paniphoto

ब्यूटिफूल
- जगदीश घिमिरे-

दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।

एक जुवा दिन बाँकी छ । पारी जानेलाई कोशी तर्न हतार, वारी आउनेलाई त्यस्तै । मुर्कुट्टाजस्तै बगरको ढूंगामा मान्छे टक्र्याक टुक्रुक्क बसेका छन् । उराठलाग्दो साँझ । मन नलागी–नलागी छरिएको मन बटुलेर धुवाँसँग उडाएकोले होला सगरैभरि तुँवालो लागेको छ ।

घटवारेहरु बाहान पुर्‍याउन चाहन्छन् । यताबाट जाने मान्छे त पुगे, आउनेहरुको प्रतीक्षा छ ।

“ए कान्छा । उठ्” चतूरेले बोलायो ।

आजकाल डूङ्गा तार्ने पालो उसको र कान्छाको छ । यिनीहरुले पैसा कमाउन पाउने, खेलाउन पाउने एकमात्र मौका ।यौटा अजंग सिमलको रुख खोपेर बनाइएको डूँडजस्तो डूङ्गामा पारी पुग्न हतारिएको लाम बसेको छ । हातमा बहना, टाउकोमा थोत्रो टोपीको घेरा र जीउमा कौपिनमात्रको गहनाले सिंगारिएका यी साँच्चै प्रकृतिका छोरा देखिन्छन् ।

मान्छे मान्छेको अगाडि हात फैलाएर चतूरे माग्दैछ – “खै खाजा दिनुपर्‍यो । खै खेवा दिनुपर्‍यो ।” फलामका हात पनि पैसाको लागि फैलिन्छन् । … आत्मविश्वासको कमी छ, कुनै घटवारे तोक्न सक्दैन

– “यत्ति पैसा ।”टाउकैमा बसेकी बुढी थपेनीले सातपत्रै थैलीबाट बल्लतल्ल केही पैसा झिक्छे र चतूरेको हातमा राखिदिंदै भन्छे – “ओखती गराउन जान लाग्या, निको हुन्छ कि हुँदैन कोनी । खाँडा देवीले वाण हानेर आधा अंग नचल्ने बनाइदिएकी छन् ।”

उसको इशारा डोकोमा बसेको अहिले कि भरे मर्लाजस्तो बुढोपट्टिहुन्छ । यो मर्लाजस्तो बुढो यसको चौथो पोइ हो । अघि बैंशमा ऊ निकै चल्तापुर्जा थिइ रे । त्यसैले चोथाले भन्छन् । ऐले यो पक्षवातले मर्न लागेको रोगीलाई बोकेर ओखती गराउन जाँदैछ । नेपाल हो कि मधेश, तर धेरै परचाहिं अवश्य … ।

यौटा लाहुरे पैसा गन्दैछ, चतूरेको हातमा केही पैसा राखिदिन्छ । र यसरी हेर्छ मानौं चतूरे मलायाको कुनै सस्तो भट्टिको केटो हो र दुई पैसाको साटो यौटा लामु सलाम ठोक्छ । तर चतूरे उसलाई सलाम ठोक्दैन । असभ्य न हो आखिर ब्रिटिश गोर्खा आर्मीको हवल्दारलाई सलाम नगर्ने ।तर चतूरेलाई त्यस लाहुरेप्रति धेरै चाख लिइरहने फुर्सद छैन । लाहुरसँग त्यस्तो प्रेम पनि छैन । उ पनि अघि हात पाखुरा आडिला छँदा एक पटक भागेर लाहुर पुगेको थियो । तर कस्तो दुःख छि– कति त भोकै बस्नुपर्‍यो … गन्हाउने ठाउँमा कति त भोकै सुत्नुपर्‍यो …

जाडोमा असाध्यै जाडो, गर्मीमा पनि खपिनसक्नु । के रे … के पो भन्थे रे नाउँ … कलकत्ता, हो कलकत्ता । कति गर्दा पनि राम्रो ठाउँमा लाग्न पाइएन … भाग्यै त हो, सधैं भाँडा माज्नुपर्‍यो … नत्र आज उ पनि यो लाहुरेभन्दा कम्ती हुने थिएन । … संझदै उसका पाइताला अघि बढे ।

यौटी कलीली बाहुनी बज्यैले निन्याउरो मुख लाएर साटनको थैलीको मुख फुकाएर केही पैसा झिकिन् र चतूरेको हातमा राखी दिइन् । उनलाई चाहिं आफ्नू घर पुग्न हतार छैन । उनका बाबु शशिधर उपाध्याले आनामासि ब्याज असूल गरेर कमाएको धर्म थोरै भएकाले आफ्नी प्रिय पूत्रीलाई गर्भै समेत बहत्तर मैन्हामा “कन्यादान” गरेका थिए । कन्यादान, सबै दानहरुमा ठूलो । बिहा भएको धेरैपछि चार दिनको लागि उनी माइत गएकी थिइन् । बल्ल्तल्ल सासू बज्यैले बिदा दिएकी थिइन् र पो । आज फर्कदै छिन् । आफ्नो घर टाढै देखिन् । देख्दै शरीर गलेर आयो … खुइय … । लामू सास फेरिन् । तेन्जिङले एकपटक हिमाल चढ्यो … तर यिनले दिनदिनै चढ्नु पर्छ … भोलि बिहानै भालेको डाकसँग ब्युँझनु पर्छ … पानी भर … भात पकाऊ … चूल्हो जुठो गर … भाँडा माज … बनपात जाऊ … बेलुका उही भात भान्सा … अनि सासू बज्यैको गोडा मिच … अनि पो सूत्न पाइन्छ जम्मा पाँच सात घडी, त्यै पनि चीसो ओछ्यानमा ।

वाँ (पोई) जागीरमा नेपाल जान“भा”छ … उनको मनमा भोलि घूम्यो ।… अनि यस थासे आइमाईले नकच्चरो हाँसो हाँस्दै चतूरेको हातमा पैसा राखिदिई र सोधी – “सँचै छ चतूरे जेठा ?”“सँचै छ सुबिदार्नी आमै ?” उसले सँचोका लागि सँचै छ भन्दियो ।द्धितीय विश्व युद्धमा मानबहादुर माझीले त्यो “नरमाइलो अर्काको ठाउँ” (उसको भनाइअनुसार) बाट फर्किदा आफूसँग यौटी तरुनी पत्नी लिएर आयो जो “हिन्दुस्थाना”मा रैछे । घर फर्केको खुशियालीमा भोज पनि गरियो । मेशिनगनका गोली पचाएर आएको मानबहादुर सुविदार भोजका राँगाको चौटा पचाउन नसकेर मर्‍यो ।

दुई पैसाको ओखतीको सट्टा ज्यान फाल्नु पर्ने ठाउँ पनि मान्छे जिन्दगीभरि विर्सन सक्दैन – जन्मेको थलो । सुबिदार्नी यही बसिन् । सूविधाअनूसार बर्षको दूईचार चोटि माइत जान्छिन् । यिनको माइत कुत्रि कुन लाहुरमा पर्छ थाहा छैन । जाँदा यिनीसँग एक दुईटी तरुनी अवश्य हुन्छिन् कि त वालविधवा कि त परित्यक्ता । तर घर फर्कदा सधैं एक्ली हुन्छिन् । सबैसँग हाँस्ने लेख्ने ठट्टा गर्ने मिजासिली फरासिली छिन् । उनको घरमा सधैं तरुना तत्रेरीको घूइँचो हून्छ … ।यतिन्जेल सबैसँग पसारिएका हात यहाँ आएर रोकिन्छन् । चतूरे यस मान्छेसँग सोध्छ – “कता भाटु (भिनाजु) ।”कुत्रि किन यता कसैलाई पनि साइनु नलगाई बोलाउन मान्छे हिच्किचाउँछन् ।“नेपालसम्म । साहुको भारी लिन ।” – त्यस भरियाले जवाफ दिन्छ ।

साहू । साँच्चैका साहू हो । धान दिएर रिन लाओस्, चाहे कपडा या नून । वर्षभरिकोकाम त ब्याज बापत नै जान्छ अनि साउँ उधैं उित्तको उत्ति ।यससँग चतूरेले पैसा माग्दैन । माझीले माझीसँग डूङ्गा तार्दा पैसा लिंदैन ।चतूरे टाउकोपट्टि उभियो । कान्छो पूच्छरमा बस्यो । डूङ्गा एक एक झड्कामा हुत्तियो । माझी ख्याउन थाले डूङ्गा पारोपट्टि लाग्यो …वारी पट्टि–घाटको झूप्रो । जाँड बेच्ने दुईटी तरुनी । वरिपरि जाँड खानेका भीड । त्यसभन्दा बढ्ता मुख हेर्ने घुइँचो । डबखा (जाँड खाने ठूलो बटुको) को जाँडको सप्रयाक–सूप्रूक, साइँली माइलीको कटाक्ष सीतन । उत्ताउलो ठट्टा । कामुक कार्यकलाप । यौटा जाँडले मातेको माझी साँइलीको नारीमा समाउँछ । हातपात गरौलाजस्तो गर्छ । उधारो जाँड माग्दैछ । उ दित्र । वरिपरिका रमितेहरु बीच बीचमा हाँस्छन् । बिरालोले मूसा खेलाएको मनोहर दृष्य । यी दुवैका पोइहरू लाहुर गएका छन् । देख्नेगरी जाँड बेच्छन् ।

एक बथान मान्छे बोकेर थाकेको भरियाजस्तो डूङ्गा फक्र्यो । सबैका आँखा उतै तानियो । नौले नौला मान्छे भरिएको डूङ्गा … चिनारु पो आउँछन् कि । क्यै लाहुरे पो घर फकर्याछन् कि ।ठिहिर्‍याउने पानीमा चतूरे कम्मरसम्म डुबेको छ । भर्खर हिमाल पग्लेर आएको पानी असाध्यै चीसो छ । यसको जीउभरि काँढा उम्रेका छन् । यात्रु बटोहीहरु क्रमश: उत्रँदैछन् ।

यौटा मान्छे ओर्लियो । हातमा एकजोर स्थानीय सार्कीले बनाएको काने जूत्ता । काँधमा झोला र कठालोमा छाता झूण्डाएको छ । जूत्ता लगाएर सरासर लम्कन्छ । रामेछाप अझै तीन कोश पर पर्छ । … उसलाई आज नपुगीभा छैन । मूद्दाको तारीख छ । साक्खै आफ्नै बाबुसँगको लेनदेन मूद्दाको ।चतूरेले बराह सकेसम्म बेसरी तानेर डूङ्गा अँचेटेकै छ ।यौटा खुट्टैदेखि काटिएको लाहुरे दूईटा चोके लठ्ठीको भरले हिंड्दै चतूरेसम्म आइपुग्यो । चतूरेले त्यसलाई आफ्नै पिठ्यूँमा बोकेर वरसम्म ल्यायो र सबैको आँखा त्यसैमा केन्द्रित भए । यो यै गाउंको माझी हो । केही बर्षअघि यसका दुईटै खुट्टा सद्दे थिए । … अब ती दिन फर्कदैनन् ।यतिखेर उ उसको रमाइलो गाउँका तमामा मान्छेहरुको घेरामा घेरिएको थियो । उसबाट लाहूरको लडाईको वर्णय सूत्र सबै उत्सुक थिए । क्यै उसको टाँग काटिएकोमा चूक्चूकाउन थाले । क्यै ज्यान जोगिएकोमा खुशी भए । यसको ठीक अगाडि माहिली पनि उभिएकी थिई । माहिलीका प्रतीक्षारत दुईवटा आँखा देख्नेििबत्तकै उसको मुटुले ठाउँ छोड्यो … ।

