माथिको कोलाज् मैले फेसबुकका फोटोहरु प्रयोग गरेर बनाएको हुँ । एउटा कोलाज् बनाउँने सफ्टवेयरको सहयोगमा एकै क्लिकमा विभिन्न डिजाइनका कोलाजहरु बनाउँन सकिन्छ । कोलाज् बनाउँन भित्र आउँनुहोस् ।
कोलाज बनाउँन लुप (Loupe) भन्ने सफ्टवेयर प्रयोग गरेर बनाइन्छ । जसमा तपाईले फेसबुक (ट्विटर, इन्स्टाग्राम आदि) का तस्विरहरु लिएर कोलाज् बनाउँन सक्नुहुनेछ । सबै फोटोहरु तपाईकै हुनु पर्छ भन्ने पनि छैन । अरुका फोटोहरु लिएर पनि सजिलै कोलाज् बनाउँन सकिन्छ ।
यसका लागि तलको लिंकमा क्लिक गर्नुहोस्
कोलाज् बनाउँने लुप (Loupe) को लिंक
त्यसपछि आफ्नो फेसबुक एकाउन्टलाई योसँग जोड्नुहोस् (Connect with facebook) । त्यसपछि आफुले चाहेको एल्बमको या अरुको एल्बमको फोटोहरु लिएर कोलाज् बनाउँन सकिन्छ । तपाईलाई सुरुमा दिएको डिजाइनभन्दा फरक फरक डिजाइनको कोलाज् बनाउँन मन भए एकै क्लिकमा डिजाइन परिवर्तन गर्न सकिन्छ ।
यसरी नै फरक फरक डिजाइनमा बनाइएका कोलाज् हेर्नुहोस्
यो तलको कोलाज् प्लेनको आकृतिमा बनाइएको हो ।
सिक्नको लागि भिडियो हेर्नुहोस्, तल क्लिक गरेर