दलालहरुले भरिएको काठमाण्डौं!

“सुजन पाण्डे”

ल नया बसपार्क आइपुग्यो झरौं है दाइहरु, खलाँसि भाइको आवाजले अभिनास झल्यांस्स बिउँझिन्छ, आफुले ल्याएको झोला बोकेर उ गाडिबाट ओर्लन्छ! गाडि नै गाडि नया नया मान्छे कता जाने के गर्ने उ अलमल्ल पर्छ, एकछिन त्यतिकै टोलाइरहन्छ!!

दाइ होटल हो? मंगोलियन अनुहारको ब्यक्तीले उसको अगाडि आएर सोधेपछि उ सम्हालिन्छ, हजुर हो हो; ल हिन्नुस त दाइ तातो चिसो पानी एटेज बाथरुम सफा र पारिवारिक वातावरण को होटल छ! अभिनास उसैको पछिपछि लाग्छ। बाटोमा त्यो भाइले सोध्छ दाइ के गर्न आउनुभएको काठमांडौ? बिदेश जानलाइ भाइ मेनपावर ले बोलाको छ अभिनास जवाफ दिन्छ! ए होर कुन देश नि दाइ? साउदि अरब भाइ!

बेलुकाको ६ बजिसकेको हुनाले नया बसपार्क यरिया रंगिन हुन सुरु भैसकेको छ चारैतिरबाट दोहोरि गितका धुनहरु बाटोसम्मै आइपुगेका छन्। अझै आइपुगेन भाइ? कति टाढा हो? आइपुग्यो दाइ उ यहि हो, उनिहरु यौटा होटलभित्र छिर्छन्! त्यो भाइले काउन्टरमा केहि कुरा गर्छ अनि खाता मा नाम इन्ट्री गराइसकेपछि उसलाइ लेराउने भाइले चाबि लिन्छ र अभिनासलाइ रुममा पुर्याइदिन्छ, ल दाइ रुम यहि हो तातोपानी चैं खै के बिग्रेर हो अहिले नआउने भाको रैछ, खाना रक्सि के के चाहिन्छ तल काउन्टरमा गएर भन्नु रुममै लेराइदिन्छन्, तपाइँ आफ्नै घर सम्झेर बस्नुभए हुन्छ! यति भनेर त्यो भाइ त्यहाँबाट जान्छ! अभिनास खाटमा पल्टन्छ अनी सोच्न थाल्छ कस्तो हुन्छहोला बिदेश?

गाडि नै गाडि नयानया मान्छे ठुलाठुला घर यस्तै यस्तै कल्पनामा उ रम्न थाल्छ! उसले अस्ती गाउँमा तास खेल्दा तिर्ने पैसा नभएर सुजनेले गरेको आफ्नो ब्यजती सम्झन्छ, खेताला गर्न आएकाहरुलाइ ज्याला दिन नसकेको सम्झन्छ यस्तै यस्तै बिभिन्न कुराहरु उसका आँखा अगाडि झलझल्ती आउँछन्!, एकचोटि साउदि त जान पाम गाउँमा आफ्नो ब्यजत गर्नेहरुको मुख टाल्न सकिन भने त म पनी बाउको छोरा हैन उ आफैमा गमक्क फुल्छ।

अहो ९ बजिसकेछ भोलि त मेनपावर जानु छ अब त खाना खाएर सुत्नुपर्छ, उ खाना खानलाइ तल जान्छ काउन्टर मा गएर खाना अर्डर गर्छ र टेबल मा बस्छ! होटलवाला अभिनास भएको ठाउँमा आउँछ अनि सोध्छ भाइ कुन देश जान लाग्या? साउदि दाइ उ जवाफ दिन्छ! अहो अनि ड्याम्म पैसा कमाउन जानलाग्या मान्छे भातमात्रै खाएर सुत्छन् त? उ काउन्टरमा गएर रक्सिको बोतल र गुइओटा गिलाँस लिगेर आउँछ। उनिहरु रक्सि खान थाल्छन्, खाँदाखाँदै २ बोतल सकिन्छ, अब नसाले अभिनासलाइ छोइसकेको छ, बिदेश जाने र पैसा कमाउने भन्दै चर्को स्वरमा कुरा गर्न लाग्छ, होटलवालाले नयाबसपार्क को रात्री जीवन घुमाइदिने भन्दै अभिनास लाइ लिगेर बाहिर निस्कन्छ!

