यो तस्विर मैले करिब डेडबर्ष अघि पशुपतिनाथमा खिचेको हुँ । त्यसबेला यी वृद महिला शनिबारको दिन पशुपतिमा तिर्थयात्रीको चप्पल जुत्ता रुङ्ने काम गर्दै थिइन् । उनी यसबाहेक अरुबेला सडकमा तरकारी पनि बेच्थिन् रे । बुढेसकालमा रिटायर्ड जिन्दगी बाँच्नेबेलामा अझै परिश्रम गर्नुपर्ने उनको बाध्यतामा पनि उनी खुसी थिइन् । मलाई उनको कुराले निकै छोएको थियो । आज कविता, गीत र गजल लेख्ने चुनौतिमा तिनै वृद महिलाको तस्विर राखेको छु । मनमा जे भावना आउँछ निर्धक्क पोखिदिनुस् है ।
उनको बारेका थप पढ्न भने भित्र आउँनुहोस्
पशुपतिमा एक बिहान


साट्न खोज्दैछु
समयसँग अनुभव र अनुभुति
बेच्न खोज्दैछु मुठा पारेर
बोकेका केही सपनाहरु
कोही छ किन्ने ?
यहाँ सारा उमेर बिक्रीमा छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
साट्न खोज्दैछु
समयसँग अनुभव र अनुभुति
बेच्न खोज्दैछु मुठा पारेर
बोकेका केही सपनाहरु
कोही छ किन्ने ?
यहाँ सारा उमेर बिक्रीमा छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
छोडेनछ आमै तिमीलाई
दुखको भारीले
छाडिदेउ भन्न पनि सक्दिन म
भोक त मार्ने पर्छ नि
कोही छन् कि तिम्रा
एक्लै हौ संसारमा
कहाँ गए एक्लो पारी
तिमीलाई बढेसकालमा
कमेन्ट कस्तो लाग्यो ?:
0
0
छोडेनछ आमै तिमीलाई
दुखको भारीले
छाडिदेउ भन्न पनि सक्दिन म
भोक त मार्ने पर्छ नि
कोही छन् कि तिम्रा
एक्लै हौ संसारमा
कहाँ गए एक्लो पारी
तिमीलाई बढेसकालमा
कमेन्ट कस्तो लाग्यो ?:
0
0