नाइँ! मलाइ लाज हुन्न क्याहो?

“थाहा छ? आज मैले शपिङ गरेर आएँनी।” उसले च्याटमा सुनाइ।

“ओहो! अनि के किन्यौ त?” मैले सोधिहालेँ।

“एउटा पेन्ट अनि एउटा ज्याकेट।” उसले मुसुक्क मुस्कुराएको स्माइली संगै लेखी।

“ल गजब भएछ! मेरा लागी केहि किनिदिएनौ त?” मैले हाँसेको स्टिकर पनि संगै पठाएँ।

“पछि हजुर नेपाल आएपछी किनिदिन्छु है?” उसले पानवाला आँखा गरेको स्टिकर सहितको रिप्ले पठाइ।

“हस् हजुर।” म मुस्कुराइ दिएँ च्याटमा नै।

“कतिको सुहाएको छ हेर्नुत।” उसले भर्खरै किनेको ज्याकेट र पेन्ट लगाएको फोटो पठाउने बित्तिकै लेखी।

“दाम्मी देखियो। यसै नि राम्री मान्छे, झन् राम्री भयौ।” मैले तारिफ गरिदिएँ।

“थ्याङ्क यु।” उसले लजाएको ईमो सहितको म्यासेज पठाइ।

“अनि यति मात्र हो आजको सपिङ?”

“छ नि अझै।” ऊ हाँसिदिइ।

“के छ नी अरु चाहीँ?”

“केके जाती।” उसले मुख च्यातेर हाँसेको इमो सहित लेखी।

“के हो नी केके जाती भनेको?” मैले पनी हाँसेरै सोधेँ।

“बुझ्नुन के आँफै।” लजालु इमो सहितको रिप्ले पठाइ।

“नभनी के बुझ्नुनी? भनन।”

“केके जाती क्या! केटि मान्छेले लगाउने कुरा नी।” उसले फेरी मुख च्याती।

“खै फोटो हेरौँ न त कस्तो किनेछौ!” म पनी हाँसिदिएँ।

“थैट! हुन्न। लाज हुन्न क्याहो?”

“केको लाज नी आफ्नो मान्छे संग?”

“हुन्छ नी लाज आफ्नो मान्छे संग पनी ।”

“पेन्ट र ज्याकेटको त फोटो पठायौ अब त्यसको पनी पठाउ न के।” मैले कर गरेँ।

“अँहँ हुन्न। लाज हुन्छ।” ऊ हाँसी।

“नपठाए सम्म म बोल्दिन।” मैले मुख बिगारेको स्टिकर पनी पठाएँ।

“कस्तो जिद्दी के हजुर त!” उसले लेखि। मैले उसको केहि उत्तर लेखीन।

“बोल्नुन के।” उसले दुखी भएको स्टिकर पनी संगै पठाइ। मैले भने अझै केहि लेखिन।

“लु हेर्नु! जिद्दी मान्छे।” उसले पलङमा राखेको ब्रा’को फोटो खिचेर पठाइ।

“उहुम् भएन।” मैले लगत्तै लेखेँ।

“अब चाहिँ के भएन नि? मैले किनेको यहि त हो।” उसले मुख बिगारेको स्टिकर सहित लेखी।


“ज्याकेट र पेन्ट त लगाएर पठाएकी थ्यौ त।”

“अनी के त?” उसले झट्टै लेखिहालि।

“यो पनी लगाएर फोटो पठाउ के।” मैले फेरी मुख बिगारेको स्टिकर सहित कर गरेँ।

“अँ होला खुब। हजुरले जे भन्यो त्यही!” उसले मुख फुलाइ।

“अनि के भयो त पठाउँदा? मैले आफ्नी मान्छेलाइ हेर्न हुँदैन र जसरी मन लाग्छ त्यसरी?” मैले पासो थापेँ।

“हजुर पहिले नेपाल आउनु अनि जसरी मन लाग्छ त्यसरी हेर्नु।” उसले लजालु इमो सहीत लेखी।

“त्यो बेला त केके हुन्छ केके नि। अहिले चाहीँ एउटा फोटो पठाइदेउन प्लिज! आफ्नी मान्छेलाइ अझै मज्जाले हेर्न मन लाग्यो नि त प्यारी।” मैले मस्का लगाएँ।

“लाज हुन्न क्याहो मलाइ?”

“केको लाज नी? आफ्नै बुढाबुढिमा पनी लाज हुन्छ त?”

