरणाका पात्रहरु, जहां घर-घरमा चन्दा उठाएर यी भाइबहिनी पाल्ने पढाउने कार्य भएको छ। मेरो जीवन १४ वर्षको उमेरदेखि यस्तै कार्यमा बित्यो। अंग्रेजी फरर बोल्न र पढ्न कुनै आवश्यक्ता नै महसुस भएन मलाई। किनकि मैले कार्य गर्ने समुदायमा त नेपाली अनि थारु, मैथिली, नेवार, भोजपुरी, राई, लेप्चा, राउटे, जिरेललगायत थुप्रै स्थानीय भाषा बोलिन्छ।
क्याम्पस जानु त मेरा लागि केवल भर्नाको दिन र परीक्षा दिने दिनमा मात्र थियो। बाँकी समय समुदायकै सेवामा। नेपालका सबैभन्दा गरिब अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा कार्य गर्दा अंग्रेजी बोल्ने जरुरत कहिल्यै परेन मलाई। त्यो आवश्यकता पनि भएन।
मानव अधिकार पुरस्कार, गैर आवासीय नेपालीहरुबाट परिवर्तनका सम्वाहक पुरस्कार, अशोका फेलोसिप आदि आदि पाउँदा पनि अंग्रेजी बोल्ने सूचक पक्कै थिएन होला, खोई कसैले यस विषयमा प्रश्न उठाएन।
जीवनमा मैले धेरै सिक्नुछ, धेरै गर्नुछ, यो देशको लागि। मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन। भाषा भनेको संचार हो र संचार जसरी पनि गर्न सकिन्छ। म अंग्रेजी बोल्ने सीप भन्दा पनि कसरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सीप सिक्न समय खर्चिन चाहन्छु।
यस विषयमा अरु मलाई केही भन्नु छैन। मात्र फ्यउरो समाचार च्यानलले मलाई गिज्यायो। प्रश्न सरल ढंगबाट सोधिन्छ कि, अन्तर्वार्ता सहज तरिकाबाट लिइन्छ कि बाटोमा हिँडेको मानिसलाई जबर्जस्ती बोलाएर आफै अशिष्ट रुपमा सोधिन्छ? पत्रकारिताको धर्म यही हो ? अमेरिकामा यस्तै हुन्छ कि कुन्नि, चार दिनमात्र बसेर फर्कने मलाई यस विषयमा अनुभव भएन।
साभार : सुदर्शन सुवेदीको फेसबुक
उनलाई गिज्याइएको भिडियो हेर्नुहोस्
तपाईका मनमा आएका विचारहरु कमेन्टमा लेख्नुहोस् है ।
Alot of Thanx to pragya g.
अनि सलाम छ तपाँईको महान बिचार, महान कार्य र महानतालाई सुुबेदी जी,
“हाँस्न देेउ हाँस्नेहरुलाई, हाँसेका चित आबश्यक रुन्छ।
नरोक तिमीले पाईलाहरु, त्यहाँ जीत आबश्यक हुन्छ।।”
मिस्टर रिपोर्टर तपाई जो सुकै हुनुहोस जहाँ सुकै बाट हुनुहोस. त्यो हाम्रो सरोकार को बिषाए होइन तर जुन तरिका ले तपाई हामी नेपाली हाम्रो भाषा र हाम्रो पहिचान को माजक बनौन पाउनुहुन्न र त्यो अधिकार तपाईलै छैन. एदी कुनै दिन नेपाल आउने समय पाउनु व्हायेचा वहने नेपाली भाषामा कुरा गरौला तयार रहनुस. जय नेपाल
विल ओरेली तिमी जस्तो धुर्त, स्वार्थी, अमानवीय व्यवहार गर्ने ब्यक्ति मैले पहीलो पटक देखेँ….
मलाई लाग्दैन की तिमी मा एऊटा कुकूर मा जती पनी बुद्धि बिवेक रहेनछ
किनकी कुकूर ले त सही र गलत छुट्टयाउन सक्छ तर तिमी सक्दैनौ….
एक खराब संयोग
मलाई माफ गर्नु होला सुबेदी जी तपाई महान हुनुहुन्छ !
मलाई सारै दुख लागो .
ओरेली जी ले अंग्रेजी नजानेको व्यक्तिको यस्तो प्रकारले खिस्सी उदाएकोमा मलाई त यिनीहरुले बच्चा देखि पाउने संस्कार मै शंका लाग्न थाल्यो ,, साएद यिनीहरुलाई यिनका आम बुवाले संस्कार नै यस्तै दिन्छ होला कि यस्तो सही सभ्य अनि बिकशित रास्त्रका जिम्मेवार व्यक्ति बाट यस्तो हुन्छ भने उनीहरु ले कस्तो संस्कार पाएका छन शंका गर्नुपर्ने स्थिति देखियो ? सबैलाई थाहा भयो कि वहा सभ्य भएर पनि बिल्कुल असभ्य व्यवहार गर्नु भयो सुदर्शन जी ले अंग्रेजी नजानेर के भयो र ? आफुलाइ हासोको पात्र बनाउदा पनि सहनशीलताको प्रदर्शन गरेर नेपाल अनि नेपाली पन झल्काउनु भयो ,, हृदय देखि साधुवाद छ वहालाई.
विल ओरेली तिमी जस्तो धुर्त, स्वार्थी, अमानवीय व्यवहार गर्ने ब्यक्ति मैले पहीलो पटक देखेँ….
मलाई लाग्दैन की तिमी मा एऊटा कुकूर मा जती पनी बुद्धि बिवेक रहेनछ
किनकी कुकूर ले त सही र गलत छुट्टयाउन सक्छ तर तिमी सक्दैनौ….
यदि विल ओरेलिलाई हामीले हाम्रै भाषा-बाट प्रश्न गर्यौ भने के उसले हाम्रै भाषा -बाटै स्पस्ट जबाफ दिन सक्ला त ?
यी खैरेहरुलाई मा आफुलाई संसारकै सबै भन्दा पढे लेखेका र उच्च भन्ठान्ने , संसारकै सबैभन्दा पटमुर्ख भन्छु म !