-गोपाल झापाली-
मिसावट कहाँ हुदैन र ? घिउमा आलु र पिडालु । दुधमा पानी । खुर्सानीको धुलोमा ईटको धुलो । दहिमा मोहि । जहीँ पनि मिसावट । वास्तवमा मिसावटको चलनले गरि खान नसक्नेहरुलाई खाएर गर्न खुब सजिलो बनाईदिएको छ । बुद्घीरत्नलाई चामलमा गेग्र्यान मिसाउन होस वा बुद्घीमायालाई तेलमा काति मिसाउन,दैवले दिएको धुत्र्याई चाहि अपरम्पार मान्ननु पर्छ । खसि काट्नेकी बाठी बुढीले पाठीको मासु बेचे पनि कसैले थाहा पाउ“दैन । रत्नपार्कमा फूलको सुवाश लिन सा“झपख गयो ,छेउको ढलबाट आएको बिसाक्त दुर्गन्धको मिसावटले ना“कै भा“चिएला जस्तो पार्छ । फेरि शौच गर्न शहरिया शौचालय पस्यो अनेकका बजारीया अत्तरका बास्नाले त्यहि सुतौं सुतौं जस्तो । क्या मज्जाको मिसावट ।
गा“उबाट राम्रा मतिको मान्छेलाई नेता बनाएर पठायो,राजनीतिको हावाले उसको मतिमा कति छिटो मिसावट गर्छ गर्छ ।मान्छेलाई पनि जन्तु जस्तो बनाईदिन्छ,बर्षैदिन नपुगि । बाउ आमाले कति धपेडि गरेर छोरो हुर्काउ“छन् । १६ कटे पछि छोरोलाई कति छिटा, कति छिटो कुस¨तको मिसावट हुन्छ भने सा“झ बिहानै मुखमुखै लागेर मर्नु पार्छन् ।छोरीहरु पनि उस्तै । कलेज जाने बेलामा द¨यार पैसा माग्यो अनि राति बा आमा निदाएको गम पायो कि शिरिकभित्र गुटमुटिएर खुसुखुसु मोवाईलमा पैसा नसकिएसम्म को स“ग के बात मार्छन कुन्नि ?भोलि पल्ट बिहान कलेज जाने बेला भयो कि उहि बाहाना ,टिफिन खर्च चाहियो । प्रबिधिको दुरुपयोग गर्ने बानिको मिसावट एक्काईसौं शताब्दिको ।सरकारी कार्यालय गयो,उस्तै मिसावट । मंशीरमा फलेको धानमा भुस जस्तो सेवामा घुस मिसावट ।
मिसावटको यत्रो चर्चा गरिरह“दा यो खराबै कुरा हो जस्तो लाग्छ तर यो खराव मात्र हाईन असल पनि छ । बगैंचामा फुलेको फूलमा वास्नाको मिसावट नभई सुवाश कहा“ आउ“छ र ? गीत गाउनेको मिठो सुरमा स¨ितको मधुर ताल मिसावट नभई पनि त अब्बल गीत बन्दैननी होईन ? दुध आफैमा अमृत हो तर त्यसलाई महा अमृत बनाउन दहि बनाईन्छ । दुध बाट दहि बनाउन पनि थोरै जोडन मिसावट नभै हुदैन । राम्रा कुरा बाट अझ रामा्रे बनाउन, रामा्र कुरा बाट नराम्रा कुरा बनाउन, नराम्रा कुरा बाट राम्रा बनाउन र नराम्रा कुरा बाट अझ नराम्रा कुरा बनाउन पनि मिसावट नभई नहुने कुरा रहेछ भनेर त मैले कस्लाई पुराण सुनाउनु छ र ।
मेरी श्रीमतीको पाककलाको म कति तारिफ गरौं । खाना जिब्रामै झुण्डिने , अचार खाएर हात नचाटे त धितनै नमर्ने, तरकारी खाएर जिबा्रे नफड्कारे त हुदै नहुने । उनको के न जादु हो जस्तो लाग्थ्यो मलाई । तर त्यो त के को जादु, सादु हुनु नि । सबै मिसावटको खेला रहेछ । थोरै नुन, थोरै खुर्सानी, थोरै भुटुन, थोरै मसलाको बृहत मिसावटलाईनै म मेरी प्यारीको कला भनेर बर्षौ देखि भ्रममा बा“चेको रहेछु । यो सब कुरा मिसावट महात्म्य बुझे पछि मात्र थाह पा“उदैछु । मिसावटको त्यहि तारतम्ये नमिल्दा अकबरेले रात भरि पेट पोलेको र तिखा्रले रातभरि रा“गाले जस्तो पानी पिउ“दै सुत्न नपाएको पनि मैले बिर्सेको छैन ।
