यो तस्विर प्रकाश तिमिल्सिनाले खिचेका हुन् । पिजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा नेचर एन्ड वाइल्डलाइफ बिधा तर्फ दोस्रो भएको तस्विर हो यो । आफु वातावरणको विद्यार्थी भएकाले हुनसक्छ, यो तस्विरमा मैले शहरीकरणका कारण अन्य जनवारले भोग्नु परेका पीडा र तिनले आफुलाई बदल्न सकेका खुबीका रुपमा देखेँ । तस्विर खुबै मन पर्र्यो । यसैले आजको तस्विर हेरेर गीत, कविता, गजल वा अन्य छोटा रचना लेख्ने चुनौतिस्वरुप यही तस्विर राखेको छु । कोशिस गर्नुहोस् है । Continue reading >> तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्
यो तस्विर मैले रामेछापको मिल्ती भन्ने गाउँमा खिँचेको हुँ । म पुग्दा यी १४ बर्षे बालिका मकै छर्न खेत जोत्दै थिइन् । नारीले हलो जोत्न हुदैन भन्ने सोचका विपरित सबै घरमा ट्वाइलेटसम्म नभएको सो गाउँमा यो परिवर्तन देखिनु निकै सकारात्मक हो । यही सन्देशलाई कविता, गीत या गजल स्वरुपमा लेख्न चुनौति दिएको छु । तल कमेन्टमा लेख्नुहोस् है । Continue reading >> तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्
यसको जीवन कति ढुक्कको छ । कति शान्त छ । अनि, हामी ? भो कुरै नगरौं । एक पटक सोचौं न, हाम्रो जीवन पनि यस्तै ढुक्कको निष्फिक्रि भइदिए । आहा । आज यही बिषयमा कविता लेख्न कोशिस गरौं न हुन्न ? भित्र हाँसहरुको रमाइलो भिडियो पनि छ, हेर्न भित्र आउँनुहोस् भिडियो हेर्न तल क्लिक गर्नुहोस्
Ducks are sometimes confused with several types of unrelated water birds with similar forms, such as loons or divers, grebes, gallinules, and coots.
रमाइलो पनि भयो । अब तल कमेन्टमा कविता लेख्ने हो कि । यसमा मिल्दाजुल्दा पुराना कविता भए पनि हुन्छ ।
Duck is the common name for a large number of species in the Anatidae family of birds, which also includes swans and geese. The ducks are divided among several subfamilies in the Anatidae family; they do not represent a monophyletic group (the group of all descendants of a single common ancestral species) but a form taxon, since swans and geese are not considered ducks. Ducks are mostly aquatic birds, mostly smaller than the swans and geese, and may be found in both fresh water and sea water. The word duck comes from Old English *dūce “diver”, a derivative of the verb *dūcan “to duck, bend down low as if to get under something, or dive”, because of the way many species in the dabbling duck group feed by upending; compare with Dutch duiken and German tauchen “to dive”.
यो सुर्योदयको सामान्य तस्विर हो । तराईको भुभागबाट बिहान सखारै देखिने सुर्योदय यस्तै नै हुन्छ । तर सुर्योदय जति सामान्य भएपनि मानव मनमा यसले केही तरङ्ग भने केही पक्कै ल्याउँछ । कतिका मनहरु कवि बन्छन् । अनेक रचनाहरु फुर्दछन् । तपाईले कहिल्यै सुर्योदय हेरेर कलम चलाउँनु भएको छ ? केही लेख्नु भएको छ ? छ भने कृपया यहाँ बाड्नुहोला । छैन भने आज यही तस्विर हेरेर केही लेख्ने कोशिस गर्नु न है । कविता, गीत वा गजल जे छ तल कमेन्टमा लेख्नुहोला ।
Posted By -पानीफोटो- on Thursday November 17, 2011
यो तस्विर मलाई खुब मन पर्छ । यो तस्विरमा म प्रकृति र जीवनशैलीको निकै राम्रो मिश्रण देख्दछु । यसैले कविता लेख्ने चुनौतीस्वरुप आज यो तस्विर राखेको छु । कृपया यही तस्विरको भाव अनुसार कविता लेख्ने कोशिस गर्नुहोला ।
धेरै केही लेख्दिन । हामी सबैलाई थाहा छ किसानका बाध्यता, परिस्थिती र आकांक्षका बारेमा हामी सबैलाई थाहा छ । तर कहिले तपाईले किसानप्रति दुई शब्द पोख्नु भएको छ । यदि छैन भने आज कविता, गीत र गजल लेख्ने चुनौतिस्वरुप त्यही किसानलाई उभ्याएको छु । केही लेख्नुहोस् है ।
