-अशेष क्षेत्री-
अखिल क्रान्तिकारीले सरकारी विद्यालयमा पढाईको गुणस्तर सुधार्न भनेर आफ्ना नेताहरुलाई सरकारी विद्यालयमा आफ्ना सन्तान पढाउँन बाध्य पार्ने नीति लियो । अध्यक्ष हुनुको नाताले सम्पुर्ण दबाब तथा नैतिक जिम्मेवारी हिमाल शर्मामा थियो । तर हिमाल शर्मामाथिको दबाब पोखियो उनका छोरा सरल शर्माको शिरमाथि । बिचरा, सरल छात्रवृतिमा चीनमा एमबिबिएस पढिरहेका थिए । उनलाई हिमाल शर्माले फिर्ता बोलाए । बाबुको आज्ञा शिरोपर गरेर सरल पढाई छाडेर नेपाल फर्किए । चीनमा एमबिबिएस पढिरहेका छोरालाई हिमाल शर्माले फिर्ता बोलाए पछि एककिसिमको बहस सुरु भएको छ । वास्तवमा हिमाल शर्मा कस्ता बाबु हुन् जसले आफ्नो महानताको लागि छोराको सुनौलो भविष्यलाई तिलाञ्जली दिन लगाए ।
नेपालमा शिक्षाका लागि विभिन्न शिर्षकमा हरेक बर्ष करोडौको लगानी हुने गरेको छ । तर पनि सरकारी विद्यालयमा शिक्षाको गुणस्तर उकासिन सकेको छैन । यसमा अर्को तितो सत्य यो छ कि स्वयम् सरकारी विद्यालयका शिक्षक शिक्षिकाका छोराछोरी पनि सोही विद्यालयमा पढ्दैनन् । सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरु निजी विद्यालयमा छोराछोरी पठाएर आफु सरकारी विद्यालयमा पढाउँन जान्छन् । यस्ता कारणहरुले सबैलाई सरकारी विद्यालय प्रति वितृष्णा र नैराश्यता उब्जाएको छ । जसले गर्दा अझ गुणस्तर घटिरहेको छ ।
सम्पन्न तथा गन्नेमान्नेहरुले सरकारी विद्यालयमा आफ्ना सन्तान पढाउँने हो भने पनि उनीहरु त्यसप्रति जिम्मेवार हुन्छन् । र, सरकारी शिक्षाको गुणस्तर बढ्न सक्छ । गुणस्तर सुधारका लागि धेरैको पहलकदमी आवश्यक छ । पहलकदमी खाली कोरामात्र हुने परिपाटीको अन्त्य हुन जरुरी भइसकेको छ । यसैले आफ्नो पहलकदमीलाई सार्थकता दिन हिमाल शर्माले छोरालाई बोलाउँनु पक्कै पनि राम्रो कुरा हो । आखिर आफुलाई नबदली संसार बद्लिदैन ।
झट्ट सुन्दा हिमाल शर्माले राजनीतिक अभिष्टका लागि छोराको भविष्य दाउमा हाने जस्तो देखिन्छ । तर गहिरो चिन्तन गर्ने हो भने उनी राजनीतिक रुपमा मात्र होइन एउटा पिताको रुपमा पनि सफल बन्न चाहे जस्तो लाग्छ । किनकी बाबुले आफ्ना सन्तानलाई सहि नैतिक शिक्षा दिनु पर्छ । नैतिकता देशका लागि सर्वमान्य हुन्छ र सम्माननिय हुन्छ । हिमाल शर्मासँगै यो कदमका लागि सरलको कदम पनि सम्माननिय हुनुपर्छ ।
अन्त्यमा, यो कदमको त्यो बेला मात्र पुर्ण सफल हुन्छ जब सरकारी तथा सामूदायिक विद्यालय प्रति मानिसहरु जवाफदेही बन्छन् । यसका लागि अझै धेरै हिमाल र सरल शर्माको आवश्यकता टड्कारो छ ।
यो लेख हिमाल शर्मा तथा उनका छोरा सरल शर्माको व्यक्तिगत चर्चा तथा तारिफका लागि लेखिएको होइन । कुनै राजनीतिक आग्रह तथा पुर्वाग्रह भन्दा माथि उठेर यसको सकारात्मक नतिजाको शुभकामनाको लागि लेखिएको हो । यसलाई राजनीतिक महत्व नदिन अनुरोध गर्दछु ।

khai jaha tahi Rajniti maatra chha….
kunai sakaratmak parinaam aaula jasto jagdaina Himal Ji ko kaarya baat pani…..
Unka neta haru le Jhagada,loot,aatank,ghus,jagga-jamin,gaadi,mahal,sura……aadi aadi chhodna sakdainan….tyasaile unle aafna neta lai taha laauna sake po janata lai taha laaun bichara HImal ji…….!!!!!!!!
कमेन्ट कस्तो लाग्यो ?:
0
0
त्यो मुर्ख हो !!
कमेन्ट कस्तो लाग्यो ?:
0
0
he show his greatness
कमेन्ट कस्तो लाग्यो ?:
0
0
राजनीति लहड हो भन्ने हिमाल शर्माले फेरि एक पटक प्रमाणित गरे । उनले आफ्नो लहडका लागि छोराको भविष्य अन्धकार बनाए । यो कुरालाई कसरी सही मान्न सकिएला र ? लेखक कतै पक्षपाती भएका हुन् कि ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
नैतिक शिक्षाको सवालमा हिमाल शर्माले आफ्नो छोराको अगाडी मात्र होइन सारा देश, जनता र तिनका नेताको अगाडी नै नया इतिहास कायम गरेका छन् । कुरा रह्यो छोरा सरललाई केही असजिलो भयो होला अथवा भविष्य बिग्रियो भन्नेमा एमबिबिएसले पक्कै पनि व्यक्तिगत भविष्य राम्रो हुन्छ , तर यसको अर्थ यो होइन कि यो नगर्दैमा भविष्य नै अँन्धकार हुन्छ । नेपालमा नै बसेर अरु नै धेरै कुराको अध्ययन गर्न सक्छन् सरल शर्माले ।
यति ठुलो तथा महान् आदर्श प्रयोग गरेकोमा हिमाल शर्मालाई साधुवाद छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Yo euta sakaratmak pahal ho. Deshma biddhyaman dui kisimko education systemle utpadit nagarik bichma nai bhed utpanna garaunchha bhane tyasko ke kaam. Education for all and without any discrimination.
कमेन्ट कस्तो लाग्यो ?:
0
0