हिउ“दभरि पसिना काडेर भकारीमा हालेको धान अर्को हिउ“द आउदासम्म बरु घुन, पत्लि लाग्ला तर त्यो भकारीमै उम्रनेवाला छैन । नउम्रे त मेरो खैरातै छैन । बर्सेनिका तिनटा भुरा र तिनकि माउ कसरी पाल्नु । तर यहा“ पनि मिसावटको खेला छ । बर्षभरि बाछिटाले समेत छुन नदेको धान तिन दिन कुहाएको हिलामा मिसावट गरे पछि बडो अचम्ले उम्रन्छ ,भर्रर्रर्र । धान फल्न र माटाले धान फलाउन पनि यि दुईको सावधानीपूर्ण मिसावट चाहिने,चाहिने ।
बगैचा हुन लाई पनि त मिसावटनै चाहिन्छ । गुलाबको,सुनाखरीको,चमेलीको,सयपत्रीको, मखमलीको मिसावट । यि सबैको मिसावट भएन भने त कहा“ फूलबारी बन्छ र । गुलाबै गुलाबको फा“ट त जंगल बन्छ,झाडी बन्छ गुलाबकै । त्यो कहा“ फूलबारी बन्छ वा कहा“ बगैचा बन्छ । आखिर मान्छे रमाउने पनि त फूलबारीमानै त हो ,बगैंचामानै हो ,जंगल भन्दा बढि । मान्छे मात्रै कहा“ हो र । चरा ,पुतली,भ“वरा र बतास लहसिने पनि बगैंचामानै हो अर्थात मिठो मिसावटमा । जंगल जहा“ मिसावटको महत्व रह“दैन । त्यहा“ त कोमलता नभएका ,मन नभएका र भावना नभएकाहरु मात्र रम्छन् । बाघ र सिंह बनेर । एक्ले ढेडु बनेर ।
मलाई त लाग्छ ,शृष्टिनै मिसावटमा अडिएको छ । संसार हस्तान्तरण गर्नु पर्ने उत्तराधिकारी पनि मिसावट नभए सम्म पाईदैन । अर्थात शुक्रकिट र डिम्बको मिसावट नभए सम्म । म बाबु हन्छु,आमा हुन्छु भन्नु पनि त एउटा मिसावट परस्त चाहना त हो नि । मादकतापूर्ण आलि¨नको चाहना । त्यो छोटो सन्तुष्टि मिसावटमा पुगेर टुि¨न्छ । अनि पूरा हुन्छ रहर आमा वा बुवा सम्बोधन सुन्ने । जहा“ बाट शुरु हुन्छ प्रकृतीको उत्तराधिकारी निर्माण प्रकृया ।
आखिर जिन्दगीनै एउटा मिठो मिसावट रहेछ, तराईका सडक किनारमा अनेक मसलालाई सा“धेर बनाईएको जिब्रो फड्कारिने चटपटे जस्तै । सुख र दुःखको ,आशु र हा“सोको, प्रेम र घ्रिणाको, मिलन र बिछोडको,प्राप्ति र अभावको अरु अरु यस्तै धेरै कुराको अब्बल मिसावट होईन र ?
लखनपुर, झापा


yo misawat garnelai ani kalo bazari garnelai kada bhanda kada sajaya dina jaruri chha…
कमेन्ट कस्तो लाग्यो ?:
0
0
yo misawat garnelai ani kalo bazari garnelai kada bhanda kada sajaya dina jaruri chha…
कमेन्ट कस्तो लाग्यो ?:
0
0
jati misawat gare pani vo ni !1
कमेन्ट कस्तो लाग्यो ?:
0
0
jati misawat gare pani vo ni !1
कमेन्ट कस्तो लाग्यो ?:
0
0