गजल


-गणेश कार्की-
अगस्तिको यो सन्सार देख्छु, र भोक लेख्न थाल्छु
देख्छु पिडा मानव जातको, र शोक लेख्न थाल्छु ।

काल पल्क्यो कर्णालीमा, पिर्का भन्दा चिहान धेरै
गाउँ र बस्ति सखाप हुन्छ, र रोग लेख्न थाल्छु ।

साला कागजे टुक्रोले मानवता पाखा लाउदा
तितो यथार्थले डस्छ, र मनभोग लेख्न थाल्छु ।

चन्द्र टेक्ने कोहि, रछ्यानमा सिता बटुल्ने कोहि
विद्रोह यो जाग्छ, र एकपाना झोंक लेख्न थाल्छु ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)