ब्लग बनाउँन, वर्डप्रेस र ब्लगर(ब्लगस्पट) कुन राम्रो ?

blogger and wordpress which one is better ब्लग सुरु गर्न ब्लगर र वर्डप्रेस कुन राम्रो ? मेरो अनुभव यस्तो छ ।

मैले ब्लग सुरु गर्दा मलाई ब्लगर (ब्लगस्पट) को बारेमा थाहा थिएन । कुनै पत्रिकामा ब्लग यसरी चलाइन्छ भन्ने देखेकै भरमा ब्लग बनाउँन सुरु गरेको हुँ । कम्प्युटरको सामान्य ज्ञान भएको र इन्टरनेटको सामान्य ज्ञानसम्म नभएको मलाई ब्लग सुरु गर्ने अरु विकल्पका बारेमा कसरी थाहा पाइन्छ भन्ने पनि थाहा थिएन । यसैले सोही पत्रिकामा दिए बमोजिम वर्डप्रेसमा ब्लग बनाएँ, नेपालीहर्ट डट वर्डप्रेस डट कम । तर ब्लग चलाएको लगभग एक बर्ष पछि ब्लगको पछाडी झुन्डिएको वर्डप्रेस मन परेन, हटाउँन खोजेँ । तर मैले चलाएको नाम अर्कैले राखिसकेको रहेछ । मैले ब्लग लेख्नै छोडिदिएँ ।

पछि फेरि संयोगवश ब्लग चलाउँन थालियो । ब्लगमा राखिने गुगलका विज्ञापनका बारेमा थाहा पाइयो । यसैले गुगलको हो रे विज्ञापन त दिइहाल्ला नि भनेर ब्लगरमा फेरि ब्लग सुरु गरेँ, पानीफोटो डट ब्लगस्पट डट कम

मैले यो ब्लगमा किन पनि वर्डप्रेस र ब्लगरको कुरा गरेको हुँ भने मैले दुवैमा ब्लगको अनुभव गरेको छु । र, यी दुई ब्लग प्रदायकहरु नै चलेका ब्लग प्रदायकहरु हुन् । यसैले म आज यी दुई ब्लग प्रदायकका विशेषता के के छन् भन्ने बारेमा कुरा गर्छु । कुनमा ब्लग बनाउँदा राम्रो भनेर सोचिरहनु भएको छ भने पक्कै पनि मेरो अनुभव र विश्लेषण तपाईलाई सहायक हुनेछ । तल हेर्नुहोस्

ब्लगर र वर्डप्रेसमा के समानता छ ?

– दुबै प्रदायकमा ब्लग सित्तैमा बनाउँन सकिन्छ ।
– दुबैमा फोटो र भिडियोहरु अपलोड गर्न सकिन्छ ।
– दुबैमा ब्लग बनाउँन कुनै विशेष ज्ञानको आवश्यकता पर्दैन ।
– दुबै पहिले नै होस्ट गरिएका हुन्छन् । यसैले होस्टिङका लागि थप पैसा तिरिरहनु पर्दैन ।
– दुबैमा आफुले रोजेको नाम पछाडी उनीहरुको नाम राख्नै पर्ने हुन्छ । जस्तै ब्लगरमा डट ब्लगस्टपट र वर्डप्रेसमा डट वर्डप्रेस ।

ब्लगरका विशेषता :

blogger logo– ब्लगर खोल्नका लागि बेग्लै युजर एकाउन्ट बनाउँनु पर्दैन । तपाईसँग जिमेलको एकाउन्ट भए त्यसले नै ब्लगर साइन अप गर्न सकिन्छ ।
– ब्लगरले १ जिबीको मात्र स्टोरेज दिने भने पनि तपाईले ब्लगमा राख्ने फोटो पिकासामा राखिएका हुन्छन्, जसलाई ब्लगमा देखाइन्छ ।
– गुगल लगायतका विज्ञापनहरु राखेर केहि कमाइ गर्न सकिन्छ ।
– ब्लगरमा आफ्नो ब्लग व्यक्तिगत बनाउँन सकिन्छ । तपाईले चाहेका बढिमा १०० जना मान्छेले मात्र तपाईको ब्लग हेर्न सक्ने बनाउँन सकिन्छ ।
– एउटै ब्लगमा धेरै लेखक र एडमिनिस्ट्रेटर बनाउँन सकिन्छ । जहाँ एडमिनिस्ट्रेटरले ब्लगमा जे पनि गर्न सक्छ भने लेखकले ब्लग लेख्ने, पोस्ट गर्ने र आफैले पोस्ट गरेको ब्लग एडिट गर्ने मात्र गर्न सक्छ ।
– विभिन्न डिजाइनका टेम्पेल्टहरु सित्तैमा चलाउँन सकिन्छ । वेभपेजबारे ज्ञान भए आफुले चाहे अनुसार कस्टोमाइज पनि गर्न सकिन्छ ।
– ब्लगरमै भएका अरु ब्लगबाट ब्लगहरु आयात गर्न सकिन्छ तर अरु प्रदायकबाट ब्लग, जस्तै Type-Pad मा तपाईले २० वटा ब्लग लेख्नु भएको छ र यता ल्याउँनु पर्दा कपि पेस्ट नगरी, आयात गर्न सकिदैन ।
– ब्लग सजाउँनका लागि धेरै विजेटहरु सित्तैमा पाइन्छन् । जसलाई राख्न सजिलो छ । तर ब्लगर बाहेक अन्यत्र पाइने धेरै जसो राम्रा विजेट चलाउँन html जान्नु पर्छ ।

