नर्बेमा यसरी गरिदो रहेछ फोहोर व्यवस्थापन

हुन त नर्बेको जनसंख्या नै कम छ । नेपालभन्दा दुईगुणाभन्दा ठुलो क्षेत्रफल भएपनि नेपालको एक चौथाई जनसंख्या पनि यहाँ छैन । थोरै मान्छे भएपछि फोहोर पनि थोरै नै हुने भयो । नर्बेको शहर होस् या गाउँ, सडकमा होस् या चौरमा कतै फोहोर नदेखेपछि सबैलाई लाग्छ, ‘मान्छे नै कम छन्, के को फोहोर हुन्थ्यो ।’ तर जब मैले यहाँको फोहोर व्यवस्थापन हुने ठाउँ (हाम्रो सिस्डोल जस्तो) घुमेँ, हेरेँ । तब लाग्यो, जनसंख्या मात्रै हैन यहाँ फोहोर कम देखिनुको कारण । संस्कार, नियम र फोहोर व्यवस्थापनको बैज्ञानिक प्रयोग मुख्य रहेछ । औसतमा हेर्ने हो भने हामीकहाँ भन्दा धेरै फोहोर उत्पादन हुन्छ होला । साँच्चै हामीले नगरेर नै फोहोरी भएका रहेछौं । तपाई जति सफा भएर के भो र, काठमाण्डौंलाई हेरेपछि तपाई पनि फोहोरी मै पर्नु हुन्छ । भो, आफ्नै कमजोरी मात्रै कति देखाउँनु ! मैले नर्बेमा देखेको फोहोर व्यवस्थापन देखाउँछु । तस्विरहरु सबै मैले नै खिचेका हुन् ।

केन्द्रमा मात्रै व्यवस्थापन हुने हैन, फोहोर बोक्ने गाडीहरुले फोहोर खुला बोक्दैनन् । डम्म बाकसमा बन्द गरेर बोकेका हुन्छन् । बाहिरबाट हेर्दा कसले भन्ने यो गाडीलाई फोहोर बोकेको छ भनेर ।

फोहोर संकलन गर्ने ठाउँ भरियो भने यहाँका नागरिकहरु आफै फोहोर लिएर केन्द्रसम्म पनि पुग्दा रहेछन् । तर उनीहरुले कतिपय फोहोर त्यहाँ प्रशोधन गरेको पैसा तिर्नु पर्ने रहेछ । जति धेरै किलो भयो उति धेरै पैसा तिर्नु पर्ने । तर पनि उनीहरु आफै आउँछन् । कुरा सायद पैसाको हैन, संस्कारको हो ।

फोहोरलाई कुहिने र नकुहिने तथा फोहोर अनुसार विभिन्न समूहमा पहिले छुट्याइदोरहेछ । कतिपय फोहोरहरु त पुनर्प्रयोग गर्न सकिने हुँदारहेछन् र सिधै त्यहीबाट सेकेन्ड ह्यान्ड पसलमा पठाइदो रहेछ ।

मेसिनमा हालिदिएपछि यसरी प्याक भएर आउँदोरहेछ फोहोर





कुहिने फोहोरबाट बनाइएको मल ।


फोहोरबाट जैविकइन्धन निकालि गाडीमा भर्न प्रयोग गरिन्छ । यो यस्तै इन्धन भर्ने पम्प हो ।

र, पुनर्प्रयोगमा लगिने तथा प्रशोधन गरेर प्रयोग गर्न सकिने अनि मल र इन्धन बनाउँन प्रयोग हुने देखि बाहेक बाँकी रहेकालाई मात्र जमिनमा पुर्ने गरिदो रहेछ । उनीहरुका अनुसार यति गर्दा पनि ३५ देखि ४० प्रतिशत भने जमिनमा पुर्नु पर्दो रहेछ ।

यस्तो नेपालमा कहिले हुन्छ होला है !

2 Comments

  1. Theguwa Psl says:

    हाम्रो देशमा यो संस्कार र टेक्नोलोजी आउँनलाई त मलाई लाग्छअझै १ शताब्दि भन्दा पनि ज्यादा पर्खिनु पर्छ । Dirty Peoples Dirty Game, अनि कहाँबाट आउँछ Norway, Switzerland ani सिन्गपोरे को जस्तो संस्कार ? दमन !

  2. Bhumi says:

    अनुकरनीय छ.

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)