शनिबार साहित्य : केही गजलहरु

शनिबार साहित्यमा मेरा केही गजलहरु

खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति
हासो तिम्रो सँधै उस्तै, कति सहि झुटा कति ।

छिटो–छिटो बोल्ने हुँदा कति कुरा गल्ति हुन्छन्
तुरुन्तै ठिक्क पार्ने, खप्पिस ओठ छिटा कति ।।

तिमी नि लजायौ, आँखा पर्दा तिमीमा कसैका
छ्रैनौं निर्धक्क? तिमीमा नजरका बिटा कति ।

सबैको तिमीलाई आफ्नो बनाउँने रहर
जाँच हरेकलाई, कति उज्याला रिठा कति ।।

थप गजल पढ्न भित्र आउँनुहोस् ।

———————————
जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ
हार भो पक्का–पक्की, अनि तथानाम भन्दै कस्सियौ ।
सार्‍है नै रहर गर्‍यौ, डाँडा गई सुर्यादय हेर्ने
भर्खर भाले बास्दै थियो, घर जाम भन्दै कस्सियौ ।।
सादा खाम भित्र पैसा आयो, पैसा तिम्रो खाम मेरो
दुई दिनमै पैसा सकि, खोइ खाम भन्दै कस्सियौ ।
आफै आयौ, हात समायौ, मैले अनि छोड्न मानिन
आँखा रिसले रातो पार्दै, छलछाम भन्दै कस्सियौ ।।
—————————————
स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै
फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।
खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा ?
पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।।
टुक्राएर पुर्णलाई, अंश–अंशमा के सत्य खोज्छौ
धर्म एक, मान्छे एक, झुक्याउँने त सर्वनाम धेरै ।
मन मिले जहाँ पुगिएला, के हिमाल ? के तराई ?
भाडिए मन, लक्ष्य शुन्य, गति भन्दा बिराम धेरै ।।
————————————–

तिमी जुन झैं छदै छौ, म दाग भएरै बाँचुला
तिमी बेल लटरम्म, म काग भएरै बाँचुला ।
डसेर घाउ दियौ, माया होला भनी सम्झिरहे
भन्छौ ऐले तिम्ले डस्यौ, लौ नाग भएरै बाँचुला ।।
आँखामा राखेको थिएँ, अहिले मात्र आँशु बाँकी
अझै ठान्छौ म बिझाएँ, लौ राग भएरै बाँचुला ।
तिमीले जोड्यौ अन्तै नाता, तिमी दुई म एक
गुणा होस् खुसी तिम्रो, म भाग भएरै बाँचुला ।।

4 Comments

  1. अनुपमा says:

    गजलहरु राम्रा छन् तर बहरमा छैनन् । बहर सिक्न तिर लाग्ने हो कि ?

  2. अनुपमा says:

    गजलहरु राम्रा छन् तर बहरमा छैनन् । बहर सिक्न तिर लाग्ने हो कि ?

  3. विकाश says:

    गजलहरु निकै राम्रा लागे । नेपाली गजलको संग्रह गरे यी गजल छुट्नु हुन्न ।

  4. विकाश says:

    गजलहरु निकै राम्रा लागे । नेपाली गजलको संग्रह गरे यी गजल छुट्नु हुन्न ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)