वर्डप्रेसका विशेषता :

photo of wordpress– वर्डप्रेसमा अरु प्रदायकमा भएका ब्लगहरु एकै क्लिकमा आयात गर्न सकिन्छ ।
– यसमा धेरै किसिमका डिजाइनका थिमहरु सित्तैमा प्रयोग गर्न पाइन्छ ।
– वर्डप्रेसमा Askimet भन्ने spam protector हुन्छ जसले स्पामबाट धेरै हदसम्म जोगाउँछ ।
– यसमा अरु सम्पादक तथा लेखकहरु थप्न सकिन्छ जसलाई आवश्यकता अनुसारका ब्लग चलाउँने अनुमति दिन सकिन्छ । यसको अर्थ आवश्यकता अनुसार ब्लगका धेरै कुरा नचलाउँन दिन सकिन्छ भन्ने पनि हो ।
– व्यक्तिगत ब्लग बनाउँन सकिन्छ जसमा ३५ जनालाई मात्र अनुमति दिन मिल्छ । थप चाहिएमा पैसा तिरेर बढिलाई अनुमति दिने बनाउँन सकिन्छ ।
– ३ जिबीसम्म डाटा स्टोर गर्न सक्नुहुन्छ ।
– ब्लग सजाउँनका लागि हजारौं प्लगिनहरु सित्तैमा पाइन्छन् । जसलाई राख्न एकदमै सजिलो छ । तपाईले html जानिरहनु पर्दैन ।
– गुगल लगायतका कुनै पनि विज्ञापन राख्न मिल्दैन ।

थप जानकारीका लागि यहाँ क्लिक गरेर भिडियो हेर्नुहोस् ।

8 Comments

  1. Binod Adhikari says:

    ब्लगरमा एउटा नराम्रो कुरा तपाईले लेख्न छुटाउँनु भए छ । ब्लगरमा गुगलको निकै कडा निगरानी हुन्छ जसले गर्दा तपाईले लेखेका लेखहरुलाई शंका लागेकै भरमा स्पाम भनेर ब्लगरले तपाईको लेख र ब्लग मात्रै होइन पुरा ब्लग नै डिलिट हान्दिन सक्छ । तपाई ढुक्कसँग कहिले पनि ब्लग चलाइरहन सक्नु हुन्न ।

    • Biren Samba says:

      Binod Adhikariji, how we know which post is spam and which is not?

      • Binod Adhikari says:

        जहाँसम्म मलाई थाहा छ, गुगलले स्पाम मात्र होइन अर्काको सामग्री कपि गरेको ब्लग पनि हटाउँछ. यसैले अर्काको कपि गरेको कुरा त तपाई एड्मिनले थाहा पाइहाल्नु हुन्छ र स्पाम त गुगलले केलाई ठान्छ भन्न सकिन्न. उसलाई शंका नलागेसम्म तपाईको ब्लग छ.उसलाई शंका लागेमा जुनसुकै बेला उसले तपाईको ब्लग डिलिट गर्न सक्छ. उसले सुरुमै हामीलाई उसको यो शर्तसँग सहमत छु भन्ने ठाउँमा क्लिक गर्न लगाएको हुन्छ.

        रमाइलो कुरा त यो छ कि तपाईले रिपोर्ट भने गर्न सक्नुहुन्छ. तर त्यो पनि तपाईको समयको नाश मात्र हुन्छ. यसैले सकेसम्म विवादित अश्लिल कुराहरु नलेख्नुहोस्.

  2. लब मिश्र says:

    जति नराम्रो र कठिन भए पनि ब्लगस्पोट छोडिदैन / अलिअलि कमाइ जो हु्न्छ /

  3. Bigyan says:

    paniphoto sir, मलाई self hosting blog बनाउनु छ / blogger लाई domain मा गएर होइन. direct into .com कसरि हो plz help me. ब्लोग्गेर बाट .com त बनाएकै छु तर self hosting गर्न मन लागेको छ .

  4. Deepak Pant says:

    hello दिपध्वनीजी तपाईको यो पोस्ट राम्रो लाग्यो । जहाँसम्म गुगलले स्पाम लिस्टमा राख्ने कुरा छ त्यो डुप्लिकेट कन्टेन्ट भएकै भरमा तपाईलाई कहिले पनि स्पाम लिस्टमा राख्दैन । unless your blog shows malicious activities जस्तै कि too much link sharing, Flooding or you are phishing . I am a wordpress developer i think blogging is one of the major tools for sharing your knowledge . डुप्लिकेट कन्टेन्टले तपाईको सर्च इन्जिनमा र्र्याङकिङमा फरक पर्न सक्छ तर never declaerd as spam. Google encourage to write fresh and unique content , Google dont have right to delete blog it only unlist from google search 😀
    Thank you,

  5. Kabi Nepali says:

    मैले पनि धेरै तिर ब्लग चलाएर यो अनुभब छ की अलिकति पैसा कमाउने हो गुगलको बिज्ञापन बाट भने ब्लोग्गेर अर ब्लगस्पट बाट ब्लग बनाउदा राम्रो हुन्छ तर. तर सिकारु ब्लगले सुरुका २-३ वर्ष केवल लेख्ने मा ध्यान दिनुपर्दछ.. कमाइ हुन्छ तर धेरै मिहेनेत चाहिन्छ.

  6. Sangam Dahit says:

    ब्लग चलाएर कसरि पैसा कमाउन सकिञ्छ त ? हामी लाई पनि केहि उपाय बताई दिनुस न ?

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)