… भारत र पाकिस्तानको सीमानाको आकाश । बम बोकेर कुदिरहेका हवाई जहाजहरु । भूइँमा खाल्डा बनाएर बसेका तमाम सिपाहीहरु … गोली चल्छ … गोला चल्छ … लंगडो लाहुरेले संझ्यो उसकै लामका तमाम साथीहरु जसको छातीमा पग्लेको शीशा रोपिइसकेको थियो … दोर्जे भोटे … पूलामी मगर … त्यो सर्दार फेटावाल … छ्या त्यसको नाउँ पनि आउँदैन … अनि यै माहिलीको पोई पनि । हो यै माहिली जसको अगाडि उ उभिएको छ । लाहुरेले कोटको खल्ती छाम्यो – त्यहाँ माहिलीको पोइले मरेपछि तक्मा पाएको खबर भएको चिठी थियो । त्यो चिठी खेलाउँदै उसले सोच्यो – यै हो माहिलीको पोइको मरेपछिको कमाइ ?“हो” अर्को मनले जवाफ दियो ।“यसैलाई हो माहिलीले पर्खेर बसेकी ?”“हो ।”“दिउँ त उसको पोइको कमाइ ?”दे । … अहँ न दे । … आखिर त दिनै पर्छ । … द्यूँ त ? … नाई … उसको मनले उचित उत्तर दिन सकेन ।तर साइँली रामे खत्रीसँग निस्कदैछ ।

हुन त यसको पोइ पनि बिदेशिएको छ, तर यो चाहिं त्यै खत्रीसँग सल्केकी छ भन्छन् । पोहोर पेट बोकेकी थिई रे … तुहाई रे … उ लाहुर गएको पोइको उस्तो वास्ता गर्दिन । “… आ, ई लाहुर गएका कैले फर्कन्छन् कैले । भरे हाम्रो गाउंतिर आउने हैन –” साँच्चै उसले रामे खत्रीलाई निम्त्याई ।अन्त्यमा दुईजना विदेशीहरू पनि ओर्लिए । कालो चश्मा लगाएका उनीहरू गटर–पटर बोल्छन । जिरी जान हिंडेका रे, त्यतैबाट सोलुखुम्बु अनि दार्जीलिङ निस्कने योजना छ रे … ।

… डूङ्गाबाट ओर्लदै फोटो खिच्ने तरखर गर्दै दोभाषेसँग भन्छन् – “व्यूटिफूल … व्यूटिफूल …”

साभार समकालिन साहित्य

The post ब्यूटिफूल appeared first on paniphoto.

सुखी जीवनका उपाय
-मुन पौडेल-

महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन । सुखी हुन शान्ति चाहिन्छ र शान्ति भन्ने चीज परेवासँग हुँदैन । तपाईंको घर झुपडी होस् वा महल पाटी होस् वा सत्तल, शान्ति नभई घर घर हुँदैन र तपाईं आरामले बस्न सक्नुहुन्न । घरको शान्ति, तपाईंको शान्ति र घरछिमेकसमेतको शान्तिको स्रोत एउटै व्यक्ति हुन्छ र त्यो तपाईं होइन । शक्तिको स्रोत, शान्तिको स्रोत र क्रान्तिसमेतको स्रोत तपाईंकी एक मात्र दुलही, प्राण-पियारी र श्रीमती मात्र हुने भएकी हुनाले तिनलाई रिझाएर फकाएर, सुम्सुम्याएर राख्न सक्नु भो भने मात्र तपाईं सुखी हुन सक्नु हुन्छ तर सबैलाई थाहा छ, तपाईंलाई पनि थाहा छ र संसारैलाई थाहा छ कि श्रीमती भन्ने प्राणी त्यो चीज होइन जसलाई सहजै आफ्नो आकारमा राख्न सकियोस् । अर्थात् श्रीमतीलाई फुल्याएर फकाएर राख्नु भनेको कुकुरको पुच्छरलाई ढुङ्ग्रोमा हालेर सोझो पार्ने प्रयास गर्नुसरह नै हो । जुन असम्भव छ ।

एउटा कथा सुन्नुभएको छैन ? एउटी सासू र बुहारी सधैँ बाजाबाज गरेर झगडा गर्थे अरे । सासूले एकथोक भनी भने बुहारीले दुईथोक जवाफ दिन्थी अनि झगडाले भयङ्कर रूप लिन्थ्यो । एक दिन बुहारीलाई एउटीले सल्लाह दिइछ- सासूले सराप्न थाल्यो कि तिमी मुखभरि कनिका हालेर चपाउन थाल्नु, झगडै हुँदैन । बुहारीले त्यसै गरेकी त झगडै बन्द भएछ । कनिका मरीमरी चपाउन थालेपछि सासूको सराप पनि सुनिन कम हुँदोरहेछ, मुखमा कनिकाको बुझो भएको कारण बुहारीले जवाफ फर्काउन छोडिछन् । सासू एकहोरो कति चिच्याउनु, जवाफै नआएपछि । तपाईं पनि चुप लाएर बस्नुस्, उचित अनुचित केही नभन्नुस्, अन्यथा बोल्यो कि पोल्यो हुन्छ ।

श्रीमती भनेका भगवतीका रूप हुन् र भगवती कति किसिमका हुन्छन्, तपाईंलाई थाहै होला । नभए दुर्गा सप्तशति पढ्नुस् । यिनीहरूले कुन बेला कुन भगवतीको रूप लिन्छन् भन्नै गाह्रो छ । छिनमै मोहिनी रूपमा भएका यिनीहरू महाकालीको रूपमा परिवर्तित हुन्छन् । यिनीहरूको व्यवहार, चालढाल, कटाक्ष र माया कुन बेला परिवर्तन हुन्छ ? भगवान्ले पनि भन्नै सक्दैनन् । तुरुन्तै लक्ष्मीजस्ता देखिएका यी सरस्वती तुरुन्तै परिवर्तित हुन्छन् र सरस्वतीबाट महाकालीका रूपमा आउन पनि यिनलाई बेर लाग्दैन । त्यसैले यिनलाई चलाउनु, जिस्काउनुभन्दा हो मा हो मिलाउनु जाति तर त्यसो गर्दा पनि सुख पाइँदैन र पो मार्‍यो । सबभन्दा राम्रो जोइटिङ्ग्रे भइदिनु, सबभन्दा राम्रो ।

तपाईंकी प्राण प्यारी पत्नीलाई खुस चल्यो भने एकाबिहानै नुहाइवरी कपालबाट तपतप पानी चुहाउँदै तपाईंको ओछ्यानमै बेड टी पुर्‍याउन बेर लाउँदिनन् तर कुनै दिन तपाईं एकाबिहानै उठ्नु भो र तपाईंलाई चियाको तलतल लाग्यो भने तपाईं के गर्नु्हुन्छ ? बुद्धिमान हुनुहुन्छ भने चुपचाप चियाको प्रतीक्षा गर्नुस् र होइन तपाईंलाई बोल्नैपर्छ र तपाईंले ”के हो आज चियासिया खान पाइँदैन कि क्या हो” भन्नुभयो भने तपाईंको बिहानी बर्बाद ।  किनकि त्यति सुन्ने बित्तिकै तपाईंकी सुन्तली म्याक्सी घिसार्दै आउँछिन् र चिच्याउँछिन्- “मान्छेलाई बिहान उठेदेखि सास लिन फुर्सद छैन । धारामा पानी नआएर फोहोर भाँडाहरू असरल्ल छन् । एउटा नोकर खोजेर ल्याउनुभन्दा हुत्तिहाराहरू एउटा नोकर खोज्न सक्दैनन् । किन खोज्थे ? एउटी सित्तैकी कमारी छँदैछे नि घरमा । वरको सिन्को पर कोही नसार्ने । छोराछोरी केके न महाभारत गरेको जस्तो अझसम्म पनि सुती नै रहेका छन् । उहाँलाई चाहिँ बसीबसी चिया मात्रै चाहिन्छ” र एक छिनपछि ठ्यास्स एक कप चिया ठस्काउँछिन् । तपाईं त्यो चियाको कप हेरेर मक्ख पर्दै यस्तै हो भनेर चुप लागेर चिया खान थाल्नु भो भने बिहान मात्र बर्बाद हुन्छ, दिन सपि्रन्छ । चुइँक्क पनि बोल्नु भो भने दिनरात पूरै बर्बाद ।

श्रीमती सुमर्न साह्रै गाह्रो हुन्छ । जसले यिनलाई सुमर्छ त्यो पनि पछुताइरहेको हुन्छ, सुमर्न नपाउने पनि पछुताई नै रहेको हुन्छ, खोई कतातिरका पेंडाजस्तो । घररूपी फिल्मकी प्रोड्युसर, डाइरेक्टर सबका सब श्रीमती नै हुन् भनेर पूर्णरूपमा यिनकै निर्देशनमा सारा थोक चल्न दिनु भो भने सुटिङ निर्वाधरूपमा चल्छ, म पनि त फाइनान्सर हुँ भनेर फुर्तिफार्ती लाउन थाल्नु भो भने डाइरेक्टरले सुटिङ प्याकअप गरेर माइत हिँड्दिन बेर हुँदैन । सबभन्दा ठूलो कुरा नबोल्नु, बोल्यो कि पोल्यो । अब एउटा उदाहरण हेर्नुस्, कुनै दिन लोग्नेस्वास्नी कुनै पार्टीमा जान तयार भइरहेको अवस्थामा श्रीमतीले दुई/चारवटा साडी झिकेर “कुन लाउँ ?” भनेर सोधिन् भने नसुन्याजस्तो गरेर चुप लाग्नुमै भलाइ हुन्छ । “जुन राम्रो लाग्छ त्यै लाऊ” वा “ऊ यो चाहिँ लाऊ” जे भन्नुभयो भने पनि तपाईंको कल्याण छैन । “ऊ त्यै लाऊ न त” भनेर कुनै साडीलाई देखाएर भन्नुभो र त्यो तपाईंले किनिदिएकोे चाहिँ साडी पर्‍यो भने महाभारत परिहाल्छ । “हजुरले किन भन्नु त्यो लाउन । बाह्र वर्षमा जम्मा एउटा साडी किन्द्या छ कत्ति न राम्रो जस्तो ? अनि घरिघरि त्यै लाऊ । मान्छेका स्वास्नीले कस्ता लाएर आउँछन्, लोग्नेले महिनैपिच्छे एकसे एक साडी किनिदिन्छन्, लाउँछन् । आफ्नो त भाग्यै यस्तै” भन्दै तपाईंकी श्रीमतीले साडी हुत्याउँदै पार्टीसार्टीलाई भँडखालामा हाल्छिन् । तपाईं भिजेको छुचुन्द्रोजस्तो लुसुक्क परेर त्यहाँबाट भाग्नुबाहेक अर्को उपाय हुँदैन ।

हाम्रो नेपाली समाजमा घरकी, लोग्नेकी, लोग्नेको श्रीसम्पत्तिको मालकिन र चिफ एक्ज्युटिभ को त भने श्रीमती । श्रीमती लोग्नेको टोपीदेखि  मोजासम्म र बैङ्कको  खातादेखि खल्तीसम्मकी मालकिन । कुन पुरुष हुँ भन्ने पतिमा त्यो ताकत छ कि जसले श्रीमतीलाई ढाँटेर, ठगेर दुई पैसा कतै लुकाओस् । उल्टो आफ्नो नामको जग्गा, घरलगायत सञ्चयकोषको रकम पनि श्रीमतीको नाम गरिदिएका हुन्छन् । जुन मै हुँ भन्ने मनुवाले “कमाउने म, त्यसको नाममा केको राख्छु” भनेर फुर्तिफार्ती लाएर हैकमवादी प्रकृति नै देखाउँछ, त्यसको दुःखको दिन सुरु भयो भन्ठाने हुन्छ । हाम्रो समाजमा श्रीमती एउटा यस्तो प्रकारको लुतो हो जो फाल्न त सकिँदैन सकिँदैन, उल्टो जिन्दगीभर कन्याइरहनुपर्छ । पश्चिमी मुलुकमा एउटा मन परेन, पारपाचुके गर्‍यो र अर्की ल्यायो । त्योसँग पनि चित्त बुझेन भने त्यसलाई पनि मिल्काइदियो र आनन्दले बस्यो । यहाँ त एकपटक बिहे गरेपछि श्रीमती भन्ने चीज लिसो टाँसेको जस्तो टाँस्सिरहन्छ र जीवनभर छोड्दैन । लोग्नेले जिन्दगीभर लिसोको राम्रो व्यवस्थापन गरिहरनुपर्छ ।

तपाईं करोडपति हुनुहोस् वा ज्यामी । पैसाले तपाईं कदापि सुखी हुन सक्नुहुन्न । तपाईंकी घरकी रानी यदि प्रसन्न छिन, सन्तुष्ट छिन् भने एक थाल ढिँडो खान पाए पनि तपाईं सुखी रहन सक्नुहुन्छ तर तपाईंकी प्राण प्यारीको चित्त बुझेको छैन वा तपाईंले बुझाउन सक्नु भएको छैन भने तपाईंको घर नर्कमा परिणत हुन पुग्छ । पैसाको खोलो बगाइदिनु भयो भने पनि शान्ति प्राप्त हुँदैन । त्यसैले  सुखी रहन एउटै यन्त्र छ । सम्भव छ भने यो स्वास्नीरूपी लुतो नै नभिर्नु । यो सम्भवै छैन । लुतो भिरी नै सक्नुभएको छ भने सधैँ आरतीको थाल लिएर कुनै देउता अगाडि घन्टी बजाउनु साटो श्रीमतीलाई आरती देखाएर घन्टी बजाउनुस् र सधैँ संस्कृतको श्लोक ‘त्वमेब माता च….’ भट्याउने गर्नुस्, सुखी रहनुहुन्छ । श्रीमतीले जे भन्छिन्- ‘सदर, जे गर्छिन्- सदर, जे ख्वाउँछिन-सदर, जे सुनाउँछिन् सदर, जे गाउँछिन् सदर गर्नुभयो र सँगसँगै खैंजडी बजाउन थाल्नु भो सधैँ सुखी रहनुहुन्छ । सुखी रहने अन्य कुनै उपाय छैन ।

-जनकपुरधाम

प्रथम पटक प्रकाशित मधुपर्क/२०६६ माघ

The post सुखी जीवनका उपाय appeared first on paniphoto.

