नेपालीटेकब्लग (nepalitechblog) – एउटा अर्को नेपाली टेक ब्लग

खासमा म आज एउटा प्रबिधिसँग सम्बन्धित नेपाली ब्लग चलाउँने विचारमा पुगेको छु । गन्ने हो भने नेपालीमा यस्ता ब्लगहरु धेरै होलान् । तर अनुभवमा आधारित मेरो यो ब्लग अरुभन्दा भिन्न होला भन्ने आशा गर्छु ।

यसमा अचम्मै गजबका जानकारीहरु दिनेछु र तपाईले बुझेको प्रबिधिलाई नयाँ शिरादेखि बुझाउँनेछु भन्ने हैन मेरो उद्देष्य । खासमा मैले आफ्नै दुखले गुगल गर्दै जानेको छु धेरैथोरै कुराहरु । साना भन्दा साना कुरा जान्नका लागि पनि निकै दुख उठाएको छु मैले । यसैले यो ब्लगमा म तिनै साना कुराहरुको बारेमा लेख्नेछु । जसको कारण फेरि कसैले त्यही जानकारीका लागि पसिना बगाउँनु नपरोस् ।

Continue reading >> नेपालीटेकब्लग (nepalitechblog) – एउटा अर्को नेपाली टेक ब्लग

कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?

२०१५ को डिभी लटरीको लागि आवेदन खुला भयो । (फर्म यहाँ पाइन्छ ।) अमेरिका पुग्दा मात्रै पनि नेपालीहरुको स्तरमा कायापलट हुन्छ भन्ने सोच अझै पनि हावी छ, जतिसुकै अमेरिकामा पनि नेपालीले पाएका दुखका समाचार बाहिर किन नआउँन्, सबैलाई डिभी भर्नु छ । आफैले घरैबाट डिभी भर्न सकिन्छ भन्ने धेरैलाई जानकारी त छ तर पनि केहि प्राबिधिक समस्याहरु परिरहन्छन् । सामान्यतया धेरैको समस्या उस्तै छन्, फर्म त सजिलै रहेछ भरिएला तर फोटो भ्यालिड भएको नभएको कसरी हेर्ने ? हुन त यसबारे पनि सबै सूचना डिभी भर्ने साइटमै स्पष्टै लेखिदिएको हुन्छ तर समस्या अंग्रेजी भाषाको हो । यसैले फोटो भ्यालिड भएको नभएको कसरी जाँच गर्ने ? र कस्तो फोटो भ्यालिड हुन्छ ? भन्ने जानकारीका लागि अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट ले दिएको जानकारीको साराशं नेपालीमा राखेको छु ।
Continue reading >> कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?

Incoming search terms:

  • डिभी

अगस्ट १ देखि भाइबरमा पनि पैसा लाग्छ रे नि ! के भन्छ भाइबर ?

viber premiumएकाबिहानैदेखि भाइबरमा म्यासेजहरु आउँन थाले । साथी तथा आफन्तहरुमात्रको होइन, कहिलै सञ्चै छस् भनेर नसोध्ने मान्छेसम्मको पनि म्यासेज देखियो भाइबरमा । हुन त कसैले पनि मेरो सोधीखोजी गरेर म्यासेज गरेका थिएनन् । सबैको म्यासेज कपि पेस्ट गरिएको थियो । सबैको म्यासेजमा भाइबरमा १ अगस्टदेखि पैसा लाग्न थालेको जनाइएको थियो । भर्खरै मैले कतै पढेको थिएँ, – २० करोड भन्दा बढि प्रयोगकर्ता भएको भाइबरले आजसम्म सुको दाम कमाएको छैन भनेर । तर भाइबरले अब कमाउँने नै नीति लिएको भएपनि म्यासेजमा लेखिएको जसरी भने पक्कै नहुनु पर्ने । म्यासेजमा त म्यासेज पाएको ९ दिनसम्ममा १० जनालाई सोही म्यासेज नपठाए फर्जी नम्बर भनेर सो प्रयोगकर्तासँग शुल्क लिने बताइएको थियो । ठ्याक्कै ‘सन्तोषीमाताको सन्देश जस्तो’ क्या । यसैले भाइबरलाई प्रश्न पठाएँ, के हो यो भनेर ।
Continue reading >> अगस्ट १ देखि भाइबरमा पनि पैसा लाग्छ रे नि ! के भन्छ भाइबर ?

