माइनस १० डिग्री सेल्सियसको चिसो । सतहमा देखिए जति सबै पानी पनि जमेर वरफ भएको छ । यही चिसोमा हिउँ काट्ने मेसिन, बञ्चरो लिएर मेरा साथीहरु नजिकैको पोखरी तिर हानिए । किन भन्दा पोखरीमा जमेको वरफ काटेर पोखरीमा पौडी खेल्न रे । अब भयो बाँकी केहि ! मान्छेमा पागलपन चढेको देख्दै छक्क परेँ । माइनस १० डिग्री से. को चिसोमा खुला आकाशमुनि त तातोपानीले पनि नुहाउँन गाह्रो हुन्छ । त्यो बेलामा पोखरीको पानीले नुहाउँदा हालत के भयो होला ? अनुमान गर्न सक्नुहुन्छ ? बाँकी तल तस्विरमा हेर्नुहोस् ।
यति चिसोमा वरफ फुटाएर पौडी खेल्ने यीनीहरुको पागलपन देखेर मात्र पागल भनेको हुँ नि । साँच्चैका पागल नसम्झनु होला । नर्बेको नर्बेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका विद्यार्थीहरु हुन सबै । तर पारा देख्दा पागल नहोलान् भन्न सकिन्छ र ! =D
photo by : Vera Thaler