कथा – बिहेपछि मात्रै…!

मलाइ अचेल यो बाटो हिँड्नै मन लाग्दैन। तर बाध्यता! हरेकदिन मैले यो बाटो नहिँडि हुँदैन।

कुनैदिन यही बाटो मेरो लागी कति प्रीय थियो! यो बाटो हिँडेर कहिल्यै नसकियोस् झैँ लाग्थ्यो। यहि बाटोमा त हो, उसको र मेरो प्रेम हुर्किएको!

“कति ढिला गरेको के! आज पनी क्लास छुट्ने भयो।” म उसको घर अगाडि पुग्ने बित्तिकै ऊ हतारिएर बाहिर निस्किन्थी।

“उठ्नै ढिला भएछ। तिमिले मिसकल गरेपछी मात्र उठेको म त।” म फिस्स हाँस्दै बोल्थेँ।

“सधैँ यस्तै हो तिम्रो। पहिलो क्लास चाहिँ आधी मात्र पढिने भैयो।” ऊ मलाइ पुलुक्क हेर्दै बोल्थी।

“म आउन ढिला हुँंदा तिमि जाँदै गरेनी हुन्छ नि त।” मलाइ यसो भन्न मन नहुँदा नहुँदै पनी भनिदिन्थेँ।

“एक्लै जान मन लाग्न पर्यो नी।” ऊ मुस्कुराउँदै बोल्थी।

“मैले गर्दा तिम्रो पनी पढाइ बिग्रीने भयो।” म ऊ पटि फर्किएर बोल्थेँ।

“बिग्रीयोस्! दुबैजना फेल हुनपर्छ।” ऊ हाँसिदिन्थी। म पनि ऊ संगै मुस्कुराइदिन्थेँ।

“तिमि सधैँ अलराम बज्ने बित्तिकै उठ्छौ? म त निन्द्रामा नै बन्द गरेर फेरी सुत्छु। केहि थाहा नै हुँदैन।” म हाँस्दै बोल्थेँ।

“मैले अलराम लगाएपो।” ऊ मलाइ हेर्दै मुस्कुराएर बोल्थी।

“अनि? कसरी उठ्छौ त त्यती चाँडै?”

“आमा! आमाले उठाइदिनु हुन्छ सधैँ।” ऊ गजक्क पर्दै भन्थी।

“मलाइ पनी उठाउने आमा भैदिए हाम्रो कहिल्यै क्लास छुट्दैन थियो होला है?” म उसलाइ हेरेर सानो स्वरमा बोल्थेँ।

“यस्ता कुरा नगरन के।” ऊ अँध्यारो अनुहार बनाउँथी।

“साँच्चै भनेको पो त! आमा हुनुभएको भए बिहानै कराएर उठाइदिनु हुन्थ्यो होला। चिया बनाएर दिनु हुन्थ्यो होला। अनि त म पनी बेलैमा
आउँथे होला नि सधैँ।” आमालाइ सम्झिएर भावुक भएको म भारी स्वरमा बोल्थेँ।

“यस्ता कुरा नगर भन्दैछु झन्! अहिले म रोइदिन्छु अनि थाहा होला।” ऊ मुख बिगार्दै मेरो नजिक आउँथी।

“यति कुरामा रुन पर्छ र?” म अलिकती मुस्कुराए झैँ गर्थेँ।

“रुन मन लाग्ने कुरा गर्छौ अनि!” ऊ स्वर बिगार्दै बोल्थी।

“भयो! अब गर्दिन है त?” म मुस्कुराइ दिन्थेँ।

ऊ पनि मुस्कुराउँदै मेरो झनै नजिक आउँथी। हाम्रा कुमहरु घरिघरी एकअर्कामा ठोकिन्थे। कतिकती खेर हाम्रा हातहरुको पनी स्पर्श हुने गर्थ्यो।