बुद्ध जयन्ति, मेरो वाइफाइ र तिनको सामान्य ज्ञान

आज बुद्ध जयन्ति । सबैलाई शुभकामना । सबैको मन शान्त रहोस् । शान्तिप्रतिको चाहना जागोस् ।

wifisignalबुद्ध जन्मिएको मुलुक र हामी शान्तिप्रिय भनेर इतिहासका धेरै बर्षमा हामीले हाम्रो परिचय दिइरह्यौं । अहिले पनि हाम्रो पहिचान बुद्ध र सगरमाथामै सिमित रहेको छ धेरै हदसम्म । तर मैले धेरै यस्ता विदेशीहरु देखेको छु, जो बुद्धलाई चिन्छन् तर नेपालका बारेमा सुनेका छैनन् । नर्बे आएपछि परिचय गर्ने क्रममा धेरैले नेपाल कहाँ पर्छ भनेर सोधे । हामी भन्थ्यौं, तिमीलाई बुद्ध कहाँ जन्मिएका हुन्, थाहा छैन ? उनीहरु भारतमा भन्ने जवाफ दिन्थे । उनीहरुको सामान्य ज्ञान खराब भएको हैन । उनीहरु बुद्ध भारतमै जन्मिएका हुन् भनेर पढ्छन् । यो कुरा निकै धेरै पटक सुनेको छु । म हरेक पटक सच्याउँछु । हरेकलाई बुद्ध नेपालमा जन्मिएका हुन् भनेर बुझाउदा केहि रमाइलो महसुस हुन्छ, आनन्दको ।
Continue reading >> बुद्ध जयन्ति, मेरो वाइफाइ र तिनको सामान्य ज्ञान

क्रोममा गुगल र जिमेल खुल्दैन ? यसो गर्नुस्

अनेक समस्याहरु आइपर्छन् कम्प्युटरमा । भर्खरै नयाँ गुगल क्रोम इन्स्टल गरेँ । अचम्म, क्रोममा सबै वेबसाइट खुल्छन् तर गुगल डट कम र जिमेल भने मरिगए खुल्दैन । यस्तो देखियो
google chrome disconnect अरु ब्राउजरबाट भने मज्जाले गुगल खुलिरहेको थियो । रिस्टार्ट गरेपछि भने क्रोममै पनि खुल्यो गुगल र जिमेल । तर फेरि एकछिनमा नचल्ने । के चैँ भएको रहेछ भनेर गुगल गरि हेरेँ । अन्तमा थाहा भयो क्रोमको यो दोषलाई सजिलै हटाउँन सकिन्छ भनेर ।
Continue reading >> क्रोममा गुगल र जिमेल खुल्दैन ? यसो गर्नुस्

Incoming search terms:

  • जिमेल

पासवर्डका गुजुल्टाहरु

passwords-हरिहर शर्मा-
विज्ञानप्रविधिको चमत्कारिक आविष्कारले संसार सानो गाउँको रुपमा परिणत हुँदैछ । सहजतातिर उन्मुख मानवीय प्रवृत्तिले जीवन र दिनचर्याहरु मेशिनीकृत हुँदैछन् । प्रविधिका विविध उपलब्धि र उपहारलाई सगौरव ग्रहण गरिँदै छ । प्रविधिका स्वरुपहरु आईटी (इन्फरमेसन टेक्नोलोजी) र आईसिटी (इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नालोजी) हुँदै आईस (इन्फरमेसन–कम्युनिकेसन–इन्टरटेन्मेण्ट) सम्म आइपुगेको अवस्थामा सुरक्षाकवचको रुपमा आएको पासओर्ड प्रणाली हाम्रा लागि प्रविधिको निर्विकल्प अवयव भइसकेको छ ।
Continue reading >> पासवर्डका गुजुल्टाहरु

विन्डोज ८ मा स्टार्ट बटन कसरी राख्ने ?

विन्डोज ८ सर्वसुलभ भएको पनि निकै समय भइसक्यो । विन्डोजको यो पछिल्लो सस्करण धेरैलाई सजिलो र रमाइलो लागेको अनुभव सुन्न पाइएको छ । तर पुरानोमा बानी परिसकेका हामीलाई नयाँ केही रोचकसँगै अफ्ठ्यारो त लाग्छ नै । विन्डोज ८ मा रमाइलो लाग्ने एउटा कुरा स्टार्ट मेनु पनि हो, जुन अघिल्ला विन्डोजको संस्करणमा जस्तो स्टार्ट बटनको रुपमा छैन । ‘कस्तो झ्याउ, विन्डोज ८ मा स्टार्ट बटन नै छैन, सर्ट डाउन वा रिस्टार्ट गर्नु पर्यो भने त बेकारका क्लिक गरेर बस्नु पर्ने ।’ मैले एक पटक यस्तो पनि सुनेको थिएँ । वास्तविकता यस्तै हो त ? पक्कै पनि होइन । तपाईले केहि स्टेप फलो गरेर चाहे जस्तो स्टार्ट बटन राख्न सक्नु हुन्छ, सिक्नुहोस्
Continue reading >> विन्डोज ८ मा स्टार्ट बटन कसरी राख्ने ?

