विन्डोज ८ को ‘बुटेबल डिभिडी’ वा ‘फ्लास्क डिस्क’ यसरी बनाउँनुहोस् !

माफ पाउँ है ! मैले केहिदिन अगाडी ‘विन्डोज ८’ सित्तैमा कहाँबाट ‘डाउनलोड’ गर्ने ? भन्ने ब्लगमा सित्तैमा विन्डोज ८ डाउनलोड गरेर ट्राइ गर्ने बिधिका बारेमा लेखेको थिएँ । त्यही दिन वा त्यसको भोलीपल्ट नै त्यहाँबाट डाउनलोड गरिएको सफ्टवेयर (Windows 8 ISO images) लाई कसरी बुटेबल बनाउँने भनेर लेख्छु भन्ने सोचेको थिएँ, तर आजमात्र यसबारे लेख्दैछु । तपाईले विन्डोज ८ परिक्षण गर्न माइक्रोसफ्टको त्यही सफ्टवेयर डाउनलोड गर्नु भएको छैन भने यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस् । सो सफ्टवेयर Windows 8 ISO images सफ्टवेयर हो । यसलाई सजिलै कम्प्युटर बुट गर्न सकिने बुटेबल डिभिडी वा पेनड्राइभ (फ्लास्क डिस्क) बनाउँन सकिन्छ । त्यसको प्रयोग गरेर तपाईले विन्डोज ८ को सित्तैमा उपयोग गर्न पाउँनु हुनेछ ।

सबैभन्दा पहिले तपाईले विन्डोज ८ को आइएसओ इमेज (Windows 8 ISO images) डाउनलोड गरेको हुनु पर्छ (डाउनलोड गर्नु भएको छैन भने माथि फेरि पढ्नुहोस्) । त्यसपछि बुटेबल डिभिडी वा फ्लास्क डिस्क बनाउँन विन्डोज विन्डोज ७ डिभिडी/युएसबि टुल (Windows 7 DVD / USB tool) डाउनलोड गरेर इन्स्टल गर्नुहोस् । यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस्

त्यसपछि विन्डोज डिभिडी टुल (Windows DVD tool) ओपन गरेर विन्डोज ८ आइएसओ फाइल (Windows 8 ISO file) ब्राउज गर्नुहोस् । त्यसपछि यस्तो देखिनेछ ।
boot 1stअनि, next मा क्लिक गर्नुहोस् ।

त्यसपछि तपाईको इच्छा अनुसार डिभिडी वा पेनड्राइभ (फ्लास्क डिस्क)लाई बुटेबल बनाउँने हो त्यसको चयन गर्नुहोस् ।
boot2तर याद गर्नुहोस्, बुटेबल बनाउँनका लागि खाली डिभिडी वा पेनड्राइभको प्रयोग गर्नुहोस् । ४ जिबीको मेमोरी कार्ड वा पेन ड्राइभ उपयुक्त हुन्छ ।

केहि मिनेट पछि तपाईको बुटेबल डिभिडी वा पेनड्राइभ तयार हुनेछ । तयार हुनु पुर्व तपाईले पेन ड्राइभ वा मेमोरी कार्ड छनौट गर्नु भएको छ भने क्रमश: यस्तो देखिनेछन् ।
boot3

2 Comments

  1. keshavraj bhandari says:

    आ wifi कसरि ह्याक गर्ने तरिका बताउन मिल६ कि ???????????????

  2. uttam khadka says:

    सर नमस्कार
    विन्डोज ८.१ पनि अहिले त आएको छ तर कहाँ बाट डाउनलोड गर्न सकिन्छ
    विन्डोज ८.१ को बारेमा पनि केहि जानकारी दिनु हुन् छ की धन्यबाद .

Reply to keshavraj bhandari Cancel Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)