कथा: अन्धो प्रेम


“हाइ!” उसैले पहिलो म्यासेज पठाएको थियो फेसबुकमा।
“हेल्लो।” मैले लगत्तै म्यासेज फर्काएकी थिएँ।
“आरामै हुनुहुन्छ? साथी जस्तो लागेर रिक्वेस्ट गरेछु….!”
“हजुर आराम छु। तपाइँ नी? तपाइँले रिक्वेस्ट पठाउनु भयो मैले एसेप्ट गरेँ। अबत साथी नै भयौँ नि फेसबुकमा भएनी।” मैले हाँसेको इमो सहित म्यासेज लेखेँ।
“हाहा! हुनत हो। अबत साथी भैहालीयो नि। अनि कहाँ हो घर हजुरको?” उसले सोध्यो।
“झापा, केर्खा।”
“ए! मेरो नि झापा नै हो। दमक!”

यसरी नै भएको थियो हाम्रो चिनाजान। यसपछी हाम्रा कुरा भइ रहन थाले। ऊ मलाइ अनलाइन देख्ने बित्तिकै म्यासेज गरिहाल्थ्यो। म पनि ढिला नगरी रिप्ले गरिहाल्थेँ। मैले उसको प्रोफाइल खोलेर तस्बिरहरु हेरेकी थिएँ। ऊ सुन्दर थियो। गहुँगोरो बर्णको उसको शरिर सुगठित अनि आकर्शक देखिन्थ्यो। उसको उमेर लगभग बाइस बर्ष हुँदो हो। उसले फेसबुकमा लेखेका पोस्टहरु हेर्दा उ रमाइलो मान्छे छ भनेर अन्दाज लगाउन सकिन्थ्यो।
“तपाइँ बिबाहित हो र?” कुरा गर्न थालेको केहिदिनमा नै उसले सोधेको थियो।
“तपाइँलाइ के लाग्छ?” मैले प्रतिप्रश्न गरेकी थिएँ।
“फोटाहरु हेर्दा त बिबाहित झैँ लाग्यो।” उसले हाँसेको इमो सहित म्यासेज लेखेको थियो।
“हो! बिबाहित हुँ।” मैले लेखेकी थिएँ।
“ए!” उसले यत्ती मात्र लेखेको थियो।
“बिबाहितलाइ साथी बनाउँदा फरक त पर्दैन नि?” मैले यति लेखेर लगत्तै हाँसेको स्टिकर पठाएकि थिएँ।
“पर्दैन नि। किन फरक पर्नु र?”
“यस्सै! बा फरक पर्छ कि भनेर!”

“हाहा त्यस्तो हुँदैन के। अनि तपाइँको उमेर चाही कति होनि?” उसले अर्को प्रश्न सोधेको थियो।
“कति जस्तो देखिन्छु?”
“खै मैले त अन्दाज गर्नै सकिन। तपाइँ नै भन्नुन।”
“म २९ बर्षकी भएँ।”
“ए। म भन्दा आठ बर्ष मात्र त जेठि हुनुहुंदो रहेछ।” उसले मुख च्यातेर हाँसेको इमो सहित म्यासेज पठायो। मैले पनि उसै गरि हाँसेको स्टिकर पठाइ दिएँ।
मेरो उमेर अनि म बिबाहित भएको थाहा पाएर पनि उसले म्यासेज गर्न छोडेन। बिहानै “गुड मर्निङ” लेखेर म्यासेज पठाउँथ्यो। केहिबेरमा “खाना खानु भयो” भनेर सोधिहाल्थ्यो। म फुर्सद भएको बेला ऊ घन्टौँ सम्म म संग कुरा गरेर बस्थ्यो। कहिले ठट्टा गरेर हँसाउथ्यो त कहिले आफ्नो परिवारको बारेमा सुनाउँथ्यो। मलाइ पनि ऊ मन पर्न थालेको थियो। ऊ संग कुरा गर्न रमाइलो लाग्न थालेको थियो। मेरो आफ्नै श्रीमान संग मुस्किलले दिनमा आधा घन्टा कुरा हुन्थ्यो भने ऊ संग घन्टौँ। ऊ संग कुरा हुन थालेदेखी मलाइ दिन बिताउन सहज भएको थियो। म पहिलेभन्दा बढी नै मुस्कुराउन पनि थालेकी थिएँ।

