दण्ड-क्षमा कि अर्कै केहि ?

प्रजातन्त्र सूचाकंमा नर्बे २०१० मा पहिलो नम्बरमा थियो । अहिले पनि नर्बे नै होला पहिलो नम्बरमा । यो संसारकै सबैभन्दा बढि प्रजातन्त्र भएको देशमा बच्चालाई ‘हातले भात खुवाएको’ भन्दै केहि भुटानी शरणार्थीका बालबालिका बाउआमाबाट खोसेर फोस्टर फेमेलीलाई दिइएछ । यस्तै ‘ओछ्यानमा आफुसँगै सुताएको’ भन्ने बहानामा पनि बच्चा खोसिएछ । एक भारतिय बाउआमाले आफ्नो बच्चालाई ‘रोटी र परौठा मात्रै धेरै खुवाएको’ भनेर बच्चा खोसेपछि यो मुद्दा भारत र नर्बेको कुटनीतिक सम्बन्धमै खैलाबैला मच्चिएको थियो ।
Continue reading >> दण्ड-क्षमा कि अर्कै केहि ?

जे भयो, तपाई हाम्रै कारणले भयो । नथाकौं ।

श्रृखंलाहरु यसरी नै जोडिन्छन् । म बोल्छु । लेख्छु । कसैले नसुन्लान् । तपाई बोल्नुहुन्छ । लेख्नुहुन्छ । फेरि पनि कसैले नसुन्लान् । सुनेर पनि नसुने झै गर्लान् । जब हामी सबै बोल्छौै र लेख्छौं एकैसाथ, तब प्रतिकारमा उत्रिएलान् । अनेक तिकडम् गर्लान् । जालझेल र भ्रमको पर्दा च्यातेर जब हामी अगाडी बढिरहन्छौं तब निस्किन्छ निष्कर्ष । तब पुग्छ राज्य निर्णयमा । अनि मात्र खुल्छ सम्भावनाको ढोका । अनि बाँकी रहन्छ उज्यालो भविष्यको आशा अझै पनि ।

यस्तै त भइरहेको छ मोनसान्टोलाई रोक्ने हाम्रो प्रयासमा । पहिले एक्ला एक्लै लेखियो । कसैले सुनेन् । हामी सबैले लेख्न थाल्यौं । अब सुनेका छन् सबैले । जालझेल र भ्रमको पर्दा लगाउँन सुरु भइसक्यो । तिकडमका नयाँ नयाँ श्रृखंलाहरु खुल्न सुरु गरिसकेका छन् । हामीलाई नै झुक्याउँने गरि, कतै हामी बढि नै भावुक पो भयौं कि । कतै हामी गलत नै पो थियौं कि । तर होइन । श्रृखंला हेर्नुहोस् त
Continue reading >> जे भयो, तपाई हाम्रै कारणले भयो । नथाकौं ।

ख्याती चाहिएन, नतिजा निस्कियोस्

हिजो मैले मोनसान्टो किन नेपालमा मात्रै हैन, पृथ्वीको कुनै पनि भुमिमा उपयुक्त छैन भनेर सकेसम्म धेरैसम्म जानकारी पुगोस् भनेर सबैले बुझ्न सक्ने एउटा ब्लग पानीफोटोमा लेखेको थिएँ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् शिर्षकमा । यसलाई जस्ताको तस्तै कपी गरेर आफ्नो फेसबुकमा अपडेट गरेँ अनि पानीफोटोको फेसबुक पेजबाट सेयर गरेँ । लेख सेयर भएको केहि घण्टामै निकै सेयर भयो । सो सन्देश केहि समयपछि मेरो फेसबुक टाइमलाइनमा एकपछि अर्को गर्दै आउँन थाले । आखिर मैले चाहेको पनि यही थियो, सकेसम्म ज्यादा सेयर होस् । धेरै भन्दा धेरैले थाहा पाउन् मोनसान्टो कहरका बारेमा ।

