दशैं र मासु

-सीतासन्ध्या राई शाही-
दशैं र मासुको सम्बन्ध गहिरो छ । शाकाहारी बाहेक सबैले दशैंका बेला सदाभन्दा धेरै मासु घर भित्र्याउँने गर्छन् । फूलपातीको दिनदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरु बन्छन् । केहीले घरमै मासुका लागि पशु काट्छन् भने अधिकतमले मासु खरिद गर्ने गर्छन् । बजारदेखि उपभोक्ताको घरसम्ममा आइपुग्दा स्वास्थ्यका दृष्टिकोणले मासु कतिको उपयुक्त भएको हुन्छ कसैलाई हेक्का हुदैन । अझ कतिपय मानिस त कुहिन लागेर अलिअलि गनाएको मासु नखाउञ्जेल त दशैं नै आएको जस्तो नलाग्ने पनि सुनाउँछन् ।
Continue reading >> दशैं र मासु

सुन्दरताको पोष्टमार्टम

beauty eyes-हरिहर शर्मा-
‘बाहिरी सुन्दरता पनि के सुन्दरता, भित्री सुन्दरता पो सुन्दरता’, यसप्रकार जतिसुकै आदर्श छाँटेपनि बाहिरी सुन्दरतामा जो कोही मोहित हुने गर्छ । भित्री मन बुझ्ने काम दोस्रो प्राथमिकतामा पर्छ । यो बाध्यता पनि हो । किनकि भित्री मन बुझ्नु बाहिरी सुन्दरता हेर्नुजति सहज र सुलभ छैन । नजरमा आउने हरेकको क्षणभरमै आन्तरिक मोहक जाँच्ने काम गर्न गाह्रो छ । त्यसैले होला, आँखाले जे देख्यो बाहिरी पुष्टता, मनले त्यसै अनुसार परीक्षण गर्छ र दोस्रो पक्षमा आकर्षणको न्यूनतम खुराक विद्यमान रहे नरहेको मूल्याङ्कन गर्छ ।

सुन्दरताप्रतिको यस्तै मानवीय सोचाइ बुझेर होला, आफूलाई सजाएर राख्न कसैले कुनै कसर बाँकी राख्दैनन् । यस्तो बुझाइ जन्मिएपछि बच्चाले सास फेर्न जानेजत्तिकै स्वचालित छ । यो कुरा वेग्लै हो, सजिने होडमा कहिले कोही अगाडि रहन्छन् भने कहिले कोही पछाडि । यो एउटा पाटो भयो भने अर्कोतिर, सुन्दरता दृष्टिकोणमा निर्भर रहने सापेक्ष विषय हो । एकले गरेको लचकताको विश्लेषण अर्काका लागि अरुचिकर भद्दा बयान हुनसक्छ । कोही त्यही एउटैमा समाहित हुन चाहलान्, जहाँ बाँकी कसैको ध्यानसम्म गएको हुँदैन । Continue reading >> सुन्दरताको पोष्टमार्टम

नारीवादी चिन्तन र यसले उब्जाएका प्रश्नहरू

-अनिल पोख्रेल-
परापूर्वकालदेखि नै नारीवर्ग सधैँ पुरुषवादी हैकम अनि दास मनोवृत्तिको शिकार बन्दै आएका छन् । नारी जातिले सृष्टिको सुरुवाती कालखण्डदेखि नै आफ्ना हक अधिकार कुण्ठित बनाईदिने पित्तृसत्तात्मक समाजसँग पौँठेजोरी खेल्दै अघि बढ्नु परेको छ । वास्तवमा नारीवर्गलाई पुरुष सरह समान राजनीति, आर्थिक एवं सामाजिक अधिकारहरू र समान अवसरहरू जुटाउन नारीवादी सोच एवम् चिन्तनको प्रादुर्भाव भएको हो । नारीवादी सिद्धान्त विशेषतः नारी अधिकार र नारी जातिको स्वतन्त्रतासँग सम्बन्धित विषयवस्तु हो ।

हाम्रा सामाजिक साँस्कृतिक मानकहरू र विभिन्न धार्मिक मूल्य एवम् मान्यताहरूले नै नारीजाति माथि विभेद गरेको पाइन्छ । धर्मशास्त्रहरुले समेत नारीजातिलाई कमजोर एवम् निरीह जीवका रूपमा देखाउन खोजेका छन् । यस किसिमका नकारात्मक चित्रणकै कारण निश्चय नै नारी जातिले एउटा बेग्लै पहिचान खोज्नुपर्ने भयो त्यस अनुरूप नारी जातिलाई एक छुट्टै शक्ति एक सबल रूपमा प्रस्तुत गर्नाका लागि नारीवादको उदय भएको हो । Continue reading >> नारीवादी चिन्तन र यसले उब्जाएका प्रश्नहरू

प्रतिक्षा नियत सुधारको !