“तपाइँलाइ रातो कुर्ता सुरुवालमा कति राम्री देखिएको।” एकदिन उसले म्यासेज लेख्यो।
“तपाइँका नजर राम्रा।” मैले हाँसेर जवाफ फर्काएँ।
“हैन! तपाइँ साँच्चै राम्री हुनुहुन्छ। कति भाग्यमानी तपाइँको श्रीमान।” उसले मुस्कुराएको इमो सहित पठायो।
“मेरो श्रीमानले त मलाइ कहिले राम्री भन्नु भएन त?” मैले केहि ढिला गरि उत्तर लेखेँ।
“ओहो होर? यति राम्री बुढिको पनि तारीफ गर्नुहुन्न?” उ हाँस्यो।
“अँहँ। तपाइँका झैँ सुन्दर नजर छैनन् मेरा बुढाका।” म पनि हाँसिदिएँ।
“तपाइँ अलिक ढिला जन्मिनु भएको भए कतै तपाइँको श्रीमानको ठाउँमा म हुन्थेँ कि?” उसले हाँसेको इमो सहित लेख्यो। मलाइ केहि उत्तर दिन आएन। केहिबेर चुपचाप बसेँ म्यासेज हेरेर मुस्कुराउँदै।
“ठ्ट्टा गरेको है? नरिसाउनु नि।” उसले म्यासेज गर्यो फेरि।
“तपाइँ नै अलिक चाँंडो जन्मिएको भएनी हुन्थ्यो नि।” मैले पनि उस्तै म्यासेज गरिदिएँ हाँसेर।
“के गर्नु त भाग्यमा लेख्या रैनछ यति राम्री मान्छे पाउने।” ऊ झनै खुलेर जिस्किन थाल्यो।
“अभागी हामी।” म मुस्कुराइ दिएँ।

यसरी नै हामी दिनानुदिन झनै नजिक हुँदै गयौँ। च्याट हुँदाहुँदै हामिबिच तस्बिर आदान प्रदान अनी म्यासेन्जरमा कल पनि हुन थाल्यो। एकदिन उसले रात परेपछी कल गर्यो।
“के गर्दै हुनुहुन्छ?
“सुत्न लाको नि अब। के गर्नु र यति राती?” मैले जवाफ दिएँ।
“एक्लै सुत्ने?” उ जिस्कियो।
“अनि को संग सुत्नु त? आफ्नो बुढो छैनन् संगै।” म पनि हाँसिदिएँ।
“गाह्रो हुन्न यसरी सधैँ एक्लै सुत्न?” ऊ छिल्लियो।
“भएर के गर्नु र अनि? अब एक बर्ष सम्म त एक्लै हो।” मैले हाँसेरै जवाफ फर्काएँ।
“गाह्रो हुन्छ होला त अनि यसरी त।”
“जे भएनी उपाय छैन क्यारे!”
“उपाय त भेटिन्छ नि खोजी गरे।” उसले चखिलो स्वरमा बोल्यो।
“मैले त केहि उपाय देखेकी छैन। केहि भए भन्नुस् क्यारे।” मैले मुस्कुराउँदै बोलेँ।
“साँच्चै भनौँ?”
“अँ साँच्ची त अनि। भन्नुन।”
“रिसाउन नपाइ नि फेरि?”
“रिसाउँदिन। भन्नुन।”

“मलाइ तपाइँ मन पर्छ। यदि तपाइँ चाहानुहुन्छ भने हामी भेट्न सक्छौँ।” उसले बल्ल मुख खोल्यो। मेरो मनमा पनि यो चाहानाले जन्म लिइ सकेको थियो। मेरो छाती ढक्क फुलेर आयो। मुटुको गति तेज भयो। मैले हडबडाउँदै बोलेँ “तपाइँ पनि राम्रो लाग्छ मलाइ…!”
“भोली भेटौँ न त है?” उसले आग्रह गर्यो।
“कहाँ?” मैले प्रश्न गरेँ।
“तपाइँलाइ जहाँ सहज हुन्छ त्यहाँ।”
“मान्छेले देखे भने बिजोग हुन्छ मेरो। कसैले नदेख्ने ठाउँ भए मात्रै।” मैले सानो स्वरमा बोलेँ।
“तपाइँलाइ दमकको कामक्ष होटल थाहा छ?”
“थाहा छ।” मैले सानो स्वरमा जवाफ दिएँ।
“त्यहाँ आउनु भोली दस बजे।”
“हुन्छ।” मैले केहि नसोची उसको प्रस्ताब स्विकार गरिदिएँ।
त्यो रात अबेर सम्म निन्द्रा लागेन। खटपटी भइरह्यो। मनमा थोरै डर अनि धेरै उत्सुकता थियो। आफ्नो श्रीमानबाट दुइ बर्ष सम्म टाढा हुँदा हुर्किएका चाहान अनि प्याष थिए। भोलिपल्टको कल्पनामा छटपटिदैँ ओछ्यानमा पल्टिएकीमा मध्यरातमा निधाएँ।

