भान्सामा औषधी- गाजर

image-of-carrotस्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुन सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यस्तै सजिलै उपलब्ध हुने गाजर स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।
Continue reading >> भान्सामा औषधी- गाजर

रुवाउँने प्याजको फाइदा थाहा पाऔं

प्याजको गन्ध कतिलाई मन पर्दैन सोधिरहनु नपर्ला । गाडीमा वा कतै कसैको मुखबाट ह्वास्स निस्कने प्याजको गन्ध सबैका लागि अप्रिय नै हुन्छ । ‘मुला खाई वन पस’ भने जत्तिको निषेध प्याजमा नगरिने भएपनि खाएपछि गन्धको कारण प्राय प्याजलाई सार्वजनिक क्षेत्रमा अघोषित निषेध नै छ भने पनि फरक पर्दैन । खाएपछि मात्र नभएर खानलाई प्याज काट्नु पनि पीडादायक नै हुन्छ । अत प्याजको संसर्गसँग खासगरि नयाँ पुस्ताका युवायुवतीमा एउटा दुरी नै छ । काट्दा रुवाउँने र खाँदा दुर्गन्ध फैलाउँने प्याजका पनि धेरै फाईदा छन् भन्ने धेरैलाई थाहा नभएको हुन सक्छ । आज सोमबारको स्वास्थ्य चर्चामा प्याज-चर्चा पढौं ।
Continue reading >> रुवाउँने प्याजको फाइदा थाहा पाऔं

जडिबुटी – चिनिराखे निकै उपयोगी

तस्विर साभार : गुगल इमेज

दुखको कुरा, आफुलाई चाहिने जडिबुटीको बारेमा मानिसहरुलाई थाहा नै हुदैन । जबकी पशुपक्षीहरुले यसका बारेमा जानकारी राख्छन् । कुकुरलाई पेटमा केही गडबडी भयो भने जडिबुटी सेवन गरेर वान्ता गर्ने ज्ञान हुन्छ र उ जडिबुटी खोजेर खान सक्छ । चराचुरुङ्गीले पनि आफुलाई चाहिएको जडिबुटी खोजेर खान सक्छन् । तर हामी मानिस भने त्यति गर्न पनि सक्दैनौं । मानिसले थोरैमात्र जानकारी राख्ने हो भने हाम्रो घरआँगनमा नै उपलब्ध हुने जडिबुटीबाट निकै फाइदा लिन सकिन्छ ।
Continue reading >> जडिबुटी – चिनिराखे निकै उपयोगी

हितकारी अदुवा

घरगाउँमा पाइने र प्रयोग गरिरहेका कतिपय कुराहरुलाई केहि सजगताका साथ प्रयोग गर्ने हो भने निकै रोगहरुको रोकथाम हुने मात्र हैन, रोगहरुबाट मुक्ति पनि पाइन्छ । नजिकको तिर्थ हेला भने जस्तै हामी घरमा सजिलै उपलब्ध हुने यस्ता जडिबुटीमा विश्वास गर्दैनौं र साना भन्दा साना स्वास्थ्यमा हुने समस्या निदानका लागि ट्याब्लेट खोज्दै मेडिकल धाउँछौं । यस्ता औषधीहरुको सेवनका कारण साइड इफेक्टका रुपमा हामी अरु थप समस्या पाउँछौं । सोच्ने हो भने त यो पैसा तिरेर रोग किने जस्तो पो हुने रहेछ । यसैले घरमा उपलब्ध हुने जडिबुटीहरुको बारेमा ज्ञान हुनु जरुरी छ । यसले पैसा बचाउँनेमात्रै हैन, स्वास्थ्यमा दिर्घकालिन फाइदा दिन्छ ।

यसैले आउँनुहोस्, आज अदुवाका फाइदाका बारेमा छलफल गरौं । Continue reading >> हितकारी अदुवा

युवावस्थामा हृदयघात बढेकै हो त ?

हृदयघातका कारण युवावस्थामै मृत्युवरण गरेका पत्रकार तारा रेग्मीप्रति हार्दिक श्रदाञ्जली !

