-नरेन्द्र सुवेदी-
लज शब्दलाई थोरैमात्र परिभाषित गर्दा, पैसा तिरी बस्न र खान पाउँने ठाउँ भन्ने बुझिन्छ । मैले सम्बोधन गरेको हनुमान ढोका लज भने अलि फरक छ । मेरो बुझाईको लज र यो हनुमान ढोका लज बीचमा कुनै पनि तालमेल छैन, सिवाय खान र बस्न पाउँनु । यो लज काठमाण्डौ बसन्तपुरको कालभैरवको अग्लो मूर्तिको ठिक पश्चिमपट्टी छ । कहिलेकाँही बाटो पर्दा एक पटक आफ्नो नजर यसतर्फ पनि लगाई दिनु होला ।
पुरानो राणाकालिन सेतो रंगको घरलाई हनुमान लज बनाइएको छ । लज धनीमानीको झै देखिन्छ । ढोकामा चौकिदारहरु प्रशस्त छन् । अर्थात यो हनुमानढोका प्रहरी कार्यालय हो ।
यस लजमा मानिस आफ्नो इच्छाले आउँदैनन् । लजले आफ्नो एजेन्टहरुले मानिसलाई यस लजमा उपस्थित गराउँदोरहेछ । मलाई पनि त्यस्तै एजेन्टले त्यहाँ पुर्यायो । मैले कुरा बुझ्न खोज्दा, अपशब्द र एजेन्टलाई सिकाइएको कुसंस्कार मतर्फ आक्रामक भए । जसोतसो तेस्रो दिनसम्म एउटा छेउ न टुप्पाको कारण बनाई मलाई हनुमान ढोका लज पुर्याईयो । अर्थात १२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा बिनाप्रमाण, बिनादोष हनुमानढोका पुर्याइयो । त्यही बसाईको अनुभवका आधारमा लजका केही बिशेषता उल्लेख गरेको छु ।
१) गेट प्रवेश गर्ने बित्तिकै नाकमा ठोकिन आउँने पाँच चर्पीका भयावह दृष्य र दुर्गन्ध ।
२) साँघुरा कोठा साइज अनुसार तीनजना भन्दा बढी मान्छे सुत्न मिल्दैन तर कम्तिमा १३ जना जसरी पनि सुत्नैपर्ने व्यवश्था ।
३) लजको कर्मचारीबाट आमा, बाउ, दिदी, बहिनी सबैका नाम अश्लील गाली निरन्तर सुन्न पाइने ।
४) पटक पटक चमेरो बनी (टाउको तल, खुट्टा माथि) मनोरञ्जन लिन पाउँने व्यवश्था ।
५) लजको कर्मचारीबाट बिनाकसुर सुतेकै ठाउँबाट उठाई पिटाई खान पाउँने सुबिधा ।
६) अत्यन्त गुणस्तरहीन खाना पाइने ।
७) अत्यन्त महँगो आन्तरिक बजार, पाँच रुपियाँको पत्रिका १० रुपियाँमा किन्न पाइने ।
८) लज कर्मचारीले गर्नुपर्ने काम, लजका पाहुनाले गरिदिनु पर्ने व्यवश्था, कसैकसैले त लज कर्मचारीको लुगा समेत धुनुपर्ने ।
९) लजका पाहुनाले लजको सुरक्षामा छाडेको सामान हराउँने ग्यारेन्टी ।
१०) लजबाट बाहिरिदा नमिठो सम्झना र पुनर्जन्म भएको अनुभव गराउँने ग्यारेन्टी ।

हैसिएत अनुसारको बासको
बेबस्था गरेकोले नेपाल सरकारलाई बधाई छ.यो लजमा जानेलाई पनि बधाई छ.
कमेन्ट कस्तो लाग्यो ?:
2
0
नेपालको जेलको हालत यस्तै हो । अरु के भन्नु र यो बारेमा ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हनुमान ढोका लजको बयान त साँच्चै राम्रो रहेछ । मलाई मन राम्रो लाग्यो । झुक्किएर पनि हनुमान ढोका लज पस्न पनि नपरोस् । मा कसम ।
कमेन्ट कस्तो लाग्यो ?:
1
0