“कति ताता के तिम्रा हात त।” मेरा हातलाइ छोएर ऊ बोल्थी।

“लेउ, म तिम्रो पनी तातो बनाइदिन्छु।” म मुस्कुराउँदै बोल्थेँ।

ऊ अलिकती हाँस्दै मेरा हातमा हात राखीदिन्थी। म मेरा न्यानो हातमा उसको चिसो हातलाइ राखेर कस्थेँ। हामी केहि अगाडि सम्म हात पकडेर नै हिँड्थ्यौँ। केहि मान्छेहरु अगाडि देखिन थालेपछी म उसको हात छोडिदिन्थेँ। ऊ मलाइ पुलुक्क हेरेर अलिकती मुस्कुराउंथी अनि फेरि नजर झुकाएर अगाडि बढ्न थाल्थी।

“अब देखी म जहिले उठ्ने बित्तिकै तिमिलाइ पनी फोन गरेर उठाउँछु है?” केहि अगाडी पुगेपछी ऊ बोल्थि।

“कलेज नलाग्ने दिन त उठाउँदैनौ नि?” म हाँस्दै बोल्थेँं।

“अँहँ! किन उठाउनु नि कलेज नलाग्दा त?”

“कि जिन्दगीभर हरेक बिहान मलाइ उठाउने जिम्मा तिमि नै लिन्छौ कि भनेर नि।” म हाँस्दै बोल्थेँ।

“के अरे? फेरी भनत।” ऊ नबुझे झैँ गरेर हाँस्दै सोध्थी।

“केहि हैन।” म मुस्कुराउँदै बोल्थेँ।

“तिमि पनी बुझ्ने गरी केहि भन्दैनौ।”

“बुझाउने छु कुनैदिन। समय आउन देउ।” म उसलाइ हेरेर बोल्थेँ। ऊ उस्तै मुस्कुराउँदै नजर झुकाउँथी।

यसरी नै यहि छोटो बाटो संगै हिँड्दाहिँड्दै मेरो मनमा जिन्दगिको लामो बाटो पनी ऊ संगै हिँड्ने रहर पलाउन थालेको थियो। ऊ मेरा लागी मात्र साथि थिइन। उसका लागी त मेरो मनमा अथाह प्रेम भरिएको थियो। म त उसै संग जिन्दगी बिताउने सपना देख्न थालेको थिएँ।

“एउटा कुरा भनौँ?” एकदिन कलेजबाट फर्किँदै गर्दा उसले मलाइ हेरेर बोलि।

“भनन।” म उसको नजिकै गएँ।

“मलाइ एउटा केटाले प्रपोज गर्यो आज।” उसले भुइँतिर नजर झुकाएर बोलि।

“हँ? कसले? अनि के भन्यौ त?” मैले हतारिएर सोधी हालेँ।

“थर्ड इयरमा पढ्छ। चिन्दैनौ तिमि।” उसले सानो स्वरमा बोलि।

“अनि के भन्यौ त तिमिले?” मैले अँध्यारो अनुहार लागाएर सोधेँ।

“केहि भनिन। ‘भोली भन्छु’ भन्दिएँ।

“के भन्छौ त भोली चाहिँ?” मैले हडबाडाएको स्वरमा बोलेँ।

“खै! राम्रो छ मान्छे त।” उसले भुइँमा हेर्दै बोलि।

मलाइ केहि बोल्न आएन। खुट्टाहरु लुला हुँदै गए। बादलले छोपेको आकास जस्तै मेरो अनुहार अँध्यारीयो। म चुपचाप घोसे मुन्टो लगाएर अगाडी बढीरहेँ।

“के उत्तर दिनु त्यसलाइ?” उसले पछाडिबाट बिस्तारै बोलि।

“राम्रो लाग्छ भने ‘यस’ भन्देउन अनि।” मैले मुटु गाँठो पारेर यत्ती बोल्न सकेँ। उसले केहि बोलिन। म सरासर अगाडी बढी रहेँ। म
उसको घर कटेर अगाडी बढेपछि पनी मैले पछाडि फर्केर हेरिन।

कोठा पुगेपछि झोला फ्यालेर बङ्लङ्ग पलङमा पल्टिएँ। अचानक मेरा आँंखा भरी आँशु भरिए। मुटुमा कसैले भाला रोपेर हल्लाइदिए झैँ चस्कन थाल्यो। मलाइ चिच्याएर रुन मन लाग्यो, तर सकिन।