“नाइ के! पछि आएपछी है सबथोक?” उसले फेरी मुख बीगारी।

“प्लिज! एउटा फोटो मात्र के।” मैले कर गरिरहेँ। केहिबेर सम्म उताबाट म्यासेज आएन। म लगातार दुखी भएका स्टिकर पठाइरहेँ।

“लु हेर्नु! कस्तो जिद्दी मान्छे तपाइँ त।” उसले ब्रा मात्र लगाएर छातिको फोटो पठाइदिइ। मैले हतारमा मोबाइल आँखा नजिकै ल्याएर जुम गरीगरी फोटो नियालेँ। मलाइ उसका फक्रदाँ स्तनहरुले लोभ्याए। शरिरमा अनौठो तरंग फैलियो। मेरो पुरुषार्थको प्रतिक कपडा बाहिर निस्कन बल गर्यो।

“अबत भयो होला नी हजुरलाइ?” उसले मुख फुलाउँदै लेखी।

“अनुहार देखीएको फोटो पठाउँदा के हुन्थ्यो नी?” अझैपनी मैले असन्तुष्टी जनाएँ।

“लाज लाग्दैन त? अरु कसैले देख्यो भने के हुन्छ मेरो हालत?” उसले रुन्चे इमो सहित लेखी।

“कसले देख्छ त डल्ली? अरुलाइ देखाउँदै हिँड्छु त म?”

“त्यही पनी त। डर लाग्छ नी।”

“मेरो बिश्वास लाग्दैन हो?”

“लाग्छ, धेरै।”
“त्यसो भए ढुक्क हौ डल्ली। तिमिले अघी पठाएको फोटो पनी डिलिट गर्दिसकेँ मैले।” मैले उत्तर लेखेँ अनि लगत्तै अगिको तस्बिर डिलिट गरिदिएँ।

“आइ लभ यु!” उसले प्यारो म्यासेज पठाइ।

“लभ यु टू डल्ली।”

“अब जान्छु ल। मेरो मोबाइलमा ब्याट्री सकियो फेरी।” उसले दुखी भएको म्यासेज पठाइ।

“कति चाँडै सकिन्छ ब्याट्री पनी तिम्रो मोबाइलको?”

“यो थोत्रो यस्तै हो। दादा आउँदा ल्याइदिन्छ भनेको अझै छ महिना लाग्ने अरे।” उसले फेरी मुख बिगारी।

“मेरो साथी आउँदैछ केहिदिनमा। म पठाइदिन्छु नी त है मेरी प्यारीलाइ?” मैले मायालु इमो सहितको म्यासेज लेखेँ।

“भयो पर्दैन। म यहि चलाउँदै गर्छु। पछि दादाले ल्याइदिन्छ।”

“अनि मैले पठाएको चाहिँ चलाउन हुन्न?”

“हुन्छ नी किन नहुनु।”

“त्यसो भए म पठाइ दिन्छु मेरी बुढीलाइ गीफ्ट।”

“हजुरको आफ्नै कति काम होला पैसाको!”

“छैन खासै। तिमि पनी त मेरी हौ नि डल्ली। आफ्नी बुढिका लागी यति त गर्न पर्यो नि।” मैले चुम्बनवाला इमो सहितको म्यासेज लेखेँ।

“जे सुकै गर्नुस्।” उसले लगत्तै उत्तर फर्काइ।

“त्यो जे सुकै चाहीँ अब आएपछी गर्ने है?” म हाँसिदिएँ।

“फटाहा मान्छे! तपाइँलाइ त्यतिको मात्र सुर छ है?” ऊ पनि हाँसि।

“अनि के त। यो उमेरमा पनी त्यो सुर नभएर हुन्छ त?”

“तपाइँलाइ गफ गर्न कसैले सक्दैन। जान्छु अब म, भरे बोलौँला है? लभ यु। बाइ।” यति लेखेर ऊ अफलाइन भइ। म उसलाइ सम्झिएर मुस्कुराउँदै कोल्टे फर्किएँ।

पर्सिपल्ट साथिको घर फर्कने दिन। म नजिकैको सुपरमार्केट गएँ अनि उसका लागी एउटा मोबाइल किनेँ। मोबाइललाइ चालिस हजार नेपाली रुपयाँ पर्यो। म आफैँले नै आज सम्म त्यती महँगो फोन बोकेको थिइन। तर उसको लागी त्यो मोबाइल किन्दै गर्दा मलाइ अलिकती नि लोभ लागेन। सम्झिएँ “यति माया गर्ने प्रेमिकालाइ पहिलो उपहार दिँदा पनी के सस्तो दिनु!”
त्यही सुपरमार्केटबाट उसका लागी केहि पोका चकलेट पनी किने मैले। साथिले मुख बिगार्दै भएनी मेरो उपहारको पोको समात्यो अनि उसको झोलामा हाल्यो।

