फेसबुक प्रेम!

मैले आफुले आफुलाई भाग्यमानी नै ठान्नु पर्छ किनकी प्रणय दिवश नजिकिँदै गर्दा फेसबुक ग्रुपको कमेन्ट बक्सबाट नै हाम्रो हल्का बोलीचाली सुरु भईरहेको थियो ।

आफ्नो उमेरले २१ छोईसक्दा पनि बानी ब्यहोरा भने भर्खर १६-१७ को कुखुरे बैँस लागेजस्तो थियो सायद त्यही बच्चाको जस्तो ब्यहोरा भएर होला चिन्दै नचिनेको केटिलाइ पनि फेसबुकमा साथी बनाउन आँट गरेको थिए । या भनौ मनमा उनलाइ यो प्रणय दिवसको दिन आफ्नो मनमा फुलेको प्रेमको फुल देखाउनने सोचिसकेको थिए ।

दिनमा ४-५ पटक उनको प्रोफाइल खोलेर हेर्दै आफैँमा मस्किदाँ साथीभाईले समेत “बौलाईस कि कसो” भन्न थालिसकेका थिए। मन भित्र जति पनि कुरा भए नि म बबुरोले उसलाइ फ्रेण्ड रीक्वेसट सम्म पठाउन सकिरहेको थिईन। कमेन्र बक्समा म जति नै हाबी भए पनि रीक्वेस्ट पठाउन सकिरहेको थिईन उसलाइ फेसबुकमा रिक्वेस्ट पठाउनै भनेर मैले सोमरसको सहारा लिगेँ ।रिक्वेस्ट पठाएको १० सेकेन्ड नबित्दै जुकरबर्गले प्रेमरुपि खेलमा पहिलो लेभल पार गरेको संकेत दिए यहि खुसीमा जुकर्बर्गको नाममा अर्को एक पेग चढाईदिएँ ।

मनमा बिछट्टै तरङ्ग पैदा भयो र ढिला नगरी Hi भनेर मेसेज गरे । उताबाट पनि Hello रिप्लाइ आईहाल्यो। मन झन पिंजडामा बन्द गरिएको चरालाई खुल्ला आकाशमा छाडे जस्तै भयो । त्यस दिन उनी सङ लगभग ४ घन्टा च्याट गरे । उनी मैले सोचेको भन्दा पनि निकै मिजासिलो रहिछन । मैले त्यो ४ घन्टा को च्याटमा मैले उनको बारे धेरै कुराहरु पत्ता लगाईसकेको थिएँ । उनको पुर्ख्यौलि घर पोखरा रहेछ हाल काठमाडौ कलंकीमा घर रहेछ । उनको बाबा, ममि र भाइ यहि काठमाडौ मा बस्नुहुँदो रहेछ उनि भने पोखरामा आफ्नो हजुरबुबा आमा सङ बस्दी रहेछिन ।

भोलि पल्ट बाट पनि म उनिसँग नै दैनिक रुपमा कुरा गर्न थालेँ। उनको प्रोफाईलका हरेक फोटो हेर्नू मेरो दैनिकी जस्तै भैसकेको थियो । र हाम्रो कुरा ८-९ घन्टा दिनहुँजसो हुने भैसकेको थियो । कुराकानीका क्रममा म उनिलाई आफू उनिलाइ माया गर्ने कुरा अलिक घुमाएर भन्थेँ। तर खै उनले बुझेर नि चुप लागेको हो कि नबुझेको हो केही उत्तर दिन्नथी बरु उल्टै कुरा मोड्थीन । उन्को त मलाइ बानी लागिसकेको थियो, घरमा दिदिको भन्दा उसकै बोलि राम्रो लाग्न थालिसकेको थियो । म उन्लाई बारम्बार काठमाडौ कहिले आउँछौ भनेर सोध्ने गगर्थे । उनि खै कैले कैले भनेर टार्थिन आफ्नो मन भने उडेर पोखरा पुगिसकेको थियो ।एक दिन बिहानै उन्को फोन आयो ममि बिरामी भएर आफू काठमाडौ आउन लागेको कुरा भनिन् । मेरा लागि हाँसो न आसुँको क्षण भयो । तर जिन्दगिमा पहिलो पटक मलाई कोहि बिरामी हुदा यति खुसी लागेको थियो ।

समयले मलाई स्वार्थी बनायो । थोरै दुख धेरै खुसी भएँ र एकपल्ट मचक्क कम्मर मर्काएर नाचेजस्तो गरेँ एका एक गला देखि गित गुनगुन गर्न थालेँ । खै उनी आउने खुसिले होला मलाई खाना पनि साबिक भन्दा बढि रुच्यो । दिउँसोभर कलेजमा नै बिताएँ । ज्यान कलेजमा भए पनि मन खाली उनि आइपुगीन कि पुगिन?? के खाईन होली?? कता आईपुगिन होली?? भन्नेमा नै थियो ।भलै उसलाइ काठमाडौ नौलो सहर नभए पनि खै किन हो म उन्को चिन्ता लिइरहेको थिए । बेलुका घर पुगेर उन्लाई फोन गरेँ र उसले आफू राम्रो सङ आएको जानकारी गराइन र मन ढुक्क भयो । बिरामी आमालाइ भेट्न आए पनि हामी हाम्रो दिनचर्यामा सुरु हुन पछि हटेनौँ र भोलि बसन्तपुरमा भेट्नेको बाचा सहित म निन्द्रादेविको काखमा शरण लिन गए।

