दण्ड दिने अधिकार पनि छ भन्ने बिर्सियो राज्यले

-शिवशरण ज्ञवाली-
राज्य असफलतातर्फ उन्मुख हुन थालेको संकेत विभिन्न सन्दर्भहरु देखाइरहेका छन् । बजारमा देखिएको अराजकता यसको सबैभन्दा पछिल्लो संकेत हो । अत्यावश्यक सेवाअन्तर्गत रहेर व्यवसाय गर्ने व्यवसायीसमेत आन्दोलनमा उत्रेर मनपरी गर्न पाउने माग गर्नु ज्यादै दुखद् कुरा हो । राज्यले त्यस्ता अराजक प्रवृति नियन्त्रण गर्न सकिरहेको छैन, बरु उल्टै आत्मसमर्पण गर्दै गइरहेको छ । व्यवसायीले जे भनिरहेका छन् त्यही माग पूरा गर्दै जाँदा जनताले राज्यविहिनताको महसुस गरिरहन बाध्य भएका छन् ।
Continue reading >> दण्ड दिने अधिकार पनि छ भन्ने बिर्सियो राज्यले

नेपालमै पेट्रोलभन्दा महंगो पानी

-फुर्पा तामाङ-
हरेक बर्ष पानी दिवस विश्वभरि मनाउने चलन छ । नेपालले पनि मनाउने गर्छ । तर कति नेपाली स्वच्छ पानी पिउनबाट बञ्चित छन् भनेर लेखाजोखा भने गरिन्न । गरे पनि त्यो वैदेशिक सहयोग माग्नका लागिमात्र गरिन्छ । गाउँघरमा धारा हुन्छन् तर पानीको थोपो आउँदैन । जमिनभित्र कालो पोलिथिन पाइप नागबेली झैं गाडिन्छन् तर पानी आउँदैन । यस्तो समस्या नजिकै त्रिशुली खोला र भोटेकोशी भए पनि पानी पुग्दो नपाउने रसुवाको सदरमुकाम धुन्चेको हो । मेरो गाउँ ठुलो भार्खुमा पनि पानीको समस्या छ । मेरो गाउँमा मात्र हैन, नेपालका धेरै गाउँमा यो समस्या एकदमै जटिल भएर देखिएको छ । म अहिले काठमाण्डौंमा बस्छु । देशभरका अरु स्थानका समस्याहरुबारे सबैले नसुनेपनि काठमाण्डौंको समस्या कसैबाट लुकेको छैन ।
Continue reading >> नेपालमै पेट्रोलभन्दा महंगो पानी

हेरिनसक्नुको लाजमर्दो नाच !

८ दिनदेखि पाटन दरबार स्क्वायरको कृष्ण मन्दिरसँगै रहेको कात्तिक डबलीमा भइरहेको छ । आधारातसम्म चल्ने यो नाच हेर्न मानिसहरु मरिहत्ते गर्छन् । त्यती राती पनि भिड हुन्छ दर्शकहरुको । पाटनको यो कात्तिक नाचको इतिहास पनि निकै लामो छ । उहिले जनता खुसी नभएको कारण खोज्दै जाँदा नरबली नदिएका कारण मानिस खुसी नभएको कुरा पत्ता लाग्यो रे । यो कुरा पाटनमा सिद्धिनरसिंह मल्ल राजा हुँदाताकाको हो । मानिसलाई खुसी बनाउँन मानिसकै बलि कसरी दिनु भनेर अरु उपाय खोज्दै जाँदा बराह र नृसिंहको अवतारले गर्ने वधलाई नाचका रुपमा देखाए पनि हुने भन्ने उपाय पत्ता लागेछ । त्यो बेलादेखि चलिआएको नाच हो यो । यसको अलग र विशेष सांस्कृतिक पक्ष छ ।

यही समयमा नाचकै बिषयलाई लिएर मानिसहरु उत्साहित भइरहदा हाम्रा एक पाठक डम्बर अधिकारी भने फरक किसिमको नाचको कुरा गर्नुहुन्छ । उहाँले कुरा गर्नु भएको नाच हेरिनसक्नुको लाजमर्दो छ ।
Continue reading >> हेरिनसक्नुको लाजमर्दो नाच !

सबै कुरा हामीले गर्ने भए सरकारले चै गर्छ के ?

-अशोक अधिकारी ‘आनन्द’-
समस्या बर्षौंको भएपनि बर्षेभेल झै केही महिनादेखि नेपाली उपभोक्ताको हकहितको सम्बन्धमा निकै बहस र छलफल सुन्न र पढ्न थालिएको छ नेपाली सञ्चार जगतमा । यस्ताखालका बहसमा पीडकभन्दा पनि अप्रत्यक्षरुपमा पीडित उपभोक्तालाई नै दोष थुपार्ने गरेको देख्दा मनमा कता कता नमिठो अनुभव भएर आउँछ । उपभोक्ताहरुकै नेतृत्व गर्दै उनीहरुको हकहितमा काम गर्छौ भन्नेहरु समेत उपभोक्ता आफै सचेत नहुञ्जेल आफुहरुले केही गर्न नसक्ने हावादारी तर्कमा बहस गरिरहेका हुन्छन् ।