तर आज एउटा इमेलले भने केहि अचम्म पार्यो । इमेलमा लेखिएको थियो – ‘चुस्स केहि कुरा पाउँनु हुन्न, तिललाई पहाड बनाइहाल्ने । बिना पुष्टिका तर्कहरुलाई कारण बनाएरै भएपनि निकै सेयर बटुलियो है फेसबुकमा । कति कमाइयो ? अब त बिस्तारै दाम पनि नाम पनि ।’ Continue reading >> ख्याती चाहिएन, नतिजा निस्कियोस्

भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस्


चुप लागेर बसे माटो बिग्रिन्छ, भविष्य बिग्रिन्छ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् । चुप लागेर बस्न नहुने कारणहरु यस्ता छन्

१. छिमेकी भारतमा ३ लाख कृषकहरुले यही मोनसान्टो मकैको कारण आत्महत्या गर्न बाध्य भए ।

कारण : यो मकैको बिउलाई भिटामिन र मल अत्याधिक चाहिन्छ । खर्च गरेर रोप्यो, गफ दिए जति कुनै हालतमा फल्दैन । अर्को बर्ष पनि यही मकैको बिउ किनेरै लगाउँनै पर्छ । रिन बढ्दै जान्छ, प्रतिफल घट्दै जान्छ । Continue reading >> भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस्

विल ओरेलीलाई खुला पत्र – सुदर्शन सुवेदी ‘त्यो नेपाली मान्छे’ मात्र होइनन्

अमेरिकाको फक्स न्युज च्यानलको एउटा कार्यक्रममा अंग्रेजी बोल्न नजानेको भन्दै अपाङ्गका मुक्तिदाता भनेर चिनिएका सुदर्शन सुवेदीलाई गिज्याएपछि विश्वभर यसले धेरैको ध्यान खिचेको छ । यसै सन्दर्भमा भारतको नयाँदिल्ली बस्ने प्रज्ञा मिश्रले गिज्याउँने पत्रकारलाई खुला पत्र लेखेकी छिन् । उनले पत्रकार विल ओरेलीलाई लेखेको खुलापत्र फेसबुक, ट्विटर लगायतका सोसल साइटहरुमा खुब सेयर भइरहेको छ । सो खुलापत्रलाई महेश भट्टराईले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर पानीफोटोमा पठाउँनु भएको छ । अंग्रेजीमा भएर पढ्न नपाउँनु भएकाहरुले पढ्नुहोला ।
Continue reading >> विल ओरेलीलाई खुला पत्र – सुदर्शन सुवेदी ‘त्यो नेपाली मान्छे’ मात्र होइनन्

हामी फगत पिँधबिनाको लोटा !

लोटा आकारमा डोलो, पिँधको सहाराले ठ्याक्क अडिने स्वभाव भएको धातुको भाँडो । फिल्टर, जग र कोकाकोलाको बोतलहरुले घरघरमा आफ्नो उपस्थिती जनाउनु अगाडी लोटाको महत्व निकै ठुलो थियो । किसानलाई पानी पुर्याउन होस् कि पूजामा देउतालाई ‘आचमनम् समर्पियामी’ गर्न होस् या रातमा भरअभरका लागि पानी जगेडा राख्न होस्, लोटा नै प्रयोग गरिन्थ्यो । पुरानो लोटा गाउँघरतिर पाइखाना जाँदा पानी बोक्नमा प्रयोग भएको पनि देखिन्थ्यो । आजका पुस्ताले यो देखे/देखेनन्, तर पुस्तौं विभिन्न किसिमले लोटालाई प्रयोग गर्ने हाम्रा पुर्वजहरुले पनि सोचेनन् सायद, लोटाको पिँध झिकिदिने हो भने लोटा कसरी अडिएला ! कसैले सोचे पनि र नसोचे पनि हामी नेपाली नागरिकहरु फगत पिँध बिनाका लोटा जस्ता थियौं र आज पनि उही चरित्र निभाइरहेका छौं ।
Continue reading >> हामी फगत पिँधबिनाको लोटा !

पढ्न, पढाउँन चै नपाउँने तर उत्तर चै दिनै पर्ने ?