गोजिबाट मोबाइल निकालेँ। म्यासेज बक्समा गएर उसलाइ म्यासेज लेखेँ “राम्रो समय कुर्दाकुर्दै म ढिला भएछु। अब यो भन्नुको कुनै अर्थ त नहोला तर पनी भनिदिन्छु, म तिमिलाइ धेरै पहिले देखी माया गर्छु। आइ लभ यु।”

हतारमा म्यासेज सेन्ड गरेँ। म्यासेज पठाइ सकेपछी आफ्नै म्यासेज मलाइ चित्तै बुझेन। कति धेरै कुराहरु मेरो मनमा थिए, त्यो सबै मैले म्यासेजमा लेख्नै सकेको थिइन।

केहिबेरमा नै उसको फोन आइहाल्यो। मैले हडबडाएर फोन उठाएँ।

“हेलो।

“सरि।” उसले स्वर बिगारेर बोलि।

“केको लागी?” मैले सानो स्वरमा सोधेँ।

“अघिको सबै कुरा झुट थ्यो।” उसले भारी स्वरमा बोलि।

“कस्तो झुट?” मैले हतारिएर सोधेँ।

“मलाइ कसैले प्रपोज गरेको छैन।”

“अनि किन झुट बोलेको त?” मैले थरथराएको स्वरमा बोलेँ।

“किन मलाइ नभन्नु त कहिल्यै?” उसले बच्चाको जस्तो स्वर बनाइ।

“के भन्न पर्थ्यो?” मैले रुञ्चे स्वरमा सोधेँ।

“अघि म्यासेजमा जे लेख्यौ त्यही।” उसले उस्तै स्वरमा बोलि।

“सबै कुरा मुखैले बोल्न पर्छ र? त्यती बुझ्न सक्दैनौ?” मैले घुर्कीपुर्ण आवाजमा बोलेँ।

“थाहा भएर पनि त सुन्न मन लाग्छ नि कति कुरा। बुद्दु!” उसले खुलेको स्वरमा बोलि।

“तिमिले झुट बोलेर अघि मलाइ कति गाह्रो भयो थाहा छ?” मैले स्वर बिगार्दै बोलेँ।

“सरि!” उसले लगत्तै बोलि।

“हुन्न त्यस्तो नाथे सरिले।”

“अनी के ले हुन्छ त?”

“मेरो म्यासेजको उत्तर देउ।” मैले जिद्दि स्वरमा बोलेँ।

“अँहँ भन्दिन। तिमिले मलाइ कति तड्पाएको छौ?” ऊओ हाँसी।

“भनेनौ भने म भोली कलेज नै आउँदिन।” मैले घुर्कि लगाएँ।

“तिमि भनन त पहिले। त्यस्तो म्यासेजको भरमा नि हुन्छ त?” ऊ उस्तै हाँस्दै बोलि।

“आइ लभ यु।” मैले झट्टै बोलिदिएँ।

“लभ यु टू….।” उताबाट उसले सुरिलो स्वरमा बोली।

यसरी हाम्रो मित्रता प्रेममा बदलियो। हामी संगै हिँड्ने यो छोटो बाटो हामिलाइ अझै छोटो झैँ लाग्न थाल्यो। ऊ घरबाट बाहिर निस्किने बित्तिकै मेरा हात पकडेर म संग टांसिदै हिँड्थी।

“यसरी हिँडेको घरबाट देख्नु भयो भने?” म उसलाइ सोध्थेँ।

“देख्नु भयो भने बिहे गर्दिनुहुन्छ।” ऊ हाँस्थी।

“बिहे गर्दिनु हुने हो कि म संग भेट्नै नदिनु हुने हो नी।” म पनि हाँस्दै बोल्थेँ।

“घर भित्रै थुनेर राखे त हो नी। नत्र त जसरी नि भेटिहाल्छु।” ऊ म संग झनै टाँसिँदै बोल्थि।

“थुनेरै राख्नु भयो भने चाहिँ के गर्छौ नि?” म उसलाइ जिस्काउँथेँ।।

“झ्यालबाट हाम फालेर आउँछु है?” ऊ गलल हाँस्थि। ऊ संगै म पनी हाँसीदिन्थेँ।

यसरी नै समय चलिरह्यो। यहि बाटोमा हामी बिच प्रेमको टुसा पलायो। अनि यहि बाटोमा नै हुर्कदैँ गयो।
मलाइ सनीबार कहिल्यै नआए हुने झैँ लाग्थ्यो। त्यही दिन त थियो हाम्रो भेट नहुने। भेट नहुँदा पनी हामी एकअर्कालाइ फोन गरि रहन्थ्यौँ। तर फोनमा बोलेको भेट भए झैँ के हुन्थ्यो र!