-हरिहर शर्मा-
न्यायपालिका प्रमुखलाई कार्यपालिका प्रमुख बनाउने निर्णयसँगै देश राजनीतिक अभ्यासक्रमको नयाँ चरणमा प्रवेश गरेको छ । लगभग हरेक किसिमका राजनीतिक व्यवस्थाहरुको असफल अभ्यास गरिसकेपछि ठूलो मूल्य चुकाएर गणतन्त्रसम्म आइपुगेको नेपाल फेरि यतिबेला अनौठो राजनीतिक भुँमरीमा फसेको भान भएको छ । त्यसो त मुलुक गणतन्त्रमै छ । राष्ट्रपति पदमै छन् । तथापि कार्यकारी अधिकार बहालवाला कर्मचारीको हातमा पर्नुले नेपालमा जनताको गणतन्त्र कायम छ भन्न सकिने अवस्था रहेन । किनकि गणतन्त्र भन्नु एकजना राष्ट्रपति रहनु मात्र होईन ।
Continue reading >> प्रतिक्षा नियत सुधारको !

भगवान कोइरालाको राजिनामा, चोरलाई लिस्नो !

-डा. मुकेशकुमार शाह-
‘भगवान कोइराला भगवान नै हुन्’ यो वाक्य आमनागरिकको मुखबाट निस्कने पुनित वचन हो । डा. कोइरालाले धेरै नेपालीको जीवन रक्षा गरेका छन्, त्यही भएरै नै यो वाक्य यथार्थ बनेको हो उनको सन्दर्भमा । एक सफल र योग्य हृदयरोग विशेषज्ञका रुपमा उनले देश विदेशमा ख्याति कमाएका छन् । त्यतिमात्र होइन, गंगालाल हृदयरोग केन्द्रमा उनले देखाएको व्यावश्थापकिय कुशलताका कारण उनलाई सबैले प्रशासनिक क्षमता भएका व्यक्तिका रुपमा पनि चिन्ने गरेका छन् । यसैबिच उनको राजिनामा आएको छ ।
Continue reading >> भगवान कोइरालाको राजिनामा, चोरलाई लिस्नो !

कानुनले अनाथ नबनाओस् बालिका रोशालाई

-बालकृष्ण मैनाली-
नेपालमा सबैखाले बालबालिकाको अधिकारको आवाज २०४७ सालको जनआन्दोलन पछि बुलन्द हुँदै आएको हो । संयोगवस् संयुक्त राष्टसंघले त्यसैताका बाल अधिकार महासन्धीलाई पारित गर्यो । तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले त्यसलाई तात्तातै अनुमोदन पनि गर्यो । नेपालमा बालबालिका सम्बन्धी ऐन २०४८ सालमा नै निर्माण भएको हो । उक्त ऐन २०५० सालदेखि मात्र कार्यान्वयनमा आएको हो ।

राजनीतिक मुद्दालाई प्राथमिकतामा राखी दलहरुको मात्रै समाचार सम्प्रेषण गर्ने परम्परालाई तोड्दै केहि बर्ष यता सञ्चार माध्यमले बालबालिकाका सवाललाई पनि प्राथमिकतामा राख्दै आएका छन् । जोखिममा परेका बालबालिकाको सवालबारे समाचार सम्प्रेषण गर्नु पक्कै पनि सराहनिय कार्य हो । यसले बाल अधिकार संरक्षणमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्छ । प्रसंग हो – बालिकालाई कानुनले नै अनाथ बनाएको समाचारको ।
Continue reading >> कानुनले अनाथ नबनाओस् बालिका रोशालाई

