केहि गजलहरु

रुप राम्रो होस्, अभिमान नहोस्, यो सम्भव हुदैन
विछोड होस्, मदिरापान नहोस्, यो सम्भव हुदैन ।

गाउँमा मेला होस्, साँझको बेला होस्, सब रमाइलो
दोहोरी होस्, तानातान नहोस्, यो सम्भव हुदैन ।

आज शनिबार फुर्सदको दिन । आजको शनिबारको साप्ताहिक साहित्यमा केहि गजलहरु पढेर रमाइलौ गरौं ।

गजल १
रुप राम्रो होस्, अभिमान नहोस्, यो सम्भव हुदैन
विछोड होस्, मदिरापान नहोस्, यो सम्भव हुदैन ।

ओठ निचोर्दा दुध आउँने नयाँ दम्पतीको जोडी
श्रीमती होस्, सँगै श्रीमान नहोस्, यो सम्भव हुदैन ।।

नौ डाडा पारी, सात समुद्र पारी, जहाँ भएपनि
आफन्त नै होस्, चिनजान नहोस्, यो सम्भव हुदैन ।

अल्लारे ठिटा रिसले चुर हँदा, को भन्दा को कम
झै झगडा होस्, हानाहान नहोस्, यो सम्भव हुदैन ।।

गाउँमा मेला होस्, साँझको बेला होस्, सब रमाइलो
दोहोरी होस्, तानातान नहोस्, यो सम्भव हुदैन ।
धिरज ठकुरी, कैलाली

गजल २
भएर लास जिउँदो, चुकेर बाँच्न सक्दिन
डुबेर आँसु कुण्डमा, म कत्ति हास्न सक्दिन ।

चिरेर छाती के भयो, उनीले दयाको फूलले
बनेर दुष्ट त्यै पनि, म फूल मास्न सक्दिन ।।

जिउन एक जिन्दगी, रोजेथे एक संगिनी
टुटाई प्यार उनको, म अन्त गास्न सक्दिन ।

बनेर घाती उनी झै, म घात गर्न जान्दिन
चढाई माथी चुचुरो, पहाड भास्न सक्दिन ।।

उनी त दुर पुगिछिन्, म मात्र अल्झि भासमा
पुजेर फेरि दिलमा, तस्विर टास्न सक्दिन ।

यथार्थ भोग्नु राम्रो, छ जे समिप जिन्दगी
भुलेर बाँच्नु वेश भो, म स्वप्न साच्न सक्दिन ।।
इन्द्र कोइराला, नुवाकोट


गजल ३ 
आफ्नै बिचार सेरेर बसियो
दुईचार गजल केरेर बसियो

जब देश मिचे बिदेशिले
स्वास्निको गुन्यु बेरेर बसियो


बुद्दको शान्ती लीलामी भयो

आफु चै मुन्टो फेरेर बसियो

बनेन देश दोश कसलाई दिनु
रमिता लौ सधैं हेरेर बसियो

‘अनुभव’ रुन्थेन परदेशमा आज
आमाको कुरा कहाँ टेरेर बसियो!?

अनुभव शर्मा

तपाई पनि paniphoto@gmail.com मा गजल पठाउँन सक्नुहुन्छ । 

2 Comments

  1. RRijal says:

    नौ डाडा पारी, सात समुद्र पारी, जहाँ भएपनि
    आफन्त नै होस्, चिनजान नहोस्, यो सम्भव हुदैन ।
    ‍‍‍‍‍‍‍‍‍————
    चिरेर छाती के भयो, उनीले दयाको फूलले
    बनेर दुष्ट त्यै पनि, म फूल मास्न सक्दिन ।।
    ————
    ‘अनुभव’ रुन्थेन परदेशमा आज
    आमाको कुरा कहाँ टेरेर बसियो!?
    ————
    मैले पढेको सबैभन्दा उत्कृष्ट तखल्लुस होला 'अनुभव' ! आदाब !

  2. Bikash says:

    धेरै राम्रो लाग्यो ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)