भोलिपल्ट दश बजे म दमक पुगेँ। दमक चोककै छेउको होटल कामक्ष भित्र प्रबेश गर्ने बित्तिकै ऊ देखीयो। मलाइ देख्ने बित्तिकै ऊ मिठो मुस्कुरायो। मैले पनी उसको मुस्कानको बदलामा अलिकति मुस्कुराइदिएँ।

“माथि नै गएर बसौँ।” पुग्ने बित्तिकै उसले बोल्यो। मैले केहि बोलिन। ऊ सरासर अगाडी बढ्यो। मैले उसलाइ पछ्याएँ। कोठा नम्बर दुइ सय दुइमा पुगेपछि ऊ रोकियो। मलाइ इशाराले भित्र देखायो। म चुपचाप भित्र छिरें। ऊ पनि भित्र पस्यो अनि ढोका बन्द गर्यो। मेरो अनुहार अध्याँरिएको थियो। कसैले देख्ने हो की भन्ने डरले धड्कन बढेको थियो। कोठा बसेपछी पनि म केहिबेर अलमलिएँ।
“बस्नुन!” उसले आग्रह गर्यो। म पलङको छेउमा बसेँ। ऊ पनि आएर मेरै छेउमा बस्यो। निकैबेर ऊ केहि बोलेन। मलाइ पनि केहि बोल्न आएन। ऊ घारिघरी मेरो अनुहारमा हेर्थ्यो अनि फेरि नजर झुकाउँथ्यो।

“फोटामा देखे भन्दा अलिक फरक हुनुहुँदो रहेछ।” मैले नै बोलिको सुरुवात गरेँ।
“कस्तो फरक?” ऊ मुस्कुरायो।
“फोटामा अझै ठुलो मान्छे जस्तो लाग्थ्यो।” मैले जबरजस्ती मुस्क्कुराउँदै बोलेँ।
“अनि के सानै रैछु?” ऊ हाँस्यो।
“त्यति धेरै पनि हैन।” म पनि हाँसिदिएँ।
“तपाइँ त फोटामा जस्तै हुनुहुँदो रहेछ। दुरुस्तै!” उसले म संग नजर जुधाएर बोल्यो।
“हैन होला। बुढी आइमाई जस्तो लागेन?” म जिस्किएँ।
“छैन। यती राम्री त हुनुहुन्छ। म संगै कि जस्तो देख्छु म त।” उसले मस्का लगायो।
“तपाइँका नजर नै राम्रा।” मैले लजालु स्वरमा बोलेँ।
ऊ मेरो झनै नजीक आयो। उसका र मेरा तिग्रा टाँसिएँ। त्यो नै हामी बिचको पहिलो स्पर्श थियो।
“मेरा नजर हैन तपाइँ नै राम्री हो।” उसले केहि ठुलो बोल्यो।
“हैन तपाइँका नजर नै राम्रा।” मैले लजाउँदै त्यही दोहोर्याएँ।
“हैन के तपाइँ नै राम्री।” उसले जित्न खोज्यो।
“हैन तपाइँका नजर राम्रा।” मैले बच्चाले झैँ जिद्दी गरेँ।