-डा. समिर लामा-
न्युज 24 का टिभी जर्नालिस्ट तारा रेग्मीको २७ वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि युवाहरुमा यसको प्रकोप बढ्न लागेको हो त भन्ने प्रश्न फेरी एकपटक उठेको छ। फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालहरुमा यसप्रति चिन्ता र बहस पनि चलेको छ। जुन एक हिसाबले राम्रो पनि हो। नत्र सामाजिक संजालका साइटहरुमा स्वास्थ्यका कुरा बिरलै हुने गर्छन्। ‘युवावस्थामै हृदयघात’को चर्चा इन्द्र लोहनी र शौभाग्यजंग शाहको निधनको बेला पनि चलेको थियो।

मेडिकल भाषामा ४५ वर्षभन्दा कम उमेरमा हृदयघात भएमा युवावस्थामा भएको हृदयघात भनिन्छ।

के साँच्चै हृदयघात युवाहरुतिर पल्केको हो त?
हुनसक्छ। अध्ययन-अनुसन्धान विना यकिनका साथ भन्न त गाह्रों छ तर हृदयघातको सम्भावना बढाउने जीवनशैली हिजोआजका युवाहरुले बढि अपनाउन थालेका हुनाले यसको प्रकोप युवाहरुतिर सरेको छैन वा नसर्ला भन्न सकिदैंन।

यसका लागि किन हृदयघात हुन्छ भन्ने जान्नु जरुरी छ। Continue reading >> युवावस्थामा हृदयघात बढेकै हो त ?

भान्सामा औषधी – टमाटरको नालीबेली

तस्विर : गुगल इमेज

स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य सुधार्न मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एकपटक बिग्रिसकेको स्वास्थ्य पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । यदि दैनिक जीवनमा थोरै मात्र ध्यान दिन सके स्वास्थ्य निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यसको राम्रो उदाहरण हो, टमाटरको प्रयोग । टमाटर मानव शरिरका लागि कति आवश्यक छ, जानकार बनौं । Continue reading >> भान्सामा औषधी – टमाटरको नालीबेली

गाजरको नालीबेली

स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुन सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै पानीफोटोमा आज गाजरको फाइदाको बारेमा चर्चा गरिएको छ । Continue reading >> गाजरको नालीबेली

च्याउ खान अनुभव र आँट होइन, ज्ञान चाहिन्छ

अपडेट : असार ४, २०६९ - बर्षायामको सुरु सँगै च्याउ खाएर ज्यान गुमाउँनेहरुको खबर आउँन थालेको छ । जतासुकै पाइने असुरक्षित च्याउ खाएर ज्यान गुमाउँनेहरुको सूचि यसपाली कति लामो हो भन्न सकिन्न । जेठ ३२ गते बिहान जंगलबाट ल्याएको विषालु च्याउ खाँदा चितवन कविलासपुरको एउटा परिवारका ४ जनाले ज्यान गुमाएका छन् । एकजनाको गम्भिर अवश्थामा उपचार हुँदै छ । च्याउ खाएर ३५ वर्षीय बुद्धिबहादुर चेपाङ, उनकी श्रीमती ३० वर्षीया सोमती चेपाङ, उनका छोराहरु ९ वर्षका मानबहादुर चेपाङ र ६ वर्षका सन्तकुमार चेपाङको मृत्यु भएको छ । १८ वर्षीय छोरा अर्जुन चेपाङको भने गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
……………………………………………………………………………………………………..
च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रुपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरुमा समेत च्याउहरु प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रुपमा उम्रने च्याउहरु कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरुमा खानयोग्य र बिषालु छुट्याउँन गार्‍हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरु अकालमा मृत्युको शिकार बन्छन् । अब बर्षा सुरु हुदैछ । बारीका डिलमा र जतासुकै च्याउ उम्रिन सुरु हुन्छ । फेरि पनि पहिलेका बर्षमा जस्तै च्याउ खाएर मृत्युवरण गरेका समाचार सुन्न नपरोस् । यसैले आँउनुहोस् च्याउको बारेमा केहि जानकारी साटासाट गरौं ।
Continue reading >> च्याउ खान अनुभव र आँट होइन, ज्ञान चाहिन्छ

‘मुटुरोगबाट बँच्न घरबाटै सुरु गरौं’

