हामी फगत पिँधबिनाको लोटा !

लोटा आकारमा डोलो, पिँधको सहाराले ठ्याक्क अडिने स्वभाव भएको धातुको भाँडो । फिल्टर, जग र कोकाकोलाको बोतलहरुले घरघरमा आफ्नो उपस्थिती जनाउनु अगाडी लोटाको महत्व निकै ठुलो थियो । किसानलाई पानी पुर्याउन होस् कि पूजामा देउतालाई ‘आचमनम् समर्पियामी’ गर्न होस् या रातमा भरअभरका लागि पानी जगेडा राख्न होस्, लोटा नै प्रयोग गरिन्थ्यो । पुरानो लोटा गाउँघरतिर पाइखाना जाँदा पानी बोक्नमा प्रयोग भएको पनि देखिन्थ्यो । आजका पुस्ताले यो देखे/देखेनन्, तर पुस्तौं विभिन्न किसिमले लोटालाई प्रयोग गर्ने हाम्रा पुर्वजहरुले पनि सोचेनन् सायद, लोटाको पिँध झिकिदिने हो भने लोटा कसरी अडिएला ! कसैले सोचे पनि र नसोचे पनि हामी नेपाली नागरिकहरु फगत पिँध बिनाका लोटा जस्ता थियौं र आज पनि उही चरित्र निभाइरहेका छौं ।
Continue reading >> हामी फगत पिँधबिनाको लोटा !

पढ्न, पढाउँन चै नपाउँने तर उत्तर चै दिनै पर्ने ?

-डा. मतिप्रसाद ढकाल-
केही बर्षअघि एसएलसीको अनिवार्य नेपाली बिषयको परिक्षामा प्रकृति प्रत्यय छुट्याउँन भवितव्य शब्द सोधिएको रहेछ । जसको उत्तरपुस्तिका परिक्षण गर्ने समयमा संस्कृतमा स्नातक गरेर बर्षौदेखि नेपाली पढाइरहेका शिक्षक पनि द्धिविधामा परेर मलाई सोधेका थिए । संस्कृत व्याकरणमा शास्त्री (स्नातक) गर्दै गरेका एकजना विद्यार्थी भाईले अस्ति भर्खरै अनिवार्य नेपाली बिषयमा सोधिएको ‘गरिमा’ शब्दको प्रकृति प्रत्यय मैले ‘गर्+इमा’ लेखिदिएँ भनेर मलाई सुनाए । Continue reading >> पढ्न, पढाउँन चै नपाउँने तर उत्तर चै दिनै पर्ने ?

आधा नेपाललाई जेल बनाऔँ, सबैलाई थुनौँ

नेपाली राजनीतिमा अहिले तीनवटा ठुला पार्टी छन् । एउटा माओवादी केहि बर्ष पहिले शसस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएको, बाँकी कांग्रेस र एमाले निकै पहिले शसस्त्र विद्रोह गरेका । नेपालका तीनै ठुला पार्टीहरुले शसस्त्र विद्रोह गरेका भएपनि कुनैले पनि शसस्त्र विद्रोह गर्दै सत्ता बदल्न सकेनन् । सबै शान्तिको बाटोमा आए, चुनाव मार्फत आफुलाई नेपाली राजनीतिमा जनताबाट अनुमोदन गराए, साराशं यति हो । फरक कति हो भने माओवादीले हामीले देख्दा देख्दै शसस्त्र विद्रोह गर्यो । मिडिया थियो, एकैछिनमा देशविदेशका सबैले थाहा पाए मान्छे मरेको । कांग्रेस एमालेले हतियार उठाउँदा अहिले फेसबुक, ट्विटरमा रमाउँने, पत्रकारिता गर्ने हामी धेरै जन्मिएकै थिएनौं । मिडिया भनेको रेडियो नेपालमात्रै थियो । ब्रेकिङ दिने निहुँमा तिललाई पहाड बनाउँने मिडियाहरु थिएनन् । पार्टी पिच्छेका पत्रकारहरु हुने कुरै भएन ।
Continue reading >> आधा नेपाललाई जेल बनाऔँ, सबैलाई थुनौँ

