सडक दुर्घटनामा मोटरसाइकल आलु जस्तो !!!

काठमाण्डौ छदा यातायातको साधनका रुपमा मोटरसाइकलको खुबै प्रयोग गरियो । मेरो एकजना साथी र मैले एकदिन अघिपछि पारेर मोटरसाइकल किन्यौँ । दुवैजना उत्तिकै पारंगत । भर्खरै मोटरसाइकल चलाउँन सिकेका हाम्रा लागि काठमाण्डौको सडक उत्तिकै रोमाञ्चक । दिनभरका अनुभवहरु बेलुका भेट्ने बित्तिकै सुनाइहाल्ने एकअर्कालाई । ‘अब त म पर्फेक्ट ! जस्तोमा पनि स्वाट् स्वाट् झिराइदिन्छु । मलाई लगभग कसैले पछाडीबाट आएर जित्दैनन् ।’ मेरो साथीले धक्कु लाउँदै मलाई सुनाउँथ्यो । म भने बुढीले ‘के साइकल जस्तो चलाइर’को ? अलिकति स्पिड बढाउनु न !’ भनेको कुरा लुकाउँथे र मर्लास् है भनि उसलाई तर्साउथेँ । मेरा कुराले के चेत्थ्यो र उ ! मेरै अगाडी कति पटक स्टन्डबाजी देखाउथ्यो राजधानीका सडकमा ।
Continue reading >> सडक दुर्घटनामा मोटरसाइकल आलु जस्तो !!!

छन् त, लोकतन्त्र र विकासका नमुना

-अर्पण खरेल, झापा-
भारतका लोकप्रिय नेता जवाहरलाल नेहरुलाई एक सज्जनले आक्रोशित शैलीमा सोधे, तिम्रो लोकतन्त्रले के दियो ? उत्तरमा उनले भनेका थिए, एउटा देशको शीर्ष नेतालाई यसरी प्रश्न गर्ने अधिकार तपाईलाई कसले दियो ? त्यस घटनाको स्मरण गर्दा देशमा लोकतन्त्रको आभास हुन सकेन भनेर हामीले मुर्मुरिनु व्यर्थ छ । धर्म निरपेक्ष भएपनि अधिकांश जनता हिन्दु रहेको यस देशमा गीताको सही अनुसरण गरिरहेका देशका अगुवालाई आचारहिन, कर्तव्यविमुख भन्दै गाली गर्न हामी अभ्यस्त भइसक्यौं । यसै ग्रन्थलाई एकपल्ट पल्टाएर नियालने हो भने खोट हामी जनतामा पनि देखिन्छ । यसमा बुझिने सरल भाषामा लेखिएको छ, कर्म गर, फलको आशा नगर । अर्थात्, मतदान तिम्रो कर्म हो, मत दिएर आफ्नो कर्म पूरा गर तर किन फलरुपी विकास निर्माणको कामको आशा गर्छौ ? नगर । यसलाई खर्लप्पै निलेका पण्डित पुरोहित त मौका मिल्ने साथ नेताहरुलाई गाली गर्छन् । सामान्य मानिसले त्यस्तो मर्म कसरी बुझ्ने ? Continue reading >> छन् त, लोकतन्त्र र विकासका नमुना

सुन्दरताको पोष्टमार्टम

beauty eyes-हरिहर शर्मा-
‘बाहिरी सुन्दरता पनि के सुन्दरता, भित्री सुन्दरता पो सुन्दरता’, यसप्रकार जतिसुकै आदर्श छाँटेपनि बाहिरी सुन्दरतामा जो कोही मोहित हुने गर्छ । भित्री मन बुझ्ने काम दोस्रो प्राथमिकतामा पर्छ । यो बाध्यता पनि हो । किनकि भित्री मन बुझ्नु बाहिरी सुन्दरता हेर्नुजति सहज र सुलभ छैन । नजरमा आउने हरेकको क्षणभरमै आन्तरिक मोहक जाँच्ने काम गर्न गाह्रो छ । त्यसैले होला, आँखाले जे देख्यो बाहिरी पुष्टता, मनले त्यसै अनुसार परीक्षण गर्छ र दोस्रो पक्षमा आकर्षणको न्यूनतम खुराक विद्यमान रहे नरहेको मूल्याङ्कन गर्छ ।

सुन्दरताप्रतिको यस्तै मानवीय सोचाइ बुझेर होला, आफूलाई सजाएर राख्न कसैले कुनै कसर बाँकी राख्दैनन् । यस्तो बुझाइ जन्मिएपछि बच्चाले सास फेर्न जानेजत्तिकै स्वचालित छ । यो कुरा वेग्लै हो, सजिने होडमा कहिले कोही अगाडि रहन्छन् भने कहिले कोही पछाडि । यो एउटा पाटो भयो भने अर्कोतिर, सुन्दरता दृष्टिकोणमा निर्भर रहने सापेक्ष विषय हो । एकले गरेको लचकताको विश्लेषण अर्काका लागि अरुचिकर भद्दा बयान हुनसक्छ । कोही त्यही एउटैमा समाहित हुन चाहलान्, जहाँ बाँकी कसैको ध्यानसम्म गएको हुँदैन । Continue reading >> सुन्दरताको पोष्टमार्टम

हनुमानढोका लज – कँही छ यस्तो सुबिधा !