थाहा पाउँनु भयो कि भएन, आज विश्व मुटु दिवस हो । दिनभर मिडियाहरुले यो समाचारलाई प्रमुखता दिएका थिए । पक्कै पनि तपाईले थाहा पाउँनु भयो । यद्यपी समाचार नसुन्ने वा वेवास्ता गर्नेहरुका लागि एक झलक । ‘एक विश्व एकघर, एक मुटु’ भन्ने नाराका साथ विश्वभर आज मुटु दिवस मनाईयो । नेपालमा भने ‘मुटुरोगबाट बँच्न घरबाटै सुरु गरौं’ भन्ने नारा पनि थप गरिएको थियो ।  विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार मुटु तथा मुटुजन्य रोगका कारण प्रतिवर्ष विश्वमा १ करोड ७३ लाख मानिसको अकालमा ज्यान जाने गरेको छ । अल्पविकसित तथा अविकसित मुलुहरुमा यो तथ्याङ्क उच्च रहेको संगठनको भनाइ छ । नेपालमा पनि मुटु रोगीहरु असाध्यै रहेको अनुमान गरिन्छ तर ठ्याक्कै तथ्याकं त सायदै छ ।

नेपाललगायतका विकासोन्मुख देशमा सहरीकरण खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको विश्व मुटु महासंघले जनाएको छ । केही वर्ष अगाडिसम्म सम्पन्न र धनी देशका वृद्ध र पाको मानिसको रोगका रूपमा परिचित मुटुरोग हाल आएर विकासोन्मुख र गरिब देशका युवा तथा जवानको पनि रोगका रूपमा परिचय कमाउन थालेको छ । महासंघ र विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षमा गरिब तथा विकासोन्मुख देशका युवा तथा गरिब व्यक्ति धनी तथा सुविधासम्पन्न राष्ट्रका तुलनामा बढी मुटु रोगबाट संक्रमित भएका तथ्यांक सार्वजनिक गरेपछि नेपाललगायत देश बढी जोखिममा रहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रेग्मीका अनुसार चार-पाँच वर्ष अघिसम्म करिअर र समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर, हिजोआज १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि मुटु रोग बढेको छ । सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गइरहेको छ । सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसलाई कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटु रोगका कारणलाई जन्म दिइरहेकाले मुटु रोगले जसलाई पनि आक्रमण गर्न सक्ने डा. रेग्मीले बताए । उनी भन्छन्, ‘केही समय अगाडिसम्म मुटु रोगले समाजमा आफ्नो स्थान बनाएका र प्रभावशाली व्यक्तिलाई नै बढी आक्रमण गर्ने गरेको पाइन्थ्यो । तर, हाम्रोजस्तो देशमा विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले मुटु रोगीको संख्या बढाइरहेको छ ।’विश्व मुटु महासंघको पछिल्लो तथ्यांकअनुसार विश्वभरि बर्सेनि एक करोड ७५ लाख मानिस मुटु रोगबाट मर्ने गर्छन् । यीमध्ये विकासोन्मुख राष्ट्रमा यस रोगबाट मर्नेको संख्या ९० लाखभन्दा बढी रहेको छ ।

मटु रोगमा पनि हृदयाघातबाट मर्नेको संख्या विकासोन्मुख मुलुकमा बढी छ । सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत पुग्ने अनुमान महासंघले गरेको छ । महासंघले गरेको अनुमानका कारण नेपालमा मुटु रोगका कारण भयावह स्थिति आउन सक्ने भन्दै चिकित्सकहरूले मुटु बचाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । चिकित्सकहरूका अनुसार नेपालमा देखिएका प्रमुख मुटु रोगमा जन्मजात मुटु रोगी, जन्मजात मुटुभित्रका प्वाल, बाथ मुटु रोग, उच्च रक्तचाप, हृदयाघात, हर्टफेल, मुटु सुन्निने तथा मुटुको धड्कन गडबड हुने रोग रहेका छन् । चिकित्सकहरूका अनुसार मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । आजका मानिसको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ । अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटु रोगको कारक हो । डा. रेग्मी भन्छन्,’आधुनिक सभ्यता, व्यस्त जीवन, महत्त्वकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धूमपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटु रोग बढ्नाका कारण हुन् । महिलामा पनि बढ्यो मुटु रोगपछिल्लो वर्षमा महिलामा पनि मुटु रोग बढ्न थालेपछि चिकित्सकहरू चिन्तित बनेका छन् । चिकित्सकहरूका अनुसार, पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटु रोग लाग्ने सम्भावना कम हुन्छ ।

