जडिबुटी – चिनिराखे निकै उपयोगी

तस्विर साभार : गुगल इमेज

दुखको कुरा, आफुलाई चाहिने जडिबुटीको बारेमा मानिसहरुलाई थाहा नै हुदैन । जबकी पशुपक्षीहरुले यसका बारेमा जानकारी राख्छन् । कुकुरलाई पेटमा केही गडबडी भयो भने जडिबुटी सेवन गरेर वान्ता गर्ने ज्ञान हुन्छ र उ जडिबुटी खोजेर खान सक्छ । चराचुरुङ्गीले पनि आफुलाई चाहिएको जडिबुटी खोजेर खान सक्छन् । तर हामी मानिस भने त्यति गर्न पनि सक्दैनौं । मानिसले थोरैमात्र जानकारी राख्ने हो भने हाम्रो घरआँगनमा नै उपलब्ध हुने जडिबुटीबाट निकै फाइदा लिन सकिन्छ ।

-वैद्य ध्रुबनारायण लिवि-
आयुवेर्दिक उपचारका बारेमा भन्नुपर्दा यो पृथ्वीको श्रृष्टिकालदेखि प्राकृतिक जडिबुटीका रुपमा प्राप्त भएको बुझिन्छ । सोही जडिबुटीले नै मनुष्यदेखि सबैजसो जिवजन्तुसम्मको अचुक उपचार गरि स्वस्थ्य राख्ने, दीर्घजिवी बनाउँने काम गर्न सक्छ । चराचुरुङ्गीदेखि लिएर मानिससम्मले प्रकृतिले दिएको जडिबुटीलाई सिधै वा प्रशोधन गरेर उपभोग गरेको पाइन्छ । हाम्रो जस्तो प्राकृतिक स्रोत र साधन भएको देशमा जडिबुटीहरुको सहि प्रयोग र विस्तार गर्न सके यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कसैको दुइमत नहोला ।

जस्तो हाम्रै गाउँघरमा सजिलैसँग पाउँन सकिने जडिबुटीहरु निम, सिमली, तीनपाते, बाबरी, घोडताप्रे, हर्रोबर्रो, अमला आदि वनस्पतीको मात्र पनि पहिचान गरेर प्रयोग गर्न सकियो भने धेरै रोगको निदान गर्न सकिन्छ । यसको अध्ययन गरेर नेपाल जस्तो बिबिधता भएको देशमा स्थानबमोजिम जडिबुटी खेती गरेर मनग्गे आय आर्जन गर्न सकिन्छ ।

आधुनिक चिकित्सामा प्रयोग हुने विभिन्न थरी औषधीहरुको पार्श्व प्रभावले नयाँ नयाँ रोगहरु उब्जिएको र विस्तार भएको पाइन्छ । जस्तै – उच्च रक्तचाप, मधुमेह, क्यान्सर, पक्षघात, मुटु र पेटसँग सम्बन्धित रोगहरु निकै बढेको पाइन्छ । तर यसको स्थानमा आयुर्वेदिक औषधीहरु वा जडिबुटीहरुको प्रयोग गर्दा पार्श्व प्रभाव नपर्ने र दीर्घकालिन सकारात्मक प्रभाव पर्ने हुन्छ । यसैले विकसित देशमा जडिबुटीमा अध्ययन गर्ने परिपाटी दिनानुदिन बढिरहेको छ ।

दुखको कुरा, आफुलाई चाहिने जडिबुटीको बारेमा मानिसहरुलाई थाहा नै हुदैन । जबकी पशुपक्षीहरुले यसका बारेमा जानकारी राख्छन् । कुकुरलाई पेटमा केही गडबडी भयो भने जडिबुटी गरेर वान्ता गर्ने ज्ञान हुन्छ र उ जडिबुटी खोजेर खान सक्छ । चराचुरुङ्गीले पनि आफुलाई चाहिएको जडिबुटी खोजेर खान सक्छन् । तर हामी मानिस भने त्यति गर्न पनि सक्दैनौं । मानिसले थोरैमात्र जानकारी राख्ने हो भने हाम्रो घरआँगनमा नै उपलब्ध हुने जडिबुटीबाट निकै फाइदा लिन सकिन्छ ।

रोग र प्रयोग गर्न सकिने जडिबुटीहरु
पिनास : मानिसहरुमा यो समस्या निकैदेखिने गर्छ । तर थोरैमात्र ध्यान दिने हो भने घरमा उपलब्ध हुने जडिबुटीले यसको निदान गर्न सकिन्छ । आफ्नै घर आँगनमा पाइने अभिजालो, तितेपाती, सिमलीलाई पिसेर बनाइएको झोल बिहान बेलुका दुईदुई थोपा राख्नु भए पिनासमा राहत हुन्छ ।

खोकी : अदुवा, पिपला, ज्वानो पानीमा पकाएर पानी सेवन गरे खोकी ठिक हुन्छ ।

साधारण ज्वरो :आफ्नै घरआँगनमा हुने तुलसी, पितपापद, निम पकाएर खाएमा साधारण ज्वरो ठिक हुन्छ ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)