Posted By -paniphoto- on Saturday May 25, 2013 आज बुद्ध जयन्ति । सबैलाई शुभकामना । सबैको मन शान्त रहोस् । शान्तिप्रतिको चाहना जागोस् ।
बुद्ध जन्मिएको मुलुक र हामी शान्तिप्रिय भनेर इतिहासका धेरै बर्षमा हामीले हाम्रो परिचय दिइरह्यौं । अहिले पनि हाम्रो पहिचान बुद्ध र सगरमाथामै सिमित रहेको छ धेरै हदसम्म । तर मैले धेरै यस्ता विदेशीहरु देखेको छु, जो बुद्धलाई चिन्छन् तर नेपालका बारेमा सुनेका छैनन् । नर्बे आएपछि परिचय गर्ने क्रममा धेरैले नेपाल कहाँ पर्छ भनेर सोधे । हामी भन्थ्यौं, तिमीलाई बुद्ध कहाँ जन्मिएका हुन्, थाहा छैन ? उनीहरु भारतमा भन्ने जवाफ दिन्थे । उनीहरुको सामान्य ज्ञान खराब भएको हैन । उनीहरु बुद्ध भारतमै जन्मिएका हुन् भनेर पढ्छन् । यो कुरा निकै धेरै पटक सुनेको छु । म हरेक पटक सच्याउँछु । हरेकलाई बुद्ध नेपालमा जन्मिएका हुन् भनेर बुझाउदा केहि रमाइलो महसुस हुन्छ, आनन्दको ।
Continue reading >> बुद्ध जयन्ति, मेरो वाइफाइ र तिनको सामान्य ज्ञान
Posted By -दिपध्वनी- on Thursday May 09, 2013 पठाएको दाल चामल, नुन भुल्दिन आमा !!
पढाउन बेचेका ती, सुन भुल्दिन आमा !!
 आज साँच्चै खुब याद आइरहेछ तपाईको ! आज आमाको मुख हेर्ने दिन वा मातातिर्थ औँसी आफ्नी आमालाई सम्झने, विशेष सेवा गर्ने र खुसी बनाउँने दिन । तपाई कहाँ हुनुहुन्छ ? आमा नजिकै हुनुहुन्छ भने त आमाको मुख पनि हेरिसक्नु भयो होला । टाढा हुनेले फोन गर्नु भयो कि भएन ? बर्षदिनभरि नै सेवा गर्नु पर्ने भए पनि आजको दिनको सेवा आमाहरुका लागि पनि विशेष हुन्छ ।
बिहान अबेर उठेपछि हतार हतार ममीलाई फोन गरियो । ‘किन ढिलो फोन गरेको बिहानदेखि नै मोबाइल बोकेको बोक्यै छु । बल्ल सम्झिस् तैले चै !’ टाढा भएका सन्तानप्रति आमाहरुको माया झन् बढ्छ, आज फेरि अनुभव गरियो । टाढा भएपछि गफैले त हो सेवा गर्ने, आज पनि त्यस्तै गरियो । फेरि सोध्दै छु तपाईले के गर्नु भो ? कर्णदासको यो गित हेर्दै सकेसम्म आफ्नी आमालाई समय दिनुस् है । Continue reading >> आमा ! सञ्चै हुनुहुन्छ ?
Posted By -paniphoto- on Sunday April 14, 2013 नयाँ बर्ष २०७० सालको मनैदेखि शुभकामना । यो बर्ष तपाईलाई शुभ रहोस् ।
Continue reading >> नयाँ बर्ष २०७० को शुभकामना !!!