उसले झम्टिएर मलाइ च्याप्प पकड्यो अनि ओठमा चुम्बन गरिदियो। म सुन्य भएँ। मलाइ कुनै प्रतिक्रीया जनाउन आएन। मैले मेरो शरिर उसैलाइ सुम्पिदिएँ। उसले मेरो गर्धनमा पकडेर लगातार ओठमा चुम्बन गरिरह्यो। म आँखा बन्द गरेर निर्जिब मुढो झैँ प्रतिक्रीया बिहिन रहेँ। उसले धेरैबेर सम्म छोडेन। मेरो तल्लो ओठलाइ उसका दुइ ओठले चेपेर तानिरह्यो। मेरो मुटु जोडले धड्किन थाल्यो। सासको गति बढेर आवाज निस्किन थाल्यो। मैले बिस्तारै मेरा ओठहरु चल्मलाउन सुरु गरेँ। मेरा ओठ अलिकती खुल्ने बित्तिकै उसको जिब्रो मेरो मुख भित्र प्रबेश गर्यो। मेरा हात बिस्तारै उसको ढाडमा बाँधिए। उसको जिब्रो मेरो मुख भित्र चालमलाउन थाल्यो। त्यो अनौठो पुरुष स्वादले मेरो मुख भरियो। मैले जोडले उसको जिब्रोलाइ भित्र तान्न खोजेँ तर मैले चाहे जति आएन। मैले मेरो जिब्रो थोरै बाहिर निकालेँ। उसले सानो बच्चाले स्तनपान गरे झैँ मेरो जिब्रोलाइ उसको मुखमा लियो। मैले झनै जोडले उसलाइ अँठ्याएँ। बिस्तारै उसका हातहरु मेरो छातीमा सलबलाउन थाले। मेरो शरिरमाअ अनौठो तरंग उत्पन्न भयो। मुटु बाहिर नै निस्कन्छ कि झैँ गरेर धड्कीरह्यो। उसका ओठहरु मेरा ओठबाट हटेर मेरा गाला हुँदै कानमा पुगे। उसले मेरा कानका लोतीलाइ ओठले चेप्यो। मलाइ काउकुती लाग्यो। म थोरै बटारिएँ। उसले आफ्ना ओठलाइ सार्दै मेरो गर्धन अनि घाँटिमा पुर्यायो। म हुरिले नुङ्गिएको बाँस झैँ यताउता बटारिइ रहेँ। बिस्तारै उसको हात मेरो कुर्ताको भित्रबाट मेरो कम्मर अनि पेटमा पुग्यो। म आगोले मैन झैँ पग्लिरहेँ। मेरो कसिलो कुर्ताबाट उसको हात माथी गएन। उसले मेरो ढाडमा हात लगेर कुर्ताको चेन खोलीदियो। अनि बिस्तारै कुर्ता माथी निकालेर मलाइ अर्धनङ्न बनायो। म अर्धचेत अवस्थामा लामो लामो फेर्दै लठ्ठिइ रहेँ। उसका हातहरु मेरा स्तनमा पुगे। उसले मेरो छातिभरी आफ्ना ओठहरु पुर्यायो। बाँकी रहेको कपडा पनि खोलेर फालिदियो अनि मेरा स्तनहरुलाइ बच्चाले झैँ चुस्न थाल्यो। अगि नै पग्लीसकेकी म पोखीन थालेँ। म हतारिन थालेँ। तर ऊ मलाइ झनै तड्पाइ रह्यो।

मेरा स्तनहरु रोटि बनाउने पिठोका डल्ला झैँ माडिरह्यो उसले धेरबेर सम्म। केहिबेरपछी उसको एउटा हात मेरो सुरुवाल भित्र पस्यो। म बटारिएँ। मैले खुट्टा चेपेँ तर उसले परबाह गरेन। उसले चाहे ठाउँमा हात पुर्याएर नै छोड्यो। सायद अब उसले बल्ल बुझ्यो, म अघी नै पोखिन थालेकी थिएँ। उसल्ले मलाइ ओछ्यानमाअ सुतायो अनि केहि तल गएर मेरो सुरुवाल तानेर फालिदियो। म सर्वाङ्ग नाँगो भएँ। मलाइ थोरै अफ्ठेरो लागेर आयो। मैले मेरा खुट्टा खप्ट्याएर लाज छेक्न खोजेँ। ऊ म माथी आयो अनि फेरि मेरा ओठमा झम्टियो। मैले निस्संदेह उसलाइ मेरो शरिर सुम्पिदिएँ। बिस्तारै मेरा खुट्टा खुले। ऊ बिस्तारै म भित्र प्रबेश गर्यो। बिस्तारै उसको रफ्तार बढ्यो अनि मेरो सासको पनि। मेरो मुखबाट निस्किएको कामुक आवाज कोठाभरी छरियो। म उसको त्यो रफ्तार चाँडै नरोकियोस् चाहान्थेँ। तर मैले चाहे झैं भएन। केहिबेरमा ऊ रोकियो अनि बङ्ल्ङ्ग ओछ्यानमा पल्टियो। मेरो पनि सासको गति बिस्तारै थामियो। मुटुको धड्कन सामन्य भयो। तिर्खाएको बेला एक घुट्की पानीले नै भएपनी म सिन्चित भएकी थिएँ।
त्यस्पछी केहिबेरमा हामी बिच फेरि त्यही चक्र दोहोरियो। पहिले भन्दा अझै लामो र आनन्ददायी थियो त्यो चरण।