हामी आमउपभोक्ता अरुले सोचेजति मुर्ख त पक्कै पनि छैनौं । हामीलाई पनि राम्री थाहा छ – बजारको अस्तव्यस्त अवस्था । उपभोग्य वस्तुको वास्तविक बजार मुल्य कति हो भन्ने हामी आमउपभोक्तालाई थाहै हुदैन । के यो दोषको भागिदार हामी आमउपभोक्तामात्रै हौं त ? कुनै पसलमा सामान किन्न गयो एउटा १० रुपैयाँ बढी दाम गर्छ, अर्कोले त्यही सामानको ५ रुपैयाँ कम दाम गर्छ । अब हामीले कुन सामान किन्ने ? कुन चै सामानको गुणस्तर सहि हो भनेर ठम्याउँने ? Continue reading >> सबै कुरा हामीले गर्ने भए सरकारले चै गर्छ के ?

काठमाण्डौं विश्वविद्यालय छात्रावास – महंगो, सुविधाविहिन र असुरक्षित

-देविना उप्रेति, सञ्जु अर्याल-
काठमाण्डौं विश्वविद्यालय (केयु) नेपालको सफल विश्वविद्यालय हो भन्दा फरक पर्दैन । यहाँको शैक्षिक गुणस्तरलाई नेपालको नमुनाका रुपमा व्याख्या गरिन्छ । वास्तवमै यहाँको पढाई उच्चस्तरको नै छ । तर जुन नाम र स्तर काठमाण्डौं विश्वविद्यालयले कायम गरेको छ, त्यसलाई माटोमा मिलाउँने काम गरेको छ यो विश्वविद्यालयको छात्रावासले । यो कुरा यहाँका विद्यार्थी तथा अभिभावकले भोगीआएको कुरा हो ।

यति ठुलो नाम र सञ्जाल भएको विश्वविद्यालयमा सबै विद्यार्थी अट्ने सुरक्षित र व्यवस्थित छात्रावास छैन भन्दा धेरैलाई पत्यार नलाग्ला । तर यो तीतो यथार्थ हो । आफ्नो छात्रावास नभएकाले काठमाण्डौं विश्वविद्यालयले धुलिखेलका करिब दर्जन साना ठुला घर भाडामा लिएको छ । समस्या आफ्नो भवन नभएको र अरुको घर भाडामा लिएको भन्ने होइन । समस्या अलिक फरक छ । Continue reading >> काठमाण्डौं विश्वविद्यालय छात्रावास – महंगो, सुविधाविहिन र असुरक्षित

राजनिती ! राजनिती !! राजनिती !!!

मेरो ब्लग खाली राजनीतिक मात्र बन्दै गईरहेको छ । राजनीतिक बिषयबस्तु भन्दा पर केहि चियाउँन खोज्छु तर जब कुरोको चुरो तिर बढ्न थाल्छु, राजनीतिको भयानक छायाँले सबै बिषय र अन्धकारहरु ढाकिदिन्छ । अनि म राजनीती नलेखेर के लेखौं ?

म अहिले राजनीतिको परिभाषालाई कुन विद्धानले के भनेका थिए भनेर खोज्न चाहान्न, न त शब्दकोष पल्टाएर अर्थ नै भेट्नु छ । खाली यो राजनीतिको फैलावटलाई नाप्ने कोशिश गर्दैछु ।

मेरो लागि वास्तवमा राजनिती सँधै चासोको बिषय रह्यो । अहिले म सम्झदैछु मेरो राजनिती कुन नेताले के भन्यो बाट सुरु हुन्छ र, देश विग्रीएर भताभुङ्ग भयो भन्दै अघि बढ्छ अनि भोली केहि होला कि भन्ने आशामा गएर टुङ्गिन्छ । यो मेरो राजनितीक सुझबुझको घेरा हो । यो भन्दा अगाडि गएर मैले आजसम्म सोचेको छैन । Continue reading >> राजनिती ! राजनिती !! राजनिती !!!

विद्यार्थी भरिया हुन् र ?

तस्विर साभार : seagate.com

-बियन तिमल्सिना-
झोलाभरि किताब बोकेर स्कुल जानु गर्व र सुखद सम्भावनाको कुरा हुन्छ । तर अहिले विद्यालयमा बर्षेनि किताबको संख्या थप्ने चलनका कारण सानासाना नानीहरु समस्या श्रृजना भइरहेको छ । किताबको भार बर्षेनि बढ्नाले नानीहरुलाई सानैदेखि ढाडको विभिन्न समस्याले ग्रसित बनाउँने गरेको छ । यसका उदाहरण जताततै पाइन थालेका छन् । सानैदेखि किताबको बोझ थाम्न अगाडी झुक्ने नानीहरु उमेर बढ्दै जाँदा पनि कुप्रो हुँदै जाने देखिएको छ । तर यसको ख्याल विद्यालयले गरेको देखिदैन । कमिसनका लागि बर्षेनि किताब फेर्नु र संख्या बढाउँनु विद्यालय, अभिभावक र विद्यार्थीका लागि सामान्य कुरा भइसकेको छ ।
Continue reading >> विद्यार्थी भरिया हुन् र ?