बिहानको अलार्मसङै मेरो जिन्दगिको महत्त्वपूर्णको दिनको सुरुवात भयो । उठेर आफ्नो नित्यकर्म गरेर उनिलाई फोन लगाए । ठिक ११ बजे भेट्न आउने कुरा भयो र म त्यसको तयारी तर्फ लागे । दराज खोलेर एक खात लुगाबाट एउटा खैरो टिसर्ट र निलो-रातो मिस्सेको हुड झिके र खाना खान गए । यत्रो बेर बस्दा पनि भर्खरै ९ बज्दै थियो र मलाइ यो समय देखि नै रिस उठेर आयो । १० बजे ठिक घरबाट त्यही निकालेको लुगा लगाइ यो जाडोमा १ बोत्तल अत्तर नैसक्किने गरि छर्केर गए । कुपोन्डोल थापाथलिको जामले जिउ पसिना पसिना बनाइ सब अत्तर उडाइसकेको थियो ।हस्याङ्फस्याङ गर्दै म RNAC झरेर बसन्तपुर हानिए । त्यो न्युरोड फुटपाथ कट्न मलाई ३ मिनेट पनि लागेन होला ।

उनिलाई टाढैबाट मैले बसन्तपुर डबलिमा देखे । ओहो उनी त साचिकै नाम अनुसार नै पुर्णिामाको जुन जस्ती रहेछिन । करिब ५ फिट २ इन्च उचाइ भएकी, गोरो बाटुलो मुहार भएकी, ठुला ठुला टम्म गाजल लगाएका आँखा, कालो अनि बिच बिच्मा हाइलाइट गरेको कपाल अहो! म त एखोरिएर हेरेको हेर्यै भएछु । उन्लाई देख्दा त म बसन्तपुर बाहिर नै कुमारिलाइ देखेँ कि कसो भनेर झुक्किए । मलाइ देख्ने बित्तिकै उनी हासिन र म पनि हास्दै उनि भए तर्फ लागे । हत्तपत्त हात मिलाउन हात अगाडी बढाएँ । र हामी लस्सी बारमा चिया पिउन लस्कियौँ । करिब १ घन्टा जतिको बसाइ पछि हामी पशुपति घुम्न गयौँ । गाडिमा ड्राइभर ले घच्च्याक ब्रेक लगाउदा उनी मलाइ च्याप्प समात्न पुग्थिन र म मनमनै ड्राइभरलाइ धन्यवाद टक्राउँदै थिएँ ।पशुपति उनिसंग मज्जालेनै घुमियो र दिनभर बनकालिमा उनिसङ बसेर गफ गरियो । उनिसँग कुराकानी साटासात गर्ने क्रममा कुन बेला आफ्नो मन पनि साटेछु पत्तो नै पाइन । गफ गर्दा गर्दै साझको ५ बजिसकेछ र मन गरुँगो उनिलाई लाइ रत्नपार्क सम्म छोडेर म घर आए । बेलुका च्याटमा उन्लाई मैले आफ्नो सबै मनको कुरा भनिदिए तर उन्ले आफुलाइ जवाफ दिन केही समय लाग्ने भनिन् र म उन्को जवाफको पखाईमा बसिरहेँ।

दिन बित्दै गए तर अहँ उन्को जवाफ भने आएन उल्टै म झन उसको यादमा तडपिरहे । उनी अन्लाइन आउन पनि छोडिसकेकि थिइन । त्यो सानो ग्रुपको कमेन्ट बक्सबाट सुरु भएको प्रेमको मुना झाङिन नपाउदै भाँचिएको जस्तो आभास भैरहेको थियो । करिब ५ दिन पछि उनको फोन आयो । मन खुसी भयो र कौतहलताले भरिपुर्ण भयो ।फोन उठाउने बित्तिकै यताबाट मैले ब्रेक फेल भएको गाडी जस्तो आफ्नो कुराहरु तेर्साइहाले तर उताबाट मलिन आवाजमा उत्तर आयो ,”सुन न मेरो आमा बित्नुभयो “” । अघि सम्म ब्रेक फेल भएको गाडी जस्तो भएको म एकाएक निशब्द भए म । पहिले भन्दा नि बढी उन्को माया लाग्न थाल्यो मलाइ तर खै के भनेर सहानुभूति दिनु आफै अलमल्ल परिरहेको थिए र राम्रोसङ बस्नु भनेर केही सहानुभूति प्रदान गरेर फोन राखे । मनमा निकै कुरा हरु खेल्न थाल्यो ।

आमाको १३ दिनको काम पछि हामी भेट्यौँ । उनि निकै बेर सम्म मेरो अङ्गालोमा बसेर रोइन । सहानुभूति दिनु बाहेक केही अरु बिकल्प मसङ थिएन । त्यही दिन बेलुका उसले मेरो प्रेम प्रस्ताव स्विकार गरिन र मैले उसलाइ अझ धेरै माया गर्ने प्रण गरेँ। आज म २७ बर्षको भएँ आज उनी मेरी प्रेमिका बाट श्रीमतीमा परिणत भएकी छिन । सफा मनले जोडिएको सम्बन्ध जहाँ बाट जोडिएपनी टिकाउ हुने रहेछ ।

लेखक:- बिधान आचार्य

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)