आमा ! सञ्चै हुनुहुन्छ ?
पठाएको दाल चामल, नुन भुल्दिन आमा !!

पढाउन बेचेका ती, सुन भुल्दिन आमा !!

आज साँच्चै खुब याद आइरहेछ तपाईको !

आज आमाको मुख हेर्ने दिन वा मातातिर्थ औँसी आफ्नी आमालाई सम्झने, विशेष सेवा गर्ने र खुसी बनाउँने दिन । तपाई कहाँ हुनुहुन्छ ? आमा नजिकै हुनुहुन्छ भने त आमाको मुख पनि हेरिसक्नु भयो होला । टाढा हुनेले फोन गर्नु भयो कि भएन ? बर्षदिनभरि नै सेवा गर्नु पर्ने भए पनि आजको दिनको सेवा आमाहरुका लागि पनि विशेष हुन्छ ।

बिहान अबेर उठेपछि हतार हतार ममीलाई फोन गरियो । ‘किन ढिलो फोन गरेको बिहानदेखि नै मोबाइल बोकेको बोक्यै छु । बल्ल सम्झिस् तैले चै !’ टाढा भएका सन्तानप्रति आमाहरुको माया झन् बढ्छ, आज फेरि अनुभव गरियो । टाढा भएपछि गफैले त हो सेवा गर्ने, आज पनि त्यस्तै गरियो । फेरि सोध्दै छु तपाईले के गर्नु भो ? कर्णदासको यो गित हेर्दै सकेसम्म आफ्नी आमालाई समय दिनुस् है ।

फेसबुकबाट साभार गरिएको यो गजलले खुब मन छोयो

प्रसव हुँदा पोखिएका, खुन भुल्दिन आमा !

दश धारा चुसाएको, थुन भुल्दिन आमा!!

हजुर नै पहिलो गुरु, क ख चिनाएको !

स्लोक भन्दै पढाएको, धुन भुल्दिन आमा !!

बाल्यकालमा जिद्दि कस्तो, माग कतिकति !

अभाव हुनै नदिएको, गुण भुल्दिन आमा !!

घरबाटै रासन पानी, माया पनि कस्तो !

पठाएको दाल चामल, नुन भुल्दिन आमा !!

इच्छाहरु अनेकौं छन्, हजुरका कठै !

पढाउन बेचेका ती, सुन भुल्दिन आमा !!

गित हेर्न तल क्लिक गर्नुहोस्

The post आमा ! सञ्चै हुनुहुन्छ ? appeared first on paniphoto.

छन् त, लोकतन्त्र र विकासका नमुना
-अर्पण खरेल, झापा-

भारतका लोकप्रिय नेता जवाहरलाल नेहरुलाई एक सज्जनले आक्रोशित शैलीमा सोधे, तिम्रो लोकतन्त्रले के दियो ? उत्तरमा उनले भनेका थिए, एउटा देशको शीर्ष नेतालाई यसरी प्रश्न गर्ने अधिकार तपाईलाई कसले दियो ? त्यस घटनाको स्मरण गर्दा देशमा लोकतन्त्रको आभास हुन सकेन भनेर हामीले मुर्मुरिनु व्यर्थ छ । धर्म निरपेक्ष भएपनि अधिकांश जनता हिन्दु रहेको यस देशमा गीताको सही अनुसरण गरिरहेका देशका अगुवालाई आचारहिन, कर्तव्यविमुख भन्दै गाली गर्न हामी अभ्यस्त भइसक्यौं । यसै ग्रन्थलाई एकपल्ट पल्टाएर नियालने हो भने खोट हामी जनतामा पनि देखिन्छ । यसमा बुझिने सरल भाषामा लेखिएको छ, कर्म गर, फलको आशा नगर । अर्थात्, मतदान तिम्रो कर्म हो, मत दिएर आफ्नो कर्म पूरा गर तर किन फलरुपी विकास निर्माणको कामको आशा गर्छौ ? नगर । यसलाई खर्लप्पै निलेका पण्डित पुरोहित त मौका मिल्ने साथ नेताहरुलाई गाली गर्छन् । सामान्य मानिसले त्यस्तो मर्म कसरी बुझ्ने ?

विकसित मुलुकहरुको सूचीमा पर्ने छाँट यस देशमा नदेखिए पनि निराश बनिहाल्नुपर्ने स्थिती भने छैन । चित्त बुझाउँने प्रशस्त ठाउँहरु छन् । हिजो हिलाम्मे भई छ्यास्स बाली उम्रिने खेतहरु आज कालोपत्रे भएका छन् । सबै मान्छेको एउटै रुची हुदैन, त्यसैले ग्राबेल, खाल्टो, पिच आदि अलग अलग रुची भएका व्यक्तिहरुका लागि एउटै मार्गमा सबैखाले सुबिधा उपलब्ध छन् । हिजोका स्याल कराउँने, कोइली गाउँने, बन्यजन्तु बस्ने घनाजंगल आज ससाना बस्तीमा परिणत हुँदैछन् । ठिंग उभिएर प्रयोगहीन भएका रुखहरु थुप्रैका लागि जिवनयापनका स्रोत बनेका छन् । यी तमाम् लक्षणहरु विकासका ज्वलन्त उदाहरण होइनन् र ?

मान्छे असन्तोषी प्राणी हो भन्ने भनाई त्यतीखेर सार्थक लाग्छ, पत्रपत्रिका, रेडियो, टेलिभिजनमा लोडसेडिङबारे अनेकौं कुरा सुनिन्छ । देशका नेतालाई गरिएको तथानाम गाली र आरोप सुनिन्छ । टुकीको सहारामा कतिबर्ष हाम्रा पुर्खाले गुजारा चलाए । आज हामीले एकै सातामा घण्टौं बिजुलीको उपभोग गर्न पाएका छौ, यो विकास होइन ?

The post छन् त, लोकतन्त्र र विकासका नमुना appeared first on paniphoto.

अतृप्त प्यास – कथा
-ऋषिराम भुसाल-

सधैँ देखिरहँदा ढुङ्गा माटाको पनि माया लाग्छ भन्ने सुनेको अनुजले यो विषय आज आफ्नै लागि लागू भएको महसूस गर्दैछ। कार्यालय जाँदा सडक छेउमा कार्यालयको गाडी कुर्नको लागि ऊ कार्यालय समयको दश मिनेट पहिले नै आईसकेको हुन्न्यो। थरि थरिका मान्छेहरु हिँडथे त्यो बाटोमा। दैनिकी जस्तो हिडने मान्छेहरु पनि थिए त्यहाँ।उसको जानपहिचानका मान्छेहरु ऊ कार्यालय जाने समयमा त्यति नभए पनि दैनिकी हिँडने मान्छेहरु उसको यादमा थिए।तीमध्ये एक युबती सधैँ त्यहि बाटोमा उसकै छेउबाट हिँड्थिन्।करिबकरिब नेपाली पेशाकमा हिँड्ने हुँदा उनलाई पूरा ख्याल भयो ती युवतीका बारेमा। अनुज आईपुग्ने समयमा उनको पनि आउने समय हुन्थ्यो।टुप्लुक्क आइपुग्थिन उनी पनि त्यहाँ।उनी को हुन के गर्थिन, अनुज पूरा अनभिज्ञ थिए। अनुजलाई मनमा कौतुहलता छाएको थियो ती सुकुमारीको बारेमा जान्नको लागि।उनको बिषयमा बुझन आतुर भएको थियो अनुज। शायद उनको पनि अफिस भएर होला सधैँ त्यहि समयमा हिँड्थिन्।कतै प्राईभेट अफिसतिर हो की किनकी उनको पोशाक सरकारी जस्तो थिएन। नेपाली ढाकाको चोली र प्रायः राता लुगा लगाएर हिडने ती युबती देख्दा त अचम्म राम्री थिईन् नै।

उनको नेपालीपनको झल्कोले अनुज साँच्चिकै लोभिएका थिए। धेरै दिनदेखि देखे पनि अनुजसँग ती युबतीसँग बोल्न सक्ने साहस थिएन।के भनेर बोलाउने किन बोलाउनेरु के प्रयोजनको लागि बोलाउनेरु यस्तै प्रश्न तेर्सिन्थे अनुजको मनमा उनलाई देख्दा।अनुज सोच्थ्यो के ती युबतीले पनि मेरो बारेमा केही सोचेकी होलिन तरु प्राय उनलाई देख्दा मनमा कौतुहल जागिरहन्थ्यो। साच्चिकै मनमा के के कुरा खेलिरहन्थे। कता कता मनमा उनीप्रति माया र ममता जागे जस्तो हुन्थ्यो अनुजलाई । तर बोल्ने साहस थिएन उनीसँग। होस पनि कसरी बाटोमा सरासर हिडिरहेको मान्छेलाई के कारणले बोलाउने। फेरि अनुज त सडक छेउ गाडी कुरेर बसेको मान्छे न हो।फलानो ठाउँ जाने कता होला भनेर सोधे आफै बेकुफ भइने डर। उनले सँधै देख्ने गरेको मान्छे। अनुजको मनमा एकतमासले चिन्ता बढ्दै जान थालेको थियो।एकतर्फ ती युबतीलाई नजिकैबाट स्पर्श गर्ने मन लाग्दै थियो भने अर्कोतर्फ भन्न सक्ने साहस र हिम्मत पनि थिएन उनीसँग। अनुज भाबनामा डुबुल्की मार्थ्यौ एकदिन कसो नआउला म पक्कै उनीसँग बोल्छु।उनीलाई बोलाई छाडछु। कहिलेकाहीँ साहस गर्न खोन्थ्यो उसले। फेरि साच्थ्यो के भनेर बोलाउनेरु मानौं रे बोलिएछ अब उनीसँगको सम्बन्ध के रहने तरु के उनलाई प्रेम प्रस्ताब गर्नेरु की सामान्य चिनजान गर्नेरु उनको एक मन भन्थ्यो उनीसँग दरिलो सम्बन्ध कसौं। उनको शरीरलाई नजिकैबाट स्पर्श गरौं।मनभरी चुमौं। छातीमा टासौं। उनीसँग दिनभर बसेर गफ गरौं।अर्को मन भन्थ्यौ म त चालीसको हाराहारीको मान्छे मेरा बालबच्चाको बिचल्ली पारेर अरुसँग लहसिँदै हिँड्न हुँदैन।किनभने म जिम्मेबार मान्छे हुँ। यस्तै तर्कवितर्क गर्दै गर्दै उसका दिनहरु बित्दै थिए। तर मनमा उदासिनता बढ्दै थियो उनीप्रतिको माया र सदभाबले दिन परदिन पिरल्दै थियो।