महिलाका शरीरमा मात्र पाइने ‘फिमेल हार्मोन’ले मुटु रोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुका रोग देखिन थालेको छ । डा. रेग्मीका अनुसार महिलामा पनि तनाव, धूमपान, मद्यपानजस्ता लत बढेको र व्यायामको कमीले महिलामा पनि मुटुको समस्या बढिरहेको छ । चिकित्सकहरूले महिनावारी हुँदासम्म महिलामा उत्पन्न हुने त्यस हार्मोनले उनीहरूमा हृदयाघातको सम्भावना एकदमै न्यून हुने बताए पनि फेरिँदो जीवनशैली र आराम अभावमा समस्या बढ्दै गएको बताएका छन् ।महिलामा पनि मुटु रोगको समस्या बढ्दै गएपछि विश्वभरि ‘गो रेड फर वुमन’ अर्थात् ‘महिलाका लागि रातो संकेत’ अभियान सञ्चालनमा आएको छ । नेपालले पनि गत वर्षबाट यस्तो अभियान सञ्चालन गर्दै आएको डा. रेग्मीले बताए । उनका अनुसार महिलालाई मुटु रोगप्रति सचेत रहन यस्तो अभियान थालिएको हो । पछिल्लो समयमा महिनावारी नरोकिएका महिलामा हृदयाघातको प्रमुख कारण परिवारनियोजनको उद्देश्यले खाने औषधि (ओरल कन्ट्रासेप्टिक पिल्स) रहेको चिकित्सकहरूले बताएका छन् । मुटु रोगआममानिसमा मुटु रोग भन्नेबित्तिकै हृदयाघात र हार्टफेल मात्र हो भन्ने भ्रम रहेको छ । तर, मुटका अन्य रोगमा पनि रहेका छन् । डा. रेग्मीले मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग रहेको बताए । तर, तीमध्ये चिकित्सकहरूले मुटु रोगलाई जन्मजात मुटु रोग, बाथ मुटु रोग र जीवनशैलीसम्बन्धी मुटु रोग भनेर तीन भागमा बाँडेका छन् ।

जुन रोग यसप्रकार छन् जन्मजात मुटु रोग कुनै केटाकेटीलाई जन्मजात नै मुटु रोग लागेको हुन सक्छ । डा. रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्ने गर्छ । उनका अनुसार गर्भधारण गरेको तीन महिनाभित्र रुबेला नामक एककिसिमको दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ, फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउनेछ । उनी भन्छन्, ‘गर्भधारण गरेको तीन महिने अवधिमा महिलाले गर्भका लागि असुरक्षति मानिएका औषधिको सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुन जान्छ, जसकारण बालकलाई जन्मजात मुटु रोग लाग्ने गर्छ ।’ चिकित्सकहरूका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्त्वको कमी भएमा पनि जन्मजात मुटु रोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औँलाका टुप्पा नीलो हुने, औँलाका टुप्पा बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार नवजात शिशुलाई रुघाखोकीले सताइराख्ने, शिशुको, उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटु रोगका लक्षण हुन् । बाथमुटु रोग यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतया तीनदेखि १५ वर्षका बालबालिकामा बराबर घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी बराबर घाँटी दुख्ने गरेका केटाकेटीलाई एककिसिमको ज्वरो आउन सक्छ, जुन वेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरू दुख्ने र सुन्निने हुन्छन् । यस ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यसै ज्वरोका कारण् पछि गएर मुटुको भल्ब खराब हुने रोग लाग्छ । यसलाई बाथ मुटुको रोग भनिन्छ ।

