डा. गोबिन्द केसि पक्कै अङ्गिकृत हुन पर्छ, नागरिताको छानबिन गरियोस्।

“डा. गोबिन्द केसि पक्कै अङ्गिकृत हुन पर्छ, नागरिताको छानबिन गरियोस ।”

हाल म त्यो देशमा बसेर यो रचना लेख्दैछु, जहाँ ६५ बर्ष अगि भोकमारी लाग्दा मेरो देशले राहत पठाउथ्यो, आज म जस्ता हजारौ नेपाली यहाँ आफ्नो र परिवार को पेट पाल्न यहि देशमा श्रमिक भएका छौ। यो झन्डै ७ दशकमा हाम्रो देश बिकास गर्छौ भनेर हाम्रा पुर्खा देखि हामि सम्मलाई थुप्रै आस्वासन बाढने राजनितिक दलहरुलाइ अझै पनि हामिले बहिस्कार गरेका छैनौ, अझै हामि
आसाबादी छौ ।


सहनशिलता हाम्रो बाध्यता, निरिहता मात्रै नभएर अब हाम्रो पर्याय नै भैसक्यो । नेपाल टुक्र्याउछौ भन्नेहरु त देशद्रोहको अभियोगमा जेल चलान हुन पर्ने हैन तर तिनै कथित मसिहा बनेर घुमिरहदा हामी सहन्छौ, एस एस बि ले सिमामा सधै जसो अनेक दुख दिन्छ, मधेसमा बस्ने नेपालिहरु सहन्छन, भारतले देशको सिमाना नै मिच्दिन्छ, फेरि पनि हामी सहन्छौ। हिन्दु राज्यलाइ जबर्जस्ती धर्म निरपेक्ष बनाइयो, हिन्दुहरुले सहेर बसिदिए । हामी त तरकारी को भाउ ले आकाश छुदा होस या कालोबजारी ले ढाड सेकिदा हामि नेतालाइ सराप्दै गुजारा चलाएकै छौ । सहनशिलता अहिले नेपाली को परिचय हो । मालपोत, भन्सार, कर कार्यलय, बिभाग मात्रै होइन एक से एक सरकारी कार्यलय मा दिनहु कर्मचारिले घुस मागेकै छ, हामिले दिएर पनि आफ्नो बनाएकै छौ।

हामि कसैको बिरुद्ध बोल्न अन्याय लड्न भन्दा सहेर आफ्नो काम सिध्याउनतिर लाग्छौ । हामिलाइ कसैले राज्य को सम्पत्ती दुरुपयोग गरोस, कसैले कसैको मानबअधिकार हनन गरोस या कसैले आफ्नै टोलमा अपराध गरोस, हामीले सहनसक्नु पर्छ, त्यो छैन बानी बसाल्न पर्छ । देश को सिस्टम एति भ्रस्ट भयो, कर्मचारी तन्त्र बिगृसक्यो, दन्डहिनता, राजनीतिक संरक्षण अब यिन्का बिरुद्ध लड्नु एउटा चट्टानमा कुहिनोले हान्नु जस्तै भयो ।


हिजो बर्खास्त गरिएको डिनलाइ सर्बोच्चको आदेशमा पुर्नरबहालि गर्ने बित्तिकै डा साब( डा. गोबिन्द केसि)को बिग्यप्ती आयो, प्रधान न्यायधिस गोपाल प्रसाद पराजुली माफिया, गुन्डा र भ्रस्ट हो भन्दै र सुरु भयो १४ औ आमरण अन्सन । राजिनामा मागेर अन्सन बस्दिने डासाप को माग पूरा भएन भने?डा गोबिन्द केसि का मुद्दा रास्टृय मुद्दा हुन भन्ने हरु निर्धो बुडा भोक भोकै मर्न लागेसि माइतिघरमा पमप्लेट बोकेर कुद्छन, रास्टृय मुद्दा हो भने केसि ले अन्सन बस्नु भन्दा अघि संघर्षका कार्यक्रम लिएर किन आउदैनन? भो डा.साप छोड्दिनुस यो हठ, भगवानका कान नपरोस तपाइलाइ कथम कथाचित केही भैहाल्यो भने बजारमा दुई चार सय थान मैन बत्ती बिक्छन, तिनै मैन बत्तिको रापमा रोटि सेकाएर खानेहरुले पेट भर्छन। दुर्गम ठाउका जनता त डा केसिले सिटामोल ल्याइदिन्छन कि भनेर कुर्दा कुर्दै मर्छन ।

भगवानका मुर्तिको तस्करी हुदा त हामि सहेरै बस्या छौ, न्यायमुर्ती को किनबेच भयो भनेर डा साबलाइ किन उफृन परेको होला? सहेर बस्देको भए पनि हुने, अन्यायलाइ सहेर बस्दिने बशाणुगत गुण भएका हामी नेपाली माझ यी शून्य सहनशीलता भएका डा. गोबिन्द केसि पक्कै अङ्गिकृत हुनपर्छ, उहाको नागारिताको छानबिन गरियोस ।

राजु बजगाइ
हाल: दक्षिण कोरिया

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)