“घरमा आउन है? कोहि हुनुहुन्न आज।” एकदिन सनिबार उसले फोन गरेर बोलाइ।

उसले बोलाएपछी मलाइ अरु के चाहियो र! हतारमा तयार भएर म पुगेँ उसको घरमा।
ऊ गेटमा उभिएर बसेकी थिइ। मलाइ देख्ने बित्तिकै ऊ मुसुक्क मुस्कुराइ। म पनि मुस्कुराउँदै भित्र छिरेँ।
गेट बन्द गर्ने बित्तिकै ऊ आएर मेरा हात पकड्दै म संग टाँसिइ। मैले यताउता नजर डुलाएँ। कसैले देख्दैन भन्ने थाहा पाएपछी मैले उसको कुममा हात राखिदिएँ। उसले अनौठो नजरले मलाइ हेरी। म अलिकती मुस्कुराइ दिएँ।

“कति साह्रो भलाद्मी भएर बसेको के!” सोफामा चुपचाप बसेको मलाइ जिस्काउँदै ऊ बोलि।

“अनि शसुरालिमा भलाद्मी हुन परेन त?” म हाँसिदिएँ।

“शाशु शसुरा नभएपछी के भलाद्मी हुन पर्यो त?” ऊ पनी हाँस्दै बोली।

“कस्तो हुनु त?” म उसको नजिक सर्दै बोलेँ।

“रोमान्टिक हुनु नि।” उसले जिस्किएँ झैँ गर्दै बोली।

“आउँदैन मलाइ रोमान्टिक हुन। सिकाउन त।” म उसको छेउमा टाँसिएँ।

“आउँदैन मलाइ नि।” ऊ लजाए झैँ गरि।

मैले उसको हात पकाडेँ। उसले नजर भुइँतिर झुकाइ। मैले बिस्तारै उसका औँलाका कापहरुमा मेरा औँलाहरु छिराएँ। उसले हात बन्द गरेर जोडले कसि। मैले उसलाइ तानेर मेरो छातिमा ढल्काएँ।

“भयो अब चाहीँ?” केहिबेर पछि मैले उसको कानमा बिस्तारै साउती मारेँ।

“उहुम्! भएन।” ऊ अलिकती हाँस्दै बोलि।

“के गर्दा हुन्छ त?” मैले पनि हाँस्दै बोलेँ।

“खै! थाहा छैन।” ऊ लजाए झैँ हाँस्दै अझै कसिएर म संग टाँसिइ।

मैले मेरा हातहरु उसको ढाडमा लगेर उसलाइ अंगालोमा बाँधेँ। उसले आफ्नो टाउको मेरो कुममा अँड्याइ। मैले जोडले उसलाइ आफ्नो छातिमा कसेँ। उसले आफ्नो टाउको मोडेर अगाडि ल्याइ अनि अचानक मेरा ओठमा आफ्ना ओठ जोडाइ।
हामिबिच पहिलो चुम्बन थियो त्यो। म बहकिएको थिएँ। मुटुको गति तेज भएको थियो। छाती भरी उसका लागी माया नै माया भरिए झैँ महसुस भएको थियो।

उसका हातहरु मेरा ढाडमा सलबालाइ रहँदा मेरा हात पनि उसको सरिर भरी स्पर्श गर्न ब्यस्त भएका थिए। केहिबेरमा नै मेरो एउटा हात उसको छातिमा पुगेको थियो। त्यति नै बेला उसले चुम्बन गर्न बन्द गरेर मेरो हात हटाइदिएकी थिइ। मलाइ गल्ती गरेको महसुस भएको थियो। म डरले रातो भएको थिएँ।

“सरि!” मैले अँध्यारो अनुहार बनाएर बोलेको थिएँ।

“सरि भन्न पर्दैन। म बुझ्छु। तर बिहेपछी मात्र।” उसले मुस्कुराउँदै मलाइ अंगालो हालेकी थिइ।

मैले केहि नबोली उसलाइ छातिमा कसेको थिएँ।

केहिबेर पछि ऊ उठेर उसका आमा बा’को कोठा तिर जाँदै बोलेकी थिइ “एकछिन बस्दै गर है?”