उनीहरु दोहोरि साँझमा छिर्छन्! आहा कति सुन्दर केटिहरु अभिनासको आँखा लठ्ठ हुन्छ कानैनेर आएर यौटि सुन्दरिले बस्नुस न भनेर साउति गरेपछि अभिनास सोफामा बस्छ, सोल्टा के लिनुहुन्छ? यौटि केटि उसंगै आएर बस्छे, गाउँमा एसो जिस्काउँदा पनी रिसाएर हिन्ने खासै राम्रि नभएकि फुलमती लाइ सम्झन्छ अनि अभिनास खिसिक्क हाँस्छ, किन नबोलेको हो सोल्टा के लिनुहुन्छ? उसले बीयर मगाउँछ उसंगै बस्ने केटि आफुलाइ रेडबुल अनि यौटा बीयर लिगेर आउँछे, अभिनास बीयर पिउदै रमाइलो हेर्न थाल्छ!, ओ भाइ जाने हैन? होटलवालाले झस्काएपछि उ बिउँझन्छ रक्सि धेरै भएर उ निदाएको रहेछ, काउन्टरमा गएर चर्को बिल तिरेर उनिहरु होटलतिर लाग्छन्!


१ बजिसकेछ मेनपावर ले १० बजे आउनु भनेको थियो अभिनास हतार हतार तैयार भएर गाडि चढ्ने ठाउँतिर लाग्छ अनि गाडि चढेर बसुन्धारा पुग्छ, अस्ती फोनमा मेनपावरवाला ले भनेबमोजिम को ठेगानामा अभिनास जान्छ, दाइ म अभिनास अस्ती फोनमा कुरा गरेको थिएँ नी साउदि को लागी, मेनपावर को मान्छेले भन्छ अहो भाइ ढिला गर्नुभयो नी अब भोली आउनुस है! अभिनास होटल फर्कन्छ र खाना खाएर पल्टिन्छ, हिँजोको रंगीन रात झलझली याद गर्छ, उसलाइ रमाइलो लाग्छ! बिदेश जाने त हो अलिअलि खर्च भएर के हुन्छ र? यस्तो सोच्दै उसले एक बोतल रक्सी कोठामै मगाउँछ! होटलमा काम गर्ने भाइले रक्सि ल्याएर राखिदिँदै भन्छ दाइ माल हान्ने हो? च्वाँक च्वाँक केटिहरु छन् ७ हजार लिन्छन् हान्ने भए भन्नुस है म बोलाइदिन्छु, अभिनासलाइ उत्सुकता जाग्छ, होटलवाला भाइलाइ पैसा थमाइदिदै केटि बोलाइदिन भन्छ, एकैछिन मा यौटि केटि आइपुग्छे, रक्सिको नसामा अभिनास उक्त केटिसंग रासलिला गर्न थाल्छ!

भोलीपल्ट अभिनास ९ बजे बिउँझन्छ, छिटोछिटो तैयार भएर उ हिजोकै मेनपावर जान्छ, १ घन्टा बाहिर कुरिसकेपछि उसलाइ भित्र बोलाइन्छ, भित्र गएपछि मेनपावर वालाले भन्छ भाइ हिँजो ढिला आउनुभयो हेर्नुस न यो पाली को कोटा नै सकियो अहिले तत्काल अरु कोटा पनी छैन ३/४ मैनापछि नया कोटा झर्छ त्यतिबेला आउनुस है!, अभिनास छाँगाबाट खसेझैँ हुन्छ, उसका अनगिन्ति सपनाहरु क्षणभरमै तुहिएका छन्, उ निरास भएर होटल फर्कन्छ, के गर्ने के नगर्ने सोच्नै सक्दैन!

गाउँबाट आउँदा रामे काका संग लिगेको रिन सम्झन्छ उसका आँखावाट आँसुका धारा बग्छन्, अर्धचेतमै झोला बोकेर उ तल झर्छ, अहो भाइ जान लाग्नुभाको होटलवालाले सोध्छ, अँ दाइ जाने मेरो हिसाब गर्दिनुस, होटलको हिसाब सुन्दा उसको आँखाबाट झनै आँसु बग्न थाल्छन्, के गर्नु लागेको तिर्नैपर्यो उसले गोजिबाट पैसा निकालेर तिर्छ र त्यहाँबाट बाहिर निस्कन्छ, उ बसपार्क तिर हानिन्छ, दाइ पुर्व हो ? दाइ पोखरा हो? दाइ कता जाने? ४/५ जना केटाहरु उसको ओरिपरि धुम्मिन्छन्, उसलाइ जताततै दलालिले भरिएको काठमांडौ देखि घृणा लागेर आउँछ, उ सरासर टिकट काउन्टर मा जान्छ टिकट लिन्छ अनि सबै सपनाहरु आँसुसंगै काठमांडौ मै बगाएर आफ्नैगाउँतिर फर्कन्छ!!

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)