मान्छे कि मुर्ति ? चिन्नुहोस् त

आज नर्बेको राजधानी ओस्लो घुम्दै गर्दा धेरै नयाँ कुराहरु देखिए । पहिले सोचेको थिएँ, यहाँ त माग्नेहरु नहोलान् । सोच विपरित माग्नेहरु ओस्लोका सडकमा धेरै देखिए । तर यहाँका माग्नेहरु हाम्रो काठमाण्डौंमा भए जस्ता पछ्याई पछ्याई माग्ने र ढोगेर हैरानै पार्ने चैं रहेनछन् । सडकको पेटीमा गिलास राखेर चुपचाप बस्नेहरु थिए । यीनीहरुले पनि याद राखुन् भनेर शानसँग एक क्रोनर पनि दिइयो एउटा माग्नेलाई । भनौं न, एउटा गरिबदेशको नागरिकले सभ्रान्त मुलुकका माग्नेलाई दान दिनुको अनुभव गरियो । तर यहाँको सडकमा माग्नेले भन्दा आफ्नो कला देखाएर पैसा माग्ने (माग्ने त यहाँ पनि आयो ।) हरु पनि निकै थिए । कोही गिटार बजाएर माग्ने, कोही जनवारको भेसमा बसेर माग्ने, कोही दलाई लामाको फोटो देखाएर माग्ने । (यसबारे पछि अर्को ब्लग लेख्नेछु ।)

यतिमा एउटा फरक दृष्यले भने मन खिच्यो । कोही माग्नलाई ठ्याक्कै मुर्तिकै भेषमा रहेको छ । दिनभर त्यस्तै । जो सुकै आउँन्, जे गरुन् एउटै पोजिसनमा कायम । ठ्याक्कै मुर्ति जस्तो हेर्दा पनि । फेरि केहीबेर घुम्दै गर्दा यहाँ पनि माग्ने मुर्ति जस्तै भएर बसेको रहेछ भनेको त, मुर्ति नै रहेछ । ठ्याक्कै मान्छे जस्तो । यसैले दुबैको फोटो यहाँ राखेको छु । हेरेर भन्नुस् है, कुन चै मुर्ति हो ? र, कुन चै मान्छे ?
यो फोटोको के हो ? तस्विरमा क्लिक गरेर ठुलो हेर्न सक्नुहुन्छ


अब तल यो अर्को फोटो हेर्नुस् ।

2 comments to मान्छे कि मुर्ति ? चिन्नुहोस् त

  • कविन राई

    कस्तो दुबै मुर्ति जस्ता देखिन्छन् र ध्यान दिएर हेर्दा दुबै मान्छे जस्ता देखिन्छन् फेरि । दुबै मुर्ति हुनु पर्छ । या दुबै मान्छे । कलाकारलाई चै मािनयो

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • manee gurung

    हुन त २ वटी मान्छे कै मूर्ति रहे छ फरक नदेखिये पनि लुगा लगाएको मूर्ति माग्ने मानिस हुनुपर्छ ….

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

13 Users Online