ब्यूटिफूल

- जगदीश घिमिरे-
दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।

एक जुवा दिन बाँकी छ । पारी जानेलाई कोशी तर्न हतार, वारी आउनेलाई त्यस्तै । मुर्कुट्टाजस्तै बगरको ढूंगामा मान्छे टक्र्याक टुक्रुक्क बसेका छन् । उराठलाग्दो साँझ । मन नलागी–नलागी छरिएको मन बटुलेर धुवाँसँग उडाएकोले होला सगरैभरि तुँवालो लागेको छ ।

घटवारेहरु बाहान पुर्‍याउन चाहन्छन् । यताबाट जाने मान्छे त पुगे, आउनेहरुको प्रतीक्षा छ । Continue reading >> ब्यूटिफूल

अतृप्त प्यास – कथा

-ऋषिराम भुसाल-
सधैँ देखिरहँदा ढुङ्गा माटाको पनि माया लाग्छ भन्ने सुनेको अनुजले यो विषय आज आफ्नै लागि लागू भएको महसूस गर्दैछ। कार्यालय जाँदा सडक छेउमा कार्यालयको गाडी कुर्नको लागि ऊ कार्यालय समयको दश मिनेट पहिले नै आईसकेको हुन्न्यो। थरि थरिका मान्छेहरु हिँडथे त्यो बाटोमा। दैनिकी जस्तो हिडने मान्छेहरु पनि थिए त्यहाँ।उसको जानपहिचानका मान्छेहरु ऊ कार्यालय जाने समयमा त्यति नभए पनि दैनिकी हिँडने मान्छेहरु उसको यादमा थिए।तीमध्ये एक युबती सधैँ त्यहि बाटोमा उसकै छेउबाट हिँड्थिन्।करिबकरिब नेपाली पेशाकमा हिँड्ने हुँदा उनलाई पूरा ख्याल भयो ती युवतीका बारेमा। अनुज आईपुग्ने समयमा उनको पनि आउने समय हुन्थ्यो।टुप्लुक्क आइपुग्थिन उनी पनि त्यहाँ।उनी को हुन के गर्थिन, अनुज पूरा अनभिज्ञ थिए। अनुजलाई मनमा कौतुहलता छाएको थियो ती सुकुमारीको बारेमा जान्नको लागि।उनको बिषयमा बुझन आतुर भएको थियो अनुज। शायद उनको पनि अफिस भएर होला सधैँ त्यहि समयमा हिँड्थिन्।कतै प्राईभेट अफिसतिर हो की किनकी उनको पोशाक सरकारी जस्तो थिएन। नेपाली ढाकाको चोली र प्रायः राता लुगा लगाएर हिडने ती युबती देख्दा त अचम्म राम्री थिईन् नै।
Continue reading >> अतृप्त प्यास – कथा

सेविका – कथा

-अञ्जान क्षितिज-
“आजकल स्वामीजीलाई सञ्चो छैन । मीठो मसिनो खानु हुँदैन । धेरै बेर बोल्नु पनि हुँदैन । यति सम्म की स्वामीजी स्नान गर्न पनि सक्नु हुन्न, हिड्डुल गर्न त परै जाओस आजकल त खाटमा बस्न पनि सक्नु हुन्न ।” सेविकाले कुटुम्वहरुलाई बताई । कुटुम्वहरु एकोहोरो पाराले टोहोलाई रहेका थिए ।

स्वामीजी, श्री पे्रमप्रणयचार्य ज्यू,प्रख्यात पंडित,लोकाचारमा बढी विश्वास गर्ने स्वामी श्री वैष्णवका अनुयायी आज अस्वस्थ्थ हुनुहुन्छ । चारजना छोरीका बाबु र एक पत्नीका धनी प्रेमप्रणयचार्य ज्यु एक प्रख्यात पुराण वाचक हुन । यति खेर उवा अस्वस्थ हुनुहुन्छ, पुराण वाचन गर्न सक्नु हुन्न, यजमानहरु चिन्तित छन ।

सेविका, बूढी कुमारी कन्या, राम्रो अनुहार नपरेकी, काली, असौदिली, बाबु आमाले उमेरमा नै केटो खोजेर घरजम बसाईदिन खोजेका थिए तर जति केटाहरु हेर्न आए पनि सेविकाले मन पराईन । यतिसम्म की नाम चलेका पंडित र ज्योतिसीका कुमार केटाहरु उसलाई मन परेन । बाबु आमा पनि विते तर अविवाहित चेली बुढी भै सके पछि दाजुभाईहरुले हेर्न छोडेपछि सेविका श्री पे्रमप्रणयचार्य ज्यू की चेली बनेकी हो अर्थात सेविका पनि श्री वैष्णव कै अनुयायी हो । आचरणमा बढी ध्यान दिन्छे सेविका किनकी “स्वामीजीलाई आचार भंग गरेको मन पर्दैन । यो त धर्म विपरीत हो, धर्म त्याग्नु त महा पाप हो ।”
Continue reading >> सेविका – कथा