जीवनशैलीसँग सम्बन्धित मुटु रोगमुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । जीवनशैलीसँग सम्बन्धित मुटु रोगमा हृदयाघात, उच्च रक्तचाप, मधुमेह, आदि पर्छन् । मुटु रोगमध्ये हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रूपमा लिइँदै आएको छ । मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभरि रक्त सञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनली स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट कोलेस्ट्रोल (बोसो) जमेर साँघुरो हुने गर्छ । जसकारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । जसकारण बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ । हृदयाघात हुँदा छातीको बीचभागमा असह्य पीडा उत्पन्न हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ । त्यस्तै, मुटु रोगमध्येको उच्च रक्तचाप पनि एक खतरनाक रोग हो ।

हाम्रो मुटु खुम्चिने र फुलिने गर्दा रक्तनलीमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । चिकित्सकहरूका अनुसार स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमि मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । डा. रेग्मीका अनुसार रक्तचाप बढी भएमा रक्तनली बढी तन्किन गई फुट्न सक्छन् । उनी भन्छन्, ‘दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयाघात वा मिर्गौला फेल हुन्छ, त्यसकारण यो एक खतरनाक रोग हो ।’हार्ट फेल पनि मुटुको डरलाग्दो रोग हो । अधिकांश मानिस दम बढ्नेबित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच रहेको हुन्छ । डा. रेग्मीका अनुसार यो आंशिक रूपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि रहेको छ । उनी भन्छन्, ‘यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि यो कम भएर जान्छ भने यो मुटु रोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशी कमजोर भएको, मुटुको भल्ब बिगि्रएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ ।’ उनका अनुसार हार्ट अट्याक र हार्ट फेल फरक-फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको धड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुमा देखिने समस्या हुन् ।

मुटु रोगका प्रमुख लक्षण:
मुटु रोगका लक्षणबारे धेरैलाई जानकारी छैन । यसकारण मानिस ढिलागरी उपचारका लागि अस्पताल वा उपचारका लागि चिकित्सककहाँ जान्छन् । छातीको बीच भागमा पीडा हुनु, कुनै काम वा परिश्रम गर्दा दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो, औँलाका टुप्पा नीलो हुनु आदि सबै मुटु रोगका लक्षण हुन सक्छन् । डा. रेग्मीका अनुसार मुटुका केही रोगजस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्ट्रोल, मधुमेह आदिको कुनै लक्षण्ा नहुन पनि सक्छ । यी रोग परीक्षण गरेपछि मात्र पत्ता लाग्छ । यसकारण मुटु रोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटु रोगकै कारणबाट हुन्छ । मुटु रोग थोरै लक्षण तर धेरै खतरा भएको रोगमा पर्छ ।

नेपालमा मुटु रोगी:
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगबाट पीडित जनता कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाख रहेका छन् । प्रतिष्ठानका अध्यक्ष डा. रेग्मीका अनुसार मुटु रोगबाट हुने मृत्युको संख्या कुल मृत्युको २५ प्रतिशत रहेको छ । १८ वर्षभन्दा माथिका उच्च रक्तचापद्वारा पीडित रोगीको संख्या २० प्रतिशत रहेको छ । मघुमेहद्वारा पीडित काठमाडौँका १८ वर्षमाथिका १० प्रतिशत रोगी रहेका छन् । धूमपान गर्ने जनसंख्या ४० प्रतिशत र बाथ मुटु रोगी १ दशमलव २ प्रतिशत रहेका छन् । जन्मजात मुटु रोगी पाँचदेखि १५ वर्षका बालबालिका १ दशमलव ० प्रतिशत रहेका छन् । मटु रोगको अस्पतालमा भर्ना भएकामध्ये कारोनरी मुटु रोगी ३९ प्रतिशत, उच्च रक्तचापपीडित ७, बाथ मुटु रोगी २० र जन्मजात मुटु रोगी ६ प्रतिशत रहेका छन् । प्रतिष्ठान तथा मुटु रोगसँग सम्बन्धित १९ संस्थाको सञ्जाल हार्ट नेपालका अनुसार नेपालमा मुटु रोग बढ्ने क्रममा छ । नेपालमा १० वर्षयता मुटु रोगीको संख्यामा पाँचगुणाले वृद्धि भएको छ ।