-डा. मतिप्रसाद ढकाल-
केही बर्षअघि एसएलसीको अनिवार्य नेपाली बिषयको परिक्षामा प्रकृति प्रत्यय छुट्याउँन भवितव्य शब्द सोधिएको रहेछ । जसको उत्तरपुस्तिका परिक्षण गर्ने समयमा संस्कृतमा स्नातक गरेर बर्षौदेखि नेपाली पढाइरहेका शिक्षक पनि द्धिविधामा परेर मलाई सोधेका थिए । संस्कृत व्याकरणमा शास्त्री (स्नातक) गर्दै गरेका एकजना विद्यार्थी भाईले अस्ति भर्खरै अनिवार्य नेपाली बिषयमा सोधिएको ‘गरिमा’ शब्दको प्रकृति प्रत्यय मैले ‘गर्+इमा’ लेखिदिएँ भनेर मलाई सुनाए । Continue reading >> पढ्न, पढाउँन चै नपाउँने तर उत्तर चै दिनै पर्ने ?

आधा नेपाललाई जेल बनाऔँ, सबैलाई थुनौँ

नेपाली राजनीतिमा अहिले तीनवटा ठुला पार्टी छन् । एउटा माओवादी केहि बर्ष पहिले शसस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएको, बाँकी कांग्रेस र एमाले निकै पहिले शसस्त्र विद्रोह गरेका । नेपालका तीनै ठुला पार्टीहरुले शसस्त्र विद्रोह गरेका भएपनि कुनैले पनि शसस्त्र विद्रोह गर्दै सत्ता बदल्न सकेनन् । सबै शान्तिको बाटोमा आए, चुनाव मार्फत आफुलाई नेपाली राजनीतिमा जनताबाट अनुमोदन गराए, साराशं यति हो । फरक कति हो भने माओवादीले हामीले देख्दा देख्दै शसस्त्र विद्रोह गर्यो । मिडिया थियो, एकैछिनमा देशविदेशका सबैले थाहा पाए मान्छे मरेको । कांग्रेस एमालेले हतियार उठाउँदा अहिले फेसबुक, ट्विटरमा रमाउँने, पत्रकारिता गर्ने हामी धेरै जन्मिएकै थिएनौं । मिडिया भनेको रेडियो नेपालमात्रै थियो । ब्रेकिङ दिने निहुँमा तिललाई पहाड बनाउँने मिडियाहरु थिएनन् । पार्टी पिच्छेका पत्रकारहरु हुने कुरै भएन ।
Continue reading >> आधा नेपाललाई जेल बनाऔँ, सबैलाई थुनौँ

‘आफ्नोपनको सन्दर्भमा’

-घनेन्द्र ओझा-
आफूसँग जे चीज छैन अथवा जुन कुरा हराउँदै गएको हुन्छ, त्यसप्रति मोह जाग्नु मानवीय स्वभाव हो । आजका युवतीहरु हेर्नुस् न कति जना सारीचोलो लगाउन लालायित देखिन्छन् ? झन्डै दुई दशक अघि नेपाली समाज आधुनिकीकरणको चरणमा प्रवेश गरेको हो, सामाजिक, सांस्कृतिक रुपमा । आधुनिकता (कताकती स्वेच्छाचारिता पनि हो कि) अतिविकसित र सभ्यतासम्पन्न युरोप, अमेरिकामा जस्तो हजुरबा हजुरआमाले आँखा छोप्ने गरीका पहिरनसम्म भने पुगिसकेको छैन ।

युवती मात्र किन हाम्रा युवकहरु कतिले लगाउलान् दौरा सुरुवाल ? कतिका शिरमा छन् पाल्पाली वा भादगाउँले टोपी ? आधा दर्जन ठाउँमा प्वाल पारिएका जिन्स पाइन्ट र टालटुल पारिएका टिर्सट अधिकांश युवाका नियमित पहिरन मानिन थालेका छन् । अलिक स्तरीयता खोज्नेले टाई-सुट लगाउँछन् । आजको हाम्रो समाज यस्ता सामाजिक, सांस्कृतिक, मानवीय जीवनका हरेक कुरामा परिवर्तनको पक्षमा देखिन्छ । पुरातन संस्कार र सामाजिक मूल्यमान्यता र धारणामा परिवर्तनको चाहना राखिरहेको छ नेपाली जीवन ।
Continue reading >> ‘आफ्नोपनको सन्दर्भमा’

Online Users

12 Users Online