Warning: substr() expects parameter 1 to be string, array given in /home4/splash/public_html/paniphoto.com/wp-includes/functions.php on line 1679

दशैंमा देवीसामु नेताको प्रार्थना - व्यंग्य

-नन्दलाल आचार्य-
देवी माता, हजुरको सेवकको यत्ति विन्ती सुनिदिनुपर्‍यो, बुझिदिनुपर्‍यो । मेरो आफ्नो नाम राख्ने रामकहानी सुनिदिनुपर्‍यो । सर्वदा कृपा गरी इहलोक र परलोक सपारिदिनु पर्‍यो । मप्रति गिद्धेदृष्टि लगाउनेका आँखा निकाली दिनुपर्‍यो । म मुखमा रामनाम जपेर बगलीमा छुरा राखी नेपाली जगतको भलो गर्ने सेवकरामको रामकहानी बुझेर कृपा गर्दिनुपर्‍यो । मलाई आफ्नो मौलिकता बचाउँन सक्ने बनाइदिनु पर्‍यो । मलाई शक्ति दिनुहोस् माते ।
Continue reading >> दशैंमा देवीसामु नेताको प्रार्थना – व्यंग्य

चुनावको लागि एउटा घोषणापत्र – व्यंग्य

घोषणापत्रको केहि मुख्य बुँदाहरु यस बमोजिम छन् :
– घूसको भत्ता व्यवस्था त्रिपक्षीय वार्ताबाट मिलाइनेछ ।
– देशमा वन मासिँदै गएकाले हरियो देख्न नपाइने गुनासोलाई सरल उपायबाट जनतालाई राहत दिन हरियो चस्मा वितरण गरिनेछ ।
– देशमा शान्ति भएन र असफल भयौँ भन्नेहरूका लागि अति उत्तम उपाय अपनाइनेछ । जो शान्ति माग्न आउँछ उसलाई श्रीमतीको नाम फेरेर शान्ति राखि शान्तिसँग बस्न बाध्य पारिनेछ ।
– मान्छे मर्नेभन्दा मार्ने बढेकाले मलामी मन्त्री नियुक्त गरिने छ । सम्पुर्ण घोषणापत्र पढ्न भित्र आउनुहोस् ।
Continue reading >> चुनावको लागि एउटा घोषणापत्र – व्यंग्य

सेलिब्रिटी हुनुपर्यो, आकास छुनुपर्यो – व्यंग्य

-लक्ष्मण गाम्नागे-
यसो गर्नुपर्यो, उसो गर्नुपर्यो, जसो गरी भए पनि सेलिब्रिटी हुनुपर्यो । साह्रै लद्दु भइयो, असाध्यै पिछडा भइयो, कुवाको भ्यागुतो भइयो । साह्रै पाखे र परम्परावादी भैयो । अब अलि जाग्नुपर्यो । साहित्यमा लाग्नुपर्यो । लेख्न थाल्नुपर्यो । अब आगो बाल्नुपर्यो । कथा, गीत, कविता, समालोचना, गजल, हाइकू, तान्का जताततै तन्किनुपर्यो । उपन्यास नलेखी साहित्यकार हुने सम्भावना रहेन । संस्मरण नलेखी लेखक हुने चान्सै भएन । त्यसैले ती दुवैथरिमा हत्ते हाल्नु पर्यो, ज्यानै फाल्नु पर्यो ।

केही कविता त लेखेको पनि हो, तर ती साह्रै सोझा भए, लाटा भए । मान्छेले पढ्छन्, पढिसक्ता बुझ्छन् । कुनै रहस्य नभएका, पाठक–श्रोताले टाउकै दुखाउनु नपर्ने खालका नाङ्गा । त्यसैले अब खातका खात वस्त्र बेरेका कविता ओकल्नु पर्यो । विम्व र प्रतिकका खतरनाक गुजुल्टाहरूले कवितालाई गुटमुट्याउनु पर्यो । घामलाई अञ्जुलीमा लिएर समुन्द्रलाई स्वाट्टै पिउनु पर्यो । एक मुठ्ठी आगोको लप्कामा पीडाले कठ्याङ्ग्रिएको मुटुलाई सेकाउनु पर्यो । आजीवन नकोरेको जोगीको कपाल जस्तो कवितामा बेस्सरी लट्टा पार्नुृपर्यो । जस्तै–
Continue reading >> सेलिब्रिटी हुनुपर्यो, आकास छुनुपर्यो – व्यंग्य

मम: पुराण – हास्यव्यंग्य

-सुमन राज ताम्राकार-
‘मान् वा नमान्, म तेरो जजमान्’ भनेर मपाइँत्वको बिगबिगी बढेको बेलामा शिर्षक नै यस्तो मपाइँत्व झल्काउने खालको छ । अनि किन मन नपरोस् त नेपालीहरुमाझ, काम नगरी पगरी गुथ्न खोज्ने स्वाँठहरुमाझ । त्यसमाथि झन् मम: किङ्ग (भकभकाएर बोल्ने हो भने आफुलाई राजा ठान्ने), टपटेन मम: (आफुले आफुलाई टपटेन ठान्ने), सगरमाथा मम: (आफुलाई सगरमाथा ठान्ने) आदि इत्यादि ।