Posted By -paniphoto- on Sunday April 07, 2013 हिजो एउटा गजबको अन्तराष्ट्रिय दिवस रहेछ । तपाईले सुन्नु भएको छ कि छैन, तर विश्वका धेरै देशहरुमा यो दिवस मनाइदो रहेछ । दिवस भव्यताका साथ मनाउन मानिसहरु आफ्ना आफ्ना शिरानी बोकेर खुल्ला ठाउ वा सडकमा आउँदा रहेछन् अनि एकअर्कासँग शिरानी युद्ध गर्दा रहेछन् । र, यो दिवसको नामै रहेछ, अन्तराष्ट्रिय शिरानी युद्ध दिवस । नर्बेको ओस्लोमा हिजो मनाइएको सो दिवसमा साथी भेरा थालेरले पानीफोटोको लागि केहि फोटोहरु लिएको छिन् । यहाँ राखेको छु, हेर्नुहोला
Continue reading >> शिरानी युद्ध, यसरी लडियो !
Posted By -paniphoto- on Wednesday March 27, 2013 यसपाली विगतका बर्षहरुमा झै होली खेलिएन । आफ्नो गाउँमा सानैदेखि बोतलमा रंग घोलेर रंग दल्न भन्दै बाटो बाटो घुम्ने बानी काठमाण्डौं आउँदा पनि फेरिएन । अझ काठमाण्डौंका घरका छत र बाटोमा दौडिएर खुल्ला ठाउँमा होली खेल्ने चाहना पुरा गरिएकै थियो । तर यसपाली नर्बेमा भएकाले फरक ढंगले मनाइयो होली । बन्द कोठामा चिनेजानेका नेपाली र केहि विदेशीहरु भेला भएर खेलियो होली । तर पनि विगतका होलीमा झै रमाइलो महसुस गरियो । यति हो मनमा भने घरगाउँका साथीहरु र काठमाण्डौंका साथीहरु भने याद आइरहे ।
Continue reading >> यसरी खेलियो विदेशमा होली !
Posted By -paniphoto- on Tuesday March 26, 2013 रंगहरुको यो पर्व खुसीयालीले मनाऔं । मिलेर मनाऔं । यसबर्षको फागु/होलीको धेरै धेरै शुभकामना । ह्याप्पी होली !!! Continue reading >> ह्याप्पी होली !!!
Posted By -paniphoto- on Sunday March 10, 2013  सुर्यको चमक पशुपतिमा यस्तो देखियो
शिवरात्रिमा पाशुपत क्षेत्रमा यस्तो चहलपहल देखियो ।
Continue reading >> शिवरात्रिको चहलपहल !
Posted By -paniphoto- on Friday March 08, 2013 -विकल्प अधिकारी-
ठाउँ तिन नं गेट वालुवाटार प्रधानमन्त्रिको कार्यालय । नेपाल राष्ट्र बैंकको गेट । भर्खरै बनेको विस्तारित सडक छ । बाबुराम सरकारको उत्कृष्ट काम भन्छन बाटो विस्तार । किनारबाट दुई मिटर पर पिच बाटोमा सेतो घेरो छ । त्यहि घेरो भित्र आन्दोलनकारीहरु छन् । माईक छन् । नाराहरु छन् । “अति भयो बलात्कार” – “के हेर्छ नेपाल सरकार” !!! “महिला हिंसा बन्द गरौ” – बन्द गरौ, बन्द गरौ !!! भित्तामा विचारहरु छन् । कार्टुन चित्रहरु छन् । राजेश के.सीको कार्टुन मन छुने खालको छ । “महिला रोईरहेकी छन । आँसु झरिरहेको छ । ति महिलाको वर्षारुपी आँसु मुनि एक कोटधारी पुरुष छाता ओढेर हिडेका छन”। विचार लेखिएका पोस्टरहरु फ्लेक्स, प्रिन्टहरु छन् । ति नाराहरु जत्तिकै जोडदार छन् । व्यंग्य गरिएका, सरकारलाई । राज्यलाई । ठ्याक्कै भन्नु पर्दा प्रम भट्टराईलाई । प्लेकार्ड भित्तै भरि टाँगिएका छन् । लेखिएको छ भित्तो बोल्छ तिमी किन चुप ? नयाँ नयाँ ब्यानर तुल थपिन्छन । यो क्रम जारी छ । हो आज ‘अकुपाई बालुवाटार’ बालुवाटार घेरौं ‘ को एकदिनको दृष्य हो । प्रम चिठी बुझ्न पनि मान्दैनन् रे । सरकार ठोस सम्बोधन गर्दैन । कलाकार दिनहुँ सडक नाटक देखाईरहेका छन । महिला अधिकारकर्मी मन्तब्य दिईरहेका छन् ।