‘आफ्नोपनको सन्दर्भमा’

-घनेन्द्र ओझा-
आफूसँग जे चीज छैन अथवा जुन कुरा हराउँदै गएको हुन्छ, त्यसप्रति मोह जाग्नु मानवीय स्वभाव हो । आजका युवतीहरु हेर्नुस् न कति जना सारीचोलो लगाउन लालायित देखिन्छन् ? झन्डै दुई दशक अघि नेपाली समाज आधुनिकीकरणको चरणमा प्रवेश गरेको हो, सामाजिक, सांस्कृतिक रुपमा । आधुनिकता (कताकती स्वेच्छाचारिता पनि हो कि) अतिविकसित र सभ्यतासम्पन्न युरोप, अमेरिकामा जस्तो हजुरबा हजुरआमाले आँखा छोप्ने गरीका पहिरनसम्म भने पुगिसकेको छैन ।

युवती मात्र किन हाम्रा युवकहरु कतिले लगाउलान् दौरा सुरुवाल ? कतिका शिरमा छन् पाल्पाली वा भादगाउँले टोपी ? आधा दर्जन ठाउँमा प्वाल पारिएका जिन्स पाइन्ट र टालटुल पारिएका टिर्सट अधिकांश युवाका नियमित पहिरन मानिन थालेका छन् । अलिक स्तरीयता खोज्नेले टाई-सुट लगाउँछन् । आजको हाम्रो समाज यस्ता सामाजिक, सांस्कृतिक, मानवीय जीवनका हरेक कुरामा परिवर्तनको पक्षमा देखिन्छ । पुरातन संस्कार र सामाजिक मूल्यमान्यता र धारणामा परिवर्तनको चाहना राखिरहेको छ नेपाली जीवन ।
Continue reading >> ‘आफ्नोपनको सन्दर्भमा’

‘कुकुर झै खेदिदै आएर पशु झै थेत्तरो भएर बसियो ।’

भारतको दिल्लीमा ६ जना बर्बर दानवहरुले एक युवतीलाई बलात्कार गरे । बलात्कार अघि र पछिका कुटपिट र यातनाका कारण उपचारकै क्रममा ती युवतीको निधन भयो । भारतभर अहिले सो कुराको बिरोधमा आवाज एक भएको छ । बलात्कारी हत्याराहरुलाई फाँसीको सजायका लागि दिनहुँ जसो जुलुस र प्रदर्शन भइरहेका छन् । नेपालमा पनि केहि समयदेखि श्रृंखलाबद्धरुपमा महिला हिंसाका खबरहरु आइरहेका छन् । प्रहरीबाट बलात्कार, सैनिक जवानबाट बलात्कार, बाबुबाट बलात्कार, श्रीमानबाट जिउँदै जलाएर हत्या, बिहे गर्न नमानेको भन्दै जिउँदै आगो लगाइएको जस्ता यावत समाचारहरु एकपछि अर्को गर्दै आइरहेका छन् । आखिर किन हुन्छ त यस्तो ? हो, कानुन खुकुलो भएर । यस्ता दानवहरुलाई यति दर्दनाक सजाय हुनु पर्छ कि अरु कसैभित्र दानव उठ्न नपाओस् ।