फेरि कल्पना गर्थ्यौ अनुज उनको नाम मात्र थाहा पाए पनि फेसबुकमा एड गरेर फोटा हेरेर बस्न त पाईथ्यो। कति मजा हुन्थ्यो होला उनीसँग च्याट गर्न पाए। के गर्ने देखेर मात्र भएन। अर्कोतर्फ उनी फेरि तुलना गर्थे घरकी गृह लठघमीसँग रुप र योबनमा ती सुकुमारीलाई नभेटे पनि राम्रोसँग घर त चलाएकी नै छन् नी। बालबच्चाको रेखदेखमा तल्लीन भएकै छन्। एउटा निश्चित समयमा त रुपबान नै थिइन् ती पनि। उनको रुप आफू र आफनै बच्चाले चुसेर त उनी रुपबिहिन बनेकी हुन नी। उनी अन्यमनस्कमा पर्छन। यो उमेरमा बाहिरका सुकुमारीहरुको खोजी गर्दै किन हिँडनेरु आफैले आफैलाई प्रश्न गर्छन् उनले। के म फेरि लभ गर्न सक्छुरु के म उनलाई पाए बिहे गर्न तत्पर हुन्छु तरु के को लागि उनको पछि लाग्नेरु यस्तै उकुसमुकुसी र छटपटीमा रुमल्लिदै उनका दिनचर्या बित्दै थिए।

निरासा र खिन्नताका रेखाहरु उनको अनुहारमा सजिलै पढ्न सकिने भएकोले कार्यालयका साथीहरु उनलाई भन्ने गर्थ के भो अनुज जी किन आजकल मलिन अनुहारमा, भाउज्यूसँग केही ठाकठुक त भएनरु की के भो ररु उनले सामान्य हो केही भएको छैन भनी टारिदिन्थे।जब एक्लै हुन्थे उही कथा र ब्यथाले उनलाई पिरलीरहन्थ्यो। उनी तुलना गर्थे के रामलाई यस्तो भएको भए उसले ती सुकन्याको कल्पना गदैनथ्यो ररु के राधेश्यामले यस्तो अबसर छाडथ्यो ररु केटीहरुसँग मोज मस्ती गर्दै हिडने पनि त थिए कार्यालयमा उनीहरुले भेटेको भए उनलाई के बाँकी राख्थे ररु तैपनि उनी केही भन्न सक्दिैनथे। घरमा पनि श्रीमतीले मलिन अनुहारमा बसेको देख्दा भन्ने गर्थिन आजकल तपाईलाई अफिसमा केही समस्या परेको छ कीरु हाकिमले केही भन्दै छन् की किन झोक्राएर मात्र बसेको देख्छु। उनी केही होइन भन्दै टार्थे। उनीसँग केही उत्तर पनि त थिएन हरेकका प्रश्नलाई सम्बोधन गर्ने। तर मनमा अनेक तर्कना र बितर्कनाले उनलाई सताईरहेकै हुन्थ्यो।के गर्ने के नगर्ने। एकान्त पाए तिनै सुकुमारीको याद गरिहाल्थे।किन नगरुन र त्यो पनि चालीस लाग्न लागेका अनुज भर्खर २२र२३ वर्षकी हँसिली रसिली, अग्लो शरीर राता गाला चुल्ठोमा फूल राखेर हिड्दाको ढलक ढलक। हेरौं हेरैं लाग्ने छातीमा टुसुस्क पलाएको उनको जबानी।फेरि पोशाक पनि कति मिलाएकी।कति राम्रो थियो उनको कलकलाउदो बैंस। कसैले नगिजोको जस्तो देखिन्थ्यो उनको रुप, मनै लोभ्याउने उनको सुकुमार रुपरू।

आजकलका केटीहरु टाइट पायन्ट लाएर शरीरका सबै अङ्गप्रत्यङ्ग देखिने गरी नै लाउनमा रमाउँछन्।सकभर तिघ्रा र नितम्ब पनि देखियोस्। यसमा नै उनीहरुलाई गर्व लाग्छ।उनी भने नेपाली चोली र साडीमा सजिएर लसकलसक जान्छिन् आफ्नो गन्तब्यतिर।पश्चिमेली फेसनले जरा गाडडै लगेको नेपाली समाजमा उनी जस्ता त नमूना न हुन्। यसो विचार गर्छन अनुज उनको लबाई मात्र नभएर धेरै दिन उनी हिँडदा कसैसँग बोलेको पनि त देखिदैन।कसैको मुखमा पनि नहेरी सरासर हिँड्छिन। उनी बाबु आमाप्रति कृतज्ञ पनि छन् की शायद अनुजको त्यो पनि ठम्याइ भो।आजकल त डान्स, रेष्टुराँ जाने जोली बाँध्दै हिँडने त्यो गर्न नसके हुतिहारा भइने। दस पढ्दा नपढ्दै ब्यय र गर्ल फ्रेन्ड हो भन्दै काँधमा हात राख्दै हिडनुपर्ने समयमा उनी भने सँधै जस्तो एक्लै सरासर जाने आउने गर्दा साँच्चिकै इमान्दार र असल हुन की जस्तो पनि लाग्दैथियो अनुजलाई।अनुज त त्यस्तो संस्कारमा हुर्किएका हुन जुन संस्कारमा केटीहरुसँग बोल्न गाह्रै हुन्थ्यो। सँगै पढ्ने केटीहरुसँग पनि एकै ठाउँ बस्ने चलन थिएन। केटीहरुसँग बोल्न लाज लाग्थ्यो। केटीहरु त झन पटक्कै बोल्दैनथे। बिहे गर्दा पनि आफूले केही गर्नै पर्दैनथ्यो। सबै आफन्तहरुले चाँजो पाँजो मिलाउथे। आफू त बिहेमा दुलाहा बनीदिए पुग्थ्यो। बिहेपश्चात् पनि श्रीमतीसँग सँगै हिड्दा टोल छिमेकीले खिसी गर्थे। रातीको समयमा पनि दुईजना मुस्किलले भेट हुनु पर्थ्यों। त्यस्तो बेला के बोल्ने हल्का फुल्का मात्र न हो बोल्ने भन्ने कुरा।मनमा लागेका कुरा पनि बेसरी गर्न पाउने, माया प्रेममा कस्सिएर रमाउनु पनि त थिएन। आजकलको जस्तो के नै थियो र त्यसबेला। हेर्दा हेर्दै समयले धेरै फन्को मारिसकेको थियो। आजकलका केटा केटीलाई त त्यसो भन्ने हो भने हाँसोमै उडाउलान्। जीन्दगी हाँसो खेलमा नै बिताउनुपर्छ भन्ने मान्यता छ अहिले। बाबुआमाले जसरी जोहो गरे गरुन मोज मस्तीमा नै जीवन बिताउनुपर्छ भन्ने मान्यता छ अहिले।समयको परिबर्तनले हामीलाई पूराना कुरा गर्नै भएन यस्तो लाग्दै थियो अनुजलाई।

जे सुकै भएपनि, समय परिबर्तन भए पनि बाटोमा भेटिने नानी भने आधुनिताको रसमा डुबेको जस्तो लाग्दैनथियो। आफूले पढ्दा देखेको जस्तो कपडा लाएर पनि होला अनुज उनीप्रति हुरुक्क भएको। माया लागेको। बोलूँ बोलूँ लागेको। अहिले त यस्ता कपडा लगाएर हिँड्ने प्रायः भेटिदैनन् पनि। जो कोहिले पनि उनलाई छुट्टै रुपमा चिन्न सक्थ्यो। आधुनिकताको रुपले नछोएको, ग्रामीण परिबेशमा हुर्केको अनुजका लागि उनको परिबेश गाँउले नै भएको अनको ठम्याइ छ। आधुनिकताको रसमा नडुबेको उनको ठम्याइका कारण अनुजको उनीप्रतिको आशक्तिपन बढेको हो शायद। यस्तै सोचाइ र कल्पनामा उनको दिन बितेको थियो। के गरुन बिचरा न बोलाउन सक्ने न भुल्न सक्ने।

यस्तैमा उनलाई अकस्मात् कोठा सर्नुपर्ने भयो।उनी अहिले बसिरहेको पेरिफेरि छाडेर जाने मन थिएन।तर उनको छोरीले स्कलरसिपमा अर्को स्कूलमा नाम निकालेर उनलाई छोरीको स्कूल पाएक पर्ने ठाउँ नजिकमा जानुपर्ने भयो। बिरक्त र बहुलठ्ठी हुँदै उनी नयाँ ठाउँमा कोठा खोजे। अब कसरी भुल्ने होला मेरा मानसपलटमा भिजेकी ती सुन्दरीको हाउभाउ।उनको हिडाई उनको लगाई। अब कहिले देख्ने होला उनलाई।टेन्सनै टेन्सनका दिन शुरु भए अनुजका।

सपनाले झसङ्ग ब्युँझायो अनुजलाई।कति मीठो सपना देख्दै थिए उनले।अपरिचित अनुहारकी ती नवयौवनाको हात स्पर्श गर्दै उनैलाई अँगालो मारेर मस्त गफ मार्दैमार्दै कतैबाट एक्कासि आवाज आयो ए यो तैले के गरेकोरु उनी आत्तिए अत्तालिदै जुरुक्क उठन खोजको त आफ्नै ओछ्यानमा पो पाए आफूलाई। जुरुक्क उठे यो कस्तो सपना देख्न पुगेँ मैले। बिपनामा पूरा हुन नसकेका बिषय सपनामा पूरा हुन्छन् भन्थे त्यस्तै भएछ क्यार मलाई। लामो समयदेखि देखेको दृश्य मानसपलटमा भिजेछ। एकछिन घोत्लिए उनी। खुईय सुस्केरा हाल्दै सोच्न लागे।मलाई यो के भएको होला। भर्खर टीन ऐजको पनि होईन म। भाबनामा बहने दिन त यी होइनन्।घरबार गरिसकेको मान्छे। बच्चा बच्चीको भबिष्यको जिम्मा लिएर बसेको मान्छे म। धिक्कारे तर मन न हो कहाँ मान्थेयो र।फेरि सोच्न थाले तिनीसँग एक पटक आँटै गरेर भएपनि बोलेको भए के नै पो हुन्थ्यो ररु एस्क्यूज मी मैले तपाईलाई कतै देखे जस्तो लाग्यो घर कहाँ पर्यो होलारु भनेर सोध्न सकेको भए के नाजबाफ उनी त्यहाँबाट हिड्थीन ररु केही त भन्थीन होला नी। खाल्डा र खुल्डी पर्न लागेका मेरो जीनो छालाका गाला र रातै रगत चहिन लागेका उनको उर्लदो जबानीकाको तुलना गरेर उनी के सरासर हिड्थिन होला ररु वा मेरो नाम।।।हो अन्कल भनेर जबाफ दिन्थिन् ।जे भने पनि कम्तिमा एक पटक बोलाउनु नै पर्थ्यो।उनलाई पछुतो भो। अब उनको सुन्दर रुप कहिले र कहाँ देखिएला।

उनमा झल्किएको नेपालीपन कहाँ देखिएला। मेरो मन मस्तिष्कले देख्दै गरेको सपना कहिले पूरा होला। उनलाई लाग्दै थियो यो अतृप्त प्यास कहिले पूरा हुँदैन। कहिले पूरा नहुने सपनाले मलाई घायल बनाइदियो। अब यस्ता कुरातिर लाग्नु हुँदैन अनियन्त्रित बन्दै गएको मेरो मनलाई मैले जसरी भएपनि वसमा ल्याउनुपर्छ। उनको अन्तिम ठम्याई त्यहि भयो। यस्तै चञ्चलतामा चञ्चल चञ्चल हुँदै उनी फेरि निदाउने चेष्ठा गरे। पटक्कै निद्रा लागेन। घडी हेर्न लाईट अन गरे बत्ती थिएन। ऐनकेन मोबाइलको सहाराले समय हेर्न भ्याए। भर्खर तीन बज्दै थियो। झ्यालबाट बाहिर हेरे चुक घोप्टाएजस्तो निश्पट्ट अँध्यारो मात्र छ। के गरौं के अन्यमनस्कमा परे उनी।अध्ययन गरौं बत्ति थिएन। चार्जरबाला लाईटमा हेरे चार्जर नै थिएन। पल्टिनु सिबायको बिबशता उनमा केही रहेन् ।चरम गरिबी, अभाबले ग्रस्त नेपाली जनजीवन गाँस बास र कपासमै अल्भ्किनुपर्ने बाध्यता त थियो नै बाटोघाटो, पानी, बिजुलीजस्ता आवश्यक पूर्बाधारको अभाबले नेपाली जनजीवन सधैँ दुखमा रुमल्लिनुपर्ने अवस्था देख्दा उनका मनमा कताकता च्वास्स घोचेझैं भयो। आज संसारका मान्छेहरु कति प्रगति गरिसके हामी सँधै अभाब र पीडालाई बोकेर त्यसमै रुमल्लिदै जीवन गुजारा गर्न विबश छौँ। खाना र नानामै रोमल्लिनुपर्ने हाम्रो लागि प्रगतिको ढोका कहिले खुल्नेरु मनमा यस्तै कुरा खेलाउँदै पल्टिए उनी।छेउबाट मस्त निद्रामा सुतिरहेका उनका श्रीमती र बच्चाबच्चीहरुको स्वाँ स्वाँ आवाज आइरहेको थियो।

The post अतृप्त प्यास – कथा appeared first on paniphoto.