स्वार्थी संसार – लघुकथा

-गणेश कार्की-
उ हास्यो. पेट मिची-मिची हास्यो । उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले । उ धेरै जनासंग केहि बेर हासिरह्यो ।

उ रोयो । छाती पिटी-पिटी रोयो । उ रोएको देखेर अरु कोहि पनि रोएनन बरु अलिक पर पुगेर उ रूदाको अभिनय गर्दै हास्न थाले । उ एक्लै धेरै बेर रोहिरह्यो । Continue reading >> स्वार्थी संसार – लघुकथा

मौन प्रेमी – कथा

-गंगा पौडेल-
“बीनाजी ! तपाईंको स्वास्थ्यमा क्रमशः सुधारका लक्षणहरू देखा पर्दैछन् । अब यो अस्पतालमा धेरै दिन बसी रहन नपर्ला । छिट्टै घर जान पाउनुहुन्छ ।” डा. पाण्डेले मलाई जाँचिसके पछि भन्नुभयो अनि मेरो काँधमा थपथपाएर जानुभयो ।

मेरो मन खुशीले बुर्कुसी मारेर तुरुन्तै घरमा पुग्यो अनि चोटा कोठा चाहारेर रमाउन थाल्यो । म सुत्ने ओछ्यानमा सेती विरालीले बच्चा पाइछ । उ मलाई देख्ने वित्तिकै म्याउँ म्याउँ गरी । यतिका दिनसम्म कहाँ गएकी थियौ हेर मैले बच्चा पाए नि भनेकी होली सायद । “ल यो औषधी खानुस् बीनाजी !”

सिस्टरको आवाजले म झसङ्गै भएँ । सिरानीको अडेस लाएर टाउको उठाएँ । सिस्टर एउटा हातमा पानीको गिलास र एउटा हातमा औषधी लिएर मेरो अगाडि उभिरहेकी थिइन् । तिनले फेरि भनिन् “आँ गर्नुस् त” मुख आँ गरें मैले । आधा निलो आधा रातो रंगको खोलमा बेरिएको क्यापसुल खुत्रुक्क खसालिन अनि तुरुक्क एक घुटको पानी मुखमा राखिदिइन् । मैले घुटुक्क निले । उनी मुसुक्क हाँसिन् र अर्को बिरामीलाई औषधी ख्वाउन गइन् । Continue reading >> मौन प्रेमी – कथा

पुस्तकालयको रातो भित्तो – कथा

-देव पाठक-
“गुरु हजुरलाई प्रिन्सिपल सरले बोलाउनुभा’छ छिटो जाने रे” ढोकामा आएर पियनले यति कुरा भनिसकेपछी म टक्क अडिए । आवाज आएको दिशातिर हेरे अनी कक्षालाई एकछिन धैर्यधारण गर है भन्ने ईशारा गरेर बाहिर निस्के,कोठामा बिस्तारै गाँइगुइ बढ्यो । म प्राचार्यको कोठातिर हानिए । के भएछ र पढाउदा पढाउदै बोलाउन पर्ने भन्ने कुराले मनमा ढ्वाङ्रो ठटाइरहेको थियो ।

प्राचार्यको कोठामा देख्छु त सबै शिक्षकहरु लगभग प्राय: उपस्थित रहेछन् पछि त आफैलाई लाज लागेर आयो बिनासित्ती पढाउने चक्करमा पियनलाई बोल्न नदिएर अड्काएर राखेछु मुर्तिझै,उ पनि मुर्तिवत त्यँहा खडा भएर आज्ञाको तामिल गरेझै प्रतित भएको थियो । मैले सबैतिर प्रश्नवाचक नजर फालिरहेको थिए ।

Continue reading >> पुस्तकालयको रातो भित्तो – कथा

मसली भाउजु – कथा

saptahik-sahitya1-राममणि पोखरेल-
असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ। आफ्नो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ। सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ। यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन। सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन्। अधिकांश आकाशे खेत बाझो पल्टेका छन्। थोरै कुलो लाग्ने खेतको पनि रोपाइ थालनी भएको छैन। राकसे बूढाको धेरैजसो खेत पानी पट्ने हुनाले खेतको काम भ्याइनभ्याइ छ। गाउमा राकसे बूढा आफैा पनि खेतमा दिन बिताउँछन्। हली, गोरु बिहानै खेतमा पुग्दछन्। आफू र जन-वन झण्डै बराबरी लगाउँछन्।
Continue reading >> मसली भाउजु – कथा

