फिल्मीपात्रका अनौठा रोगहरु

-डा. समिर लामा-
स्वास्थ्य बिषय भन्ने वित्तिकै सम्बेदनशील, गम्भिर भन्ने सबैको मनमा आँउछ, र यस सम्बन्धी लेखहरुमा झट्ट कसैको पनि अभिरुची जागी हाल्दैन। आज म केही चलचित्रहरु र त्यस्मा भएका पात्रहरुका स्वास्थ्य सम्बन्धी भएका रोचक अवस्था/ रोगहरुको बारेमा चर्चा गर्दैछु। आशा छ यो लेखले स्वास्थ्यका विभिन्न अवस्था/ रोगहरु सम्बन्धी चासो बढ्नेछ।
Continue reading >> फिल्मीपात्रका अनौठा रोगहरु

यस्ता मान्छे पनि हुँदा रहेछन्, भिडियो हेर्नुस् न

स्पाइडरम्यान तपाई अगाडी जालो फ्याल्दै झुन्डिदै आयो भने के गर्नुहुन्छ ? हातले अगाडी बाटो बनाउँदै उड्दै गरेको सुपरम्यान साँच्चिकै देख्न पाइन्छ भन्ने कसैले अनुमान पनि गर्दो हो त ? यस्ता फिल्मी पात्रहरु धेरै नै छन् । केटाकेटी हुँदासम्म केहि हदसम्म यस्ता मानिसहरु हुन सक्ने अनुमान गर्दै तिनको नक्कल गर्नु सामान्य नै हो । त्यसो त, भारतमा शक्तिमानले बचाइहाल्छ नि भन्दै घरको छतबाट फाल हाल्ने पनि भएको थियो रे । सबैलाई थाहा छ, यस्ता फिल्मीपात्र वास्तविकताबाट कति टाढा छन् । तर कहिलेकाँही चै अचम्म लाग्दा मानिसहरुको जन्म पनि हुँदोरहेछ, प्रकृतिको लिला ।

आज साथीसँग युट्युबमा रमाइला भिडियोहरु खोज्दै हेर्दै गर्दा एउटा करेन्टम्यानको भिडियो हेरियो । गजब लाग्यो । करेन्टम्यान भन्दैमा शरिरबाट करेन्ट निकाल्ने हैन तर एउटा हातले बिजुलीको तार पक्डेर अर्को हातमा हिटर राखेर अमलेट चै बनाउँन सक्दा रहेछन् । मतलब घरको करेन्टसँग त बालै नहुने । मैले ब्लगमा भिडियो पनि राखेको छु, हेर्नुहोस् छक्क पर्नु हुनेछ
Continue reading >> यस्ता मान्छे पनि हुँदा रहेछन्, भिडियो हेर्नुस् न

जनावरहरुको झगडाका रमाइला तस्विरहरु

देव दानवको नाटक यीनले पनि हेरेछन् क्यारे, शास्त्रिय युद्ध जस्तो छ !

देव दानवको नाटक यीनले पनि हेरेछन् क्यारे, शास्त्रिय युद्ध जस्तो छ !

सामान्यतया जनावरहरुको झगडा हिंस्रक नै हुन्छ । तर पनि कुनै कुनै क्षणहरु रमाइला पनि हुँदा रहेछन् । इन्टरनेटमा खोज्दा मन परेका केहि यस्तै जनावरहरुको झगडाको रमाइला तस्विरहरु तल राखेको छु ।

तल हेर्नुहोस् है -
Continue reading >> जनावरहरुको झगडाका रमाइला तस्विरहरु

जनावरहरुको झगडाका रमाइला तस्विरहरु – १

‘आइज सिंगल सिंगल’

सामान्यतया जनावरहरुको झगडा हिंस्रक नै हुन्छ । तर पनि कुनै कुनै क्षणहरु रमाइला पनि हुँदा रहेछन् । इन्टरनेटमा खोज्दा मन परेका केहि यस्तै जनावरहरुको झगडाको रमाइला तस्विरहरु तल राखेको छु । हेर्नुहोस् है ।
Continue reading >> जनावरहरुको झगडाका रमाइला तस्विरहरु – १