त्यसैले ममः मलाई पनि मन पर्छ । ऊ बेलाँ एकथरी उपल्लो जातका मानिसहरु खूब धर्मकर्म गर्थे, नियम – परिधिभित्र बस्थे । अत: राँगाको मासु, लसुन, जाँड रक्सी के –के जाति हो चल्दैनथ्यो रे । आजकल त कुरै नगरौं तिनीहरुलाई नै बढी चाहिएको छ । बाबु– बाजेको पालादेखिको ऋण तिरे झैँ भकुरेको भकुर्यै छन्, नत्र बियर, रक्सी, मासु यति विघ्न महँगो किन हुन्थ्यो र ? नेवार जातिको खाना बढी भेराइटीका हुन्छन् क्या ? व्यापारको मामिलामा उनीहरु अलि सिपालु छन् । त्यसो त मम: लाई खोल नहालीकनै बनाएको भए पनि हुन्थ्यो तर तिनै तथाकथित उपल्लो जातिलाई पनि आफ्नो व्यापार भित्र तान्नको लागि यसरी पीठा भित्र पोको पार्नु पर्या हो भन्ने कुरा मम: विषयमा शोधकार्य गर्ने सिलसिलामा पत्ता लगाएको हुँ । क्याप्सुल भित्र के औषधि थाहा नभए जस्तै तिनीहरुलाई पनि सजिलो, कसैले खाइरहेको देख्यो भने भित्र के छ, के छ के थाहा भनेर पन्छिन पाइयो, आफुले पीठोको डल्लो भनेर खाएको भन्दियो, क्या सजिलो ! Continue reading >> मम: पुराण – हास्यव्यंग्य

गर्मीमा पग्लिँदा वैँशहरु

-हरिहर शर्मा-
वैँशको उकालो चढ्दै गएका युवतीहरुलाई चैतमासमा पोइल जाऊँ–जाऊँ लाग्छ रे । यो भनाइले केटीहरुलाई मात्र छुँदैन । केटी पोइल जानु वा केटी केटासँग भाग्नु/लाग्नु भनेको केटाले केटीलाई भगाउनु पनि हो । अर्थात् चैतमासको फुङरुङ्ग र उखरमाउलो परिवेशमा वैँशको रन्को केटीहरुलाई मात्र चढ्दैन, केटाहरुलाई पनि चढ्छ । काठमाडौँका सडकमा यो चैतमासको वाफमा वैँशका प्रदर्शनी भइरहेका छन् । कुनै औपचारिक समारोह छैन, न औपचारिक निम्तो नै । न समयको पावन्दी छ, न दृश्यावलोकनमा रोकतोक नै । तातो छल्न भन्दै केटीहरु कपडाको साइज घटाउँदै छन्, यता विचरा केटाहरु दोहोरो तापको मारमा छन्–प्रकृतिको खुला तातो र वैँशको बन्द तातो !
Continue reading >> गर्मीमा पग्लिँदा वैँशहरु

सुखी जीवनका उपाय

-मुन पौडेल-
महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन । सुखी हुन शान्ति चाहिन्छ र शान्ति भन्ने चीज परेवासँग हुँदैन । तपाईंको घर झुपडी होस् वा महल पाटी होस् वा सत्तल, शान्ति नभई घर घर हुँदैन र तपाईं आरामले बस्न सक्नुहुन्न । घरको शान्ति, तपाईंको शान्ति र घरछिमेकसमेतको शान्तिको स्रोत एउटै व्यक्ति हुन्छ र त्यो तपाईं होइन । शक्तिको स्रोत, शान्तिको स्रोत र क्रान्तिसमेतको स्रोत तपाईंकी एक मात्र दुलही, प्राण-पियारी र श्रीमती मात्र हुने भएकी हुनाले तिनलाई रिझाएर फकाएर, सुम्सुम्याएर राख्न सक्नु भो भने मात्र तपाईं सुखी हुन सक्नु हुन्छ तर सबैलाई थाहा छ, तपाईंलाई पनि थाहा छ र संसारैलाई थाहा छ कि श्रीमती भन्ने प्राणी त्यो चीज होइन जसलाई सहजै आफ्नो आकारमा राख्न सकियोस् । अर्थात् श्रीमतीलाई फुल्याएर फकाएर राख्नु भनेको कुकुरको पुच्छरलाई ढुङ्ग्रोमा हालेर सोझो पार्ने प्रयास गर्नुसरह नै हो । जुन असम्भव छ ।
Continue reading >> सुखी जीवनका उपाय