झ्याउ – हास्यव्यंग्य
-बासु श्रेष्ठ-

कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमती टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द गरिन् र एकातिर लागिन् । म मनमनै गुन्न थालेँ यदि टिभि हेर्न या कुनै यस्तै केहि पनि गर्न झर्काे मान्ने हो भने त जे गर्नपनि र जेमा पनि झ्याउ हुने रहेछ ।

सोचेँ झयाउ कहाँ छैन मान्ने हो भने । जीवनको इन्धन खाना खानुपनि आफैमा एक झ्याउ हो । यसकोलागि सामल तुमल किन्नु पर्यो, सामल तुमल किन्न यो पसल, त्यो पसल गर्नुपर्यो । किनभने भनेको सबै सामल एउटै पसलमा पाईदैन । पाएको भए यो झ्याउ नै हुने थिएन । जे होस् किनेको सामल तुमल दुबै हातमा झुण्ड्याएर घरसम्म ल्याउनु पर्याे, कस्तो झ्याउ । मोटर गाडी भए त हो, नभए त्यो भारी बोकेर घर र पसलको दूरी हिँडेर तय गर्न कम्ता झ्याउ हुन्छ ? जसरी तसरी घरमा ल्याएको सामल, तरकारी पकाउनको लागि केलाई कुलाई, काटि कुटि गर्नुपर्याे यो पनि झ्याउ हो । आलु भए ताछ्नु पर्यो । यो पनि झ्याउ । सागपात भए केलाएर, पखालेर काटकुट गर्नपर्याे त्यो पनि झ्याउ हो । माछामासु भए त्यसै बमोजिम काटकुट गर्नु आफैमा अर्काे झयाउ हो । फेरि खाना खाएपछि भाँडा माझ्नुदेखि चुल्हो चौका सफा गर्नु, खाएको थाल, हात धुनु पत्तै नपाईने झ्याउ हो । फेरि खाएको खाना राम्रोसँग पचे त ठिकै हो । यदि खाना खाएको नपचेर पखाला लाग्यो भने अर्काे झ्याउ । त्यसपछि औषधि खानु त पर्यो नै । औषधिमूलोले छोए त ठिकै छ, नछोए डाक्टरकहाँ नै जानुपर्ने अर्काे झ्याउ । अनि डाक्टरले यो गर, त्यो गर, त्यसकोलागि यहाँ जाउ, त्यहाँ जाउ भनेर ठुलो झ्याउलो थपिदिन्छन् । सम्झि ल्याउँदा हामी त झ्याउ नै झ्याउको माझ पो बाँचिरहेका रहेछौ । उम्रिरहेका रहेछौ । हे दैव !

आजै मैले काममा लेखाको हिसाब किताव नमिलेर साह्रै झ्याउ मानेँ । यता केलायो, उता केलायो, यो कागज,त्यो कागज पल्टायो तैपनि हिसाब नमिलेर झ्याउ । यस्सो सम्झेँ एउटा चुरोट खाए केहि आँखा खुल्थ्यो कि ? त्यसमापनि झ्याउले पछ्यायो । ह्या…एउटा जाबो चुरोट खान छ तल्लाबाट त…ल भुँइतल्लासम्म जानु पर्ने र त्यसैगरि फर्किनु पर्ने सम्झेँर झ्याउ मानेँ । किनभने आफ्नो अफिसको कोठाबाट एलिभेटरसम्म हिँडेर जाने झ्याउ, एलिभेटर ठ्याक्क भेटिए त हो नभए कमसेकम एक मिनेट कुर्नुपर्ने अर्काे झ्याउ, बल्लबल्ल एलिभेटर आइहाले पनि कुन तल्लामा जाने भनेर बटन थिच्ने अर्काे झ्याउ, चाहेको तल्लामा पुगेपछि लबिबाट बाहिरसम्म हिँडेर जानुपर्ने अर्काे झ्याउ । ह्या… जान्नँ म भन्दै आफ्नै मेचमा थच्चारिएर बसेँ । तर बस्दा बस्दा अर्काे झ्याउ लाग्यो । कति बसिरहनु । चाकपनि दुखेर झ्याउ भईसक्यो । जुरुक्क उठेँ र झ्यालबाट बाहिर हेरेँ । सडकमा एकनासले मोटरहरु ओहोर दोहोर गरिरहेको, आकाशमा प्लेन उडेको र प्लेनले छोडेको धुँवाको मूस्लो प्लेनको पूच्छरजस्तो भएको हेर्दा हेर्दा ह्या कत्ति हेर्नु यहि सीन झ्याउ लाग्दो भनेर मण्टो भित्रपट्टि बटारेँ । के गर्ने त, केहि गर्नै मन लागेन र त्यस्सै झ्याउ लागेर आयो । हिसाब मिलाउँ मिल्दैन, अरु केहि गरुँ मनै जादैन । क्या झ्याउ…।

वर्षात याममा पानी परेर कस्तो झ्याउ हुन्छ । कतै स्वाट्ट निस्कनै नपाईने । निस्कन परेमा छाता बोक्नुपर्ने झ्याउ । फेरि छाता अलि ठुलो र बर्षात राम्रैसँग थेग्ने भए त हो । सानो च्याउ जस्तो छाता पर्याेभने त बोक्नुकोमात्र झ्याउ । अनि छाताबाट चुहिएको पानी र छाताले नओगटेको वर्षातको पानी आफ्नो जिउमा परेर लुगा भिजेर निथु्रक्क बनाउने हुनाले अर्काे झ्याउ । फेरि वर्षात भनेको गर्मी याममा नै बढि हुने हुनाले शरीरमा लुगापनि थोरै हुन्छन् । आलु झैँ । एकसरो लुगा लगाएका हुन्छन् मानिसले । त्यसलाई स्वात्त फुकाल्यो भने आलु ताछेको झै मानिस एकाएक नाँगो हुन्छ । जाडो याममा भए पो जाडोबाट बच्न बन्दाकोभी झै खातका खात लुगा शरीरमा थोपरेका हुन्छन् । बेलुका घरमा पुगेर फुकाल्ने बेलामा एकपछि अर्काे, त्यसपछि अर्काे, त्यसपछि अर्काे, जसरी बन्दकोभिको पत्रपछि पत्र आउँछ त्यसैगरी मानव पनि पत्रपत्रैमा पसेको हुन्छ । त्यो पत्र लगाउने र फुकाल्ने काम कम झ्याउ छ ?

तपाई भन्नु होला नचाहिने कुरा नगर । वर्षातबाट बच्न छाता नै चाहिन्छ ? रेनकोट छैन र ? तर रेनकोट भएपनि त्यो लगाइरहने झ्याउ, गन्तव्यमा पुगेर फुकालेपछि कहाँ राख्ने भनेर ठाउँको खोजी गर्नुपर्ने झ्याउ, त्यसबाट बगेको पानी स्वाल्ल जुत्ताभित्र पसेर मोजा भिजाएर झ्याउ गर्छ भन्ने तपाईले सोच्नै भएको छैन । तर मैले त्यस्तो सोच्ने झ्याउ काम गरीसकेरै फलाकेको हुँ । नचाहिने कुरा नगर्नाेस् ।

ह्या मलाई त कुरा गर्दा गर्दा झ्याउ नै लागीसक्यो ।

तर के गर्नु झ्याउ मानेर नहुने रहेछ । च्याउ जस्तो छाता ओढेर होस् या आलुजस्तो एकसरो लुगा लगाएर होस् या बन्दाकोभिजस्तो लुगाको खातै खात हालेर होस् जीवन त चाल्नैपर्ने रहेछ ।

हिजो मलाई काममा जान झ्याउ लागेको थियो । सम्झेको थिएँ ह्या.. कति मोटर चलाउनु । जान एक घण्टा, आउन एकघण्टा । फेरि गाडिमा बसेरमात्र हुने हो र ? इन्जिन स्टार्ट गर, एक्सिलेटर थिच, दाँया बाँया हेर, अगाडि पछाडि हेर, गति सिमामा छ कि छैन ध्यान पुर्याउ । किनभने कुनै कुनामा लुकेर बसेको मामाले राडारमा गतिसीमा नाघेकोे भेट्टायो र पुलओभर गरेर टिकट दियो भने अर्काे झ्याउ, त्यहि टिकटको आधारमा आफुले सँकलन गरेको ल्पस प्वाइण्टमा ठहरिएको अपराध बमोजिम माईनस हुने झ्याउ, साथसाथै इन्स्योरेन्सको दर पनि आकाशिने अर्काे झ्याउ । त्यसकारण गतिसीमामै रहेर गाडि चलाउनु जाति भएपनि गन्तव्यस्थानमा कहिले पुगिने भन्ने चिन्ता लाग्ने हुनाले अर्काे झ्याउ ।

झ्याउ भन्ने शब्द जति वैराग लाग्दो छ त्यति नै लेसिलो रहेछ हाम्रो जीवनमा । थाहा पत्तै नदिइ पलापलामा लेउजस्तो टाँसिएको हुँदो रहेछ ।

पोहोर साल टिभि किनेँ । एचडिटिभि किन नकिनेको भनेर छोरो बम्केर झ्याउ मान्यो । ऊ बम्केको देखेर आफैलाई झ्याउ लाग्यो । किनभने ठुलो उत्साह र हौसलाले टिभि किनेको थिएँ । एचडिटिभी भयो भने एकदम सफा टिभि हेर्न पाईन्छ भन्ने उसको तर्क थियो । आजकलको दिनदिनै आउने नयाँ नयाँ प्रविधिसँग उजस्तो म जानिफकार थिईनँ । म किन ऊ जस्तो जानिफकार हुन सकिनँ भन्ने तर्फ सोचेर झ्याउ काम चाहि गरिनँ । फर्काउन लगेँ टिभि र उसैले भनेको जस्तो भित्तामा झुण्ड्याउन हुने एचडिटिभि किनियो । घरमा जोडजाड गर्ने झ्याउ काम उसैले गर्याे । लौ टिभि त फर्काएको टिभि र यसमा केहि फरक रहेनछ । किन त भन्दा केवलबाटपनि एचडिटिभि लिनुपर्ने अर्काे ठूलो झ्याउ रहेछ । अनिमात्र पुत्र महाशयले भने झै हेर्न हुने रहेछ । अब केवल कम्पनीलाई फोन गर्ने, एचडिटिभी च्यानल लिने झ्याउ काम गरियो । तर चाहिने भन्दा नचाहिने च्यानलको सूचिका हेर्दा आफ्नो झण्डै सुची फुस्केको । तलदेखि माथि, माथिदेखि तल च्यानल सर्च गरेपछि बल्ल चाहेको च्यानल भेटिने हुँदा यो टिभिपनि झ्याउ लाग्न थाल्यो । त्यसैलेपनि हो माथि शुरुमा नै भने झै मेरी श्रीमतीलाई झ्याउ लागेको ।

यो झ्याउलाई पन्छाउन नसकेकोमा साह्रै झ्याउ लागि सक्यो । पोखरीको पानीमा उम्रिने झ्याउ भईदिएको भए उति नै बेला लुतो फाले सरह हुँइयया…फालिसक्थेँ हुँला । तर के गर्नु यो त जीवनको पोखरीमा उम्रेर काउसो झै टाँसिएको झ्याउ परेछ । न जरा छ, न हाँगा छ तैपनि कताको फाल्नु । तपाईलाई पनि यो झ्याउ पढदा पढ्दा झ्याउ लागि सक्यो होला । मलाई पनि झ्याउको कुरा गर्दा गर्दा आफैलाई झ्याउ लागिसक्यो । ह्या झयाउ….।

The post झ्याउ – हास्यव्यंग्य appeared first on paniphoto.

