Posted By -paniphoto- on Sunday April 07, 2013 हिजो एउटा गजबको अन्तराष्ट्रिय दिवस रहेछ । तपाईले सुन्नु भएको छ कि छैन, तर विश्वका धेरै देशहरुमा यो दिवस मनाइदो रहेछ । दिवस भव्यताका साथ मनाउन मानिसहरु आफ्ना आफ्ना शिरानी बोकेर खुल्ला ठाउ वा सडकमा आउँदा रहेछन् अनि एकअर्कासँग शिरानी युद्ध गर्दा रहेछन् । र, यो दिवसको नामै रहेछ, अन्तराष्ट्रिय शिरानी युद्ध दिवस । नर्बेको ओस्लोमा हिजो मनाइएको सो दिवसमा साथी भेरा थालेरले पानीफोटोको लागि केहि फोटोहरु लिएको छिन् । यहाँ राखेको छु, हेर्नुहोला
Continue reading >> शिरानी युद्ध, यसरी लडियो !
Posted By -paniphoto- on Wednesday March 27, 2013 यसपाली विगतका बर्षहरुमा झै होली खेलिएन । आफ्नो गाउँमा सानैदेखि बोतलमा रंग घोलेर रंग दल्न भन्दै बाटो बाटो घुम्ने बानी काठमाण्डौं आउँदा पनि फेरिएन । अझ काठमाण्डौंका घरका छत र बाटोमा दौडिएर खुल्ला ठाउँमा होली खेल्ने चाहना पुरा गरिएकै थियो । तर यसपाली नर्बेमा भएकाले फरक ढंगले मनाइयो होली । बन्द कोठामा चिनेजानेका नेपाली र केहि विदेशीहरु भेला भएर खेलियो होली । तर पनि विगतका होलीमा झै रमाइलो महसुस गरियो । यति हो मनमा भने घरगाउँका साथीहरु र काठमाण्डौंका साथीहरु भने याद आइरहे ।
Continue reading >> यसरी खेलियो विदेशमा होली !
Posted By -paniphoto- on Sunday March 10, 2013  सुर्यको चमक पशुपतिमा यस्तो देखियो
शिवरात्रिमा पाशुपत क्षेत्रमा यस्तो चहलपहल देखियो ।
Continue reading >> शिवरात्रिको चहलपहल !
Posted By -पानीफोटो- on Sunday February 10, 2013 काठमाण्डौ उपत्यकाका पुराना घरहरुमा विचित्रका इतिहास र कला लुकेका छन् । यीनीहरुको उपस्थितीले नेपालको विगतको सभ्यतालाई पुष्टि मात्र गर्दैन, यसले पर्यटकहरुलाई पनि आकर्षित गरिरहेका हुन्छन् । तर यीनै घरहरुमा लुकेका छन् बाटोमा हिड्दा पनि तर्साउँने वास्तविकताहरु ।
Continue reading >> बाटो हिड्दा तर्साउँने काठमाण्डौका घर (तस्विर हेर्नुहोस्)
Posted By -paniphoto- on Sunday January 20, 2013 केहि समय पहिले साँझमा पशुपतिको सन्ध्या आरति हेर्न पुगेको मलाई बाँदरको चर्तिकलाले राम्रै तानेथ्यो । प्लाष्टिकको झोला तानेर जबरजस्ती फलफुल खाने बाँदरको चर्तिकला त देखेकै हो । तर हेलमेटभित्र लुकाइएर राखेको खानेकुरा निकै मेहनत गरेर चलाखीपूर्वक खोस्यो बाँदरले । र, सुरु भयो बाँदरको चर्तिकला । मैले सोही बाँदरका चर्तिकलालाई यहाँ राखेको छु । तस्विरहरु हेर्न भित्र आउँनुस् है ।
Continue reading >> पशुपतिमा बाँदरको चर्तिकला !
Posted By -paniphoto- on Monday January 14, 2013 माइनस १० डिग्री सेल्सियसको चिसो । सतहमा देखिए जति सबै पानी पनि जमेर वरफ भएको छ । यही चिसोमा हिउँ काट्ने मेसिन, बञ्चरो लिएर मेरा साथीहरु नजिकैको पोखरी तिर हानिए । किन भन्दा पोखरीमा जमेको वरफ काटेर पोखरीमा पौडी खेल्न रे । अब भयो बाँकी केहि ! मान्छेमा पागलपन चढेको देख्दै छक्क परेँ । माइनस १० डिग्री से. को चिसोमा खुला आकाशमुनि त तातोपानीले पनि नुहाउँन गाह्रो हुन्छ । त्यो बेलामा पोखरीको पानीले नुहाउँदा हालत के भयो होला ? अनुमान गर्न सक्नुहुन्छ ? बाँकी तल तस्विरमा हेर्नुहोस् ।
Continue reading >> माइनस १० डिग्री से.को चिसोमा वरफको सतह फुटाएर पौडी खेल्ने पागलहरु !