साना केटा गीत राम्रो गाउँदा रहेछन् (भिडियो हेर्नुस्)

साथीहरुले युट्युबको एउटा भिडियोको लिंक पठाइदिए, सानो केटोले मज्जाले गीत गाइरहेको रहेछ । त्यो भिडियो अपलोड गर्नेले जानकारीस्वरुप राखेका छन् – केहि खान मुग्लिनमा बस रोकियो, एउटा सानो केटो गीत गुन्गुनाउदै थियो, त्यही छेउको होटेलमा । म खान छोडेर निस्के अनि उसलाई सोधे मेरो लागि कुनै गीत गाऊछौ ? उसले हुन्छ भन्ने बित्तिकै साथीहरु क्यामेरा लिएर निक्ले । गीत गाएपछि ‘रियाज गर्छौ’ भनेर सोध्दा “त्यस्तो ठाउँ नै छैन ।” भनेर उत्तर दिए उनले । ‘जान्छौ त काठमाडौँ मसँग ।’ मैले भने ‘पढ्ने र रियाज गर्ने पैसा मेरो पकेटमनीबाट जसरी भए पनि मिलाउछु ।’ कति भन्दा पनि उसले मानेन । त्यसपछि हामी यो भिडियो र उसको सम्पर्क नम्बर लिएर घर फर्कियौ ।

मलाई पनि मन राम्रो लाग्यो उनले गाएको । बिना तालिम यति राम्रो गीत गाउँनु पक्कै पनि जन्मजात ल्याएको गुण नै त होला नि, हैन ?
Continue reading >> साना केटा गीत राम्रो गाउँदा रहेछन् (भिडियो हेर्नुस्)

अचम्मका 3D पेन्टिङहरु !!

तस्विर साभार : streetartutopia.com

यी तस्विरहरु सडकमा बनाइएका पेन्टिङहरुका हुन् । यस्ता पेन्टिङहरु सडकमा बनाइएका भएपनि दर्शकलाई 3D तस्विर हेरे झै भ्रम पार्ने किसिमका हुन्छन् । एनामोर्फोसिस् बिधिबाट बनाइएका यस्ता पेन्टिङहरु सामान्यतया अन्य पेन्टिङ झै देखिन्छन् । तर दर्शकले एक निश्चित बिन्दुबाट हेर्दा पेन्टिङहरु सतहबाट माथि उठेका या भित्र तिर भासिएका जस्ता देखिन्छन् ।

इन्टरनेटमा खोज्दा मन परेका केहि यस्तै 3D पेन्टिङहरु तल राखेको छु । तपाईलाई कस्तो लाग्छ, हेरेर कमेन्टमा लेख्नुहोस् है ।
Continue reading >> अचम्मका 3D पेन्टिङहरु !!

नवरात्रिमा पूजा हुने नवदुर्गाहरु !

नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ । यी देवीहरू हुन्ः शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ । यसैले भक्तहरू आफनो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रि पर्वमा नवदुर्गा देवीलाई राँगा, बोका, भेडा, हाँस, कुभिण्डो अथवा पञ्चबलि चढाइ आ-आफना भाकल पूरा गर्ने पनि गर्दछन् । नवरात्रिमा पुजिने नवदुर्गाको स्वरूपहरू यस प्रकार छन् : Continue reading >> नवरात्रिमा पूजा हुने नवदुर्गाहरु !

मिसावट भए/नभएको कसरी थाहा पाउँने ?