मुटु रोगबाट बच्ने उपाय:
मुटुका सबै रोगलाई एउटै पद्धतिबाट रोकथाम गर्न सकिँदैन । मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त रहने आदि सर्वसम्मत विषय हुन् । चिकित्सकहरूका अनुसार यिनीहरूलाई नै आधार बनाएर धेरै हदसम्म मुटु रोग रोकथाम गर्न सकिन्छ । धेरैजसो मुटु रोग अस्वस्थ खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसबाट बच्न पनि हामीले खानपिन र जीवनशैलीमा सुधार ल्याउनुपर्छ । डा. रेग्मी भन्छन्, ‘मुटु रोगबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपाय जस्तै धूमपान तथा मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ ।’ उनका अनुसार प्रशस्त मात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक, छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले मुटु रोगको जोखिम कम्तीमा ५५ प्रतिशत घटाउन सकिन्छ । डा. रेग्मीले मुटु रोगबाट बच्न धूमपान त्याग्ने, मोटापन घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार लिने, रक्सीको सट्टा फलफूलको रस पिउने, मानसिक तनावबाट टाढा रहने, जीवनलाई सुखी बनाउने तथा नियमित स्वास्थ्य परीक्षण गराउने सुझाब दिन्छन् । यसका साथै मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह उच्च कोलस्ट्रोलजस्ता रोगको उपचार समयमै गराउनुपर्छ ।

मुटु रोगका प्रमुख लक्षण:
* छातीको बीचभागमा दुख्ने
* दम बढ्ने -काम वा परिश्रम गर्दा)
* खुट्टा सुन्निने
* धाँटीको रक्तनली फुल्ने
* ओठ, जिब्रो र औँलाका टुप्पा नीलो हुने
* औंलाका टुप्पा बाक्ला र चाक्ला हुने
* चक्कर लाग्ने
* मुटु हल्लिने
* जोर्नी दुख्ने -बालबालिकामा
* कफमा रगत देखिने

मुटु रोग रोकथामको उपाय:
* धूमपान त्याग्ने
* मोटापन घटाउने
* नियमित व्यायाम गर्ने
* सन्तुलित आहार लिने
* फलफूलको रस पिउने
* मानसिक तनावबाट बच्ने
* जीवनलाई सुखी बनाउने
* नियमित स्वास्थ्य परीक्षण गराउने
* चिल्लो पदार्थ कम सेवन गर्ने
* मद्यपान त्याग्ने

भान्सामा औषधी- बेसारको नालीबेली

Photobucket

स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुनस् सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै पानीफोटोले हरेक सोमबार नियमित रुपमा यस्ता खानेकुराहरुको बारेमा छलफल गर्छ ।

आजको लागि छलफलको बिषय छ, बेसार ।


डा. जीवन प्रसाई
के तपाईँ घुंडा-जोर्नी दुख्‍ने रोगबाट पीडित हुनुहुन्छ? तपाईँलाई रुघा-खोकीले कतिको सताउँछ आज-भोलि? यसको औषधी तपाईकै घरको चुल्हो वरिपरी छ। बेसार, जसलाई अंग्रेजीमा turmeric नामबाट चिनिन्छ। बेसार हाम्रो समाजमा यति प्रसिद्ध छ कि हाम्रो आँखाले बेसार बिनाको तरकारी वा अचार हेर्न रुचाउँदैन। यसको प्रयोग हाम्रो समाजमा वा अन्य एसियन मुलुकमा करिब २००० वर्ष अघिबाट सुरु भएको अनुमान गरिन्छ। यसले शरीरलाई गर्मी प्रदान गर्ने अनि कफ र पीतबाट बचाउने आयुर्वेदको ठहर छ। त्यसैले हामी रुघा-खोकी हुँदा विशेष गरी जाडो याममा १-२ चम्चा बेसार दूधसँग खाने गर्दछौँ। यसले रगत सफा गर्ने अनि छाला सम्बन्धी रोगको निदान गर्ने विश्वास गरिन्छ। बेसारमा सूक्ष्म-जीवाणु मार्ने (anti-bacterial) विशेष पदार्थ भएकाले नै यसलाई विभिन्न खाद्य पदार्थहरु रंगाउने काममा प्रयोग भएको हुनु पर्दछ। यसरी यसले खाद्य-पदार्थलाई ताजा बनाई राख्दछ। अर्को तर्फ, यो एउटा प्राकृतिक विष-निरोधक (de-toxifier) पनि हो, जसले पीत्तको उत्पादन बढाई विषादी पदार्थलाई शरीरबाट निस्कासन गर्न मदत गर्दछ।