मोबाइल र चकलेट हात लागेपछी ऊ फुर्किइ। उसले त्यो दिन चुम्बनवाला स्टिकर त कति पठाइ पठाइ।

“मेरो बुढाले दिएको गिफ्ट म सधैँ जतन गरेर राख्छु।” उसले गमक्क परेको स्टिकर सहित लेखी।

“हस् प्यारी।” मैले चुम्बनवाला इमो सहितको उत्तर दिएँ।

“किन यति धेरै माया गर्नुहुन्छ मलाइ?” उसले सोधी।

“तिमि प्यारी छौ त्यसैले।”

“तपाइँ झन् प्यारो हुनुहुन्छ।” उसले राता ओठ पठाइ।

“सुत्ने बेला भएन तिम्रो?” मैले सोधेँ।

“म त सुति पनी सकेँ।” ऊ हाँसिदीइ।

“एक्लै सुत्छन् त? बुढालाइ बोलाउन पर्दैन?”

“आउनु न त।” ऊ फेरी हाँसी।

“ल आएँ। अलिक पर सर है?”

“हस्! सरेँ, आउनु।” ऊ लजाइ।

“खै कता छौ त? अंगालोमा आउन त।” मैले चुम्बनवाला स्माइली पठाएँ।

“आएँ अंगालोमा। छातिमा कस्नुस् मलाइ।”

“ल कसेँ है? छोड्दिन अब म।” मैले पानवाला आँखा भएको स्माइली पठाएँ।

“हस्! नछोड्नु।” ऊ फेरी लजाइ।

“मलाइ साँच्चिकै तिमीलाइ अँगालो हालेर सुत्न मन लागेको छ।” मैले लेखेँ।

“हजुर आउनु अनी बिहे गर्न पर्छ। अनि त सधैँ संगै नि।” ऊ मुस्कुराइ।

“यही पटक गर्ने हो त?” मैले सोधेँ।

“गर्ने त अनि। कि मन छैन हजुरलाइ?” उसले मुख बिगारी।

“मन हुँदैन त लाटी। मलाइ तिमिलाइ भन्दा धेरै हतार भएको छ।”

“अब हजुर आएपछी गर्नपर्छ है?” उसले मायालु स्माइली पठाइ।

“तिम्रो घरबाट दिनुहुन्छ?”

“भागेर गर्नपर्छ।” ऊ हाँसि।

“पक्का?”

“पक्का त अनि। घरबाट त अस्ट्रेलिया अमेरिका बस्ने केटा मात्र खोज्छन्।” उसले फेरी मुख बिगारी।

“अनि तिमि चाहिँ अरबे संगै बिहे गर्ने है?” म जिस्किएँ।

“गर्छु त अनि। यति माया गर्ने मान्छे अरबमा नै बसेपछी के गर्नु त?” उसले राता ओठ पठाइ।

“हस् प्यारी अब म आएपछि भाग्न पर्छ है त?”

“हस्! पैसा जम्मा गर्दै गर्नु है?” ऊ हाँसि।

“कति जम्मा गर्नु हौ?” मैले हाँस्दै सोधेँ।

“बिहे गर्ने भएपछी चाहिन्छ नी धेरै।”

“हस्! जम्मा गरौँला नि प्यारी। अबका सबै सेलरी हाम्रो बिहेको लागी है?” मैले पानवाला आँखा भएको स्टिकर पठाएँ।

“हस्! मेरो बैँक एकाउन्टमा पनी पचास हजार छ। त्यो पैसा पनि हाम्रो बिहे पछिको लागी है?” उसले मुस्कान सहित लेखी। उसको म्यासेज हेरेर म पनी फुर्किएँ।

“ओहो! कति प्यारि बुढी। कति धेरै सोचेकि तिमिले।” मैले फुर्किदै लेखेँ।

“सोच्न परोनी त अनि बुढा।” ऊ गमक्क परी।

“अब अर्को महिना देखी म पनी अलिकती पैसा घर पठाएर अरु तिम्रै बैँकमा जम्मा गर्छु है?” मैले मुस्कुराउँदै लेखेँ।

“ल! किननी? हजुर आँफ्नै बैँकमा जम्मा गर्नुन।” उसले लगत्तै लेखी।

“मेरो नेपालमा कुनै बैँकमा खाता नै छैन। यतै राख्ने कुरा भएन।” म हाँसिदिएँ।

“त्यत्रो पैसा मलाइ पठाउन अफ्ठेरो लाग्दैन?”