दशैँ भन्ने बित्तिकै परिकार त त्यसै जोडिएर आउँछ । दशैँमा विभिन्न परिकारहरु खाँदै परिवार र आफन्तसँग रमाउँनु दशैँको बिशेषता नै हो । तर अहिलेको बजार हेर्दा हामीले सोचे जस्तो परिकारहरु पाउँन सजिलो देखिदैन । घरमा बनाएका परिकारहरुमा मिसाईने अवयवहरुमा विश्वास गर्न निकै पटक सोच्नु पर्ने भएको छ । यदि बिषाक्त र अशुद्ध परिकार बन्यो भने दशैँ दशा बन्न सक्छ । यसैले मिसावटमा खुब ध्यान दिनु पर्ने भएको छ । तर सबैभन्दा मुख्य कुरा तपाईको चेतना हो । थोरै मात्र ध्यान दिँदा मात्रै पनि धेरै वस्तुहरुमा मिसावट भए/नभएको थाहा हुन सक्छ । कस्ता खाद्यवस्तुमा के के मिसावट गरिएको हुन्छ ? र त्यस्तो मिसावट कसरी थाहा पाउँने? जानकारीका लागि पुरा ब्लग पढ्नुहोस् ।
Continue reading >> मिसावट भए/नभएको कसरी थाहा पाउँने ?

तासको म्यारीज खेलको विधान

म्यारीज खेलको खेल प्रकृयाबारे थोरैलाई थाहा भएर समय समयमा विवाद आईराख्ने भएको कारण म्यारीज खेललाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले पप्लुको विकसित रुपमा म्यारीजलाई स्थान दिई सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाईबाट निकालिएको फुर्सदको समयमा, रुद्री वा पुराण लगाएको घरमा वा जागीरे वा बेरोजगार, मन्त्री वा सचिव सबैले रुची राखेको कारण नियमको अभावमा सधैं किचलो उत्पन्न हुने तथा झै–झगडाको अवस्था समेत सृजना हुने भएकोले तत्काल दलहरुबीचको राजनीतिक सहमति कायम हुन नसकी संविधान सभाको बैठक अवरुद्ध भएको अवस्थामा र मूल कानून निर्माण हुन नसकेको हुँदा तत्काल केही न केही गर्नै पर्ने भएकोले यो नियमको तर्जुमा गरिएको छ । Continue reading >> तासको म्यारीज खेलको विधान

‘सामसुङले ५ सेन्टका ३० ट्रक सिक्का पठाएर एप्पलको जरिवाना तिर्‍यो रे’

प्रतिलिपी अधिकारको कुरा गर्ने हो भने सामसुङ र एप्पलको नाम नबिर्सिए हुन्छ । एउटाले अर्कोको प्रतिलिपी निकाल्यो भनेर दुवै कम्पनीहरुको अर्को कम्पनीका विरुद्धमा अदालती कारबाहीमा छन् । कति देशमा सामसुङले एप्पललाई कुनै सफ्टवेयरमा चोरीको बात लगाएर मुद्धा हालेको छ भने कति देशमा एप्पलले सोही कारण भन्दै सामसुङका विरुद्धमा मुद्धा हालेको छ । तर भर्खरै एक अमेरिकी अदालतले एप्पलको प्रतिलिपि अधिकार हनन् गरेको भन्दै सामसुङ कम्पनीमाथि १ अर्ब डलर जरिवाना गर्ने फैसला सुनाएपछि भने दृष्यमा केही फरकपन देखिएको छ । तर अचम्मको दृष्य त तब देखियो, जब सामसुङले एप्पललाई १ अर्ब डलर जरिवाना तिरेको कुरा बाहिर आयो ।

समाचार भन्नु भन्दा पहिले, तपाई सोच्नुहोस् त, त्यत्रो धेरै रकम सामसुङले कसरी तिर्‍यो होला ? क्यास ? वा चेक दियो ? वा सुन वा हिरा दियो कि ? हैन, सामसुङले त ५ सेन्टका ३० ट्रक सिक्का पठाएर एप्पलको जरिवाना तिर्‍यो रे । राम ! राम ! त्यत्रो सिक्का अब एप्पलले कहिलेसम्म गनेर सक्ने होला । आज फेसबुक तथा इन्टरनेटका विभिन्न साइट तथा ब्लगहरुमा सम्प्रेषण भइरहेको समाचार हो यो । वास्तवमा, भएको चै के हो त ?
Continue reading >> ‘सामसुङले ५ सेन्टका ३० ट्रक सिक्का पठाएर एप्पलको जरिवाना तिर्‍यो रे’

Photobucket

Online Users

21 Users Online