सुखी जीवनका उपाय

-मुन पौडेल-
महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन । सुखी हुन शान्ति चाहिन्छ र शान्ति भन्ने चीज परेवासँग हुँदैन । तपाईंको घर झुपडी होस् वा महल पाटी होस् वा सत्तल, शान्ति नभई घर घर हुँदैन र तपाईं आरामले बस्न सक्नुहुन्न । घरको शान्ति, तपाईंको शान्ति र घरछिमेकसमेतको शान्तिको स्रोत एउटै व्यक्ति हुन्छ र त्यो तपाईं होइन । शक्तिको स्रोत, शान्तिको स्रोत र क्रान्तिसमेतको स्रोत तपाईंकी एक मात्र दुलही, प्राण-पियारी र श्रीमती मात्र हुने भएकी हुनाले तिनलाई रिझाएर फकाएर, सुम्सुम्याएर राख्न सक्नु भो भने मात्र तपाईं सुखी हुन सक्नु हुन्छ तर सबैलाई थाहा छ, तपाईंलाई पनि थाहा छ र संसारैलाई थाहा छ कि श्रीमती भन्ने प्राणी त्यो चीज होइन जसलाई सहजै आफ्नो आकारमा राख्न सकियोस् । अर्थात् श्रीमतीलाई फुल्याएर फकाएर राख्नु भनेको कुकुरको पुच्छरलाई ढुङ्ग्रोमा हालेर सोझो पार्ने प्रयास गर्नुसरह नै हो । जुन असम्भव छ ।
Continue reading >> सुखी जीवनका उपाय

झ्याउ – हास्यव्यंग्य

-बासु श्रेष्ठ-
कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमती टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द गरिन् र एकातिर लागिन् । म मनमनै गुन्न थालेँ यदि टिभि हेर्न या कुनै यस्तै केहि पनि गर्न झर्काे मान्ने हो भने त जे गर्नपनि र जेमा पनि झ्याउ हुने रहेछ ।
Continue reading >> झ्याउ – हास्यव्यंग्य

जय ! जमाना

-परशुराम पराजुली ‘पराशर’-
“आयो जमाना नयाँ ।” यस विषयमा कति कविले कविता लेखे, कतिले जमानाको बखान गरेर नथाक्ने गरी कथा सुनाए । जतातै नयाँ जमाना आएको भनेर भन्दछन् तर केलाई नयाँ जमाना भन्नुहोला ? जिज्ञासाहरू प्रशस्तै नआएका होइनन् । नयाँ जमाना भनेको ‘आना मानु’ घ्यू खाने जीवित छँदै सय रुपैयाँमा चौथाइ मानु पनि किन्न नपाइने गरी भएको समयको परिवर्तनलाई पो भनेको होला कि ? अथवा सारीको सप्कोले सर्लक्कै मुख छोपेर हिँड्ने महिला जिउमा टमक्क मिलेको जिन्स पाइन्ट र टी–सट लागाएर हाफपाइन्ट (कट्टु) र स्यान्डो गन्जी लगाएकी आफ्नी बुहारीलाई अघि लगाई लामालामा कपाल पालेका नारीरूप नातिहरूलाई डोर्याउँदै हिँडेकोलाई नयाँ जमाना भनिएको हो, केही बुझ्नै सकिएन बा । अथवा कुनै समयको नैतिक, आध्यात्मिक, सामाजिक, परोपकारी मानवमन परिवर्तन भएर अर्कै अनैतिक, अति भौतिक, असामाजिक र स्वार्थी दानवमनमा परिवर्तन भएको समयलाई नै नयाँ जमाना भनिएको होला । विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा सभ्यताका नाममा मानिसले आफ्नो वास्तविकता बिर्सेर बकुल्लो बन्न नयाँ केही गर्न थाल्यो भने त्यसलाई नयाँ जमाना भन्न मिल्ने देखिन्छ भन्ने कुरालाई नै यहाँ मुख्य मानेर लेखिन्छ ।
Continue reading >> जय ! जमाना