Posted By -paniphoto- on Thursday December 27, 2012 देखिरहेको ठाउँ पनि हिउँले छोपिए पछि बेग्लै लाग्ने । अझ राम्रो क्यामेरामेनले तस्विर लिए पछि त त्यही ठाउँ पनि केहि बेर घोरिए पछि मात्रै यो रहेछ भनेर थाहा पाइने । साथी करुण बरालले पानीफोटोको लागि म बस्दै गरेको नर्बेको ओस भन्ने ठाउँका केहि तस्विरहरु लिएका छन् । तपाईलाई पनि रमाइलो लाग्ला ।
हेर्नुहोस्-
Continue reading >> हिउँको सेतो संसार ! (केहि तस्विरहरु)
Posted By -paniphoto- on Thursday December 20, 2012  देव दानवको नाटक यीनले पनि हेरेछन् क्यारे, शास्त्रिय युद्ध जस्तो छ ! सामान्यतया जनावरहरुको झगडा हिंस्रक नै हुन्छ । तर पनि कुनै कुनै क्षणहरु रमाइला पनि हुँदा रहेछन् । इन्टरनेटमा खोज्दा मन परेका केहि यस्तै जनावरहरुको झगडाको रमाइला तस्विरहरु तल राखेको छु ।
तल हेर्नुहोस् है -
Continue reading >> जनावरहरुको झगडाका रमाइला तस्विरहरु
Posted By -पानीफोटो- on Monday December 17, 2012 हामी सार्वभौम जनता, त्यो पनि संक्रमणकालिन राजनीतिक अवस्थाका । हामी भन्दा शक्तिशाली र बहादुर त सायदै कोही छ । हामी सँधै ठुलो बिषयमा छलफल गर्छौं । टाढाको हेर्छौं । हामी दुरदर्शी । नेताहरुले देश बिगारे, हाम्रो गालीको बिषय । सँधै गुनासो गरिरहेका हुन्छौं अरुसँग । देशमा नियम कानुन भएन । गरिखान पाइएन । रोजगारी छैन । बिजुली छैन । पानी छैन । विकाश छैन । यसरी अल्झियो राजनीति केही निकाश छैन । हामी सँधै यस्तै बिषयमा चिया गफ गरिरहेका हुन्छौं । अझ नेतालाई गाली गर्ने कुरामा त हामी थप उदार छँदै थियौं, अब त झापड हान्नेका लागि खल्तिबाट पैसा निकाल्ने पनि भइसक्यौं । दोसल्ला ओडाउँन नपाएकोमा छुकछुक होला कतिलाई त । तर हामी बिर्सन्छौं, देश हामी नसुध्रिएसम्म कुनै पनि हालतमा सुध्रिदैन । नेताहरु हामीबिचबाटै आएका हुन् । हाम्रै बानी बेहोराको प्रतिनिधि पात्र मात्र न हुन् । सर्लक्कै हाम्रै बेहोरा बोकेका हुन्छन् । यसैले नेता सप्रिनु अगाडी हामी सप्रिनु अनिवार्य छ । तर हामीलाई ऐना हेर्ने फुर्सदै कहाँ छ र ? आउँनुहोस्, म देखाउँछु ऐना ।
Continue reading >> हामी चैं कहाँ कम छौँ र !
Posted By -paniphoto- on Monday November 19, 2012  ‘आइज सिंगल सिंगल’ सामान्यतया जनावरहरुको झगडा हिंस्रक नै हुन्छ । तर पनि कुनै कुनै क्षणहरु रमाइला पनि हुँदा रहेछन् । इन्टरनेटमा खोज्दा मन परेका केहि यस्तै जनावरहरुको झगडाको रमाइला तस्विरहरु तल राखेको छु । हेर्नुहोस् है ।
Continue reading >> जनावरहरुको झगडाका रमाइला तस्विरहरु – १
|
|
|