त्यसपछि हामी झनै धेरै नजिकिएका थियौँ। हामिबिच झनै धेरै कुराकानि हुन थालेको थियो। हामी एक अर्कालाइ तिमि भनेर सम्बोधन गर्न थालेका थियौँ।हामी भिडियो कल गर्थ्यौँ मध्यरात सम्म। हामी बिच अब लाज एक रत्ती पनि थिएन। हामी जस्तासुकै कुरापनी खुलेर गर्न सक्थ्यौँ। हप्तै पिच्छे जस्तो हामी त्यही होटलमा भेट्ने गर्थ्यौँ। हामिलाइ एकअर्काको आदत भएको थियो। एकदिन मात्र कुरा नहुँदा छटपटीने गर्थ्यो ऊ। एकदिन उसले भनेको थियो “हामी भागौँ कतै टाढा! अनि उतै घरजाम गरौँला।”
मैले उसको कुरालाइ हाँसोमा उडाएकी थिएँ। म हाँसेपछी ऊ अँध्यारो भएको थियो। मैले उसलाइ अंगालोमा हाल्दै सम्झाएकी थिएँ “सबै कुरा त्यती सहज हुँदैनन् डियर। दिमागले सोच्न पर्छ।”
“मलाइ तिम्रो बानी परीसक्यो। तिमि अरु कसैकी श्रीमती हौ भनेर सोच्दा पनि रिस उठेर आउँछ। मुटु पोल्छ।” बोल्दै गर्दा उसका आँखा टिलपिल भएका थिए। मैले उसलाइ छातिमा टाँसेर चुम्बन गरेकी थिएँ। मैले चुम्बन गरेपछी उसले सबथोक बिर्सिएर झम्टिएको थियो म माथी। अनि मैले सुम्पिदिएकी थिएँ उसलाइ मेरो शरिर।

मैले जसरी सोचेकी थिएँ हाम्रो सम्बन्ध त्यो भन्दा फरक हुँदै थियो। ऊ दिमागले सोच्दैन थियो। उसको मनले मालाइ अरु कसैको स्विकार्न छोडेको थियो। कहिलेकाहिँ भन्थ्यो “म तिमिबिना बाँच्न नै सक्दिन।” म उसलाइ सम्झाउने कोशिस गर्थेँ तर ऊ रोइदिन्थ्यो। मलाइ थाहा थियो हामी बिच यो भन्दा धेरै केहि हुन सक्दैन भनेर तर ऊ बुझ्दैन थियो। मेरो श्रीमानको घर आउने समय नजिकिदै थियो। म ऊ संग टाढा हुन कोशिस गर्थेँ तर ऊ जिद्दी गर्थ्यो अनि नभेटी हुँदैन थियो। उसलाइ भेटेपछी म पनि सबै कुरा बिर्सिएर उसैकी भैहाल्थेँ।

“अर्को हप्ता मेरो बुढो आउने रे।” मैले सुनाएकी थिएँ उसलाइ।
“अनि अब म?” ऊ आत्तिएको थियो।
“ऊ गएपछी मात्र भेट्ने।” मैले कठोर भएर बोलेकि थिएँ। ऊ रुन थालेको थियो। म संग सम्झाउने कुनै सब्द थिएनन्।
“धेरैमा छ महिना बस्लान्। अनि त फेरि उस्तै हुन्छ नि।” मैले बोलेकी थिएँ।
“अनि फोन पनि गर्न नहुने होला हैन?” उसले सुँकसुँकाउँदै बोलेको थियो।
“भएन नि त अनि। समय मिल्दा म आँफै गर्छु।” मैले मायालु स्वरमा बोलेकी थिएँ।
उसले केहि नबोली सुँकसुँकाउँदै फोन काटेको थियो। त्यसपछी उसको फोन अफ भयो।