नयाँ दलको घोषणा-पत्र

-नेत्र दाहाल-
नेपालमा हालसम्म चलनचल्तीमा रहेका राजनीतिक दल र तिनको नेताहरु गए गुज्रेका, स्वार्थलम्पट, कुर्सीका भोगी, भ्रष्टाचारी, दुराचारी, प्रभुभक्त, यथास्थितिवादी, प्रतिक्रियावादी आदि जस्ता अनेकौ उपनामवाट चिनिन थाले भन्ने ब्यापक जनगुनासो आइरहेको परिपेक्ष्यमा एउटा साँच्चि कै राजनैतिक दुरदर्शी, जनतालाई सुख–दुःखमा साथ दिने, अधिकांश भोका नाङ्गा शरीरलाई खान दिई लाज छोपिदिन पर्ने आवश्कता महशुस गरी सहमती, शान्ति र संविधान मुखले मात्र हैन काम गरेर ब्यवहारमा पनि देखाउन वाञ्छनिय देखी हामी हाल सम्म कुनै पनि पार्टीमा अटाउन नसकेका केही नव उत्साहित बच्चा, युवा अनि बृद्धाको एक भेलाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेको कुरा सार्वजनिक गर्न पाउँदा असाध्यै खुशी लागेको छ ।
Continue reading >> नयाँ दलको घोषणा-पत्र

आऊ वार्ता गरौँ – व्यङ्ग्य कविता

-वासुदेव गुरागाईं-
सँगै बस्नुको एउटा मज्जा छ
सँगै उठ्नुको अर्को मज्जा छ
मज्जै मज्जाको यो उठबसमा
आऊ, अर्को मज्जाको लागि
फेरि एउटा वार्ता गरौँ
जनता हाँस्दै गर्छन्
हामी हेर्दै गरौँ ।
कसलाई पो किन रुवाउनु ?
सके आफै हाँस्छौँ,
नसके अरुलाई हँसाउँछौँ
हाँसोका लागि विषयको अनिकाल छैन
विषय खोज्दै गरौँला
विषय रोज्दै गरौँला
दायाँ बायाँ नगरीकन
आऊ पहिला वार्ता गरौँ
Continue reading >> आऊ वार्ता गरौँ – व्यङ्ग्य कविता

मज्जातन्त्र – व्यंग्य

-माणिकरत्न शाक्य-
२०४६ सालमा प्रजातन्त्र प्राप्त भएपछि जसको शक्ति उसैको भक्ति भनेझैा पदासिन कुर्सीका लाउकेहरूले प्रजातन्त्रलाई भाडभैलो बनाएर मज्जै लिएा । कसैले धर्नामा बसेर मज्जा लिए, कसैले जुलुस, हड्तालबाट मज्जा लिए । जुलुस निकाल्नेहरूले सार्वजनिक सम्पत्ति तोडफोड गरेर मज्जा लिए, पुलिसहरूले आन्दोलनकारीहरूको टाउकोमा लाठी बजाएर मज्जा लिए । कोही ठाउा कुठाउा बिकेर, कसैले जंगलीबाट राजनीति सिकेर मज्जा लिए, कसैले भष्ट्राचारको अभियोगमा टि.भी. मा अनुहार देखाएर मज्जा लिए । कसैले हप्तैपिच्छे नेपालबन्द गरेर मज्जा लिए, कोहीले कुर्सीकै होडबाजीको निम्ति दलहरूबीच तानातान र हानाहान गरी गरी मज्जा लिए । राजनीतिको ‘र’ नजान्नेले नेताहरूको छेउछाउमा आड लिएर मज्जा लिए, व्यापारीले अप्ठ्यारो अवस्थाको फाइदा लुटेर मौकामा चौका हान्दै मज्जा लिए ।

Continue reading >> मज्जातन्त्र – व्यंग्य

सागको सुकुटी – व्यंग्य

saptahik comedy-चूडामणि खनाल-
काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यसमा दया गर्छ को ?” भीमनिधि तिवारीले यस प्रश्नको उत्तर पाएरै आँखा चिम्लिए कि वा यो प्रश्न अनुत्तरित नै रहृयो । यो कुरा मलाई थाहा भएन । मलाई त के मात्र थाहा छ भने भीमनिधिको पालामा जस्तै अहिले पनि काठमाडौँ उपत्यकाका सबै गाउँगाउँमा, घरघरमा, जहाँतहाँ- “छानामा पथमा तथा चहुरमा चिनी छरेझैं थियो” भइरहन्छ ।