सुन्दरताको पोष्टमार्टम
-हरिहर शर्मा-
‘बाहिरी सुन्दरता पनि के सुन्दरता, भित्री सुन्दरता पो सुन्दरता’, यसप्रकार जतिसुकै आदर्श छाँटेपनि बाहिरी सुन्दरतामा जो कोही मोहित हुने गर्छ । भित्री मन बुझ्ने काम दोस्रो प्राथमिकतामा पर्छ । यो बाध्यता पनि हो । किनकि भित्री मन बुझ्नु बाहिरी सुन्दरता हेर्नुजति सहज र सुलभ छैन । नजरमा आउने हरेकको क्षणभरमै आन्तरिक मोहक जाँच्ने काम गर्न गाह्रो छ । त्यसैले होला, आँखाले जे देख्यो बाहिरी पुष्टता, मनले त्यसै अनुसार परीक्षण गर्छ र दोस्रो पक्षमा आकर्षणको न्यूनतम खुराक विद्यमान रहे नरहेको मूल्याङ्कन गर्छ ।

सुन्दरताप्रतिको यस्तै मानवीय सोचाइ बुझेर होला, आफूलाई सजाएर राख्न कसैले कुनै कसर बाँकी राख्दैनन् । यस्तो बुझाइ जन्मिएपछि बच्चाले सास फेर्न जानेजत्तिकै स्वचालित छ । यो कुरा वेग्लै हो, सजिने होडमा कहिले कोही अगाडि रहन्छन् भने कहिले कोही पछाडि । यो एउटा पाटो भयो भने अर्कोतिर, सुन्दरता दृष्टिकोणमा निर्भर रहने सापेक्ष विषय हो । एकले गरेको लचकताको विश्लेषण अर्काका लागि अरुचिकर भद्दा बयान हुनसक्छ । कोही त्यही एउटैमा समाहित हुन चाहलान्, जहाँ बाँकी कसैको ध्यानसम्म गएको हुँदैन ।

स्व–मूल्याङ्कन गाह्रो विषय हो । कुनै वक्ताले कस्तो बोलेछुँ भनेर जाँच्नका लागि आफ्नो आवाज रेकर्ड गर्नुपर्ने हुन्छ । सुन्दरताको मामलामा पनि आफैले आफैलाई परीक्षण गर्न सहज छैन । जब ठाँटिएर वा ठाँटिने क्रममा ऐनाअगाडि उभिन्छौँ, तब ऐनाले हाम्रो बाहिरी आवरण जस्ताको तस्तै देखाउँछ । ऐनाको गुणस्तरमा प्रतिबिम्बको स्तर निर्भर हुने तथ्य छाडौँ, त्यो धेरै मिहिन कुरा ! हामीमध्ये कमै हौँला, ऐनाले देखिएको आफ्नो पहिलो प्रतिबिम्बबाटै सन्तुष्ट हुने । असन्तुष्टिको क्रमसँगै सुरु हुन्छ, सुन्दर देखिने थप अभ्यासको सुरुवात ।

कर्ताले आफूलाई विभिन्न कोणमा ढल्काउँछ । कर्ता घुम्छ । निहुरिन्छ । तन्किन्छ । कपाल मिलाउँछ । नङदेखि नङसम्म नियाल्छ । छाती छोपिएको छ भने अलिकति बढी प्रदर्शन गर्छ । छाती खोल्ने जमाना जो छ ! पुरुषहरुलाई जोन बन्नु छ, महिलाहरुलाई विपाशा ! जाडोमा नुहाउन नसक्ने कर्ता लुगाबाहिर अत्तर छर्कन्छ, कोखा गन्हाइरहेकै किन नहोस् ! ऐनामा देखिएको प्रतिबिम्ब अनुभवी फोटोग्राफर बन्छ र यता कर्ताबाट पोज दिने काम हुन्छ । जुन बेला आकर्षण र सुन्दरताको माथिल्लो स्तर झल्किन्छ प्रतिबिम्बमा, कर्ता मुस्कुराउँछ ।

(अब केही खुलेर कुरा गरौँ ।) आजकलका केटाहरु आफ्नी गर्लफ्रेण्डलाई अरु सुन्दर बनाउन हेयर स्टाइल चेञ्ज गर्न दबाब दिन्छन् । तर केटीको छुच्चो बानी छाडाउन सक्दैनन् ।  केटीले केटालाई सर्ट पाइण्ट छाड्न लगाई जिन्स र टिसर्टतिर तान्छे । तर केटाले खाइरहेको चुरोट छोडाउन सक्तिन । श्रीमतीको दवावमा योगाश्रम र जिमखाना धाउने प्रौढहरु पनि कम छैनन् । हुनेवाला श्रीमान्/श्रीमतीलाई ‘व्यक्तित्व र स्वास्थ्य’ को नाममा मोटाइ घटाउन कन्भिन्स गराउन खोज्ने युवाजमात ठूलै छ । मोटाहरुको गुनासो भने अर्कै, ‘के गर्नु पानी खाए पनि मोटाइन्छ !’

‘सुन्दरता नारीहरुको पेवा होईन ।’ कहिलेकाही पुरुष मनभित्र यस्तो विद्रोही सोच जन्मिन्छ । तथापि, सुन्दरता भन्नेवित्तिकै नारीकै प्रसङ्ग अगाडि आउँछ । पुरुषमा सुन्दरता देखिदिने नजर कसैसँग भएको भए कुनै सङ्घसंस्था वा ‘नाफामुखी’ कार्यालयमा छिर्नेवित्तिकै सुन्दरी युवतीको साँटो सुन्दर (!) युवकको दर्शन पाइँदो हो । यस्तो अपवाद दूर्लभ छ । बडेमानको गाडी होस् वा हातमै अट्ने मोबाइल, यिनको बिक्री प्रबर्द्धन गर्न सुन्दर युवतीहरु खटाइन्छन् । सामानमा कम र युवतीमा बढी ध्यान जाने पागल आँखाहरु पनि त्यस्तै !

सुन्दरताप्रतिको जुन बढ्दो आकर्षण छ, यसलाई गलतै ब्याख्या गरिहाल्नुपर्ने अवस्था छैन । मानवीय सफलतामा व्यक्तित्वले ठूलो भूमिका खेल्छ । ज्ञान, सीप, कार्यसम्पादन, पहिरन, आत्मविश्वास, जनसम्पर्क गर्ने शैली साथै व्यक्तित्व निर्धारण गर्ने अर्को तत्व सुन्दरता पनि हो । पहिलो हेराइलाई जीवन्त र दीर्घकालसम्म स्मरणीय बनाउन पनि परस्परको आकर्षण महत्वपूर्ण हुन्छ । र, आकर्षणका लागि सुन्दरताको हात रहन्छ ।

बाहिरी सुन्दरताको बखान गरिरहँदा व्यक्तिमा अन्तरनिहीत भित्री सुन्दरता र विशिष्टताको अवमूल्यन गरेजस्तो देखिएको हुनसक्छ । त्यसो होईन । भित्री प्रतिभा त व्यक्तिको सर्वाधिक ठूलो गहना र प्राप्ति हो, जसको अवशान कहिल्यै हुँदैन, बाहिरी सुन्दरताको जस्तो । व्यक्ति मरेर गएपनि उसले छर्न सकेको भित्री प्रतिभा र विचार कहिल्यै पनि मर्दैन । र यो पनि सत्य हो कि भित्री प्रतिभा प्रष्फुटन हुने अवसर सृजना गर्नमा बाहिरी सुन्दरताले ‘पनि’ भूमिका खेल्ने गर्छ ।
yuba21harihar@yahoo.com
www.facebook.com/yuba21harihar

The post सुन्दरताको पोष्टमार्टम appeared first on paniphoto.

हनुमानढोका लज – कँही छ यस्तो सुबिधा !
-नरेन्द्र सुवेदी-
लज शब्दलाई थोरैमात्र परिभाषित गर्दा, पैसा तिरी बस्न र खान पाउँने ठाउँ भन्ने बुझिन्छ । मैले सम्बोधन गरेको हनुमान ढोका लज भने अलि फरक छ । मेरो बुझाईको लज र यो हनुमान ढोका लज बीचमा कुनै पनि तालमेल छैन, सिवाय खान र बस्न पाउँनु । यो लज काठमाण्डौ बसन्तपुरको कालभैरवको अग्लो मूर्तिको ठिक पश्चिमपट्टी छ । कहिलेकाँही बाटो पर्दा एक पटक आफ्नो नजर यसतर्फ पनि लगाई दिनु होला ।

पुरानो राणाकालिन सेतो रंगको घरलाई हनुमान लज बनाइएको छ । लज धनीमानीको झै देखिन्छ । ढोकामा चौकिदारहरु प्रशस्त छन् । अर्थात यो हनुमानढोका प्रहरी कार्यालय हो ।

यस लजमा मानिस आफ्नो इच्छाले आउँदैनन् । लजले आफ्नो एजेन्टहरुले मानिसलाई यस लजमा उपस्थित गराउँदोरहेछ । मलाई पनि त्यस्तै एजेन्टले त्यहाँ पुर्‍यायो । मैले कुरा बुझ्न खोज्दा, अपशब्द र एजेन्टलाई सिकाइएको कुसंस्कार मतर्फ आक्रामक भए । जसोतसो तेस्रो दिनसम्म एउटा छेउ न टुप्पाको कारण बनाई मलाई हनुमान ढोका लज पुर्‍याईयो । अर्थात १२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा बिनाप्रमाण, बिनादोष हनुमानढोका पुर्‍याइयो । त्यही बसाईको अनुभवका आधारमा लजका केही बिशेषता उल्लेख गरेको छु ।

१) गेट प्रवेश गर्ने बित्तिकै नाकमा ठोकिन आउँने पाँच चर्पीका भयावह दृष्य र दुर्गन्ध ।

२) साँघुरा कोठा साइज अनुसार तीनजना भन्दा बढी मान्छे सुत्न मिल्दैन तर कम्तिमा १३ जना जसरी पनि सुत्नैपर्ने व्यवश्था ।

३) लजको कर्मचारीबाट आमा, बाउ, दिदी, बहिनी सबैका नाम अश्लील गाली निरन्तर सुन्न पाइने ।

४) पटक पटक चमेरो बनी (टाउको तल, खुट्टा माथि) मनोरञ्जन लिन पाउँने व्यवश्था ।

५) लजको कर्मचारीबाट बिनाकसुर सुतेकै ठाउँबाट उठाई पिटाई खान पाउँने सुबिधा ।

६) अत्यन्त गुणस्तरहीन खाना पाइने ।

७) अत्यन्त महँगो आन्तरिक बजार, पाँच रुपियाँको पत्रिका १० रुपियाँमा किन्न पाइने ।

८) लज कर्मचारीले गर्नुपर्ने काम, लजका पाहुनाले गरिदिनु पर्ने व्यवश्था, कसैकसैले त लज कर्मचारीको लुगा समेत धुनुपर्ने ।

९) लजका पाहुनाले लजको सुरक्षामा छाडेको सामान हराउँने ग्यारेन्टी ।

१०) लजबाट बाहिरिदा नमिठो सम्झना र पुनर्जन्म भएको अनुभव गराउँने ग्यारेन्टी ।

The post हनुमानढोका लज – कँही छ यस्तो सुबिधा ! appeared first on paniphoto.