मरुभूमिमा श्वेत सुन्दरी – कथा

-सञ्जु बजगाईं-
“कतारमा हरेक बर्ष तीन सयको हाराहारीमा नेपाली कामदारको मृत्यु ।”

धनवीरले आफू सुत्ने क्याम्पको कोठाको भित्तोमा यस्तै ‘हेडलाईन’ भएको एउटा अग्रेजी पत्रिकाको ‘कटिङ्ग’ टाँसेको छ । त्यसै पत्रिकाको एक छेउमा एउटी श्वेत सुन्दरी मुस्कुराएकी छे ।

ऊ अंग्रेजी पटक्कै बुभ्दैनथ्यो बर्षदिन अघिसम्म । आजकल अंग्रेजीमै सानोतिनो कुरा गर्न पछि पर्दैन । यस अर्थमा उसले मज्जाले बुझेको छ अंज्रेजीमा लेखिएको त्यो ‘हेडलाईन’ । बौद्धिक साम्राज्यको विकसित रुप ! मलाई हर्ष लाग्छ उसको प्रगतिमा । तर सिरानीमै मृत्युका अक्षरहरु टाँसेर सुत्न सक्ने आँट कहाँबाट आउँछ मैले बुभ्न सकेको छैन ।
Continue reading >> मरुभूमिमा श्वेत सुन्दरी – कथा

पल्लो पसल

-कविता पौडेल-
मेरो किराना पसलको पारी पट्टी भाँडा पसल थियो । त्यहाँ बिक्री हुने भाँडाकुँडाहरू त्यसै घरमा भएको कारखानामा बनाइन्थे । गिल्टीका भाँडा बनाउँदाको टाङटुङ-टाङटुङले जतिखेर पनि कान खान्थ्यो । भाँडा पसलेको जेठो छोरा बी.ए. मा पढ्दै थियो, माइलो आई.ए.मा । कान्छो छोरा भने सानै थियो । भाँडा पसलेको परिवारले आवश्यक सामानहरू हाम्रै पसलबाट किन्थ्यो । मलाई भाँडा पसलेको जेठो छोरा असाध्यै मिजासिलो लाग्थ्यो । बाहिरबाट झट्ट हेर्दा ऊ कालो र डरलाग्दो थियो, अझ त्यसमाथि कानमा लगाएको मुन्द्रोले उ कुनै गुण्डा हो कि जस्तो देखिन्थ्यो । ऊ बोल्न थालेपछि भने उसको डरलाग्दो रूपलाई उसको मिजासले प्यारो बनाइदिन्थ्यो । उसको बाहिरी रुपसँग नमिल्ने उसको नाम थियो -भोला चौबे ।

एकदिन भोला हातमा केही फलफूल लिएर हाम्रो पसलमा आयो । “काकी यो प्रसाद लिनुस् । आमाले पठाइदिनुभएको ।” यति भन्दै ऊ मुढा तानेर बस्यो । ऊ सधैँ जस्तो हँसिलो थिएन, उसको मुख निन्याउरो थियो । “के भयो र भोला ? किन निन्याउरो देखिएका छौं । आज पनि बासँग झन्डा गर्‍यौं कि क्या हो ? हेर आमा-बासँग मुखमुखै लाग्न हुँदैन है । आफूभन्दा ठूलाले भनेको त अलिकति सहनुपनि पर्छ ।” सधैँ जस्तो उसको घरमा झगडा परेको हो कि भन्ने लख काट्दै मैले भनें । Continue reading >> पल्लो पसल

अनलाईन प्रेम !

-बीना तामाङ ‘सुनगाभा’-
घडीको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो । शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन । यस्तै ९ बजेको हुदोँ हो । एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरूले टोकुँला झैँ हेर्दै थियो । सुरज गएदेखि मेरो एकान्तको साथी बनेका ती किताबहरूलाई खै किन हो आज पल्टाउनै मन भएन । किन किन मन फुङ् उडेको मरुभूमि जस्तै हुदैंथियो ।

यस्तो त मलाई कुनै अपशकुन हुनु अगाडि हुने गर्दथ्यो । म निद्रादेवीको काखमा लुट्पुटिन आतुर थिएँ । तर आज निद्रादेवीले त्यति छिट्टै बोलाउलिन् जस्तो कुनै छाँटकाँट नै देखिन । आँखा उध्रेका बोरा झैँ खुल्लै रहिरहेथ्यो जति च्यापे पनि । अलि पर हेरें टेबलमा ल्यापटपले मलाई जिस्काईरहेको थियो ।
Continue reading >> अनलाईन प्रेम !

Photobucket

Online Users

16 Users Online