प्रश्न उठ्छ, हामी भोजनको माध्यमबाट नियमित बढीमा कति बेसार ग्रहण गर्दछौ त? हामीहरुले प्रतिदिन विभिन्न माध्यमबाट (मसला वा औषधीको रुपमा) करिब २-२.५ ग्राम सम्म बेसार लिने विश्वास गरिन्छ ।त्यसैले दिनहुँ १-२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन। यसमा कुनै विषादी असर हुँदैन। बरु बेसारको गुणस्तर चाहीँ पहिचान गर्नु पर्दछ। तितो भएकाले पत्याउन गाह्रो पर्ला, तर यसको उपयोगितालाई बुझेर नै आज भोलि बेसारमा रहेको कर्कुमिन (curcumin) मिसिएका पेय पदार्थ (nutritional beverage) पश्चिमी बजारमा प्रशस्त पाइन्छन्। यसको प्रसिद्धी पश्चिमी मुलुकमा दिनानुदिन बढ्दै गएको पाइन्छ। एक रिपोर्ट अनुसार अमेरिकामा मात्र करिब २४०० मेट्रिक टन बेसार प्रति वर्ष आयात गरिन्छ, जुन अनुसन्धान अनि ब्यापारीक प्रयोगका लागि खपत हुन्छ।
के छ यस्तो बेसारमा ?
बेसार स्वादमा तितो हुन्छ, तर यसको उपयोगिता हाम्रो स्वस्थ जीवनका लागि धेरै प्रभावकारी रहन्छ। नाम ‘बेसार’ भए पनि यसभित्र महत्वपूर्ण ‘सार’ तत्व हुन्छ, जसलाई कर्कुमिन भनिन्छ। एक रिपोर्ट अनुसार साधारणतया बजारमा प्राप्त हुने बेसारमा करिब २-८% कर्कुमिन हुन्छ। बितेका २० वर्षमा कर्कुमिन सम्बन्धी धेरै अनुसन्धानहरु भए, विशेष गरेर क्यान्सर नियन्त्रण (cancer chemoprevention), हृदय रोग (cardiovascular diseases) अनि बाथ (arthritis) मा। पब-मेड (pubmed) मा मात्रै कर्कुमिन सम्बन्धी करिब ११,०० भन्दा धेरै वैज्ञानिक अनुसन्धानका रिपोर्टहरु प्रकाशित भएको पाइयो। यसले यसको बढ्दो महत्वलाई प्रस्ट परेको छ।
कर्कुमिन एउटा पोलिफेनोल (polyphenol) वर्गको केमिकल हो, जसले क्यान्सरको पूर्व नियन्त्रण वा त्यसको अनियन्त्रित विकास हुनबाट बचाउँछ। धेरै जनावरसँगको अनुसन्धानहरुले यो देखाउँछ कि कर्कुमिन मलासय (colon), पेट (stomach), मुख (oral) र स्तन (mammary) क्यान्सरको विरुद्धमा लड्ने गर्दछ।

