विन्डोज ८ मा स्टार्ट बटन कसरी राख्ने ?

विन्डोज ८ सर्वसुलभ भएको पनि निकै समय भइसक्यो । विन्डोजको यो पछिल्लो सस्करण धेरैलाई सजिलो र रमाइलो लागेको अनुभव सुन्न पाइएको छ । तर पुरानोमा बानी परिसकेका हामीलाई नयाँ केही रोचकसँगै अफ्ठ्यारो त लाग्छ नै । विन्डोज ८ मा रमाइलो लाग्ने एउटा कुरा स्टार्ट मेनु पनि हो, जुन अघिल्ला विन्डोजको संस्करणमा जस्तो स्टार्ट बटनको रुपमा छैन । ‘कस्तो झ्याउ, विन्डोज ८ मा स्टार्ट बटन नै छैन, सर्ट डाउन वा रिस्टार्ट गर्नु पर्यो भने त बेकारका क्लिक गरेर बस्नु पर्ने ।’ मैले एक पटक यस्तो पनि सुनेको थिएँ । वास्तविकता यस्तै हो त ? पक्कै पनि होइन । तपाईले केहि स्टेप फलो गरेर चाहे जस्तो स्टार्ट बटन राख्न सक्नु हुन्छ, सिक्नुहोस्

मलाई पनि विन्डोज ८ चलाउन सुरु गर्दा स्टार्ट बटन नभएको कुराले नै अफ्ठ्यारो लागेको थियो । त्यसपछि मैले स्टार्ट बटन राख्न विभिन्न डेभ्लपरहरुका केहि बटनहरु राखेर कोशिस गरेँ । यहाँ राम्रो लागेका २ वटा बटनहरु जुन सित्तैमा पनि पाइन्छ, त्यसैको सिफारिस गरेको छु । आफ्नो इच्छा बमोजिम प्रयोग गर्न सक्नुहुन्छ ।

तल हेर्नुहोस् –

१. विन्डोज ८ स्टार्ट बटन (WindowsWin8StartButton) :
यो प्रयोग गरेपछि तपाईले यस्तो किसिमको स्टार्ट बटन पाउनु हुनेछ आफ्नो विन्डोज ८ मा ।
windows 8 start menu

२. क्लासिक सेल (Classic Shell) :
यो स्टार्ट बटन विभिन्न प्रकारका पाइन्छन् । तपाईले आफ्नो इच्छा बमोजिम विन्डोज क्लासिक, विन्डोज एक्सपी र विन्डोज ७ मा भए जस्तै स्टार्ट बटन राख्न सक्नु हुनेछ । पुरानो स्टाइलको स्टार्ट बटनमा बानी पर्नु भएकाहरुका लागि यसमा त्यही सरलता पाउँन सक्नुहनेछ ।

तल क्लिक गरेर डाउनलोड गरी इन्स्टल गर्नुहोस्,

१. विन्डोज ८ स्टार्ट बटन
२. क्लासिक सेल स्टार्ट बटन

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)