Continue reading >> अकुपाई वालुवाटार
Posted By -पानीफोटो- on Friday February 15, 2013 आज सरस्वती पूजा । बसन्त पञ्चमी या श्रीपञ्चमी पनि भनिन्छ आजको दिनलाई । सबैलाई सरस्वती पूजाको शुभकामना, सबैको जय होस्, ज्ञान बुद्धि र विवेकको बढोत्तरी होस् ।
सानैदेखि मनमा गडिएर बसेर नै होला, सरस्वती पुजा भन्नमा नै राम्रो र प्यारो लाग्छ । सरस्वती पूजा भन्ने बित्तिकै पहिलेका रमाइला सम्झनाहरुको दौड सुरु हुन्छ । बिहानै उठेर नुहाएको, प्रसादका लागि घरमा हतार हतार मेवा झारेर काटेको खुब याद आउँछ । गाउँमा कस्को घरमा उखु छ, ल्याएर काटिन्थ्यो । सरस्वती पूजाका लागि भने पछि जसको घरबाट जे फलफूल झारेर ल्याएपनि हुने । फूल जति टिपे पनि हुने । बर्षभरि नपाइएको स्वतन्त्रता सरस्वती पूजाको दिन पाइन्थ्यो । हामी यसकै फाइदा उठाएर केही धेरै फलफूल जम्मा गर्थ्यौं र पछिलाई भनेर बेग्लै लुकाउँथ्यौ । यसरी हतार हतार गरेर तयार पारेको फूलपाती बोकेर स्कुल गएको अनि नठाटी भन्ने हो भने पूजा कतिबेला सकिन्छ र प्रसादमा पाइने बुनियाँ खान पाइन्छ भनेर बुनियाँ तिर हेरेर बसेको खुब याद आउँछ ।
Continue reading >> हामी यसरी मनाउँथ्यौँ सरस्वती पूजा !
Posted By -paniphoto- on Monday February 04, 2013 -उत्तम पुडासैनी-
देशको सबैभन्दा ठुलो पार्टी एमाओवादी २१ बर्षपछि यसबखत महाअधिवेशनको माहौलमा छ । अत्यन्तै जटिल र कहालिलाग्दो परिस्थितीलाई चिर्दै देश अहिले अर्को द्धन्द्ध र शान्तिको दोबाटोमा उभिइरहेको बखत एमाओवादीका अध्यक्ष प्रचण्डबाट अर्को जनयुद्धको सम्भावनालाई ठाडो शब्दमा अस्विकार गर्नु मात्रले पनि पूरै देशवासीमा उत्साह छाएको छ । स्विकार गर्नै पर्छ, माओवादी युद्धले केहि सकारात्मक उपलब्धीहरु भित्र्याएकै हो । जातीय भेदभाव अन्त्य गर्दै सबैको आत्मसम्मान र अधिकारको जननी माओवादी नै हो । आमजनतामा राजनीतिक जागरण ल्याउँने काम माओवादीले नै गरेको हो ।
समावेशीकरणको प्रादुर्भावका लागि उनीहरुको भुमिका अब्बल रहेको निर्विवाद छ । राजतन्त्रको अन्त्यका लागि माओवादीको भुमिका विवादरहित रहयो । निश्चित रुपमा देशलाई राजनीतिक अन्धकारबाट चेतनातर्फ उन्मुख गराउँने कार्यमा माओवादी पार्टीले गरेको भुमिका विशिष्ट छ । तर के जनताका चाहना त्यतिमात्र थिए ?
Continue reading >> माओवादीको महाअधिवेशनको सन्दर्भमा !
|
|
|