-नरेन्द्र सुवेदी-
लज शब्दलाई थोरैमात्र परिभाषित गर्दा, पैसा तिरी बस्न र खान पाउँने ठाउँ भन्ने बुझिन्छ । मैले सम्बोधन गरेको हनुमान ढोका लज भने अलि फरक छ । मेरो बुझाईको लज र यो हनुमान ढोका लज बीचमा कुनै पनि तालमेल छैन, सिवाय खान र बस्न पाउँनु । यो लज काठमाण्डौ बसन्तपुरको कालभैरवको अग्लो मूर्तिको ठिक पश्चिमपट्टी छ । कहिलेकाँही बाटो पर्दा एक पटक आफ्नो नजर यसतर्फ पनि लगाई दिनु होला ।

पुरानो राणाकालिन सेतो रंगको घरलाई हनुमान लज बनाइएको छ । लज धनीमानीको झै देखिन्छ । ढोकामा चौकिदारहरु प्रशस्त छन् । अर्थात यो हनुमानढोका प्रहरी कार्यालय हो । Continue reading >> हनुमानढोका लज – कँही छ यस्तो सुबिधा !

मलाई भ्रम भो मालिक

स्वतन्त्र न्यायपालिका ठुलो कि ?
स्वतन्त्र पत्रकारिता ?
मलाई भ्रम भो मालिक

यसो शिर उठाएर हेर्छु
न्यायको हतौडा लिएर बसेका एक स्वतन्त्र देख्छु
यसो नजर घुमाउछु
टिशर्ट लाएर उभिएका अर्का स्वतन्त्र देख्छु
स्वतन्त्र र स्वतन्त्रको घच्चाघच्चीमा
मलाई भ्रम भो मालिक
स्वतन्त्र न्यायपालिका ठुलो कि ?
स्वतन्त्र पत्रकारिता ?
Continue reading >> मलाई भ्रम भो मालिक

होमस्टेका लागि हामी कति तयार छौ ?

नेपालमा होमस्टे सञ्चालन गर्नेले प्रयोग गर्नु पर्ने लोगो

ठुला ठुला होटल र सुबिधासम्पन्न होटलको खोजीमा नेपाल आउँने पर्यटकको संख्या एकदमै कम हुन्छ । नेपालमा भएको प्रकृति, कला र संस्कृति नै पर्यटन आकर्षणको मुल आधार हो । यसैले देखावटी सम्पन्नता भन्दा आफ्नै शैलीमा हामीले पर्यटकलाई तान्न सके त्यो दिगो र परिणाममुखी हुन्छ । यसका लागि होमस्टे अवधारणा धेरैहदसम्म सही र दिर्घकालिन हुन सक्छ । नेपालका कैलाली र लमजुंगजस्ता ठाउँहरुमा यसको प्रयोगबाट त्यहाँका स्थानियले लाभ लिइरहेका छन् । होमस्टे वास्तवमा कति सजिलो अवधारणा हो भन्ने जानकारीका लागि भियतनामको होमस्टेबाट प्रभावित एक नेपालीको भियतनामको होमस्टेमा जे देखे त्यो यहाँ राखिएको छ । हेर्नुहोस्
Continue reading >> होमस्टेका लागि हामी कति तयार छौ ?

महाभारत एपिसोड ९३ र हामी

म अहिले आफ्नो बानीको बारेमा लेख्न बसेको हैन । टर्म पेपर लेख्नु छ, भोली राती ११ बजेर ५८ मिनेटसम्ममा अपलोड गरिएन भने अपलोड भन्ने बटन नै हराउँछ । त्यसपछि सबै किसिमका बहाना र उपायहरु सकिन्छन् । अहिले एउटैमात्र उपाय छ, जसरी पनि लेखिसक्नु र सकिने समय अगाडी नै अपलोड गर्नु । तर म भन्दैछु नि, आफ्नो बानीको बारेमा लेख्न बसेको हैन तर बानी यस्तो छ कि गाली नगरि बस्नै सकिदैन । पढ्ने बेलामा छेउमा टिभी या रेडियो बोलिरहेको हुनु पर्छ ।

यसैले, छेउको मोनिटरमा युट्युबबाट बि आर चोपडा र रवि चोपडाले बनाएको महाभारत चल्दैछ । महाभारत एपिसोड ९३ । युद्ध सकियो । छोराहरुको निर्मम हत्या गर्ने पाण्डवहरुलाई श्राप दिन लागेकी गान्धारीलाई व्यास सम्झाउँदै भन्दैछन् – युद्धको लेखाजोखा गर्ने बेला अहिले (युद्ध सकिने बित्तिकै) हैन । इतिहासले सबै हिसाबकिताब गजबले गर्ने छ । मनमा ठ्याक्क छोयो, अरे हामी पनि त ठ्याक्कै युद्ध सकिएको अवस्थामा छौं । युद्धका हिसाबकिताबका कुरा खुब चल्दै छ । मैले कर्सर केहि बाँया सारेर क्लिक गरेँ । गान्धारी फेरि श्राप दिने तयारी गर्दैछिन् ।
Continue reading >> महाभारत एपिसोड ९३ र हामी

राम्रो लेखक कसरी बन्ने ?