झ्याउ – हास्यव्यंग्य

-बासु श्रेष्ठ-
कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमती टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द गरिन् र एकातिर लागिन् । म मनमनै गुन्न थालेँ यदि टिभि हेर्न या कुनै यस्तै केहि पनि गर्न झर्काे मान्ने हो भने त जे गर्नपनि र जेमा पनि झ्याउ हुने रहेछ ।
Continue reading >> झ्याउ – हास्यव्यंग्य

जय ! जमाना

-परशुराम पराजुली ‘पराशर’-
“आयो जमाना नयाँ ।” यस विषयमा कति कविले कविता लेखे, कतिले जमानाको बखान गरेर नथाक्ने गरी कथा सुनाए । जतातै नयाँ जमाना आएको भनेर भन्दछन् तर केलाई नयाँ जमाना भन्नुहोला ? जिज्ञासाहरू प्रशस्तै नआएका होइनन् । नयाँ जमाना भनेको ‘आना मानु’ घ्यू खाने जीवित छँदै सय रुपैयाँमा चौथाइ मानु पनि किन्न नपाइने गरी भएको समयको परिवर्तनलाई पो भनेको होला कि ? अथवा सारीको सप्कोले सर्लक्कै मुख छोपेर हिँड्ने महिला जिउमा टमक्क मिलेको जिन्स पाइन्ट र टी–सट लागाएर हाफपाइन्ट (कट्टु) र स्यान्डो गन्जी लगाएकी आफ्नी बुहारीलाई अघि लगाई लामालामा कपाल पालेका नारीरूप नातिहरूलाई डोर्याउँदै हिँडेकोलाई नयाँ जमाना भनिएको हो, केही बुझ्नै सकिएन बा । अथवा कुनै समयको नैतिक, आध्यात्मिक, सामाजिक, परोपकारी मानवमन परिवर्तन भएर अर्कै अनैतिक, अति भौतिक, असामाजिक र स्वार्थी दानवमनमा परिवर्तन भएको समयलाई नै नयाँ जमाना भनिएको होला । विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा सभ्यताका नाममा मानिसले आफ्नो वास्तविकता बिर्सेर बकुल्लो बन्न नयाँ केही गर्न थाल्यो भने त्यसलाई नयाँ जमाना भन्न मिल्ने देखिन्छ भन्ने कुरालाई नै यहाँ मुख्य मानेर लेखिन्छ ।
Continue reading >> जय ! जमाना

नयाँ दलको घोषणा-पत्र

-नेत्र दाहाल-
नेपालमा हालसम्म चलनचल्तीमा रहेका राजनीतिक दल र तिनको नेताहरु गए गुज्रेका, स्वार्थलम्पट, कुर्सीका भोगी, भ्रष्टाचारी, दुराचारी, प्रभुभक्त, यथास्थितिवादी, प्रतिक्रियावादी आदि जस्ता अनेकौ उपनामवाट चिनिन थाले भन्ने ब्यापक जनगुनासो आइरहेको परिपेक्ष्यमा एउटा साँच्चि कै राजनैतिक दुरदर्शी, जनतालाई सुख–दुःखमा साथ दिने, अधिकांश भोका नाङ्गा शरीरलाई खान दिई लाज छोपिदिन पर्ने आवश्कता महशुस गरी सहमती, शान्ति र संविधान मुखले मात्र हैन काम गरेर ब्यवहारमा पनि देखाउन वाञ्छनिय देखी हामी हाल सम्म कुनै पनि पार्टीमा अटाउन नसकेका केही नव उत्साहित बच्चा, युवा अनि बृद्धाको एक भेलाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेको कुरा सार्वजनिक गर्न पाउँदा असाध्यै खुशी लागेको छ ।
Continue reading >> नयाँ दलको घोषणा-पत्र

आऊ वार्ता गरौँ – व्यङ्ग्य कविता

-वासुदेव गुरागाईं-
सँगै बस्नुको एउटा मज्जा छ
सँगै उठ्नुको अर्को मज्जा छ
मज्जै मज्जाको यो उठबसमा
आऊ, अर्को मज्जाको लागि
फेरि एउटा वार्ता गरौँ
जनता हाँस्दै गर्छन्
हामी हेर्दै गरौँ ।
कसलाई पो किन रुवाउनु ?
सके आफै हाँस्छौँ,
नसके अरुलाई हँसाउँछौँ
हाँसोका लागि विषयको अनिकाल छैन
विषय खोज्दै गरौँला
विषय रोज्दै गरौँला
दायाँ बायाँ नगरीकन
आऊ पहिला वार्ता गरौँ
Continue reading >> आऊ वार्ता गरौँ – व्यङ्ग्य कविता

Twitter मा म

  • @ramsmahat कुन बिक्रम सम्बत ? कुन ग्रेगोरियन ? खोइ गल्ति भएको ट्विट ? डिलिट गरिसकेको ट्विटमा के हेरेर माफ माग्नु ? अर्को क्षमा माग ।

Follow @paniphoto on twitter.

Online Users

13 Users Online