जिम्मेवारी त लिएनौं, कम्तिमा सुनि त देउ !

-गोपाल सञ्जेल-
प्रवेशिका परिक्षाको परिणाम आएको भोलिपल्ट असफल भएकै कारणले सात जनाले आत्महत्या गरे । यो राष्ट्रको लागि अत्यन्त दुखद कुरा हो । अर्की किशोरीले बिष सेवन गरेकाले अस्पतालमा उपचार हुँदैछ । असफलताले सामाजिक अफ्ठ्याराहरु बढाउँछन् । यस्ता अफ्ठ्याराहरु किशोरमा भन्दा किशोरीमा बढी देखिन्छ । आत्महत्या गर्ने सातै जना किशोरी मात्र हुनुले पनि यो कुराको पुष्टि गर्छ र थप गम्भिरता बढाउँछ । विगतमा पनि प्रवेशिकामा असफलताका कारण आत्महत्या गरेका खबर फाट्टफुट्ट सुनिएकै हो । तर यो बर्ष यो संख्या अत्याधिक हुनुले निकै गहन प्रश्नहरु उब्जाएको छ ।
Continue reading >> जिम्मेवारी त लिएनौं, कम्तिमा सुनि त देउ !

मिहिनेत अनुसारको नम्बर किन आएन ?

(भर्खरै एसएलसी उत्तिर्ण गरेका विद्यार्थीले नाम नखुलाई पठाएको लेख)
मेरो पढ्ने शैली खराब थियो भनेर मैले मान्ने कसरी ? जब कि मैले दिनरात नभनी पढेको छु । भित्तामा गणितका सुत्रहरु टाँगेर रटेकै भएपनि रटेर नै सबैथोक जान्न सकिन्छ भन्ने मलाई कहिलै लागेन । तर यसो भनिरहदा मैले नरटेको पनि हैन । जहाँ रट्नु पर्ने थियो, मैले रटेँ । जहाँ बुझ्नु पर्ने थियो, मैले बुझेँ । मेरो मौलिकता पनि निकै राम्रो छ, प्रमाण दिइरहनु नपर्ला, मैले वादविवाद र निबन्ध प्रतियोगितामा जितेर ल्याएका मेरा प्रशंसापत्र आफै बोलिरहेछन् । तर पनि भर्खरै सकिएर हिजोमात्रै नतिजा आएको एसएलसीमा मेरो सोचे र मेहनत गरे जस्तो नम्बर आउँन सकेन ।

प्रथम त, म १६ बर्षको स्कुले केटो । गाउँमा बस्छु । सरकारी स्कुल पढ्छु । मैले पढ्दै गरेको स्कुल उच्चमावि भएको धेरै बर्ष भएको छैन । गाउँमा विकाशका पुर्वाधारहरु देखिदैछन् । मानिसहरु शिक्षाका विषयवस्तुसँग सचेत हुदैछन् । यसैले पहिले भ्याउँदा पढ्नेहरु अहिले पढेर भ्याउँने भएका छन् । सके जति काम आफै गरेर आफ्ना छोराछोरीलाई जसरी पनि पढाउँन खोज्ने र समय मिलाइदिने अभिभावकको सख्या बढ्दो छ । मैले पाएको वातावरण पनि ठ्याक्कै यस्तै हो । मैले यही वातावरणमा निष्फिक्री पढ्न पाएँ । Continue reading >> मिहिनेत अनुसारको नम्बर किन आएन ?

हार्दिक श्रदाञ्जली !

म एक सर्वसाधारण नेपाली, मिती २०६४ साल चैत्र २८ गते, दशकौंको अथक प्रयास, हजारौंको रक्तिम बलिदान तथा जनयूद्ध र ६२/६३ को दोस्रो जनआन्दोलनको बलबाट जन्मिएको संबिधानसभालाई ६०१ थान नालायकहरुले ४ बर्ष सम्म लगातार सामूहिक बलात्कार गरि हिजो मिति २०६९ जेष्ठ १४ गते रातको १२ बजे हत्या गरेका हुनाले मृत संबिधानसभा प्रति हार्दिक श्रदाञ्जली प्रकट गर्दछु । संविधानसभाको मृत्युसँगै करिव ३ करोड नेपालीको शान्ति र समृदिको सपनाको पनि मृत्यु भएको दुखद घडीमा सबै शोकसन्तप्त नेपालीहरु प्रति हार्दिक समवेदना प्रकट गर्दै संयम रहने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु ।

साथै, ४ बर्ष सम्म देशको ढुकुटीको चरम दुरुपयोग गरी संबिधान बनाउने बहानाबाजीमा खतम गरेका नगद, प्रयोग गरेका पजेरो र प्राडो लगायतका सम्पुर्ण सुखसुविधा तथा देशको सम्पति नैतिकताको आधारमा आत्मलोचना सहित तत्काल फिर्ता गर्न ६०१ थान सभासदहरुसँग जोडदार माग गर्दछु । Continue reading >> हार्दिक श्रदाञ्जली !

Online Users

9 Users Online