त्यतिमात्र हैन । हामी कतिपयहरुले सानातिना ख्याल ठट्टा र रमाइलो मानेर गरेका कुराहरुले पनि महिलाहरुको सोचाइ र भोगाइमा ठुलो अन्तर ल्याइदिन्छ । उनीहरु माथि हुने गरेका यस्ता हिंसा र बलात्कार लगायतका घटनाका जननी यस्ता सानातिना कुराहरु पनि हुन सक्छन् । क्रिकेट हेर्न टियु क्रिकेट मैदान पुगेकी एक युवतीको लेख प्रस्तुत गर्दैछु यहाँ । एक पटक लाइभ हेर्न खेल मैदान पुगेकी उनी जिन्दगीभर खेलमैदान नजाने कसम खान किन बाध्य भइन् ? एक पटक पढेर विचार गर्ने हो कि !
Continue reading >> ‘कुकुर झै खेदिदै आएर पशु झै थेत्तरो भएर बसियो ।’

‘मात्र पचहत्तर सयमा थेसिस् गरिन्छ’ रे !

यो तस्विर मैले काठमाण्डौंमा पुरानो बसपार्कको बिजुलीको पोलबाट झन्डै एक बर्ष अगाडी खिचेको हुँ । मैले सोही समयमा यसबारे पहिलो पटक ब्लग लेखेको थिएँ । पछि थाहा पाएँ, मभन्दा अगाडी पनि अरु ब्लगरहरु तथा पत्रिकाले यसबारे लेखेका रहेछन् । तर सबै उस्तै छ अझै पनि ।
Continue reading >> ‘मात्र पचहत्तर सयमा थेसिस् गरिन्छ’ रे !

मासु खानकै लागि देउताको नाम भजाउँनु ठिक कि बेठिक ?

मासु खानेलाई दशैं भनेकै टन्न मासुका परिकार बनाएर खान पाउँने चाड हो जस्तो लाग्छ । मासु खानेका लागि मासु बिनाको दशैंको कल्पना गर्न पनि मुस्किल हुन्छ । अरु समयको तुलनामा दशैंमा मासुका लागि पशुहरुको माग र मुल्य अत्याधिक बढि हुन्छ । देवीको नाममा अष्टमीका दिन पशुबलि चढाएर दशैंभरका लागि मासु प्रयोग गरिन्छ । जसै जसै दशैं नजिकिन थाल्छ र मासुका लागि पशु किन्नेहरुको गतिबिधि बढ्न थाल्छ, तब तब मासु खाँदाका बेफाइदाहरु र पशुबलिका विपक्षीमा लेखहरु प्रकाशित हुन थाल्छन् । मासु नखानेहरु खुलुरै बिरोध गर्छन् भने खानेहरुको समर्थन मासु खान पाउँनु पर्छ भन्ने तिरै हुन्छ । तर आजभोली मासु खान हुन्छ या हुन्न भन्नेभन्दा पनि मासु खानकै लागि देउताको नाम भजाउँन हुन्छ कि हुन्न ? भन्नेमा बहस बढि भएको देखिन्छ । वैज्ञानिक तर्क गर्ने हो भने फरक कुरा हो । यसका पुष्टिका लागि विभिन्न सोधखोज पल्टाउँन सकिन्छ । तर यहाँ हामीले मासु खान हुने कि नहुने भन्दा पनि पशुबलि ठिक कि बेठिक भनेर छलफल गर्न खोजेको छ । यहाँ पशुबलि उचित हो भन्ने एक विद्धान र पशुबलि पाप हो भन्ने अर्का विद्धानका धार्मिक तथा शास्त्रिय तर्कहरु यहाँ राखिएको छ । हेरौं न त, पशुबलिका बारेमा विद्धानहरुको धार्मिक तथा शास्त्रिय मत कस्तो छ ?
Continue reading >> मासु खानकै लागि देउताको नाम भजाउँनु ठिक कि बेठिक ?

विद्यालयले विज्ञापन गर्न नपाउने नियम कस्तो लाग्यो ?

