ल्यापटपमा इन्टरनेट छ तर मोबाइलमा वाइफाइ नभएर जिपिआरएस चलाइरहनु भएको छ ? अथवा राउटर नभएर वाइफाइको मज्जा त लिन नपाउँनु भएको छ कि ? त्यसो हो भने पिर नगर्नुस्, आज म आफ्नो ल्यापटपदेखि कसरी वाइफाइ छोड्न सकिन्छ भनेर कुरा गर्दैछु । तपाईले आफ्नो ल्यापटपमा एउटा सफ्टवेयर इन्स्टल गरेर सजिलै ल्यापटपबाट छोडिएको वाइफाइ अरु साधनमा प्रयोग गर्न सक्नु हुन्छ । बेकारमा राउटरका लागि किन पैसा तिरिरहने ? म आफैले पनि राउटरको प्रयोग नगरि वाइफाइ प्रयोग गरिरहेको छु । इन्टरनेट चलाउँन मात्र हैन, अरु डिभाइसलाई आफ्नो ल्यापटपसँग जोड्न पनि तपाईले यो वाइफाइको प्रयोग गर्न सक्नु हुनेछ ।
कनेक्टिफाइ (connectify) सफ्टवेयरको प्रयोग गरेर ल्यापटपदेखि वाइफाइ छोड्न सकिन्छ । यसका लागि सबै भन्दा पहिले यहाँ क्लिक गरेर कनेक्टिफाइ डाउनलोड गर्नुहोस् ।
कनेक्टिफाइ डाउनलोड गरेर इन्स्टल भएपछि कम्प्युटर रिस्टार्ट गर्नुहोस् । कम्प्युटरको दाँया भागको सबैभन्दा तल यस्तो बक्स खुल्नेछ । यदि यस्तो बक्स नदेखिए स्टार्ट मेनुमा क्लिक गरेर कनेक्टिफाइ ओपन गर्नुहोस् ।
माथि देखिए जस्तै बक्समा आफुले चाहेको नाम र पासवर्ड भरेपछि start hotspot मा क्लिक गर्नुहोस् । वाइफाइ सुरु हुन्छ । वाइफाइ जोड्नु पर्ने डिभाइसमा राखिएको नाम खोजेर त्यसमा पासवर्ड राखेर वाइफाइ प्रयोग गर्न सक्नु हुन्छ । तपाईले ल्यापटपबाट छोडेको वाइफाइबाट इन्टरनेट चलाउँन ल्यापटपमा भने कुनै प्रकारले पनि इन्टरनेटको स्रोत हुनुपर्छ । नत्र तपाईको ल्यापटपबाट छोडिएको वाइफाइबाट लोकल वाइफाइ कनेक्सनमात्र हुन सक्छ । इन्टरनेट नभएपनि यसबाट तपाईले कुनै डिभाइसलाई आफ्नो ल्यापटपसँग कनेक्ट भने गर्न सक्नुहुनेछ । यस्तै वाइफाइलाई प्रयोग गरेर तपाईले यसरी मोबाइललाई वायरलेस माउस र किबोर्ड बनाउँन सक्नुहुन्छ ।
यो कनेक्टिफाइको ट्रायल भर्सन हो । तपाईले ट्रायल भर्सन चलाउँदा कतिपय सुविधाहरु हुदैनन् । तर पनि व्यक्तिगत प्रयोजनका लागि उपयुक्त नै हुन्छ ।
ल, अब ढुक्कले यसरी वाइफाइ चलाउँनुहोस् ।
Windows 7 professional मा त यस्ले काम गरेन त ….
हैन हौ सर हरु मलाई विफी ह्याक कसरि गर्ने सारै तेंस पारो हो येसो वन्न मिल६ भने सम्स गरिदिनु होला नि हौ video सहित भए सम्म है
yo sewa laptop bata matra ho ki computer bata pani chalaauna sakinchha? plzz rply me…