आज कुशे औशी । शुद्धताको प्रतिक कुशलाई आज घरघरमा भित्राउँने दिन । आजकै दिन हामी आफ्नो बुबाको मुख हेर्ने दिन भनेर पनि मनाउँछौ । छोराछोरीले आजको दिनमा आफ्नो बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन्। बुबा नहुनेहरुले आज गोकर्णमा गएर आफ्नो बुबालाई सम्झिएर तर्पण दिने र ब्रम्हाणलाई दान दिने गर्दछन् ।
आफु त घरबाट टाढा भएको पनि धेरै भईसक्यो । यसैले बिहान सबेरै बुबालाई फोन गरियो । सञ्चो बिसञ्चो सोधियो । धन्य छ स्काइप । तपाई घरमा नै हुनुहुन्छ भने त ठिकै भयो । घरबाट टाढा हुनुहुन्छ भने के तपाईले घरमा बुबालाई फोन गर्नुभयो ? बुबालाई सञ्चै त छ नि ? तपाईले आजको पर्व कसरी मनाउँनु भयो ? कमेन्टमा अल्छि नगरी लेख्नुहोस् है ।

एकदम झकास्
कमेन्ट कस्तो लाग्यो ?:
0
0
फोन गरियो बुबाको मन राखियो । अरु त के नै गर्न सकियो र
कमेन्ट कस्तो लाग्यो ?:
0
0