लाज पचेपछि ….

yellow journalism
खासमा पत्रकारहरुको यो फोटो विकिलिक्सले सार्वजनिक गर्नु पर्ने हो, गोप्य फाइलहरुको रुपमा । तर स्वतन्त्र र निष्पक्ष पत्रकारहरु नै धमाधम फेसबुकमा अपलोड गर्दैछन् । स्वतन्त्र र निष्पक्ष हुनु पर्ने पत्रकारिता केवल पार्टीको पुच्छरमा सिमित भएपछि नैतिकता, कर्तव्य, दायित्व र लोकलाज सबै हराउँदो रहेछ । लाजै पचेपछि के गर्न हुने, के गर्न नहुने ! बालै फरर ।
Continue reading >> लाज पचेपछि ….

विधेयकमा आममाफी दिइने भनेर लेखेको तपाई आफुले नै पढेको हो ?

सुरु गर्नु भन्दा पहिले नागरिकन्युजमा प्रकाशित यो खबर हेर्नुहोस् ।
aammafi(नागरिकन्युजमै पढ्न यहाँ जानुहोस्) ।

यो मात्रै होइन, निकै दिनदेखि माओवादीले ऐनमै आममाफी लेखाउँने भयो र आफु पनि मुछिने डरले सरकारले खुरुखुरु त्यही लेख्यो भनेर ‘अधिकारवादी(?)’ र कतिपय मिडियाले बताइरहेका छन् । कतिपय नेताहरुको शैलीले पनि यो कुरालाई बढावा दिइरहेकै छ । कुरा ठिकै हो आममाफी हुनु हुन्न । कम्तिमा द्धन्द्धको मौका छोपेर अन्य अपराध गर्ने वा द्धन्द्धकै क्रममा मानव अधिकार उलङ्घन गर्ने सबैलाई अपराध अनुसारको कारबाही हुनै पर्छ । यसैले आममाफी को बिरोध हुनै पर्छ । तर के, प्रस्तावित ऐनमा आममाफी दिने भनेरै लेखिएको छ त ? विधेयकमा आममाफी दिइने भनेर लेखेको तपाई आफुले नै पढेको हो ? कि तपाई पनि आफ्नो दिमाग प्रयोग नै नगरि मिडिया र अधिकार-अधिकार भनेर नथाक्नेहरुले गल्ति गर्दैनन् भनेर ‘कान नछामी कागको पछि’ पो लाग्दै हुनुहुन्छ ?
Continue reading >> विधेयकमा आममाफी दिइने भनेर लेखेको तपाई आफुले नै पढेको हो ?

माओवादी-मधेसी घ्याम्पे हान्दै गरेको फोटो सार्वजनिक

जयप्रकाश गुप्ताले आज २ वटा फोटोहरु फेसबुक मार्फत सार्वजनिक गरेका छन् । जसमा एउटामा नेताहरु हस्ताक्षर गर्दैछन् भने अर्कोमा हातमा कप बोकेर घ्याम्पे हान्दैछन् ।
jp gupta leaked photo of chears

उनले फोटो सेयर गरेसँगै लेखेका छन् -
Continue reading >> माओवादी-मधेसीले घ्याम्पे हान्दै गरेको फोटो सार्वजनिक

संविधानसभा निर्वाचन २०७० नतिजा लाइभ अपडेट

पेज रिलोड गरिरहनु पर्दैन । ।


लाज पचेको, लबस्तरो !!

विजय जुलुसको शैलीमा भ्रष्ट्राचारी खड्का । तस्विर : अनलाइनखबर

विजय जुलुसको शैलीमा भ्रष्ट्राचारी खड्का । तस्विर : अनलाइनखबर

फिल्महरुमा देखिन्थ्यो, हिरो बिना कसुर जेलमा बस्थ्यो । छुट्दा हिरो एक्लै निस्कन्थ्यो, टिनको ठुलो गेट खोल्दै । फिल्म हेर्दै गरेकाहरुले शान्त स्वरमा भन्थे, बिचरा !!! पछिल्ला फिल्महरुमा गुन्डाहरु जेलबाट छुट्दा तामझामका साथ अबिर र माला लगाएर निस्केको देख्न पाइन्थ्यो । थुइक्क! लाच पचेको, लबस्तरो !!, धेरैले कराउँथे सकेसम्म घृणा उब्जाएर स्वरमा । भ्रष्टाचारी खुमबहादुर खड्का आज जेलबाट छुटे । ठ्याक्कै फिल्ममा देखिने गुन्डाहरुकै हैसियतमा । माला मात्रै १ सय ११ किलोको रे ।
Continue reading >> लाज पचेको, लबस्तरो !!

विल ओरेलीलाई खुला पत्र – सुदर्शन सुवेदी ‘त्यो नेपाली मान्छे’ मात्र होइनन्

अमेरिकाको फक्स न्युज च्यानलको एउटा कार्यक्रममा अंग्रेजी बोल्न नजानेको भन्दै अपाङ्गका मुक्तिदाता भनेर चिनिएका सुदर्शन सुवेदीलाई गिज्याएपछि विश्वभर यसले धेरैको ध्यान खिचेको छ । यसै सन्दर्भमा भारतको नयाँदिल्ली बस्ने प्रज्ञा मिश्रले गिज्याउँने पत्रकारलाई खुला पत्र लेखेकी छिन् । उनले पत्रकार विल ओरेलीलाई लेखेको खुलापत्र फेसबुक, ट्विटर लगायतका सोसल साइटहरुमा खुब सेयर भइरहेको छ । सो खुलापत्रलाई महेश भट्टराईले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर पानीफोटोमा पठाउँनु भएको छ । अंग्रेजीमा भएर पढ्न नपाउँनु भएकाहरुले पढ्नुहोला ।
Continue reading >> विल ओरेलीलाई खुला पत्र – सुदर्शन सुवेदी ‘त्यो नेपाली मान्छे’ मात्र होइनन्