आज बिहानको प्रातःभ्रमणले उनै संवेदनशील भीमनिधि तिवारीलाई सम्झाउनसम्मन् सम्झायो ।

हेमन्तको हिमचिसे ठिहिरो चरमचुलीमा पुगेको अनि घमाउने माघ पनि नलागिसकेको अवस्थामा काठमाडौँका पवित्र तिर्थधाम त्रिवेणी (अर्थात् बल्खूं-वाग्मती-विष्णुमतीको तटमा) टेकुमा दुर्गन्ध स्नान गर्दै रहेछन्, करीब पौने शताब्दी वर्षा बूढा बा ।
Continue reading >> सागको सुकुटी – व्यंग्य

बल्ड्याङ खानुको मजा – व्यंग्य

-नरनाथ लुइँटेल-
‘एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका कुरा खुइलिए, अहिलेका कुरा फैलिए । ठक्कर र ठेसको कुरै नगरौं, अहिले त मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक बुद्धि नपलाउने भइसक्यो । मानिसको जात कहलाएको यो दुईखुट्टे जनावरलाई अहिले संसारको सबैभन्दा बढी बुद्धि भएको सर्वश्रेष्ठ प्राणी भनिन्छ तर यसैको हालत यस्तो छ । झन् प्रवृत्ति कस्तो छ भने बल्ड्याङ्ग खाएर तीन कान्ला तल खँदारिएको छ, कसैले “होइन तँ त लडिस् कि क्या हो” भन्यो भने अररो–अररो हुँदै जुरूक्क उठ्छ र धूलो टक्टक्याउँदै उल्टै भन्छ– धत्तेरिका म कहाँ लडेको हुँ र ? म जस्तो जवाँमर्द मान्छे पनि कहीँ लड्छ ? बरु तपाईंको आँखा र चस्माको पावर घटबढ भएको हो कि ? परेन फसाद, सोध्ने मनुवाले पो लाजले रातो मुख लगाउनु पर्दछ ।
Continue reading >> बल्ड्याङ खानुको मजा – व्यंग्य

नेता चाहियो ! – व्यङ्ग्य

-आकाश दीप-
खाने-बस्ने-सुत्ने को साथै नोकरको पनि व्यवस्था !!!

नेपाल राष्ट्रको लागि केहि नेताहरुको निम्न बमोजिम माग भै आएको हुनाले तु सम्पर्क गर्नुहोला ! आवश्यक योग्यता र अनुभव तल उल्लेख गरे बमोजिमको हुनेछ ।
Continue reading >> नेता चाहियो ! – व्यङ्ग्य

‘मागी मागी छोराको बे’ – व्यंग्य

-बासु श्रेष्ठ-
शिर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी, मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँङ रचेर ढ्वाँङ फुक्नु हो’ भन्ने अर्थ्याएको छुँ । गन्हाउने सास हुनेले ल्वांग मुखमा हालेर स्वाँङ पार्‍या झैँ हो | त्यस्तो स्वाँङ पारेर के गर्नु ? बेहोरा भने भ्वांङ पर्‍या हुन्छ | यस्तो स्वाँग पार्नेलाई त हुने भए टाउकामा ट्वाँङ्ङ हान्न मन लाग्छ | तर के गर्नु, स्वाँङ पार्नेले पारेकै छ | अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी । माथीको शिर्षकले पनि त्यै भन्छ । मागी मागी छोरा बे किन गर्नुपर्‍यो होला कसैलाई ? बुहारी खुसुक्क भित्र्याए त भैगो नि । ढ्वाँङ फुकेरै भित्र्याउनु पर्छ र ? त्यसकोलागी दाम दुमडी नचाहिने भे त हो त नि । दाम दुमडी नि चाहिने, अनि त्यो चैँ छैन तर रहर चैँ पुरा गर्नुपर्ने रे । अनि त्यो पनि मागी मागी । अनि फेरी त्योपनि आफ्नो बे हो र ? छोराको बे । यसैले मैले भनेको हुँ ‘स्वाँङ रचेर ढ्वाँङ फुक्नु ।’
Continue reading >> ‘मागी मागी छोराको बे’ – व्यंग्य

Photobucket

Online Users

18 Users Online