क्रोममा गुगल र जिमेल खुल्दैन ? यसो गर्नुस्

अनेक समस्याहरु आइपर्छन् कम्प्युटरमा । भर्खरै नयाँ गुगल क्रोम इन्स्टल गरेँ । अचम्म, क्रोममा सबै वेबसाइट खुल्छन् तर गुगल डट कम र जिमेल भने मरिगए खुल्दैन । यस्तो देखियो
google chrome disconnect अरु ब्राउजरबाट भने मज्जाले गुगल खुलिरहेको थियो । रिस्टार्ट गरेपछि भने क्रोममै पनि खुल्यो गुगल र जिमेल । तर फेरि एकछिनमा नचल्ने । के चैँ भएको रहेछ भनेर गुगल गरि हेरेँ । अन्तमा थाहा भयो क्रोमको यो दोषलाई सजिलै हटाउँन सकिन्छ भनेर ।

यो खराबीलाई सकेट इरर् भनिदो रहेछ । माथि तस्विरको तल्लो भागमा लेखिएको छ – Error 15 (net::ERR_SOCKET_NOT_CONNECTED): Unknown error ।

कसरी खराबी ठिक गर्ने ?
यसलाई ठिक गर्न निकै सजिलो छ । क्रोम खोल्नुहोस् र एड्रेसबारमा chrome://net-internals लेखेर इन्टर हान्नुहोस् । त्यसपछि यस्तो देखिनेछ –
chrome socket fix

त्यसपछि Sockets मा क्लिक गर्नुहोस् ।
screenshot1
अब Flush Socket Pools मा क्लिक गर्नुहोस् ।
screenshot2
यति गरेपछि तपाईको क्रोममा भएको समस्या समाधान भइसक्छ । अब आफ्नो क्रोममा बिना समस्या गुगल र जिमेल खोल्नुहोस् ।

2 Comments

  1. Nawang Hyolmo says:

    धन्यवाद यसरी कम्प्युटर सम्बन्धी नयाँ नयाँ जानकारी र साथमा बिभिन्न सफ्टवेरको बारेमा जानकारीमुलक पोस्ट गर्नु होला ।

  2. minma sherpa says:

    धन्यवाद

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)