अनि छापियो मुलधारका मिडियामा बेलबारी घटनाको खबर !

kantipur news about belbariसामाजिक सञ्जाल वेबसाइटहरु तथा ब्लगहरुको उपस्थिति र महत्व नेपाली समाजमा बढिरहेको छ । ठुला मिडिया हाउसहरुले समाचार हुन् भनि नपत्याएका समाचारहरु तथा विभिन्न आर्थिक र राजनीतिक कारणले ठुला तथा मुलधारका भनिने मिडियाहरुले प्रकाशन नगरेका समाचार तथा जानकारीहरु स्वतन्त्र ब्लगरहरुले प्रकाशन गरेर समाचार सम्प्रेषणमा ठुला मिडियाहरुको एकाधिकार तोडेकै छन् ।

गत सोमबार मोरङको बेलबारीमा भएको एउटा अमानविय घटनाको समाचार सम्प्रेषण गरेर ब्लग तथा नेपाली अनलाइन मिडियाले समाजप्रतिको जिम्मेवारीबोधको प्रमाण दिएका छन् । घटना सोमबारको थियो । स्थानिय पत्रकारबाट जानकारी पाए पनि मुलधारका मिडियाहरुले यो समाचार नै होइन भनेर अमानविय घटनामा पिडकहरुलाई अप्रत्यक्ष साथ दिइरहे । तर अनलाइन मिडियाहरु चुप लागेर बसेनन् । विस्तारै सोसल साइटहरुमा तथा ब्लगहरुमा यसले स्थान पाउँदै गयो । र, आज घटना भएको तेस्रो दिन नेपाली ठुला मिडिया हाउसहरुले त्यो अमानविय अपराधलाई मुख्य समाचारकारुपमा प्रकाशित गरे ।
Continue reading >> अनि छापियो मुलधारका मिडियामा बेलबारी घटनाको खबर !

पास हुनेलाई बधाई, फेल हुनेले हिम्मत नहारौँ

आज एसएलसी परिक्षाको परिक्षाफल प्रकाशित भएको छ । यसपाली नियमित तर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये ४१ दशमलव ५७ प्रतिशत अर्थात १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् । यसपाली विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना पास भएका छन् (नतिजा हेर्न क्लिक गर्नुहोस्) । यस्तै एक्जाम्पटेडतर्फ १ लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् (नतिजा हेर्न क्लिक गर्नुहोस्)। एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा आउन कोही पनि सकेनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् ।

सफल हुने सबैलाई बधाई छ । असफल हुनेले अर्को पटक अझ राम्रो गर्नुहोला । मिहिनेत गरेर पनि सोचे जस्तो नम्बर नआउदा पनि साहस घट्दैन मिहिनेतीको । गतबर्षको एसएलसीमा सोचेजस्तो नम्बर नआएपछि के भनेका थिए एक परिक्षार्थीले ? पढ्नुहोला
Continue reading >> पास हुनेलाई बधाई, फेल हुनेले हिम्मत नहारौँ

बिचरा, नेपाली क्रिकेट टोली ! के पारा हो क्यानको ?

डिभिजन ४ उपाधि जितेपछि नेपाली टोली (तस्विर: उज्यालोअनलाइन)

डिभिजन ४ उपाधि जितेपछि नेपाली टोली (तस्विर: उज्यालोअनलाइन)

नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ को खेल खेल्न बर्मुडा तर्फ लागेको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति भारतको राजधानी दिल्लीबाट लन्डन हुँदै बर्मुडाका लागि हिडेको भएपनि टोलीमा सबै खेलाडीहरु भने छैनन् । उपकप्तान ज्ञानेन्द्र मल्ल नेपालमै छन् । उनी अब केहि दिन पछि त्यसतर्फ लाग्नेछन् । किन ? भन्नुहोला । पारसको पासपोर्टका कारण समस्या भएको रे ।
Continue reading >> बिचरा, नेपाली क्रिकेट टोली ! के पारा हो क्यानको ?

९/११ को आक्रमणपछि पहिलो पटक अमेरिकामा बम आक्रमण, कम्तिमा २ को मृत्यु

अपडेट : घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने १४१ घाइते भएका छन् । चिन्ताजनक अवस्थामा रहेका १७ जनाको उपचार भइरहेको छ ।

विष्फोटन पछि उठेको धुँवा (तस्विर साभार : mashable.com)

विष्फोटन पछि उठेको धुँवा

अमेरिकाको बोस्टन शहरमा बम आक्रमण भएको छ । केहि सेकेण्ड समयको फरकमा भएको २ बम बिष्फोटनमा अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने २३ भन्दा बढि घाइते भएको बिबिसीले जनाएको छ । बोस्टनको सडकमा म्याराथुन दौड भइरहदा स्थानिय समय अनुसार सोमबार दिउँसो २ बजेर ४५ मिनेट (नेपाली समय अनुसार रातको १२ बजेर २० मिनेट) मा लगातार २ बिष्फोट भएको थियो ।
Continue reading >> ९/११ को आक्रमणपछि पहिलो पटक अमेरिकामा बम आक्रमण, कम्तिमा २ को मृत्यु

Online Users

8 Users Online