के फरक छ पश्चिमा र हामी बिचमा ? तस्विर हेर्नुहोस्

शिर्षकमा पश्चिमा भन्नाले युरोप, अमेरिका लगायत एसियाभन्दा बाहिरका मानिसहरुलाई जनाउँन खोजिएको हो । पूर्वीय संस्कृति राम्रो कि पश्चिमा ? दुबै तर्फबाट पक्षमा र विपक्षमा सयौँ असल र खराब पक्षहरुमा छलफल गर्न सकिएला । हामीमा त यो बहस निकै एकतर्फी छ । एसियाभन्दा बाहिर निकै लामो समय बसेर त्यतैको संस्कृतिमा रमाउँने र त्यतैको संस्कृति अनुसरण गर्नेलाई हामी बिग्रिएको नै मान्छौँ । उनीहरु हामीलाई अर्कै केहि मान्लान् । यो आफ्नो आफ्नो सभ्यताप्रतिको लगाव पनि हो सायद । तर यो विवाद र अभ्यास निकै जटिल छ ।

समाजशास्त्रमा निकै विद्धानहरु संस्कृतिलाई ज्ञानका रुपमा लिन्छन् । यस्तो ज्ञान जसले हरेक मानिसको, समुदायको र सिंगो मुलुक तथा क्षेत्रकै व्यवहारलाई निर्धारण गर्छ । र, त्यहाँको प्राकृतिक, सामाजिक तथा राजनीतिक वातावरणमा अभ्यस्त बनाउँछ । संस्कृतिहरु समय र परिस्थिती अनुसार विकास हुँदै जान्छन् भने एकभन्दा बढि संस्कृति मिसिएर एकआपस जस्तै भएर तर एकआपसभन्दा फरकरुपमा पनि प्रयोग हुन्छन् । यसरी हेर्ने हो भने संस्कृति साधनभन्दा बढि अरु केहि पनि होइन । तर पनि समाजशास्त्रीहरुमै पनि जटिल विवाद र परिभाषाहरु कायमै छन् । Continue reading