मलाई भ्रम भो मालिक
स्वतन्त्र न्यायपालिका ठुलो कि ?

स्वतन्त्र पत्रकारिता ?

मलाई भ्रम भो मालिक

यसो शिर उठाएर हेर्छु

न्यायको हतौडा लिएर बसेका एक स्वतन्त्र देख्छु

यसो नजर घुमाउछु

टिशर्ट लाएर उभिएका अर्का स्वतन्त्र देख्छु

स्वतन्त्र र स्वतन्त्रको घच्चाघच्चीमा

मलाई भ्रम भो मालिक

स्वतन्त्र न्यायपालिका ठुलो कि ?

स्वतन्त्र पत्रकारिता ?

स्वतन्त्र न्यायपालिका ठुलो कि ?

स्वतन्त्र पत्रकारिता ?

मलाई भ्रम भो मालिक

यसो शिर उठाएर हेर्छु

न्यायको हतौडा लिएर बसेका एक स्वतन्त्र देख्छु

यसो नजर घुमाउछु

टिशर्ट लाएर उभिएका अर्का स्वतन्त्र देख्छु

स्वतन्त्र र स्वतन्त्रको घच्चाघच्चीमा

मलाई भ्रम भो मालिक

स्वतन्त्र न्यायपालिका ठुलो कि ?

स्वतन्त्र पत्रकारिता ?

सुन्छु,

एक स्वतन्त्रले बन्द कोठामा

अर्को स्वतन्त्रलाई ङ्यार्र्र्र्र् गर्यो रे

अर्को स्वतन्त्रले शहर भरि

एकपन्ना ङुर्र्र्र्र्र् जवाफ फर्कायो रे

एक छन् जसले बोलेको मसम्म पुग्दैन

अर्को छन् जोसम्म मैले बोलेको पुग्दैन

दुइटै विज्ञ, दुइटै ब्रम्ह

केहिले बाध्नै नमिल्ने दुइटै स्वतन्त्र

यसो जोख्न खोजेथेँ मालिक

स्वतन्त्र न्यायपालिका ठुलो कि ?

स्वतन्त्र पत्रकारिता ?

मलाई भ्रम भो मालिक

सन्दर्भ : टिसर्ट लगाएकोमा यसरी इजालसबाट निकालिएँ http://www.ekantipur.com/nep/2070/1/17/full-story/367195.html

प्यारोडी बिसे नगर्चीको बयानसँग मिल्न गएमा क्षमाप्रार्थी छु ।

The post मलाई भ्रम भो मालिक appeared first on paniphoto.

सेविका – कथा
-अञ्जान क्षितिज-

“आजकल स्वामीजीलाई सञ्चो छैन । मीठो मसिनो खानु हुँदैन । धेरै बेर बोल्नु पनि हुँदैन । यति सम्म की स्वामीजी स्नान गर्न पनि सक्नु हुन्न, हिड्डुल गर्न त परै जाओस आजकल त खाटमा बस्न पनि सक्नु हुन्न ।” सेविकाले कुटुम्वहरुलाई बताई । कुटुम्वहरु एकोहोरो पाराले टोहोलाई रहेका थिए ।

स्वामीजी, श्री पे्रमप्रणयचार्य ज्यू,प्रख्यात पंडित,लोकाचारमा बढी विश्वास गर्ने स्वामी श्री वैष्णवका अनुयायी आज अस्वस्थ्थ हुनुहुन्छ । चारजना छोरीका बाबु र एक पत्नीका धनी प्रेमप्रणयचार्य ज्यु एक प्रख्यात पुराण वाचक हुन । यति खेर उवा अस्वस्थ हुनुहुन्छ, पुराण वाचन गर्न सक्नु हुन्न, यजमानहरु चिन्तित छन ।

सेविका, बूढी कुमारी कन्या, राम्रो अनुहार नपरेकी, काली, असौदिली, बाबु आमाले उमेरमा नै केटो खोजेर घरजम बसाईदिन खोजेका थिए तर जति केटाहरु हेर्न आए पनि सेविकाले मन पराईन । यतिसम्म की नाम चलेका पंडित र ज्योतिसीका कुमार केटाहरु उसलाई मन परेन । बाबु आमा पनि विते तर अविवाहित चेली बुढी भै सके पछि दाजुभाईहरुले हेर्न छोडेपछि सेविका श्री पे्रमप्रणयचार्य ज्यू की चेली बनेकी हो अर्थात सेविका पनि श्री वैष्णव कै अनुयायी हो । आचरणमा बढी ध्यान दिन्छे सेविका किनकी “स्वामीजीलाई आचार भंग गरेको मन पर्दैन । यो त धर्म विपरीत हो, धर्म त्याग्नु त महा पाप हो ।”

स्वामीकी श्रीमती, एउटी सोझी बाम्हणकी छोरी । दाम्पत्य जीवनका प्रारम्भका दिनहरुमा स्वामीजीले हेला गरे पनि अचेल स्वामी प्रेमप्रणयचार्य ज्यू की धर्म पत्नी, सबैले श्रद्रा गर्छन । घरमा सेविका आएकीले घरधन्दामा दुःख छैन मात्र स्वामीजी विसञ्चो होइवक्सन्छ । यजमानहरु अर्कैका भै सके, यो मात्र चिन्ताको विषय हो ।

छोरीहरु अंग्रेजी स्कुल पढेर तीन जना कलेज पड्दै छन । कान्छी छोरी बाह्र पर्षकी छे । जेठी छोरी रमाले स्नातक पास गरी । सम्पन्न खानदानमा हुर्केका छोरीहरु वाल्यकालमा स्वामीजीको आचरणमा नियमबद्ध भएर बसे पनि आज यो कार्य सारै झन्झटिलो र परम्परावादी जस्तो लाग्छ । विष्व एक्काइसौ शताव्दीमा पुगी सक्यो, हाम्रा बा आचार विचारमा नै छन । बाँच्न त मान्छेको इच्छा अनुसार पाउनु पर्छ ।

एउटा पंडितले भन्यो “यो त सारै दुःखको कुरा हो । स्वामीजीलाई सञ्चो छैन तर कुरा कुटुम्व आउनेको हो । छोरीहरुको विवाह गर्ने बेला भएको छ, भन्छन वगेको खोलो र छोरीको जोवनले पर्खदैन । छोराहरुको त उमेर केहि पर पुगे पनि चल्छ । कुरा राम्रो खानदानको हो ।” सेविकाले भनी “हो हाम्रा छोरीहरु आचरमा वद्ध छन । हामी पनि वैष्णवलाई नै छोरी दिन खोज्दै छौ । स्वामीजी पनि यही नै मान्नु हुन्छ ।” अर्कोलै भन्यो “ हाम्रा कुमार सास्त्री हुन, अझ एस. एल. सी सम्म स्कुल पढे । भर्खर मात्र पुराण पनि भने, राम्रो जोडी हुन्छ ।”

स्वामीजी आए । लामो दाह्री पालेका,कपाल पालेका, ज्यादै मोटा छन । स्वामीकी श्रीमती पनि आई । कुटुम्वहरु उठे र ढोग गरे । स्वामीले भने “छोरीहरु बढे,कन्यादान दिनु सबैभन्दा ठूलो दान हो । लोकोत्ति पनि मान्नै पर्छ ।” “हामीले बुझेका छौ, हाम्रा कुमार सास्त्री हुन, एक्लो छोरो ।” स्वामीले भने “दुवेको जोडी मिल्छ । रमा आचारबद्ध छे । मेरी छोरी हो ।’

कुटुम्वहरु गए । घरमा छोरीहरु थिएनन् । बेलुका खाना खाए पछि स्वामीजीले सबै छोरीहरुलाई डाके । सेविकाले सबैलाई बोलाई । चारैजना छोरीहरु आए । स्वामीले कुरा उठाए “छोरी रमा, विए पास गरिहालिस, राम्रो खानदानको कुरा आएको छ । केटो सास्त्री हो, एक्लो छोरो ।” रमाले तत्काल भनी “पिताजी, म अझै पड्न चाहान्छु ।” स्वामीकी श्रीमतीले भनी“छोरी, एक दिन लोग्नेको घर जानै पर्छ । विहे बेलामा गरेकै राम्रो हो ।” रमाले भनी“आमा म कुनै शास्त्रीसंग विवाह गर्न सक्दिन । म मैले नै मन पराएको केटासंग विवाह गर्छु । के ठीक के बेठीक त्यो म छुट्याउन सक्छु । जो संग मेरो विचार मिल्दैन, त्यो संग म कसरी जीवन विताउन सक्छु ।” “छोरी, इज्जत भन्दा ठूलो कुरा केही छैन । बाबु आमाले कति दुःख र संघर्ष गरेर आज यो अवस्थामा पुप्याए उसैको इच्छा विपरीतको बाटो अपनाउने हो भने एउटा बाबु त बाबु रहदैन भने म त पंडित हुँ, मेरो इज्जत समाजमा कस्तो छ त्यस्को पनि त ख्याल गर्नु पर्छ छोरी हो ।”

रमा आप्नो कोठा तर्फ लागी । अरु छोरीहरु पनि आ–आप्नो कोठा तर्फ लागे । स्वामीजी रिसाएका थिए । सेविकाले सबै नियाली रहेकी थिइ । एउटा बाबु र एउटी छोरी । जीवन आप्नै शैलीमा जीउन खोज्नेहरु, त्यस बीचकी सेविका । दम्पतिहरु आप्नो कोठामा गए । सेविका पनि उसको कोठमा लागी ।

सेविकाले आफूलाई सम्झी । ऊ सेविका मात्र हो । कसैकी श्रीमती होइन, आमा पनि होइन । आत्मा सन्तुष्टी गर्ने ठाउँ खै ? हो, उसले स्वामीजीको सेवामा आप्नो बाँकी जीवनलाई अर्पण गरी सकेकी छे । यो उसको बाध्यता र कसैले कर लगाएर गरेको निर्णय होईन । यो त उसले आफै रोजेको बाटो हो ।

हो, स्वामीजी को विहानै दर्शन हुन्छ । स्वामीजी स्नान गरेर पूजा कोठामा जान्छन । सेविका पूजाका लागि फूल र अन्य सामाग्री ठीक पारी दिन्छे । त्यसपछि स्वामीजको लागि दूध र रोटी ठीक पार्छे । नौ बजेतिर स्वामीको प्रसाद तयार हुन्छ । स्वामीलाई पिरो मन पर्दैन , अलि अलि अमिलो मन पर्छ, बढी दूध दही मन पर्छ । दिउँसो चिया र फलफूल खानु हुन्छ । स्वामीजीका कपडाहरुमा दाग लाग्नु हुँदैन । बेलुका पुजा कोठामा सामाग्री ठीक हुनुपर्छ । सुत्नु भन्दा अगाडि तातो पानी कोठामा पुप्याउनु पर्छ । स्वामीजी प्रफूल्ल हुनु हुन्छ । यो भन्दा ठूलो उसले पाउन पनि सक्दिन ।

सेविकाले विगतलाई सम्झी । उसले स्वामीजीलाई पच्चिस वर्ष अगाडी चिनेकी थिइ । त्यो बेला घरमा पुराण लागेको थियो । भर्खर मात्र शास्त्री भएका प्रेम प्रसाद आर्चाय ज्यू पहिलो पल्ट प्रवचन गर्न आएका थिए ।

प्रेम प्रसाद आर्चाय ,जवान र सुन्दर थिए । पच्चिस वर्ष पुगेका युवक पंडितको सेवामा खटिएकी थिइ बीस वर्षकी एउटी युवती यजमानकी छोरी । बाबुले भनेका थिए “ हाम्रा पंडितजीको राम्रो सेवा गर्नु पर्छ । यो तेरो जिम्मा भयो ।” पंडितजीको ओछ्यान मिलाउने काम उसैले गर्थी । विहान स्नान गरी सकेर पंडितजी पूजा गर्ने बेलामा फूल ठीक पार्ने काम गर्छे । कपडा धुने काम, खानाको प्रवन्ध गर्ने काम पनि युवतीको हो । पंडितजीलाई कुनै असजिलो हुनु हँुदैन, यो युवतीको लागि चुनौती थियो ।

युवतीले पंडितको कथा प्रवचन पनि सुनेकी थिई । “ शास्त्रले लोकलाई सत्मार्गैमा लाने बाटो देखाउँछ । जसलाई आत्माभित्र लिन सक्यो त्यो लोकमा सफल हुन्छ,….शास्त्रमा के उल्लेख गरेको छ भने नारीको परम धर्म के हो भने आप्ना स्वामीजीको सेवा गर्नु हो । स्वामीको प्रशन्नता नै इस्वरको पैशन्नता हो, आप्ना स्वामीजीलाई प्रशन्न पार्नु हरेक स्त्रीको कर्तव्य हो । शास्त्रमा सीता र सावित्रा जस्ता महान नारीहरुको उल्लेख गरिएको छ , जसले आप्ना स्वामीको सेवामा आप्ना जीवनहरु अपर्ण गर्नेहरु छन । जसलाई लोकले गम्भिरता पूर्वक लिएको छ …….