कर्कुमिनको फेज (phase) १ क्लिनिकल प्रयोग (clinical trial) गर्दा यो देखिन्छ कि नियमित कर्कुमिन मिसिएको खाना लामो समयसम्म लिएमा colerectal क्यान्सर हुने कम सम्भावना हुन्छ।
कसरी यसले क्यान्सर नियन्त्रण गर्ला भन्ने प्रश्नमा धेरै अनुसन्धानहरु भएका छन्, धेरै तरिकाहरु मध्ये एउटा तरिका चाहीँ क्यान्सर कोषहरुलाई मार्नु नै यस रोगको अनियन्त्रित विकास हुनबाट बचाउनु हो, जुन प्रक्रियालाई वैज्ञानिकहरु अपोप्तोसिस (apoptosis) भन्ने गर्छन्। कर्कुमिनको अर्को महत्वपूर्ण प्रयोग हृदय सम्बधी रोग्लाई नियन्त्रण वा उपचार गर्नमा रहेको छ। कर्कुमिन वा बेसार धेरै प्रभावकारी एन्टी-ओक्सिदान्त (anti-oxidant) हो र यसको नियमित प्रयोगले हाम्रो शरीरमा उत्पादन हुने फ्री र्‍याडिकल (free radicals) जो अत्यन्तै विषालु पनि हुन सक्छन्, तिनीहरुलाई निस्क्रिय पार्दछ। साथ-साथै यसले रगतमा कोलेरेस्त्रोल (cholerestrol) को मात्रालाई बढ्न दिँदैन र उच्च-रक्तचाप अनि हृदय सम्बन्धी रोगलाई नियन्त्रण गर्छ।
कर्कुमिन बाथको (arthritis) अचूक औषधि मानिन्छ। यो शक्तिसाली दुखेको नियन्त्रण (anti-inflammatory) गर्ने पदार्थ हो। यसले घुंडाको दुखाई (joint pain) लाई सुधार गर्छ। यस कार्यमा बेसार वा कर्कुमिन दुखाईसँग सम्बन्धित इन्जायम (enzymes) लाई दबाउने काम गर्दछ भन्ने गहिरो अनुसन्धान गर्नेहरुको राय छ। यसको असर हामीलाई थाहा भएका दुखाई नियन्त्रक औषधी जस्तै इन्दोमेथासिन (indomethacin) को सामर्थसँग तुलना गर्न सकिन्छ। ध्यान दिनु पर्ने कुरा के छ भने एस्तेरोइड (steroid ) वा नन-एस्तेरोइड (non-steroid ) जस्ता महंगा औषधी लाभभन्दा बढी हानिकारक हुन्छन्, यदि लामो समयसम्म लिने हो भने। यसका अतिरिक्त, बेसारको नियमित प्रयोगले बुढ्यौलीमा हुने अल्ज्हेइमेरको रोग (Alzheimer ‘s disease) हुने सम्भावना कम हुन्छ। सायद हामी कहाँ यस रोगबाट पीडित पश्चिमका मुलुकभन्दा कम भएको कारण भोजनमा बेसारको अत्यधिक प्रयोग हुन सक्छ।
बेसार रोग नियन्त्रक (chemopreventive) कि रोग उपचारक (therapeutics)?
यद्यपि क्लिनिकल प्रयोग (Clinical trial) को नतिजाले कर्कुमिनलाई रोग उपचारक (therapeutics) को रुपमा प्रयोग हुने संकेत गरेको छ। तर यो हाम्रो शरीरमा ज्यादै न्यून (१% भन्दा कम, खाएको मात्राको आधारमा) मात्र उपलब्ध हुन्छ र करिब १-२ घण्टाको बीचमा हाम्रो रगतमा प्राप्त भइसक्छ। यसको शरीरबाट तीब्र निकास (rapid elimination) पनि एउटा औषधी बन्नका लागि तगारो मानिन्छ। कर्कुमिन हाम्रो शरीरमा बढी मात्रामा कसरी उपलब्ध गर्न सकिन्छ, यो एउटा अध्यनको विषय भएको छ। यसरी हेर्दा बेसार या कर्कुमिन रोगको उपचार गर्ने औषधिभन्दा पनि यो रोगलाई पूर्व-नियन्त्रण गर्न सहयोगी देखिन्छ। सारमा भन्नुपर्दा यो एउटा मसला मात्र नभई, कैयन रोगसँग लड्ने औषधी पनि हुनसक्छ भनी वैज्ञानिक अनुसन्धानबाट प्रस्ट भैसकेको छ। यसलाई तपाईँ कसरी लिनु हुन्छ, मसलाको रुपमा, सिधै क्याप्सुल (capsul), ट्याब्लेट (tablet) वा पेय-पदार्थसंग, निर्णय तपाईको।
अन्त्यमा, आउनुहोस् आजैबाट शुद्ध बेसार करिब १-२ चम्चा बिहान-बेलुकी दुध वा पानी संग लिऊँ, अनि रोग मुक्त होऊँ।
सम्पर्क: jeevan.prasain@ccc.uab.edu

Online Users

4 Users Online