-चेतनाथ कणेल-
भियतनामका ५८ प्रान्तमध्ये यसको मध्य क्षेत्रमा पर्ने क्वाङबिन्ह प्रान्तमा विश्वप्रसिद्ध सम्पदास्थल फोङ नाकेबाङ राष्ट्रिय निकुञ्ज छ । विश्वप्रसिद्ध प्याराडाईज गुफा पनि यसै निकुञ्ज भित्र पर्छ । यस क्षेत्रमा होमस्टे पर्यटन विस्तार पनि स्थानिय सरकारले चासो देखाएको छ । यहाँको चेल्याप भन्ने गाउँमा दुई तिन बर्ष देखि गजबको होमस्टे सञ्चालनमा रहेछ । यो होमस्टेका मालिक ६० बर्षे होवाङ खाई, श्रीमती, छोरा, बुहारी र नातिनातिनासँगै बस्छन् । मूल घरको छेउमा होमस्टेका लागि भनेर अर्को टहरो बनाईएको छ । टहरो टिन र खरले छाईएको छ । भित्तामा बाँसको भाटा र माटोको लिउन प्रयोग गरिएको छ । पाहुनाका लागि त्यही टहरे घरमा आनन्ददायी बेडहरु राखिएका छन् ।
२ २ वटा बेडका तिन कोठाहरु छन् । हरेक कोठामा अलग अलग एट्याच बाथरुम र ट्वाइलेटहरु छन् । विजुली पानीको राम्रो सुबिधा छ । गाईको गोठ घरदेखि केही पर राखिएको रहेछ, जसले गर्दा खाने र सुत्ने कोठासम्म त्यसको गन्ध नआउँने रहेछ । पाहुनाका लागि तौलिया, साबुन, चप्पल सबै व्यवश्था गरिदो रहेछ । खानेकुरामा सबैकुरा स्थानिय र अर्गानिक (रसायनिक मलखाद र बिषादी प्रयोग नगरिएका) नै हुने रहेछ ।
किचन फराकिलो छ । वरपर घुम्न जाँदा घरभेटीले नै लिएर जान्छन् । गाउँदेखि अलिक टाढा दिनभरको लागि घुम्न जाने हो भने लन्चप्याक को पनि व्यवश्था हुने रहेछ । तपाईले हाम्रो ठाउँ (होमस्टे) मा टिभी, रेडियो र टेलिफोन खोज्न पाउँनुहुन्न । यो शान्तिपुर्ण होमस्टे हो । होमस्टेका सञ्चालक खाई यसै भन्छन् सबैलाई ।
नेपालमा पनि अहिले देशभर होमस्टेको अभियान चलिरहेको छ । होमस्टेका लागि कार्यविधी पनि बनिसकेको छ । सिरुबारी, घनपोखरा, घलेगाउँ, घान्द्रुक, श्रीअन्तु, वारपाक आदि ठाउँमा होमस्टे चलनमा आएको धेरै भयो, तर उदाहरणिय होमस्टे गाउँका रुपमा हामीले अहिलेसम्म कुनै पनि गाउँलाई तयार पार्न सकेका छैनौं । सरकारले दिएको नयाँ दायित्व अनुसार अब हामी सबैले यस तर्फ पहल गर्नु आवश्यक छ ।
नोट : प्रथम पटक प्रकाशित Thursday August 18, 2011


nepal astai ho. tara bistarai sabai thik hola.aasa garau.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
It is so easy to start home stay.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
होमस्टेको अवधारणा त राम्रो र सफल अवधारणा पनि हो । तर नेपालको बिग्रदो सुरक्षास्थितीको कारण सुरक्षा खतराले यसको विकाशमा बाधा पुग्छ । पहिले त सुरक्षास्थिती राम्रो हुनु पर्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0