हाम्रा विद्यालयहरु, खास गरि काठमाण्डौंका टेन प्लस टुहरुले त अति नै गरेका छन् । कसले धेरै विद्यार्थी भित्र्याउँने भन्ने प्रतिस्पर्धामा जतिसुकै खर्च र विज्ञापन गर्न तयार छन् । धेरै विद्यालयले त यो प्रतिस्पर्धा आफ्नो नामैबाट सुरु गरेका छन् । सस्तो लोकप्रियताका लागि फुटबल क्लबकामात्र हैन, अमेरिका र बेलायतका लगभग सबै सहर तथा प्रान्तका नामहरु भएका विद्यालयहरु काठमाण्डौंमा मात्रै पाइएलान् । यतिमात्रै हैन, पत्रिका, टिभी, रेडियोमा महिनौं लाखौंको विज्ञापन प्रसारण गर्छन् । विद्यालयदेखि बाटोसम्म स्वागत गेटहरु नबनाएका त विद्यालय पाउँनै मुस्किल होला । हुँदाहुँदा कुनै कुनै विद्यालयले त भर्ना हुनेलाई ल्यापटप बाढ्नेसम्मको विज्ञापन आएको थियो । आखिर यो सबैको खर्चमा पिसिने उही विद्यार्थी नै त हो । तर अब यो क्रम बन्द होला जस्तो छ । अस्वस्थ विज्ञापन र सस्तो तडकभडकले विकृति बढेको गुनासो बढेपछि शिक्षा विभागले यसको अनुसन्धान गरेर सुझाब दिन कार्यदल बनाएको थियो । कार्यदलले आधारभूत तहको लागि ३ लाख र त्यसभन्दा माथिलाई ५ लाख रुपैंयासम्म विज्ञापनमा खर्च गर्न पाउने गरी मापदण्ड बनाउन सरकारलाई सुझाब दिएको रहेछ । तर सुझाब पाएपछि शिक्षामन्त्री दिनानाथ शर्माले भने विद्यालयले विज्ञापन नै दिन नपाउँने नियम बनाउँन लागेको खबर आएको छ ।

तडकभडक रोक्न भन्दै विद्यालयले विज्ञापन नै दिन नपाउँने नियम बनाउँनु सहि हो कि हैन ? तपाईलाई के लाग्छ ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस् है । हेरौं न, हामीहरु कति यसको पक्षमा र विपक्षमा रहेछौं !
Continue reading >> विद्यालयले विज्ञापन गर्न नपाउने नियम कस्तो लाग्यो ?

राम्रो कुरो, तर लागू होला त ?

-माधवरत्न ख्वबी-
चुनावमा पार्टीका शिर्षनेताहरुले हारिन्छ कि भनेर दुई ठाउँबाट लड्ने गर्छन् । एक ठाउँबाट हारे पनि अर्कोबाट कसो नजितिएला भन्ने उनीहरुको सोचाइ नै यस्को एकमात्र कारण हो । तर यो सोच निसकोंच आफै प्रतिको अविश्वास हो । यसर्थ आफुमा हिम्मत र इमान्दारिता छ भने एकै ठाउँबाट उठे पनि चुनाव जित्न सकिन्छ तर आफैप्रतिको अविश्वास र डरछेरुवा पाराले जति ठाउँबाट चुनावमा उठे पनि मरिगए जित्न सकिदैन ।

फेरि दुई ठाउँबाट चुनावमा उठेकाहरुले दुबै ठाउँबाट जिते एक ठाउँ छोड्नु पर्ने हुन्छ र सो ठाउँमा पुन: उपचुनाव गर्नु पर्ने हुन्छ । यसो गर्दा समय र पैसा दुबैको बर्बादी मात्रै हुन्छ । प्रचण्ड, शेरबहादुर देउवा, उपेन्द्र यादव र विजयकुमार गच्छेदारले संविधानसभामा दुबै क्षेत्रबाट जितेपछि सोही ठाउँमा फेरि गरिएको चुनावको हैरानीले पनि प्रस्ट पार्छ । Continue reading >> राम्रो कुरो, तर लागू होला त ?

Photobucket

Online Users

29 Users Online