हेर्नु भो बुबाको मुख ? बुबा सञ्चै हुनुहुँदोरहेछ ?

यसरी नै ताते ताते गराउँनु भएको थियो बुबाले 

आज कुशे औशी । शुद्धताको प्रतिक कुशलाई आज घरघरमा भित्राउँने दिन । आजकै दिन हामी आफ्नो बुबाको मुख हेर्ने दिन भनेर पनि मनाउँछौ । छोराछोरीले आजको दिनमा आफ्नो बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन्। बुबा नहुनेहरुले आज गोकर्णमा गएर आफ्नो बुबालाई सम्झिएर तर्पण दिने र ब्रम्हाणलाई दान दिने गर्दछन् ।

आफु त घरबाट टाढा भएको पनि धेरै भईसक्यो । यसैले बिहान सबेरै बुबालाई फोन गरियो । सञ्चो बिसञ्चो सोधियो । तपाई घरमा नै हुनुहुन्छ भने त ठिकै भयो । घरबाट टाढा हुनुहुन्छ भने के तपाईले घरमा बुबालाई फोन गर्नुभयो ? बुबालाई सञ्चै त छ नि ? तपाईले आजको पर्व कसरी मनाउँनु भयो ? लेख्नुहोस् है ।  

14 comments to हेर्नु भो बुबाको मुख ? बुबा सञ्चै हुनुहुँदोरहेछ ?

  • गोविन्द

    घरबाट टाढा भएको कारण घरमा बुबालाई फोन गरियो । अनि दिनभर बुबालाई मिस गरियो ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • विकाश लम्साल

    बाउलाई बाउ भात खान आउ भनियो अनि दामी तरकारी पकाएर खाईयो । बुढा त मख्खै नि । टुलुटुलु मेरो मुखमा हेर्दै भन्छन्, माया त गर्दौ रहेछ यस्ले पनि । झण्डै आँखामा आसु आएको हामी दुबैको ।

    ए बुढा तिम्रो माया गर्दिन त म ? आफ्नो बाउको माया नगरेर कस्को बाउलाई गर्नु ? तिमीलार्ई पाल्ने र तिम्रा अपुरा सपना पुरा गर्ने मान्छे पो हुँ त । तिम्रो बुढेसकालको लाठी । यति भन्देको बुढा रोए । तर मैले सत्य नै भनेको हो नि ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

  • namrata

    happy father's day

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • namrata

    happy father's day

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • अनीता

    बुबालाई मिठाई ल्याएर खुवाईयो । तर धेरै चै मैले नै खाएँ ।

  • रमेश मानन्धर

    बाबुको मुख ? हेरें । दाँत धेरै किराले खाएछ । जिब्रोमा काई पनि निकै जमेछ ।

  • नन्दिता

    बुबा एकदम फिट एन्ड फाइन हुनुहुँदोरहेछ । खुसी लाग्यो ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

  • नन्दिता

    बुबा एकदम फिट एन्ड फाइन हुनुहुँदोरहेछ । खुसी लाग्यो ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • यो विदेशी भुमीमा बाबुबाट टाढा बस्दा निकै याद आउँछ । छोराले धेरै कुरा माग्दा अनि दिन नसक्दा मेरो बुआको निकै माया लाग्छ, सम्झिएर । हामीले कति सताएछौ ।
    आत्माराम, दुबई

Leave a Reply

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

4 Users Online