हप्तादिन पछि मेरो श्रीमान आइपुगे। जिन्दगी फेरि सामन्य झैँ भयो। उसको याद त आउँथ्यो तर त्यती सताउँदैन थियो। सायद ऊ बाट म जे चाहन्थेँ त्यसको अभाब नभएर होला। श्रीमानले अस्याध्यै माया गर्थे मलाइ। मेरै लागी भनेर तिन तोला सुन लिएर आएका थिए। म पनि खुशी थिएँ बर्षौँ पछि उसलाइ पाएर।
“यो पटक चाहीँ क्यान्सिल आएको। अब बच्चा भएपछी मात्र जान्छु।” आएकै दिन श्रीमानले सुनाएका थिए। मलाइ पनि रहर थियो बच्चाको। म पनि खुशी भएकी थिएँ श्रीमानको लामो साथ मिल्ने भएकाले। बिस्तारै उसको याद पनि पातलो हुँदै थियो। ‘हिजो जेजे भयो सकियो। अब जिन्दगी राम्रो तरिकाले जिउनेछु आफ्नो श्रीमान संग।’ मैले मनमनै प्रतिग्याँ गरेकी थिएँ।

माघको महिना थियो। मेरो श्रीमान आएको २० दिन बितेको थियो। यो बिचमा मैले एकपटक पनि उसलाइ फोन गर्न कोशिस गरेकी थिइन। अब मलाइ उसको जरुरत थिएन। अनि उसका लागी पनि यहि सहि थियो। मलाइ उसको माया नै नलाग्ने हैन। माया लाग्थ्यो तर मलाइ थाहा थियो हाम्रो सम्बन्धको सिमाना।
सनिबार बिहानको खाना खाएर श्रीमान बजार जानु भएको थियो। म घरमा नै थिएँ श्रीमानलाइ कुरेर बसेकी। दिउँसै आउने भनेर हिँडेको मान्छे चार बजेसम्म नआउँदा चिन्ता बढेको थियो। मैले फोन लगाएँ। फोन अफ थियो। म छटपटिन थालेकी थिएँ। त्याहिबेला आँगनमा बाइकको आवाज आयो। म हत्तपत्त बाहिर निस्किएर हेरेँ। बाइकमा मेरो श्रीमान नभएर छिमेकी देवर थिए। उनले अत्तालिएर बोले “भाउजु…… दाइ….. पर बाटो छेउको जंगलमा…!”

म आत्तिएँ। रुन थालेँ। ओरिपरी केहि देखिन छोड्यो। भाइले मलाइ बाइकमा बस्न भने। म रुँदैँ आर्धबेहोस् अवास्थमा बाइकमा चडेँ। उनले बाइक हुइँकाए। हाम्रा अघिपछी अरु मान्छे पनि जंगल तिर कुद्न थाले। पर जंगलमा मानिषहरुको घुइँचो देखियो। बाइक रोकियो। म आतिएर लरबराउँदै ओर्लिएँ अनि भिड् तिर कुदेँ। अगाडी पुग्ने बित्तिकै मेरो होस् हरायो। म चिच्याएँ। केहि गाउँले महिलाले मलाइ पकडे। म जोडले रुँदै ट्वाल्ल अगाडी हेरिरहेँ। अगाडी एउटा बाँगो सिसौको रुखमा तर्लङ्ग झुन्डिएका थिए मेरा श्रीमान।
मेरो मुटु फुट्ला झैँ भएको थियो। कसैले छातिमा तिर हालेर हल्लाए झैँ भएको थियो। टाउको चड्किएको थियो। हातगोडा लुला भएका थिए। मलाइ थोरै होस् थियो तर बोल्ने सब्द थिएनन्। रुने आवाज मधुरो भएको थियो।
“हिजो सम्म त सबै राम्रै थियो। किन झुन्डिएछ?” भिडमा कसैले बोल्यो।
“ऊ मरेका हैनन्। मारिएको हो।” मैले चिच्याउन खोजेँ तर आवाज निस्किएन।
हो! मैले पत्तो पाइसकेकि थिएँ, मेरो श्रीमान झुन्डिएका थिएनन्, झुन्ड्याइएको थियो। त्यो झुन्ड्याउने अरु कोहि नभएर मेरै प्रेमी थियो। जसले मैले नै उपहार दिएको गलबन्दिमा मेरो श्रीमान अनि मेरो पेटमा हुर्कदैँ गरेको बच्चाको पितालाइ झुन्ड्याइ दिएको थियो।”

समाप्त।

अर्को कथा पढ्न यहाँँ क्लिक गर्नुहोस् :- चिया पसल (कथा)

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)