“लौ के अफ्ठेरो नि। आफ्नी बुढिको खातामा पैसा जम्मा गर्न?” मैले चुम्बनवाला स्टिकर पठाएँ।

“हस् बुढा! घर पठाएर बचेको पठाउनु। जतन गरेर राख्न पर्छ हाम्रो बिहे पछिको लागी।” ऊ गमक्क परि।

“हस् प्यारी। माया गरन प्लिज।”

“उम्मा…..।” उसले संगै चुम्बनवाला स्टिकर पनी पठाइ।

अर्को महिनाको सेलरी आयो। मैले घरमा आमालाइ बिस हजार पठाएर पचास हजार उसलाई पठाइदिएँ।

“हाम्रो पैसा एक लाख भयो अबत।” उसले खुशी हुँदै सुनाइ।

“हुन्छ नि त। चाहिन्छ नि त प्यारी पछि।” म गमक्क परेँ।

“हस्। जतन गरेर खर्च गर्न पर्छ है पछिपनी?” उसले मुस्कानवाला स्माइली संगै पठाइ।

“कति ज्ञानी छौ तिमि। कति भाग्यमानी म।” मैले पानवाला आँखा भएको स्टिकर पठाएँ।

“हुन पर्यो नि बुढा अब बिहे गर्ने भाएसी।” ऊ पनी गमक्क परी।

फेरी अर्को महिनाको सेलरी आयो। मैले यो पटक असि हजार रुपायाँ नै उसैलाइ पठाइदिएँ। त्यो दिन बेलुका सम्म उसको म्यासेज आएन। मैले धेरै पल्ट म्यासेन्जर हेरी रहेँ। तर उसलाइ अनलाइन देखाएन।

“कता गयौ प्यारी। अनलाइन आउँदैनौ त? आयौ भने मिसकल गर है? म खाना बनाउंदै गर्छु।” यति लेखेर म अफलाइन भएँ।

एक घन्टा सम्म पनी उसको मिसकल आएन। मैले म्यासेन्जर खोलेँ। सुरुमै उसको म्यासेज देखायो। लेखिएको थियो “बाइ!”

मैले हतारीएर म्यासेजमा क्लिक गरेँ। अरु कुनै म्यासेज थिएनन्। मैले उसलाइ म्यासेज फर्काउन पनी मिलेन। उसले मलाइ ब्लक गरेकी थिइ।

एक्कासि म छाँगाबाट खसे झैं भएँ। खुट्टा थरर कापे। टाउको चड्कियो। कान राता भए। आँखा भरी आँशु भरियो। म थचक्क फलामे पलङमा बसेँ।


केहिबेरमा कामेका हातले उसको नम्बर डायल गरेँ। धेरैबेरमा फोन उठ्यो। उताबाट एउटा केटाको नौलो आवज आयो।

“हेल्लो।”

“हजुर को बोल्नु भएको? निरु खोइ?” मैले हडबडाउँदै सोधेँ।

“किन चाहियो?” ऊ झर्कियो।

“गफ गर्नछ।” मैले बोलेँ।

“कोहो तिमि?” उसले उस्तै स्वरमा सोध्यो।

“म उसको बोइफ्रेन्ड हुँ।” मैले नडराइ बोलिदिएँ।

“भाग मु**! अब देखी फोन नगर याँ। नत्र राम्रो हुंदैन।” उसले थर्कायो।

“को हो तपाइँ?” मैले सोधेँ।

“म निरुको बुढा हो।” ऊ गलल हाँस्यो। उसको हाँसो संगै केहिपरबाट एउटि केटिको हाँसो पनी मिसियो। मैले त्यो हाँसो ठम्याइ हालेँ। ऊ अरु कोहि नभएर मेरै प्यारी अनि ज्ञानी ‘नीरु’ थिइ!

समाप्त!!

2 Comments

  1. Siddanta karki says:

    डुबाएरै मरिछ नि प्यारी ले😂

  2. prashanna frank says:

    हैट अब सतर्क 😎

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)