गाउँको जीवनमा बिहानदेखि बेलुकासम्म काम हुन्छ । भ्याइनभ्याइ हुन्छ । त्यैपनि मानवताका लागि समय हुन्छ । अझ भनौं जीवनका लागि समय हुन्छ । एउटाले अर्कोलाई ख्याल गर्ने समय हुन्छ । कसका घरमा को पाहुना आए सम्म थाहा हुन्छ गाउँमा । तर काठमाण्डौँ ? उफ् हतारै हतार । लाग्छ सबैजना दौडमा छन् । र, म पनि । जीवनका लागि समय घट्दो छ । मानवताका लागि समय पिटिक्कै छैन । वीर अस्पताल छेउको आकाशेपुलबाट एकछिन सडक नियालेँ । सबै दौडमा छन् । पुग्ने कहाँ, पाउँने के ? थाहा छैन । दिक्क लागेर आयो । अनि आज गीत, कविता, गजल लेख्ने चुनौतिस्वरुप यही तस्विर राखेको छु । यो दौडबाट अलिकति समय निकाल्नुहुन्छ भन्ने आशा छ । सँगै कर्मठ सुवेदीको काठमाण्डौंको मान्छे शिर्षकको कविता पनि राखेको छु, पढ्नुहोस् है ।
-कर्मठ सुवेदी- म काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मेको मान्छे म काठमाडौंको Boarding मा अङ्ग्रेजी रटेर हुर्केको मान्छे, मलाई तिम्रो गरिवीले काँही छुदैंन मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन । मेरो शहरको वरिपरि, जस्तै विपत्ती पनि थेग्न सक्ने बलियो पर्खाल उभिएको छ, यहाँ कोशीको बाढी छिर्न सक्दैन, बाग्मतीको बाढी भित्रै हराउँछ, यहाँ पहिरोले मलाई केहि लर्छादैन, भूकम्पले पनि साना टहरा भत्काउलान् मेरो सिमेन्टले बनेको बलियो महल ढाल्दैन ।
हिजो जब डर र त्रासमा तिमीहरु बाचेँको अभिनय गर्दै थियौ, म निर्धक्क भएर सिनेमा हेरी रहेको हुन्थे, तिमी जब भोकले रन्थनेर, कुहिएको चामालको लागि तछाड मछाड गथ्र्यै, म लाईन लागेर पाँथतारे होटलको पार्टीमा गरम मेलामाइनका प्लेटहरु भर्दै हुन्थे, तिमीले आफ्नो गोली लागेको छोराको लाश उठाउँदाको तस्वीर हेरी रहेका मेरो बाबुको Mood On गर्न गिलासमा हाली महँगो रक्सी पिलाएको छु मैले, तिम्रो विदुवा बुहारीलाई जंगलमा लगि ब्वाँसोहरुले लुछ्दै खाँदै गर्दा, म मेरी प्रीयासँग मखमली ओछ्यानमा योवन साट्दै गरेको हुन्थें, तिमी तेल किन्न नसकी ओभानो तरकारी खाँदा म Petrol को लाईन बस्नु पर्याे भनि गुनासो गर्दै थिएँ, तिमी एक भारी दाउराको लागि तीन कोश हिड्दा म गाडीमा झुण्डेर यात्रा गर्नुको पीडा पोख्दै थिएँ ।
तिमीलाई याद होला, तिमी जहाँ आफूलाई नेपाली भनी विरताको गीत गाउँदै हिड्थ्यौ, त्यहाँ जब भारतीय झण्डा गाडियो, तिमी आफ्नो राष्ट्रियता खोज्दै मेरो शहर पसेका थियौ,
तिमीले मलाई तिम्रो लागि लडिदिन आवहान पनि गर्यौ, तर म मेरो छिमेकी सँग मेरो दुई ईञ्च जग्गाको लागि लड्दै थिएँ । हिजो कालापानीको लागि तिमी रुँदा, आज सुस्ताको लागि तिमी चिच्याउँदा न मैले तिम्रो आंशु देखेँ न मेरो कानले केहि सुन्यो । मैले दुःखको छायाँ समेत आफूलाई पर्न दिएको छैन, मेरो हरेक मागहरु मेरो बाबुले सहजै पुरा गर्देका छन्, त्यसैले, अहँ म तिम्रो दुःख बुझ्नै सक्दिन, मेरो आखाँबाट तिम्रो पिडामा आंशु पटक्कै झर्दैन, मलाई राष्ट्रियताको भावना पोख्दै नपोख, किन कि म काठमाडौंको मान्छे, सुविधामा हुर्केको मान्छे, तिम्रो भन्दा भिन्दै संसारको मान्छे ।
@salokya प्रोसेसमा हुँदाहुँदै आत्तिएर गणेश लामाको मुद्दा दर्ता भएन भनिए झै लाग्यो त । ४ जनाको भयो भनेर सकिएको थियो र अघि चै ?
Time ago 7 Daysvia Twitter
RT @khabarbaazi: अगर आप पुणे और दिल्ली टीम को ये कहो कि तुम लोग पैसे लेकर मैच हारते हो तो शायद ये उनके लिए compliment होगा।
Time ago 7 Daysvia Twitter
पुस्तक पसल जल्नु, पुस्तकालय जल्नु र संग्रहालय जल्नु फरक फरक कुरा हुन् । पिलग्रिम्स जल्यो, दुखद । तर पिलग्रिम्समात्रै जलेको हो र ? @setopati
Time ago 7 Daysvia Twitter
@sanpokh पहिले तिनले गाली गर्ने र काखी च्याप्नेहरु हामीले पनि गाली गर्ने र काखी च्याप्ने नै थिए । अहिले मिल्दैन । फरक त्यति हो कि
Time ago 8 Daysvia Twitter
एन्जेलिनाको 'म्यास्टेक्टोमी' उदाहरणीय भनेर नागरिकन्युजमा मनोरञ्जन कोलममा लेखिएको रहेछ । सोच्छु, यो मनोरञ्जनकै बिषय हो त ?
Time ago 8 Daysvia Twitter
नेता बौलार बोलेको हो कि पत्रकारले कलम घुमाए ? विपी र गिरिजाप्रशाद कोइरालालाई चुरोट र चिया ल्याउने काम गर्ने नेत... t.co/SlWNEowNud
Time ago 10 Daysvia IFTTT
exam time.please switch off your mobile.
Time ago 10 Daysvia IFTTT
मुस्ताङ्गको जोमसोममा नेपाल एयरलाईन्सको विमान दुर्घटनामा परेको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एन ए वि ओ विमान जोमसोममा रहेको पुथाङ्ग व...
Time ago 10 Daysvia IFTTT