मलाई एउटा इमेल आयो जसमा लेखिएको थियो । - मैले आज तपाईको ब्लगका लागि एउटा लेख पठाउँने विचार गरे । मैले धेरै समय पछाडी आज चाँही लेख्नु पर्यो भनेर लेख्न बसेको थिएँ । आज लेख्न भनेर सुरु गरेको बिषय एकदमै चाख लाग्दो पनि थियो । (म प्राय राम्रा र चाख लाग्दा बिषयहरु नै छान्दछु ।) म यसलाई अरुसँग बाड्न चाहन्थेँ । त्यसपछि, मैले लेखेँ । र, मलाई लाग्यो शब्दहरु त्यती मिलेका छैनन् । मैले लेखेँ र, मेटेँ । अनि, पुन लेख्न थाले । यसरी नै कुनै हरफहरु थप्दै र कुनै मेट्दै, सच्याउँदै गर्दा लगभग एक घण्टा सकिएछ । अब यसलाई राम्ररी सार्नु पर्यो भनेर सारेको जम्मा डेडसय शब्द जति मात्र भएछ । म छक्क परें । अरुका लेखहरु पाना भरिका हुन्छन् । सोचेँ कसरी लेख्दा हुन् ? तपाईसँग कुनै उपाय छ कि ?

सरसरी इमेल पढेँ । रोचक लाग्यो । यस्तो खालको इमेल कहिले पनि आएको थिएन । अब उत्तर त दिनै पर्यो । मैले बुँदागत रुपमा राम्रो लेखक यसरी बन्ने भनेर यस्तो जवाफ लेखेर पठाई दिएँ । Continue reading >> राम्रो लेखक कसरी बन्ने ?

यति गर्न त हामी पनि पक्कै सक्छौं !

माथि तस्विरमा देख्नु भएको विभिन्न रंगका थोप्लाहरु कुनै चाडपर्व विशेषका लागि भुईँमा लगाइएको हैन । यो तस्विर मैले नर्बेको एउटा अस्पतालको भुईँमा लिएको हुँ । यी रंगका थोप्लाहरु सजावटका लागि बनाइएका हैनन् । सामान्य यी थोप्लाहरुमा कुनै अमुर्त आकृति वा कला पनि छैन । तर जब यी थोप्लाको वास्तविकता बुझ्नुहुन्छ, तपाईलाई पनि लाग्ला, कति अर्थपुर्ण थोप्लाहरु । यति गर्न त हामी पनि पक्कै सक्छौं ! एक पटक फेरि तस्विर हेर्नुहोस् न ।
Continue reading >> यति गर्न त हामी पनि पक्कै सक्छौं !

अर्थ न बर्थ फेसबुकको लाइक !

-सन्दिप कार्की-
यो ‘फेसबुक पुराण’ होइन । तर ‘फेसबुकका भक्त’हरुलाई विचार गर्ने हो भने एउटा ‘फेसबुक पुराण’को आवश्यकता खड्केको देखिन्छ । व्यासका जमानामा फेसबुक नभएर मात्रै हो नभए उनले एउटा ‘फेसबुक पुराण’ पक्कै लेख्थे । साँच्चै व्यासले लेखेको ‘फेसबुक पुराण’ कस्तो हुन्थ्यो होला ? अनुमान, उनको पुराणमा देवदानवहरुले फेसबुकमा लेख्ने ‘स्टाटस’का बारेमा वर्णन गरिएको हुन्थ्यो । सायद देउताहरुले फेसबुकमा राम्रा राम्रा ‘लिंक’हरु ‘सेयर’ गर्थे । भलाद्मी ‘टाइप’का ‘स्टाटस’हरु ‘अपडेट’ गर्थे । अनि दानवहरुले ? दानवहरुले देउताका ‘इमेल ह्याक’ गरी अप्सरासँगको देउताहरुको रासलिलाको ‘भिडियो’ फेसबुक मार्फत ‘रिलिज’ गरिदिन्थे । नयाँ नयाँ ‘स्पाम’हरु देउताका ‘वाल’भरि छरिदिन्थे । विचरा ! देउताहरुलाई आधारातमा उठेर ‘वाल’का ‘स्पाम’हरु फाल्नु परेका किस्सा लेखेर सहानुभुति जागृत गरिन्थ्यो । केही नलागे पछि सबै देउताहरु मिलेर महादेव कहाँ जान्थे अनि महादेवले ‘एन्टिस्पाम सफ्ट्वेयर’ बनाएर ‘स्पाम’हरु मेटाउँथे । र, उल्टै दानवहरुको ‘एकाउन्ट डिलिट’ हान्दिन्थे । र, फेसबुकको समस्या सकिन्थ्यो । Continue reading >> अर्थ न बर्थ फेसबुकको लाइक !

Photobucket

Online Users

18 Users Online