मैले टाउको हल्लाएर सहमती दिएको थिएँ।

केहिबेरमा ऊ एउटा रातो बट्टा बोकेर मुस्कुराउँदै मेरो नजिक अएकी थिइ।

“के हो यो?” मैले सोधेको थिएँ।

“सिन्दुर!” उसले हाँस्दै बोलेकी थिइ।

“किन ल्याएकी त?”

“तिमि मलाइ लगाइदेउ।” ऊ म संग टाँसिदै हाँसेकी थिइ।

“किन?” मैले हतारमा सोधेको थिएँ।

“सिन्दुर लगाए पछि जे गरेनी हुन्छ क्या बुद्दु।” ऊ लजाए झैँ घुम्चिएकी थिइ।

म उसलाइ हेरेर हाँसी दिएको थिएँ।

“छिटो लगाइदेउ नहाँसी।” उसले आँखा तर्दै हेरेर हुकुम दिएकी थिइ।

मैले बट्टा खोलेर एक चिम्टी सिन्दुर नजानी नजानी उसको सिउँदोमा हालिदिएको थिएँ।

लगत्तै ऊ मेरो छातिमा टाँसिएकी थिइ। मैले उसको निधारमा चुम्बन गरिदिएको थिएँ। केहिबेरमा नै उसले उसका ओठहरु फेरी मेरा ओठमा जोडेकी थिइ।

हाम्रा हातहरु उसै गरि फेरी सलबलाउन थालेका थिए। यो पटक मेरा हातहरुका लागी कुनै सिमाना थिएन। मैले उसको कोमल छातिको बिना रोकतोक स्पर्श गरेको थिएँ।

मेरो एउटा हात उसको कम्मर हुँदै कुर्ता भित्र छिरेको थियो। उसको न्यानो कम्मर अनि पेटको स्पर्शले मेरा हात ताता भएका थिए। मुटु सिरिङ्ग भएको थियो। मेरो हात बिस्तारै माथी सर्न खोजी रहेको थियो तर उसको सरिरमा कसिएको कुर्ताले अफ्ठेरो भइ रहेको थियो।

त्यती नै बेला, उसले चुम्बन गर्न रोकेर बिस्तारै बोलेकी थिइ “अफ्ठेरो हुन्छ! खोलेर…।”

उसैले यति भनिदिएपछी केहिबेरमा नै मैले उसलाइ निर्वस्त्र बनाएको थिएँ। म आँफु सर्वाङ्ग नाङ्गो भएको थिएं। उसको कोमल अनी सुन्दर छाती माथी मेरो छाती खप्टिएको थियो।

उसले जोडले मलाइ आँफु भित्र तानेर स्वागत गरिरहेकी थिइ।

यसरी हामी बिच अब सबै दुरि मेटिएको थियो। हरेक दिन हाम्रो बाटोमा त भेट हुन्थ्यो नै, अरुबेला समय मिल्दा हामी अझै नजिक हुने मौका पनी गुमाउँदैन थियौँ।

समय बित्त्दै गयो। दिन बिते। महिना बिते। अनि बर्ष पनी बिते। एउटा यस्तो समय आयो। जुन समय आउला भनेर हामिले सोचेका पनी थिएनौ।

“एउटा कुरा भनौँ?” उसले अंध्यारो अनुहार लगाएर बोलि।

“के कुरा?”

“छ महिना देखी घरमा मेरो बिहेको कुरा चल्दैछ।” उसले रुन्चे स्वरमा बोलि।

“हँ? आज सम्म त केहि भनेकी थिएनौ त?” मैले हतारिएर बोलेको थिएँ।

“म रोक्न सक्छु जस्तो लागेको थियो। तर अब त हार खाइसकेँ।” ऊ निराश हुँदै बोलि।

“हाम्रो बारेमा भनेनौ घरमा?”