यसरी मोबाइललाई वायरलेस माउस र किबोर्ड बनाउँन सकिन्छ

मलाई सँधै एउटा कुराले हैरान पार्थ्यो, कम्प्युटर चलाउँनलाई सँधै कम्प्युटर अगाडी नै बसिरहनु पर्ने । साना भन्दा साना कुरा चलाउँनु पर्यो कि पर बसिरहेको मानिस एक पटक कम्प्युटर छेउ आउँनै पर्ने । मानौं, तपाई किचनमा ल्यापटपमा गीत सुन्दै खाना बनाउँदै हुनुहुन्छ, अब गीत अर्को सुन्न मन लाग्यो, के गर्ने ? एकैछिन भएपनि किचनको काम त छोड्नै पर्यो । सम्झनुस् त, मोबाइलबाटै ल्यापटपको गीत फेर्न पाए कति रमाइलो हुन्थ्यो ? पक्कै सजिलो हुन्छ नि । सुन्दै गजब लाग्ने कुरा बिना पैसामा गर्न सकिन्छ, त्यो पनि अति सजिलै तरिकाले । आज यही कुरा लेख्दैछु, हेर्नुहोस् है
Continue reading >> यसरी मोबाइललाई वायरलेस माउस र किबोर्ड बनाउँन सकिन्छ

वाइफाइ छैन ? नो टेन्सन । ल्यापटपबाट वाइफाइ छोड्नुहोस्

ल्यापटपमा इन्टरनेट छ तर मोबाइलमा वाइफाइ नभएर जिपिआरएस चलाइरहनु भएको छ ? अथवा राउटर नभएर वाइफाइको मज्जा त लिन नपाउँनु भएको छ कि ? त्यसो हो भने पिर नगर्नुस्, आज म आफ्नो ल्यापटपदेखि कसरी वाइफाइ छोड्न सकिन्छ भनेर कुरा गर्दैछु । तपाईले आफ्नो ल्यापटपमा एउटा सफ्टवेयर इन्स्टल गरेर सजिलै ल्यापटपबाट छोडिएको वाइफाइ अरु साधनमा प्रयोग गर्न सक्नु हुन्छ । बेकारमा राउटरका लागि किन पैसा तिरिरहने ? म आफैले पनि राउटरको प्रयोग नगरि वाइफाइ प्रयोग गरिरहेको छु । इन्टरनेट चलाउँन मात्र हैन, अरु डिभाइसलाई आफ्नो ल्यापटपसँग जोड्न पनि तपाईले यो वाइफाइको प्रयोग गर्न सक्नु हुनेछ ।
Continue reading >> वाइफाइ छैन ? नो टेन्सन । ल्यापटपबाट वाइफाइ छोड्नुहोस्

विन्डोज ८ को ‘बुटेबल डिभिडी’ वा ‘फ्लास्क डिस्क’ यसरी बनाउँनुहोस् !

माफ पाउँ है ! मैले केहिदिन अगाडी ‘विन्डोज ८’ सित्तैमा कहाँबाट ‘डाउनलोड’ गर्ने ? भन्ने ब्लगमा सित्तैमा विन्डोज ८ डाउनलोड गरेर ट्राइ गर्ने बिधिका बारेमा लेखेको थिएँ । त्यही दिन वा त्यसको भोलीपल्ट नै त्यहाँबाट डाउनलोड गरिएको सफ्टवेयर (Windows 8 ISO images) लाई कसरी बुटेबल बनाउँने भनेर लेख्छु भन्ने सोचेको थिएँ, तर आजमात्र यसबारे लेख्दैछु । तपाईले विन्डोज ८ परिक्षण गर्न माइक्रोसफ्टको त्यही सफ्टवेयर डाउनलोड गर्नु भएको छैन भने यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस् । सो सफ्टवेयर Windows 8 ISO images सफ्टवेयर हो । यसलाई सजिलै कम्प्युटर बुट गर्न सकिने बुटेबल डिभिडी वा पेनड्राइभ (फ्लास्क डिस्क) बनाउँन सकिन्छ । त्यसको प्रयोग गरेर तपाईले विन्डोज ८ को सित्तैमा उपयोग गर्न पाउँनु हुनेछ ।
Continue reading >> विन्डोज ८ को ‘बुटेबल डिभिडी’ वा ‘फ्लास्क डिस्क’ यसरी बनाउँनुहोस् !

Online Users

8 Users Online

सातामा धेरै पढिएको