“पंडित राम्रा र सौदिला मात्र होइन ज्ञानी पनि छन । कलिलै उमेरमा शास्त्री भएका, शाूत्रको ज्ञान लिएका ” युवतीका आमाले लोग्नेलाई वताई । लोग्नेले भन्यो “ हो तर यो भाग्यको कुरा हो । यस्ता ज्ञानीलाई छोरी दिन पाए राम्रो पनि छोरीको पनि कल्यण हुन्थो ।” युवतीले ती सबै सुनेकी थिई । त्यसदिन उसले पंडितलाई राम्रोसंग नियालेकी थिई । पंडितजी उसको सेवा देखी पनि प्रशन्न भएका थिए । पंडितजीलाई असजिलो र अभाव थिएन । उसले पनि आप्नो कर्तब्य राम्रोसंग पुरा गरेकी थिई । पूराणको साक दिन विहान पंडितले युवतीलाई भनेका थिए “म तिम्रो सेवादेखी प्रशन्न भए, तिम्रो नाम के हो ? तर युवती एक्कासी झस्केकी थिई । उसले पंडितलाइ नियाली तर आप्नो नाम भने भन्न सकिन । टाउको एक्कसी निहुरियो । पंडितले भनेका थिए “बरु म भन्छु, तिम्रो नाम सेविका हो । यस अर्थमा की तिमी पाउनाको सत्कार चाहीँ राम्रोसंग गछौ । “ त्यो पंडितले रोजेको नाम, दिनभरी सेविका पंडितको सेवामा नै थिई । पूराण सिधियो ।

बेलुका यजमानले पंडितलाई भनेका थिए	“ हामी हजुरको सेवादेखि प्रशन्न छौ । अव अर्को गुन पनि लगाईदिनु भयो भने हाम्रो कल्याण नै हुने थियो ।”	 पंडितले भनेका थिए “कस्तो गुन ?” पंडितले केही वेर पछि भनेका थिए “ हो मैले उनको कर्तव्यशिलता देखेको छु तर सबै म आफै फैसला गर्न सक्दिन । आमा बुबाको अनुमती पनि चाहिन्छ ।	”

सेविकाले बुझेकी थिई । पंडितजी आफूसंग प्रशन्न छन । त्यसैले उसले पंडितलाई रोजेकी थिई । त्यो रातभरी उसलाई पंडितकै सम्झनाले सतायो । अर्को दिन त पंडितजी सखेरै हिड्ने तरखरमा थिए । सेविकाले विहानै पुजा गर्ने फूल ठिक्क पारी । पंडितजीले पूजा सके र चिया पिए अनि बाटो लागे । पंडितजी बाटो लागे पछि केही छिन सेविकालाई खल्लो लागेको थियो । तर मा बुझाई, पंडितजीले उसलाई मन पराउनु हुन्छ,एक दिन ऊ पुन पंडितजीको सेविका भएर यो घरबाट पंडितसंगै जाने छे जीवन भरीका लागि ।

समय वित्तै गयो । छ महिना पछि सेविकाका बाबु छोरीको कुरा लिएर स्वामीजीको घर लागेका थिए । सेविकालाई बाबु नर्फकुनजेल मनभित्र भित्रै खटपट्टी भई रहेको थियो । दिन काट्न गार्रो अझ रात त कहाली लाग्दो एक्लो यात्रा थियो, लक्षमा पुग्ने बाटो उज्यालो त टाडा थियो । बाबु फर्के, पंडितजी बनारस गएका थिए आचायै हुन । विवाहको कुरा चल्न सकेन । तीन वर्षपछि एक दिन सेविकाका बाबुले सुनेका थिए । पे्रम प्रसाद आचार्य स्वामी पे्रम प्रणयचार्य ज्यू भएर फर्के छन । गुरुपुत्रीसंग विवाह गरी सकेछन । सेविकाले यो सबै सुनी । उसलाई खल्लो लागेर आयो । स्वामी अर्कैका भए । सेविका अर्कै भई । बाबुले भनेका थिए “छोरी, भाग्यमा जे लेखेको हुन्छ त्यही हुन्छ । अर्को राम्रो खानदानको केटाको कुरा आएको छ ।”	सेविकाले अस्वीकार गरी । उसले प्रम प्रणयचार्य जयूलाई आप्नो हुनेवाला लोग्ने मानेकी थिई तर ऊ सेविका स्वामीकी बनन सकिन । तर, उसले दोस्रो पुरुषको उपस्थितीलाई पनि स्वीकारीन । आजीवन कुमारी कन्या बस्ने निर्णय गरी ।

सेविका एक्कासी झस्की । स्वामी कन्यादानमा पुन्य देख्दै छन तर छोरी ऊ आप्नो इच्छालाई महत्व दिदै छे । बम्हचारी सेविका कुनै हालतमा पनि स्वामीका कुरा काट्न सक्दिन तर उसले रमाको मनोभावनालाई भने राम्रोसंग बुझेकी छे ।

अर्कोदिन , स्वामी स्नान गरेर पुजा कोठामा गए । सेविकाले पुजा सामाग्री र फूल ल्याएर छेउमा राखी दिई । ऊ स्वामीसंग केहि भन्न खोज्दै थिई । उसको मनमा बेलुकादेखि एउटा उकुस मुकुस उब्जिएको थियो । तर,स्वामी ध्यानमा लिन हुनु हुन्छ, तपस्या भंग स्वामीलाई सैय हुदैन ।

प्रसाद ग्रहण गर्दै गरेको बेला सेविकाले भनी “ छोरीले मन पराएको केटो रहेछ भने छिटै विवाह गरी दिनुनै राम्रो हुन्छ जस्तो लाग्छ मलाई । शास्त्री भए पनि छोरीलाई मन पर्दैन भने आत्मा सन्तुष्टी पाउने कसरी ? खाली वाहिरी देखावटी समाजले मात्रै मान्छे सन्तुष्टी हुन सक्दैन रहेछ । उसले रोजेको सहयात्रीसंग यात्रा पनि यही समाजभित्र हुनुपर्छ ।” सेविकाको यो प्रसंग स्वामीजीलाई मन परेन । किनकी, समाजभित्र ऊ पंडित हो जसको आप्नै प्रकारको महत्व र अस्थित्व छ । तर, एउटा पर पुरुषलाई स्वामी सम्झेर आजीवन कुमारी कन्या बनेकी सेविका मात्र्र सेविका हो । स्वामीजी रिसाएका थिए र भने “यो कुरा तिमिले गर्नु ठीक होईन । समाजभित्र अस्थित्व खोज्न र पाईरहन सजिलो छैन ।” स्वामीजी रिसाउँदै वाहिर गए । तर, आज भने सेविकालाई स्वामीजी रिसाएकोमा कत्ति पनि डर लागेन । अझ मनभित्रबाट एक प्रकारको उत्साह जागेर आईरहेको थियो ।

दिनभरी स्वामीजी रिसाईरहेका थिए तर सेविकालाई कत्ति पनि डर लागेन। छोरी कोठामा नै बसेकी थिई । खाना खान आएकी थिइन । सेविका रमाको कोठामा पुगी र भनी “छोरी रमा, खाना खान आउ । ” रमाले भनी “खान्न, भोक लगेको छैन । ” सेविकाले केहि वेर पछि भनी “छोरी, तिम्रो मन परेको केटा छ ।” रमाले सेविकालाई हेरी । भाव सुन्य सेविकाका देखिने ती आँखाहरु आज रमालाई परिचित आ“खानहरु जस्तो लाग्न थाल्यो । उसले भनी“ छ, मेरो स्कुल देखिको साथी हो । ऊ शास्त्री होईन र आचारमा बस्ने खाल्को केटा पनि होईन तर म ऊ संग मात्र विवाह गर्न सक्छु ।” सेविकाले भनी “ छारी, आत्मा सनतुष्टी भन्दा ठूलो सुख केहि होईन । कोहीको निम्त जीवन अर्पण गर्नु नै जीवनको वास्तविक्ताा होईन । मलाई लाग्छ, पिताजी यो कुरा मान्नु हुन्न ।बारु तिमी भागेर भए पनि त्यही केटासंग विवाह गर जसलाई तिमी मन पराउँछौ । ” रमाले अपत्यारीलो पाराले सेविकालाई हेरी । बम्हचारी बनेकी सेविका र मन भित्र उकुस मुकुस पीडा सा“चेर स्वामीको सेवामा रातदीन तल्लिन बनेकी सेविका बीचको अन्तर त उसले छुट्याउन सकिन तर बाटो लाग्नु भने अवस्य परेको थियो ।

अर्कोदिन विहान स्वामीकी श्रीमती अत्तालिदै आई र पुजामा लिन स्वामीलाई भन “ स्वनमीजी, रमा त कोठामा छैन । उसका कपडाहरु पनि छैनन् । कुनै अर्नथ भए जस्तो छ । ” स्वमीजी एक्कासी झस्के र भने “रमा, छैन । ” हो, टेवलमा यो चिठ्ठी छोडेकी रहिछ । ” स्वामीले चिठ्ठी समाए र पढै अनि भने “ यो हुनै सक्दैन । मेरा छोरीहरुलाई मैले राम्रो संस्कार दिएको छु । रमाले यस्तो काम गर्न सक्दिन । ” स्वामीजीकी श्रीमती रुन थाली । स्वामीजी घोरिए । हिजो दिनभरी सेविका रमाको कोठामा धाई रहेकी थिई । बेलुका पनि त्यतै गएकी थिई । विहान सेविकाले भनेकी थिई छोरीले मन पराएको केटा छ भने विवाह गरिदिदा हुन्छ । उनले भने “ सेविका खोई ।” सेविाका आई र भनी “ के भयो ।” तैले छोरीलाई उचालिस होईन । जुन घरमा आश्रय पाएकी छेस त्यही घरको इजत माथि कुदृष्टि राख्ने भईस । ” सेविको भनी “मैले कुनै कुदृष्टि राखेकी छैन । जहाँसम्म आश्रयको कुरा छ, त्यो त मेरो लागि हुनु र नहुनुमा खासै अर्थ राख्दैन । किनकी, जुन कुरा मैले पाउनु पर्ने बेलामा पाउन सकिन अहिले यो उमेरम आएर त्यसप्रति मेरो आश पनि छैन । मान्छेलाई जति वाहिरबाट सजाए पनि समाजले इज्जत र सम्पति दिए पनि उसको मनले चाहेको पुगेन भने पेट खोक्रो नै हुन्छ । छोरीलाई मैले नै भगाएको हुँ जहाँ देखावटी इज्जत नपाए पनि सन्तुष्टि त अवस्य पाउन सक्छे ।” दमपतिहरु रिसले चुर भए तर सेविका भने पोका पुन्तरो बोकेर ठिक्क परेकी थिई । स्वामीले भने “ तँ यो घरबाट बाटो लागि हाल ।” सेविकाले भनी “लाग्छु र यहाँ बसिरहनु आवस्यक पनि छैन तर आज मलाई मेरो खोक्र्रो विगतको यात्रा देखि कुनै गुनासो छैन । ”

सेविका गेट तर्फ बढी । दम्पतिहरु अपत्यारीलो पा।ाले सेविकालाई गेट वाहिर पुगुन्जेल एकोहोरो पाराले हेरीरहे ।

The post सेविका – कथा appeared first on paniphoto.