“भनेको। तर….।” ऊ अनकनाइ।

“के तर?”

“हुँदैन भन्छन् तिमी संग।” ऊ रुन्ची भइ।

“किन?” मैले रुखो स्वरमा सोधेँ।

“खै! अस्ति बाबाले तिम्रो घर नी हेरेर आउनु भएको रे।” उसले घोसेमुन्टो लगाएर बोलि।

“अनि के गरिब रहेछ भनेर हुन्न रे?” म राँकीएँ।

“त्यस्तो हैन के।” उसले दिक्क लाग्दो स्वरमा बोलि।

“कस्तो हो त?” मैले उसै गरि बोलेँ।

“म एक्लि छोरी हो। राम्रो ठाउँमा दिने बिचार होलानी त।” उसको स्वर मलाइ नमिठो लाग्यो यो पटक।

“तिमि चाहिँ के चाहान्छौ नि?” मैले उसलाइ हेर्दै सोधेँ।

“तिमिलाइ थाहा छ त। म कति माया गर्छु तिमिलाइ भनेर। तर बा आमाले यस्तो गरेपछी के गर्नु भनत?”

“के गर्छौ तिम्रो बिचार!” म रिसले हडबडाएर बोलेँ।

“यस पटकको केटा संग नि बिहे नगरे। हामिलाइ आमा बाउ नै नभन्नु, भन्छन् घरमा। अनि के चाहिँ गर्नु त म?” उसले स्वर बिगारी।

“यतिका समय त रोकेकी रहेछौ। अब चाहीँ किन सक्दैनौ?” म ऊ बाट पर सर्दै झर्किएर बोलेँ।

“कोशिस गरेँ तर सकिन।” उसले मलाइ पुलुक्क हेरेर बोलि।

“भैगो त त्यसो भए। तिमिलाइ जे ठिक लाग्छ त्यही गर।” म रिसाएर उठेँ।

“सरि। नरिसाउन यसरी।” उसले रुन्चे स्वर बनाइ।

“कहाँको हो केटा? के गर्छ?” मैले उसलाइ नहेरी सोधेँ।

“अस्ट्रेलियामा बस्छ रे।” पछाडीबाट उसको स्वर आयो। म थप केहि नबोली सरासर घरतिर हिँडेँ।

कोठामा पुगेपछी ओछ्यानमा पल्टिएर “यो पटक पनी सबै झुट हो भनेर भनिदियोस्” भन्ने कामना गर्दै पर्खिएँ म। तर उसको फोन त्यसपछी कहिल्यै आएन मेरो मोबाइलमा।

आज….
यो बाटो मलाइ हिँड्नै मन लाग्दैन। तिनै पुराना दिनहरु सम्झाउँछ यो बाटोले। उसको घर नजिकै पुग्दा कतै फुत्त गेट बाहिर निस्किएर उसले मेरो हात पकड्छे कै झैँ लाग्छ। तर ऊ त मेरो नजरमा पनी परेकी छैन त्यो दिन पछाडी।

म उसको घरको गेट अगाडि पुगेको छु। खर्याक्क गेट खुलेको आवाज आयो। मैले झस्किएर त्यतै नजर फर्काएँ। गेटबाट उहि बाहिर निस्किइ। उसलाइ देखेर म ठिँङ्ग उभिएँ।

ऊ सरासर मेरो नजिक आइ अनि एउटा कार्ड हातमा थमाउँदै शिर झुकाएर बोलि “मेरो बिहे छ आठ गते। आउनु है?”

“अँहँ! आउँदिन। मैले कसैको दोश्रो बिहेमा जाने गरेको छैन।” मैले उसलाइ हेरेर रुखो उत्तर फर्काएँ।

उसले केहि बोलिन। अँध्यारो अनुहार अनि घोसे मुन्टो लगाएर फनक्क पछाडी फर्किइ। मैले लगालग आफ्ना पाइलाहरु अगाडि बढाएँ।

अनि यसरी …….यो बाटो अचेल मलाइ लामो लाग्न थालेको छ।

:- समाप्त!

One Comment

  1. Thomas limbu says:

    Waaooo great love story

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)