पासवर्डका गुजुल्टाहरु

passwords-हरिहर शर्मा-
विज्ञानप्रविधिको चमत्कारिक आविष्कारले संसार सानो गाउँको रुपमा परिणत हुँदैछ । सहजतातिर उन्मुख मानवीय प्रवृत्तिले जीवन र दिनचर्याहरु मेशिनीकृत हुँदैछन् । प्रविधिका विविध उपलब्धि र उपहारलाई सगौरव ग्रहण गरिँदै छ । प्रविधिका स्वरुपहरु आईटी (इन्फरमेसन टेक्नोलोजी) र आईसिटी (इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नालोजी) हुँदै आईस (इन्फरमेसन–कम्युनिकेसन–इन्टरटेन्मेण्ट) सम्म आइपुगेको अवस्थामा सुरक्षाकवचको रुपमा आएको पासओर्ड प्रणाली हाम्रा लागि प्रविधिको निर्विकल्प अवयव भइसकेको छ ।
Continue reading >> पासवर्डका गुजुल्टाहरु

‘सरकारी अछुत शिक्षक’

-घनश्याम ढकाल-
सन्दर्भ २० पुष २०६९ मा शिक्षक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनसँग सम्बन्धित छ । आयोगले करिब १७ बर्षपछि देशभरका लागि १२ हजार ८ सय ९० रिक्त पदमा शिक्षक भर्नाका लागि खुला विज्ञापन गरेको छ । यसले धेरैमा उत्साह ल्यायो होला तर त्यसभन्दा बढी अन्यौल श्रृजना गरेको छ । सबैभन्दा पहिले हाल अस्तित्वमा रहेका विभिन्न उपनाम जस्तै राहत, अस्थायी, पिसिएफ र बालकक्षा शिक्षक कसरी अस्तित्वमा आए भन्नेतर्फ सोच्न जरुरी छ । के ती विभिन्न अवस्थामा सायद केवल कार्यरत शिक्षकको इच्छा एवम् चाहना मात्रका आधारमा दरबन्दी भन्न मिल्दैन होला ? के ति शिक्षकहरु शिक्षक बन्न चाहिने मापदण्ड पुरा नगरि शिक्षक बनेका हुन् ? के ति प्रतिस्पर्धा नगरि तोकका आधारमा शिक्षक बनेका हुन् ? पक्कै होइनन् ।
Continue reading >> ‘सरकारी अछुत शिक्षक’

‘न आदर्श काम लाग्छ, न प्रश्न नै, कडा कानुन नै आवश्यक छ’

senapati_cycle-श्रीकृष्ण राजवंशी-
सेनाले हप्तामा एकदिनमात्रै भएपनि साइकल चढेर कार्यालय जाने भनेर संकल्प गरेको कुराले धेरै किसिमका प्रभावहरु पारेको छ । साइकल चढेर वातावरण जोगाउँ भन्नेहरुका लागि त यो कोसे ढुंगा बनेकै होला । यसबाहेक सरकारी गाडीको दुरुपयोग गर्नेहरुका लागि पनि यो कुराले केहि प्रभाव भने पार्दो हो । यो कुराले जसलाई जसरी प्रभाव पारेको भएपनि केहि सवाल जवाफहरु भने सुरु गराएको छ । सरकारी अधिकारीहरु पनि आफुले कमै मात्र सरकारी गाडी दुरुपयोग गरेको छु भन्ने कुरा जानकारी गराउँन थालेका छन् । भर्खरै मात्र मुख्य सचिवले आफ्ना छोराछोरीले एक पटकमात्रै सरकारी गाडी चढेको बताए ।
Continue reading >> ‘न आदर्श काम लाग्छ, न प्रश्न नै, कडा कानुन नै आवश्यक छ’

सेनाको यो काम सानो होला तर प्रभाव ठुलो पार्छ

senapati_cycle-रमेश अर्याल-
आदर्श स्थापित गर्न ठुला कामहरु गरिरहनु आवश्यक छैन । काठमाण्डौंका सडकमा एउटा कार कम्पनीले ‘साना काम हामी गर्छौं’ भनेर काठमाण्डौंका सडक छेउमा साना बगैचाहरु बनाएको कतिपयका लागि विज्ञापन मात्रै पनि हुन सक्छ तर त्यसमा चेतना र आदर्शका कुरा पनि पक्कै जोडिएर आउँछन् । हामीले सुन्न त सुनकै छौं, महामानव कसैले पनि नयाँ र धेरै अफ्ठ्यारा कामहरु गरेनन् । जे गरे भइरहेको कामलाई फरक किसिमले गरे । नेपालमा पनि सेनाले यही गरेको छ । उसले गरेको काम सानो होला तर यसको प्रभाव भने ठुलो पार्छ ।
Continue reading >> सेनाको यो काम सानो होला तर प्रभाव ठुलो पार्छ

Online Users

9 Users Online